काठमाडौं- ललितपुर क्षेत्र नम्बर २ 'ख'मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन्।
६ हजार ९९५ मतसहित चित्रकार निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हसिना शाक्यले ३ हजार ७८५ मत ल्याएर तेस्रो बनिन्।