काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता उल्टाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलाई पछि पार्दै अग्रता उल्टाएका हुन्।
पछिल्लो मत परिणामअनुसार सायमीले एक हजार ३३७ मत पाएका छन् भने श्रेष्ठले एक हजार ९१ मत पाएका छन्।
नेकपा एमालेका शिवसुन्दर राजवैद्य ५८७ मतसहित तेस्रो स्थानमा छन् भने उनलाई एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४१७ मतसहित पछ्याइरहेका छन्।
यस्तै, राप्रपाका प्रकाश रिमालले ३६० मत ल्याएका छन्