सोमबार, मंसिर १९, २०७९

कांग्रेसबाट ५ व्यवसायी सांसद चुनिँदा ६ को अग्रता, रविसँग उमेश पराजित

किशोर दाहाल  |  काठमाडौं, बिहीबार, मंसिर ८, २०७९

किशोर दाहाल

किशोर दाहाल

बिहीबार, मंसिर ८, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट एक दर्जन उद्योगी/व्यवसायीले टिकट पाएका थिए। शिक्षा व्यवसायी तथा राज्यमन्त्री उमेश श्रेष्ठबाहेकका ६ व्यावसायिक पृष्ठभूमिका कांग्रेस उम्मेदवार निर्वाचित हुँदा विनोद चौधरीलगायत केही उम्मेदवारले भने जारी गणनामा अग्रता बनाएका छन्। 

नेपाली कांग्रेसबाट पर्यटन व्यवसायी योगश गौचन थकाली, निर्माण व्यवसायी मोहन आचार्य, मेडिकल व्यवसायी श्यामकुमार घिमिरे, मेनपावर व्यवसायी टेकबहादुर गुरुङ र पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि निर्वाचित भएका छन्। यसैगरी नवलपरासी पश्चिम-१ मा विनोद चौधरीले, सप्तरी-४ मा शिक्षा व्यापारी तेजुलाल चौधरीले, नवलपरासीपूर्व ३ मा क्रसर व्यावसायी विष्णुकमार कार्की, मोरङ-३ मा मेडिकल व्यवसायी सुनीलकुमार शर्मा र रामेछापबाट निर्माण व्यवसायी कान्छाराम तामाङ जारी मतगणनामा अग्रस्थानमा छन्।

चितवन-२ बाट पराजित श्रेष्ठले पर्यटन, जलविद्युत र बैंकिङ क्षेत्रमा लगानी गरेका छन्। अघिल्लो दुई निर्वाचनमा समानुपातिक सुविधा उपभोग गरेर सांसद भइसकेका श्रेष्ठ पहिलो पटक प्रत्यक्ष प्रणालीबाट सांसद चुनिन उम्मेदवार बनेका थिए। शेरबहादुर देउवानिकट मानिने श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले करिब ३४ हजार १७० को फराकिलो मतान्तरले पराजित गरे। उमेशले १५ हजार ९१ मत प्राप्त गर्दा रविले ४९ हजार २६१ मत प्राप्त गरे। 

मुस्ताङबाट निर्वाचित योगश गौचन थकाली व्यावसायिक पृष्ठभूमिका कांग्रेस नेता रोमी रोमी गौचन थकालीका छोरा हुन्। २९ वर्षमा सांसद बनेका योगेशलाई ३ हजार ९९२ मतले सांसद पदसम्म पुर्याएको हो। निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाउँदा सांसद पदबाट बञ्चित भए। 

यसैगरी रसुवाबाट निर्माण व्यवसायी मोहन आचार्य निर्वाचित भएका छन्। पेसाले इन्जिनियर उनीसँग सडक, पुल, अस्पताललगायतका पूर्वधार निर्माण गरेको अनुभव छ। २०७४ को निर्वाचनमा  यसै क्षेत्रबाट प्रत्यक्षतर्फ जितेर सांसद भएका उनले यसपालि निकटतम प्रतिद्वन्द्वी एमालेका छोवाङजेन्जिङ तामाङभन्दा दोब्बरभन्दा बढी मत पाए। आचार्यले १८ हजार २३५ मत प्राप्त गर्दा तामाङले ८ हजार १६४ मत ल्याए। अघिल्लो पटक एमाले-माओवादी एक भएर चुनावमा जाँदासमेत उनी विजयी भएका थिए। 

नेपाल समय
मोहन आचार्य।

सिन्धुली-१ बाट निर्वाचित मेडिकल व्यवसायी श्यामकुमार घिमिरे पनि सांसद निर्वाचित भएका छन्। ३१ हजार ३१९ मत सहित सांसद बनेका उनले निकटतम प्रतिस्पर्धी एमालेका प्रदीपकुमार कटुवाल क्षेत्री(केसी)लाई ४ हजार ५४८ मतले पछि पारे। 

म्यानपावर व्यवसायी तथा पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ पनि मनाङबाट निर्वाचित भएका छन्। २ हजार ५७५ मत ल्याई गुरुङ प्रतिनिधिसभा सदस्य बनेका हुन्। एमालेका उम्मेदवार पोल्देनछोपाङ गुरुङलाई ३२८ मतान्तरले पराजित गरेका हुन्। 

गुरुङले निर्वाचन जितेपनि भ्रष्टाचार मुद्दाका कारण तत्काल संसदमा प्रवेश भने पाउने छैनन्। भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उक्त मुद्दाको अन्तिम फैसला नआएसम्म उनको संसद प्रवेश स्थगनमा हुनेछ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गुरुङ श्रम राज्यमन्त्री हुँदा गरेको निर्णयका आधारमा उनलाई अख्तियारले मुद्दा दायर गरेको हो। विशेष अदालतले गुरुङलाई ५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो। 

नेपाल समय
टेकबहादुर गुरुङ।

यसैगरी पर्यटन व्यवसायी राजेन्द्र बजगाईं भारी मतान्तरसहित गोरखा-१ बाट प्रतिनिधि सभा सांसद बनेका छन्। नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फका उम्मेदवार बनेका बजगाईं निकटतम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेतभन्दा दोब्बर मत ल्याएर विजयी भएका हुन्। बजगाईंले ३३ हजार ४३८ मत प्राप्त गर्दा बस्नेतले १६ हजार ८ सय ८५ मत पाए। २०७४ को निर्वाचनमा प्रदेशसभामा भएको हारको बदला बजगाईंले प्रतिनिधिसभा लिए। अघिल्लो निर्वाचनमा बजागाईं र वस्नेत गोरखा १(ख) बाट निर्वाचन लडेका थिए। ‍पर्यटन व्यवसायमा संलग्न बजगाईं होटल वर्णवास सञ्चालनको तयारीमा छन्। उनी सामाजिक कार्यमा पनि सक्रिय छन्।

कुन व्यवसायीको अग्रता कहाँ? 
पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लडेका डलर अर्बपतिसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नवलपरासी पश्चिम-१ मा अग्रस्थानमा छन्। उनलाई जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर महेन्द्र सेन (ठकुरी)ले अघिपछि गर्दै पछ्याइरहेका छन्। यद्यपि जारी गणनामा चौधरी पनि कुनै बेला तेस्रो स्थानमा पुगेका थिए। यतिबेला चौधरीले निकटतम प्रतिस्पर्धी त्रिपाठीभन्दा झन्डै साढे ३ हजार मतले अग्रता बनाएका छन्। 

सीजी ग्रुपका अध्यक्ष चौधरीले नेपालमा मात्रै नभई विदेशमा समेत व्यवसाय विस्तार गरेका छन्। वाइवाइ चाउचाउ निर्यात गर्दै आएका चौधरी नबिल बैंकका सञ्चालक समेत हुन्। सीजी टेलिकम तयारीमा रहेका चौधरी फोब्स सूचीमा पर्ने नेपालका एक मात्रै अर्बपति व्यवसायी हुन्।

नेपाल समय
विनोद चौधरी।

कांग्रेसबाट चुनाव लडेका अर्का शिक्षा व्यवसायी तेजुलाल चौधरी सप्तरी-४ को मैदानमा छन्। जारी मतगणनामा चौधरीले जनता समाजवादी पार्टी, नेपालका बालकिशोर यादवलाई झन्डै २ हजार मतले पछि पारेका छन्। चौधरी नाइटिङ्गेल स्कुलका सञ्चालक हुन्। 

नवलपरासी पूर्व -२ मा नेपाली कांग्रेसका उम्मेदवार बनेका क्रसर विष्णुकुमार कार्की अग्रस्थानमा छन्। एमालेका तिलबहादुर महत क्षेत्रीभन्दा करिब ५ सय मतले उनी अघि छन्। 

यता पार्टी जिल्ला सभापति एवम् पूर्वराज्यमन्त्री दीपक खड्का पनि संखुवासभाबाट प्रतिनिधिसभामा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन्। खड्काले एमालेका राजेन्द्रप्रसाद गौतमलाई पछि पारेका छन्। उनीहरुबीचको मतान्तर करिब ४ हजार छ। खड्का बैंक्वेट, रेस्टुरेन्टलगायतका व्यवसायमा संलग्न छन्। कांग्रेसको १४औँ महाधिवेशनबाट उनी संखुवासभा जिल्ला सभापति निर्वाचित भएका थिए।

मोरङ-३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट पाएका नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले पनि अग्रता कायम गरेका छन्। शर्माले नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई फराकिलो अन्तरले पछि पारेका छन्। राप्रपाकी नेतृ तथा नायिका रेखा थापा समेत प्रतिपर्धामा रहेको यस क्षेत्रमा शर्मालाई पछि पारेर ढकाललाई विजयी हुनै निकै कठिन छ। शर्मा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन्।

नेपाल समय
डा सुनील शर्मा।

रामेछापबाट चुनाव लडेका अर्का निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङले पनि सुरुवाती अग्रता कायम गरेका छन्। तामाङले करिक ४ हजारले एमालेका कैलाशप्रसाद ढुंगेललाई पछि पारेका छन्। 


प्रकाशित: November 24, 2022 | 20:55:42 काठमाडौं, बिहीबार, मंसिर ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
राजनीति

तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी केन्द्र

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा नरहेको निष्कर्ष निकालेको हो।
नेपाल समय
राजनीति

बुटवलबाट प्रदेश राजधानी नसार्न माग गर्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी हतारमा नसार्न माग गरेको हो।
नेपाल समय
राजनीति

दोलखामा फेरि माओवादी उम्मेदवार कार्कीले लिए अग्रता

दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनः सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्।
नेपाल समय
राजनीति

अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन दिएको छ।
नेपाल समय
राजनीति

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना