काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका छन्।
काठमाडौं-४ बाट निर्वाचित थापालाई बधाई दिँदै फेसबुकमा गगनको फोटो राखेर विश्वले लेखेका छन्, 'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।'
प्रतिनिधिसभाको निर्वाचनअघिदेखि नै आफूले गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने शर्माले बताउँदै आएका थिए। यस्तै थापाले पनि संसदीय दलको नेतामा आफूले निर्वाचन लड्ने बताउँदै आएका छन्।
कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने चलन छ।
शर्माले झापा-१ मा अग्रता बनाएका छन्। पछिल्लो परिणाम अनुसार विश्वप्रकाश ९ हजार ३ सय मतले एमालेका अग्नि खरेलभन्दा अगाडि छन्। सांसदहरूले संसदीय दलको नेता चुन्ने चुनावमा मतदान गर्न पाउँछन्।