सोमबार, माघ १६, २०७९

हेमराजको विद्रोहले धनकुटामा झस्किएको कांग्रेस र हौसिएको एमाले

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, असोज ११, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असोज ११, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले आइतबार पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरे। भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरूले राजीनामा दिएका छन्। 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा माओवादीमा भएको सामूहिक विद्रोहले धनकुटाको राजनीतिले कोल्टे फेरेको छ।  

जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ८ असोजमा बसेको जिल्ला समन्वय समिति बैठकले जिल्लास्थित पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको उल्लेख गरेका छन्। माओवादीमा भएको विद्रोहले धनकुटाको राजनीतिक गणितमा बदलाव आउने विश्लेषण सुरु भएका छन्। 

झस्किएको कांग्रेस 
एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरिरहेका छन्। कांग्रेसले केन्द्रीय सदस्य सुनीलबहादुर थापालाई अघि सारेको छ भने जसपाले रकम चेम्जोङलाई छाड्नुपर्ने दाबी गर्दै आएको छ। तर धनकुटा कांग्रेसको भागमा पर्दा थापा चुनावी मैदानमा जाने सम्भावना धेरै छ। एमालेबाट यसअघि निर्वाचित भएका राजेन्द्र राईले टिकट पाउने सम्भावना धेरै छ। 

तर सत्ता गठबन्धनको चुनावी अंक गणितलाई हेमराजको विद्रोहले धक्का पुर्याइदिएको छ। २०१५ पछिका कुनै पनि संसदीय निर्वाचनमा कांग्रेसले जित निकाल्न सकेको छैन। यस पटक सत्ता गठबन्धनको सहयोगमा जित निकाल्ने दाउमा कांग्रेस थियो। तर माओवादीमा भएको विद्रोह र हेमराजको स्वतन्त्र उम्मेदवारीले कांग्रेसलाई झस्काइदिएको छ। कांग्रेस नेताहरू पछिल्लो राजनीतिक घटनाक्रमले विजयको झन्डा गाढ्ने अभियानमा असर गर्ने टिप्पणी गर्छन्। 

माओवादीमा भएको विद्रोहले धनकुटाको राजनीतिक गणितमा बदलाव आउने विश्लेषण गरिँदै छ। एमाले सत्ता गठबन्धनसित लड्नुपर्ने अवस्था रहिरहेकामा धनकुटामा माओवादीको सामूहिक विद्रोहले गठबन्धनको भारी हलुका हुनेमा ढुक्क देखिएको छ।

‘हिजो हेमराजजीहरूले पार्टी छाड्नुभयो। मैले उहाँसँग कुरा गरें। उहाँले गठबन्धनसँगको असमझदारीका कारण पार्टी छाडेको होइन भन्नुभयो। पार्टीभित्रकै असन्तुष्टिका कारण उहाँ अलग हुनुभएको रहेछ। अघिल्लो निर्वाचनमा पनि त्याग गरेकाले यसपटक प्रतिनिधिसभामा उहाँहरूको दाबी रहेछ,’ कांग्रेस धनकुटाका सभापति दिनेश राईले भने, ’मैले उहाँलाई प्रदेशसभामा उम्मेदवार बन्नुस् भनेको छु। उहाँहरूले पार्टी छाड्दा हामीलाई असर गर्छ नै। त्यस कारण हामी उहाँहरूलाई मिलाउने प्रयत्नमा छौं।’ 

त्यसो त, राई २०१५ पछि धनकुटामा चारतारे झन्डा फहराउने मौका यस पटक रहेको बताउँछन्। ६४ वर्षपछि प्राप्त मौका गुम्न नदिने उनको भनाइ छ। ‘हामीले ७ स्थानीय तहमा चार जितेका छौं। गठबन्धनले २९ वटा वडा जितेको छ। हामी गठबन्धनको रणनीतिमा अडिग छौं। चार वटा पार्टीलाई भाग पुग्दैन। त्यस कारण प्रतिनिधिसभा हामीले लिएर दुई प्रदेशसभा अन्य दललाई छाड्ने तयारीमा छौं,’ राई भन्छन्, ‘अर्को एउटा दललाई पछि राष्ट्रिय सभातिर मौका दिन सकिन्छ। यस पटक जित्ने अवसर छ। हामी यो प्रयास गुमाउन चाहदैनौं।’

कांग्रेसले जितेका स्थानीय तहमा भइरहेको कार्य सम्पादनले पनि पार्टीलाई जित दिलाउन सहयोग पुग्ने उनको दाबी छ। ‘हामीले जितेको पालिकामा विकासको मोडल देखिन थालेको छ। हाम्रा जनप्रतिनिधिको कार्य सम्पादन पनि हाम्रो जितको आधार हो,’ उनले भने। 

उत्साही एमाले 
नेकपा एमाले भने हेमराजसहितका माओवादी नेताको विद्रोहले उत्साही देखिन्छ। सत्ता गठबन्धनको भारी एक्लै बोक्नुपर्ने अवस्थामा माओवादीको सामूहिक विद्रोहले एमालेलाई गठबन्धनको भारी हलुका हुने देखिएको छ।

एमालेका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीको प्रतिक्रियाले त्यसैको संकेत गर्छ। गठबन्धनभित्र जात्रैजात्राको स्थिति रहेकाले एमालेको विजययात्रालाई कसैले रोक्न नसक्ने उनको दाबी छ।  

‘गठबन्धनभित्र जात्रैजात्रा छ। गठबन्धन नेताको टाउका मिलाएर हुने होइन। जनताले पत्याउने कुरा हो। यस पटक जनताको अभिमत गठबन्धनको पक्षमा होइन, एमालेतिर देखिएको छ। जबर्जस्ती बनाएको गठबन्धनले खासै  पार लाग्ने देखिएन,’ पराजुली भन्छन्, ‘यसबीचमा गठबन्धनले सत्ता चलाउँदा जे–जे गरिरहेको छ, त्यो जनताले देखेका छन्। गठबन्धनले के गर्छ भन्ने छर्लंगै देखिएको छ। त्यस कारण एमालेको विजय यात्रालाई कसैले रोक्न सक्दैन।’

नेपाल समय
हेमराज भण्डारी र उनको समूहले दिएको राजीनामा।

हेमराज भन्छन्-  फिल्डको मनोविज्ञान बुझेरै निर्णय लिएको हुँ
माओवादी छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हेमराज धरातलीय मनोविज्ञान बुझेको दाबी गर्छन्। २०६४ को संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका उनी जनताको मनोविज्ञान हेर्दा धनकुटामा नयाँ इतिहास आफूले रच्नेमा ढुक्क रहेको बताउँछन्। उनी गठबन्धन जनताका लागि भन्दा पनि सत्ता हत्याउनमा केन्द्रीत रहेकाले आफूले राजनीतिक दलहरूलाई सवक सिकाउन स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको बताए।  

‘फिल्डको मनोविज्ञान हेर्दा मैले नयाँ इतिहास रच्नेमा ढुक्क छु। गठबन्धन खाली सत्ता हत्याउनका लागि मात्रै बन्न थाले। जनताका मुद्दा गौण बने। त्यस कारण मैले दलहरूलाई सबक सिकाउन स्वतन्त्र उम्मेदवारी घोषणा गरेक हुँ,’ उनले भने। 

उनले १५ दिनअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएर धनकुटा आएको बताए। ‘मैले प्रचण्डलाई १५ दिनअघि नै राजीनामा बुझाएर हिँडेको हुँ। पार्टी जागरणको अभियान चलाउँछु। चुनाव चिह्न दिनुस् भनेको थिएँ। उहाँले मान्नुभएन। त्यसपछि मैले  पोलिटब्युरो, केन्द्रीय समिति र मेरो पार्टी सदस्यसमेत पार्टी अध्यक्षलाई राजीनामा दिएर म धनकुटा आएको हुँ,’ उनले भने, ‘अब म स्वतन्त्र भइसकें। स्वतन्त्रै भएर चुनाव लड्छु। त्यसपछिको राजनीति कसरी अघि बढाउने भन्ने विषयमा सोचेको छैन। सम्भावनाका कुरा त छँदै छन्।’

माओवादी नेताहरू भने सामूहिक विद्रोहले धक्का लागे पनि धनकुटामा माओवादी नरित्तिएको दाबी गर्छन्। १० वर्षे युद्ध लडेका र पार्टीमा पोलिटब्युरोसमेत रहेका भण्डारी र नेताहरूको ठूलो पंक्तिले पार्टी छाड्दा धक्का लागे पनि पार्टी जीवित रहेको तर्क माओवादी नेताहरूको छ। 

‘उहाँहरूले हिजो (आइतबार) सामूहिक राजीनामा दिनुभयो। उहाँहरूले धनकुटामा माओवादी छैन भनेर जसरी सूचना सम्प्रेषण गर्नुभएको छ, त्यस्तो स्थिति होइन। धनकुटामा माओवादी जीवितै छ। व्यक्ति प्रधान होइन, पार्टी प्रधान हो,’ निवर्तमान प्रदेश सांसद तथा नेतृ कुशुमकुमारी श्रेष्ठले भनिन्, ‘त्यस कारण संकटका बेला खुट्टा टेक्नुपर्छ र टेकिन्छ। हेमराज कमरेड जनयुद्ध लडेर आएको नेता र पोलिटब्युरो सदस्यले पार्टी छाड्दा धक्का लाग्छ नै। तर पार्टी जोगाउन म लागिरहेकी छु।’ 

यस्तो छ अंकगणित 
२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका थिए। राई ३७ हजार ३३३ मत ल्याएर विजयी भएका थिए। कांग्रेसको समेत सहयोग लिएर राप्रपाबाट चुनाव लडेका सुनीलबहादुर थापाले २६ हजार ८७४ मत ल्याएका थिए। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्दा धनकुटामा एमाले बलियो देखिन्छ। एमालेले ३६ हजार ३३६ हजार मत पाउँदा कांग्रेसले २८ हजार १८२ मत पाएको छ। माओवादीले ५ हजार ४५८, जसपाले २ हजार २९३, नेकपा एसले १ हजार ७२८ र राप्रपाले ३०४ मत पाएको देखिन्छ। 

धनकुटामा सत्ता गठबन्धनको कुल र नेकपा एमालेको एकल मत लगभग बराबर देखिन्छ। गठबन्धनको कुल मत ३७ हजार ६६१ हो। जबकि एमालेको एकल मत ३६ हजजार ३३६ हो। अझ माओवादीमा भएको सामूहिक विद्रोहले गठबन्धनको मत घट्ने देखिन्छ। सोही कारण एमाले उत्साही बनेको छ।

धनकुटाको चुनाव इतिहास 
२०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा धनकुटामा ६ वटा निर्वाचन क्षेत्र थिए। ६ वटै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो। क्षेत्र नम्बर २२ धनकुटा दक्षिण पश्चिमबाट लीलानाथ पाध्या, क्षेत्र नम्बर २३ धनकुटा उत्तर पश्चिमबाट पद्मनाथ रेग्मी, क्षेत्र नम्बर २४ धनकुटा पूर्व पश्चिमबाट कुलमान लिम्बू, क्षेत्र नम्बर २५ धनकुटा पूर्व मध्यबाट प्रेमराज आङ्देम्बे, क्षेत्र नम्बर २६ धनकुटा मध्यबाट तेजमान तुम्बाहाम्फे र क्षेत्र नम्बर २७ धनकुटा दक्षिणबाट डबलसिंह सेन लिम्बू विजयी भएका थिए। 

तर २०१५ को संसद्ले पूरै कार्यकाल काम गर्न पाएन। १ पुस २०१७ मा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि कू गर्दै मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था लागू गरे। ३० वर्ष लामो संसदीय व्यवस्था अन्त्यपछि २०४८ मा भएको निर्वाचनमा भने कांग्रेसले साख जोगाउन सकेन। २०४८ को निर्वाचनमा धनकुटाका दुवै निर्वाचन क्षेत्रमा एमाले विजयी भयो। क्षेत्र नम्बर १ मा रकम चेम्जोङ र क्षेत्र नम्बर २ मा गोपाल गुरागार्इं निर्वाचित भए। 

२०५१ को मध्यावधि निर्वाचनमा पहिलो पटक धनकुटामा राप्रपाको इन्ट्री भयो। क्षेत्र नम्बर १ मा पुनः रकम चेम्जोङ विजयी हुँदा क्षेत्र नम्बर २ मा राप्रपाका सूर्यबहादुर थापा विजयी भए। २०५६ को निर्वाचनमा पनि एमालेले क्षेत्र नम्बर १ जोगाएको थियो। यो क्षेत्रमा एमालेका दुर्गा लिंखा विजयी भएका थिए। क्षेत्र नम्बर २ मा पुनः सूर्यबहादुर नै विजयी भए। 

२०६४ को संविधानसभा निर्वाचनमा नेकपा माओवादी जबर्जस्त रूपमा उदायो। दुवै क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भए। क्षेत्र नम्बर १ मा हेमराज भण्डारी र क्षेत्र नम्बर २ मा हरिराज लिम्बू विजयी भए। तर २०७० को निर्वाचनमा माओवादीले आफ्नो साख जोगाउन सकेन। क्षेत्र नम्बर १ मा एमालेका टीकाराम चेम्जोङ विजयी हुँदा क्षेत्र नम्बर १ मा राप्रपाका सुनीलबहादुर थापा निर्वाचित भएका थिए।


प्रकाशित: September 27, 2022 | 21:27:00 काठमाडौं, मंगलबार, असोज ११, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रथम सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मी स्कुललाई

प्रथम सरस्वती कप सिनियर/जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो भने उनी अनागरिक भएका छन्।

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीबाट तीन जना पक्राउ

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ। स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए।

थप समाचार

नेपाल समय
राजनीति

वामदेव र रावल नेकपा एसमै आउने घनश्याम भुसालको ठोकुवा

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने भुसालको तर्क।
नेपाल समय
राजनीति

माओवादी स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति चयनबारे छलफल हुँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बसेको छ।
नेपाल समय
राजनीति

सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय
राजनीति

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डको भेट

धुम्बाराहीस्थित निवासमा अमेरिकी उपविदेशमन्त्री र देउवाबीच भेटवार्ता भएको हो।
नेपाल समय
राजनीति

रवि बाहिरिएपछि पहिलो मन्त्रिपरिषद्क बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक दिउँसो ४ बजे सिंहदरबारमा बोलाएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना