काठमाडौं- काठमाडौं-२ 'क'मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनील केसी निर्वाचित भएका छन्। ६ हजार ५९८ मतका साथ विजयी केसीका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठ बनेका थिए। सानुसले ५ हजार ७९ मत पाए।
कांग्रेसका ध्रुव केसीले ३ हजार ८४७ मत पाएर तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो। हाम्रो नेपाली पार्टीका राजकुमार तिमल्सिनाले ९२३ मत पाउँदा नेककिपाका कमलबहाादुर डंगोलले १९४ मत पाएका थिए। नेपाल आमा पार्टीका खगेन्द्रराज बस्नेत, स्वतन्त्रद्वय यज्ञबहादुर बराल र गुणराज प्याकुरेलले शून्य मत ल्याए।