भक्तपुर- भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन्। बिहान साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका थापाले अग्रता लिएका हुन्।
थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४२४, राप्रपाका मोहन केसीले २३२ र नेमकिपाबाट अनुराधा थापा मगरले २५० मत प्राप्त गरेका छन्।
भक्तपुर २ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो।