काठमाडौं– चितवन क्षेत्र नम्बर मा स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता लिइरहेका छन्। २२ हजार ४१८ मत गणना हुँदा उनले ७ हजार ३८६ मत पाएका छन्।
नेकपा एमालेका सुरेन्द्र पाण्डेले दोस्रो स्थानमा रहेर ६ हजार ८५१ मत पाएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार विश्व पौडेल ६ हजार १२३ मत ल्याएर तेस्रो स्थानमा छन्। राप्रपाका माधव भट्टराईले ५९० मत ल्याएका छन्।
क्षेत्र नम्बर २ मा पनि स्वतन्त्र पार्टीकै रवि लामिछानेले अग्रता लिएका छन्। १३ हजार ८८३ मत गन्दा उनले ५ हजार १२८ मत ल्याएका छन्। एमालेका कृष्णभक्त पोखरेल ४ हजार १६६ मत ल्याएर दोस्रो स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ७०६ मत पाएका छन्।
क्षेत्र नम्बर ३ मा भने राप्रपाका विक्रम पाण्डे पहिलो नम्बरमा छन्। १९ हजार २३३ मत गन्दा उनले ५ हजार ७२५ मत पाएका छन्। दोस्रोमा स्वतन्त्र पार्टीकी जीता बरालले ४ हजार ४२४ मत ल्याएकी छन् भने तेस्रोमा नेकपा माओवादीका डा. भोजराज अधिकारीले ४ हजार २९० मत पाएका छन्।
कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले ३ हजार ४७२ मत पाएका छन्।