काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ। पछिल्लोपटक निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार उसले १ लाख ३ हजार ७६८ मत ल्याएको छ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले ८८ हजार ४४४ मत पाएको छ भने तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ६७८ मत पाएको छ।
नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो स्थानमा छ। पाँचौं स्थानमा रहेको राप्रपाले २५ हजार ९९८ मत पाएको छ।
जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ। यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ।