काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी छ। ११ बजेसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिइरहेका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले उनलाई पछ्याइरहेका छन्।
हालसम्म प्राप्त मतपरिणामअनुसार सिंहले ७ सय ५४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। मिश्रले ६ सय ८० मत प्राप्त गरेर दोस्रो स्थानमा छन्। एमालेका किरण पौडेलको ४ सय ९६ मत रहेको छ।
नेपाल सुशासन पार्टीका रमेश खरेलले १ सय २५ मत प्राप्त गरेका छन्।
देशभरको मतगणनामा प्रतिनिधिसभातर्फ ६ वटा क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि छन् भने ३ क्षेत्रमा कांग्रेसका। स्वतन्त्र पार्टीका उम्मेदवार दुई क्षेत्रमा अगाडि छन्।