काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सहभागी थिए।
भेटमा यसअघि सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयन गर्न प्रकाण्डले आग्रह गरेका थिए। भेटमा पूर्वकानुन मन्त्री गोविन्द बन्दी, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव विनोदप्रकाश सिंह पनि सहभागी थिए।
गृहमन्त्री खाणले विगतमा सरकारले गरेको सहमतिका आधारमा सरकारले निर्णय गरिसकेको र त्यसको कार्यान्वयनको काम अघि बढाइएको उनको सचिवालयले जानकारी दिएको छ।