सोमबार, माघ १६, २०७९
टिप्पणी

प्रधानमन्त्री 'कार्ड' देखाएर निर्वाचित गगनका तीन चुनौती

कौशल काफ्ले  |  काठमाडौं, मंगलबार, मंसिर ६, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, मंसिर ६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- चुनावको मिति नतोकिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री बन्ने लक्ष्य सुनाएका थिए। उनको उक्त वक्तव्यले पार्टीको शक्ति सन्तुलनमा असर गर्ने र पार्टीको सहयोग नहुने टिप्पणीलाई प्रतिरोध गर्दै थापा काठमाडौं-४ बाट करिब साढे ७ हजार मतान्तरसहित सांसदमा चुनिएका छन्। थापाले २१ हजार ३०२ मत प्राप्त गरी विजयी घोषित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे। 

२०४६ सालको जनआन्दोलनदेखि सक्रिय विद्यार्थी राजनीतिमा जोडिएका थापा २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भए। त्रिचन्द्र क्याम्पसमा २०५३ सालमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भएका थापा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्यसमेत रहेका थिए। २०५९ सालमा नेविसंघको महामन्त्रीको पद सम्हालेका थापा २०६८ मा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित थापाको राजनीतिक ग्राफ उकालो क्रममा नै छ। 

कांग्रेसका नेताहरूले पार्टी सभापति र प्रधानमन्त्रीलाई उतिकै प्राथमिकतामा राख्ने गरेपनि थापाले प्रधानमन्त्रीतर्फ आँखा लगाएका छन्। एक टेलिभिजन कार्यक्रममा उनले सभापति भन्दा प्रधानमन्त्री नै बढी प्राथमिकतामा रहेको बताइसकेका छन्। उनको उक्त रोजाइसँगै ‘भावी प्रधानमन्त्री’का रूपमा चर्चा हुँदा थापाको नाम पनि सूचीमा आउन थालेको छ। 

अर्थविद् डा स्वर्णिम वाग्लेले थापाको चुनावी प्रचार कार्यक्रममा गएर भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिदिएपछि यो विषयले थप चासो पायो। थापासँग प्रधानमन्त्री बन्ने भिजन र आफूजस्तै विज्ञको टिम रहेको दाबी गर्दै भनेका थिए, ‘अब पुराना नेताको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन लाग्नुपर्छ। काठमाडौं-४ का जनताले जिताएर पठाए गगन थापालाई निकट भविष्यमै प्रधानमन्त्रीका रूपमा देख्न पाइने छ।’

सांसद निर्वाचित थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताइसकेका छन्। अहिले जनताले स्थायित्व मात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताउँदै उनले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु। मतदाताको मनमा के छ, मनको कुरा पनि व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ।’

नेपाल समय
घरदैलो कार्यक्रम सुरु गर्नुअघि चाबहिल गणेशस्थानमा पूजा गर्दै गगन थापा (माला लगाएका)। फाइल तस्बिर

कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी रहेको सन्देश देशभरको मतपरिणामले दिएको थापाको तर्क छ। पार्टीभित्र पनि बहस भइसकेको दाबी गरेका उनले थपे, ‘जनताले नयाँ चालक खोजेका छन्। त्यो चालक कांग्रेसभित्रै छ। यो बहस पार्टीभित्र पनि भइसकेको छ। कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ।’

थापासँग २०७३ सालमा स्वास्थ्यमन्त्री बनेको अनुभव छ। चौथोपटक सांसद बनेका थापालाई प्रधानमन्त्री हुन पार्टीभित्रको आन्तरिक वातावरण सहज छैन। पार्टीमा नै वातावरण सहज नभएका उनलाई पार्टीबाहिर माहौल बनाउने उपयुक्त अवसर नमिल्न सक्छ। कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ फेरि पनि प्रधानमन्त्री बन्ने मनशायमा छन्। रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइरालाले पनि आफू प्रधानमन्त्री बन्नका लागि चुनाव लडेको दावी गर्दै आएकाले 'जुनियर' थापालाई संसदीय दलको नेता चुनिएर प्रधानमन्त्री बन्ने बाटो बनाउनु चुनौतीपूर्ण छ। 

समूहमा सम्मति खोज्ने चुनौती
नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार प्रधानमन्त्री बन्न दलको नेता चयन हुनुपर्छ। विशेष परिस्थितिमा संसदीय दलले निर्णय गरे संसदीय दलको नेताबाहेकका सांसद पनि प्रधानमन्त्री बन्न सक्ने बाटो बन्द गरेकै अवस्था चाहिँ होइन। तर दलभित्रको आन्तरिक शक्तिसंघर्षका कारण त्यस्तो अवस्था आउन सकसपूर्ण छ। 

थापाको दलभित्र विभिन्न शक्ति समूह छन्। एउटा समूहको नेतृत्व डा शेखर कोइराला र थापाले संयुक्त रूपमा गर्दै आएका छन्। तर यही समूहको मात्र बलमा संसदीय दलको नेता चुनिनु थापाका लागि फलामको च्युरा चपाउनुसमान छ। सभापतिसमेत रहेका हालका प्रधानमन्त्री देउवाको नैतिक समर्थन बिना थापालाई नेता चुनिन कठिन छ। 

यसअघि नै थापालाई अर्को चुनौती छ। डा शेखरसहितको समूहबाट संसदीय दलको नेताका लागि उम्मेदवार प्रस्तुत हुनु हो। हालसम्म डा कोइरालाले आफू संसदीय दलको नेताका रूपमा प्रस्तुत हुने नबताए पनि चुनावपछि फेरिएको राजनीतिक अवस्थामा असम्भव नै भन्ने हुँदैन। तसर्थ आफ्नो समूहका डा कोइरालासहितलाई मनाउन उनलाई चुनौती देखिन्छ।

दलभित्रको अंकगणित मिलाउने चुनौती
संसदीय दलको नेताका लागि आफ्नो समूहको तर्फबाट सर्वसम्मत उम्मेदवार बन्न सफल भएपनि थापाका चुनौती सकिँदैनन्। निर्वाचित कांग्रेस सांसदले संसदीय दलको नेता छान्ने भएकाले देउवालाई मनाएर सांसदहरूलाई आफ्नो पक्षमा पार्नुपर्ने उनका सामु अर्को चुनौती छ।

टिकट विवरतणमा नै संस्थापन समूहले बढी भाग लिएका कारण जति सिटमा जिते पनि त्यसमा संस्थापनकै सांसद बढी हुने लगभग प्रष्ट छ। संस्थापन समूहबाट देउवा आफैँ संसदीय दलको नेता बन्ने तयारीमा छन्।

सत्ता गठबन्धनमा भाग मिलाउँदा ९१ सिट पाएको कांग्रेसले संस्थापन पक्षका लागि ५१ सिट लिएर शेखर समूहलाई २२ सिट दिएको थियो। त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहले ६, प्रकाशमान सिंह समूहले ५, रामचन्द्र पौडेल समूहले ४ र शशांक कोइराला समूहले ३ सिट पाएको थियो। मतगणना जारी रहेकाले कुन समूहले कति सिट ल्याउँछन् र कांग्रेसको साइज कत्रो बन्छ भन्न सकिने अवस्था छैन। 

गठबन्धन बनाउने चुनौती
जारी मतगणनाको प्रारम्भिक परिणामले कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने देखाउँदैन। सरकार बनाउनका लागि कम्तीमा दुई दल मिल्नैपर्ने परिणाम निस्कने आकलन गर्न सकिने अवस्था छ। कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन अन्य दललाई पनि चित्त बुझाएर समेट्न सक्नुपर्छ। 

कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था भए उसले सबैभन्दा पहिले सँगै चुनाव लडेको गठबन्धनको साथ खोज्छ। गठबन्धनका दलले समर्थन नगरे गठबन्धन बाहिरका दलको समर्थन उसलाई आवश्यक पर्छ। त्यस्तो अवस्थामा कुन दललाई कसरी मनाउने भन्ने पनि भावी प्रधानमन्त्रीका लागि चुनौतीपूर्ण हुन्छ। गगनको गन्तव्यमा यीलगायतका विषयसँग जोडिएर आउने अन्य थुप्रै चुनौती सामना गर्नुपर्नेछ। 


प्रकाशित: November 22, 2022 | 17:13:05 काठमाडौं, मंगलबार, मंसिर ६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
राजनीति

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट हुन्छ : महासचिव पोखरेल

विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु रहेको बताए।
नेपाल समय
राजनीति

वामदेव र रावल नेकपा एसमै आउने घनश्याम भुसालको ठोकुवा

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने भुसालको तर्क।
नेपाल समय
राजनीति

माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति चयनबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बसेको छ।
नेपाल समय
राजनीति

सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय
राजनीति

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको भेट

धुम्बाराहीस्थित निवासमा अमेरिकी उपविदेशमन्त्री र देउवाबीच भेटवार्ता भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना