सोमबार, मंसिर १९, २०७९
एमालेको मधेस रणनीति

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा मधेसको माहोल आफ्नो पक्षमा पार्न एमालेको धौडधुप, टिकट वितरणको आशमा एमाले प्रवेश गर्दै मधेसवादी दलका नेताहरू।
कौशल काफ्ले  |  काठमाडौं, मंगलबार, असोज ११, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

मंगलबार, असोज ११, २०७९, काठमाडौं

नेपाल समय
एमाले अध्यक्ष केपी ओली

काठमाडौं– गत ८ असोजमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मधेस झरे। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरियासहित अन्य नेता/कार्यकर्तालाई एमाले प्रवेश गराउन उनी धनुषा गएका थिए। 

धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरे। अरगरिया २०७४ को चुनावमा धनुषा–२ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए। पछि लोसपामा पुगेका उनी ओली सरकारको पर्यटनमन्त्रीसमेत बनेका थिए। 

१४ हजार बढी मतान्तरले निर्वाचन जितेका अरगरिया एमाले प्रवेश गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। आफ्नो क्षेत्रमा प्रभावशाली मानिएका उनी एमाले प्रवेश गरेसँगै लोसपाकै अधिकांश नेता एमालेमा भित्रिएका छन्। जबकि लोसपा पार्टी नै एमालेसँग सहकार्य गर्ने तर्खरमा छ। लोसपाले एमालेसँग चुनावी तालमेल गर्न  शुक्रबार मात्रै वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा समिति बनाएको छ।

त्यस्तै, जसपाबाट सांसदहरू अमृता अग्रहरी, डा. रिना यादव, अञ्जुकुमारी यादव र रुही नाज पनि एमाले प्रवेश गरेका छन्। यसरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा एमाले मधेसको माहोल आफ्नो पक्षमा पार्न लागिपरेको छ। मधेसमा पार्टी प्रवेश कार्यक्रमलाई तिब्र बनाएको छ।

कार्यक्रममा सहभागी हुन धनुषा पुगेका एमाले अध्यक्ष ओली जनकपुरधाममा रहेको रेल्वे प्लेटफर्मबाट महिनाथपुर स्टेशनमा ओर्लिने क्रममा।

हुन त, एमालेले गत पुसदेखि नै औपचारिक घोषणा गरेरै पार्टी प्रवेश कार्यक्रमलाई तीव्र बनाएको थियो। चितवन महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले नै पार्टी प्रवेश कार्यक्रमलाई तीव्र बनाउने निर्णय गरेको थियो। ‘सबै तहका पार्टी कमिटीहरूले आ–आफ्नो कार्यक्षेत्रभित्र पार्टी प्रवेश सम्भावनाको आकलन गर्ने, प्रवेश गर्ने सम्भावित व्यक्तिको सूची तयार गर्ने र प्रवेशको तयारीका लागि निश्चित व्यक्तिलाई जिम्मेवारी प्रदान गर्ने,’ केन्द्रीय कमिटीको निर्णय थियो। 

१४ हजार बढी मतान्तरले निर्वाचन जितेका अरगरिया एमाले प्रवेश गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। आफ्नो क्षेत्रमा प्रभावशाली मानिएका उनी एमाले प्रवेश गरेसँगै लोसपाकै अधिकांश नेता एमालेमा भित्रिएका छन्।

विशेषगरी मधेसमा आफ्नो छवि सुधार्न लागिपरेको एमालेले ६ पुसमै नै पार्टी प्रवेश कार्यक्रम गर्यो। अध्यक्ष केपी ओलीका साथै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरूले कपिलवस्तुको बहादुरगञ्जमा पार्टी प्रवेश कार्यक्रम गरेर जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तालाई एमालेमा भित्र्याएका थिए। गुप्ताले २०७४ को प्रतिनिधिसभाको चुनावमा झिनो मतान्तरसहित पराजय बेहोरेका थिए। 

बैठकको निर्णयअनुरूप नै ८ पुसमा पनि पर्सामा एमालेले पर्सामा कार्यक्रम गर्यो। पर्साको जगरनाथमा आयोजित उक्त कार्यक्रममा ओली नै उपस्थित भई गाउँपालिका अध्यक्ष जालिम मियाँसहित माओवादी केन्द्रका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए। त्यस्तै, १७ पुसमा बाँकेको नरैनापुरमा जसपाका केन्द्रीय सदस्य रामकुमार दीक्षितसहित स्थानीय नेता–कार्यकर्ता एमाले प्रवेश गरे। एमाले महासचिव शंकर पोखरेलले उनीहरूलाई एमालेमा स्वागत गरेका थिए।

त्यसपछि १९, २३ र २७ पुसमा लगातार पार्टी प्रवेशको कार्यक्रम गर्यो। १९ पुसमा मात्रै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रहेका पूर्वमन्त्री यदुवंश झा एमाले प्रवेश गरे। २३ पुसमा जसपाका लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) एमाले प्रवेश गरिन्। त्यस्तै, ओमसतिया गाउँपालिका–४ का अध्यक्ष मसहुल आलम खान २७ पुसमा एमाले प्रवेश गरेका थिए।  

धनुषा शहीदनगर नगरपालिका वडा नम्बर ६ हडबडास्थित शहीद रामनारायण मण्डल (मुडबल)को घरमा एमाले अध्यक्ष ओली।

यसरी पार्टी प्रवेश गर्नेको संख्या १ लाख पार गरिसकेको दाबी एमालेको छ। स्थानीय तह चुनावपछि पनि मधेसमा एमाले प्रवेश गर्नेहरू धेरै पुगिसकेको प्रचार विभागले जनाएको छ। यसबीचमा एमाले प्रवेश गरेका हृदयेश त्रिपाठीको ‘स्वतन्त्र समूह’ बाट सांसद वृजेशकुमार गुप्तासहित अग्रहरी र रुही नाज आफ्नो क्षेत्रमा प्रभावशाली मानिन्छन्। 

त्यस्तै, लोसपा केन्द्रीय सदस्य(मधेस प्रदेशसभाका सदस्य) प्रल्हाद गिरी एमाले प्रवेश गरेका हुन्। ‘त्रिपाठी समूह’बाट कपिलवस्तु–२ ‘ख’बाट जितेका धर्मबहादुर लाल श्रीवास्तव पनि एमाले छिरेका छन्। जसपाका लुम्बिनी प्रदेश सांसद विजयबहादुर यादव पनि एमाले प्रवेश गरेका छन्। जसपाकै मधेस प्रदेशसभा सदस्य डा. रिना यादव पनि एमालेमा आएकी छिन्।

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

यसरी मधेसमा विभिन्न जिल्लाका पार्टी पदाधिकारीसहित गाउँपालिका अध्यक्षदेखि अन्य नेता÷कार्यकर्ता एमाले प्रवेश गरेका छन्। पछिल्लो चरणमा मात्र करिब २५ जना हाराहारी बढी एमाले प्रवेश गरिसकेको प्रचार विभागले जनाएको छ। 

पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफैं मधेस दौडधुप गरिरहेका छन्। मधेसको माहोल सुधार्ने रणनीति बनाएका ओलीले भाषणबाटै मधेसी जनतालाई कहिले घुर्काउँछन् त कहिले ‘सपना’ देखाउँछन्। जस्तो, गत २७ भदौमा ओलीले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले उम्मेदवारी दिएको धनुषा–३ मा आफ्नै उम्मेदवार उठाउने भन्दै घुर्काएका थिए। धनुषाको तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए, ‘३ नम्बरबाटै बोलिरहेको छु। कसैलाई भ्रम नहोस्, यस क्षेत्रमा एमाले उठ्छ। एमालेले आफ्नै उम्मेदवार उठाउँछ।’

विभिन्न दलका नेता, कार्यकर्तालाई एमाले प्रवेश गराउन जनकपुरधाम पुगेका ओलीले अब मधेसमा एमाले मजबुत भएको दाबी गरेका थिए। उनले मुख्यतः मधेसले चासोपूर्वक हेर्ने नागरिकता विधेयकको सवालमा समेत अभिव्यक्ति दिए। नागरिकता विधेयक पास नगराउन भूमिका खेलेकै कारण मधेसमा कमजोर भइएला भन्ने डर उनमा देखिन्छ। त्यसैले रक्षात्मक हुँदै ओलीले भनेका थिए, ‘जन्मसिद्धका नागरिकले नागरिकता पाउनुपर्छ भन्ने एमालेको नारा हो। म सात दिनदेखि कराइरहेको छु। तर एमालेले नागरिकताको प्रमाणपत्र दिएन भनेर भ्रम फैलाउने, जनता अल्मल्याएर भोटको राजनीति गर्न विपक्षीले खोजेको छ।’

यसरी मधेसमा कतै ओली आफैं उपस्थित भइरहेका छन् त कतै पार्टीका अन्य शीर्ष नेता खटाएका छन्। मधेसमा एमाले आफ्नो पकड क्षेत्र बनाउन मिसनमै लागेको छ। पछिल्ला पार्टी प्रवेश कार्यक्रम यसैको शृंखला रहेको आकलन बाहिर भइरहेको छ।

बाध्यात्मक शरण!
खासमा मधेस र ओलीप्रति सद्भावपूर्ण सम्बन्ध थिएन। ओलीलाई त कतिपयले मधेसविरोधी नेताको रूपमा हेर्ने गरेका छन्। मधेसी नेता र ओलीबीच प्रायजसो पेचिलो भनाभन चलिरहन्छ। त्यसमाथि २०७२ को नाकाबन्दीका कारण ओलीप्रति मधेसी जनता थप रुष्ट थिए।

त्यसअघि पनि पटक–पटक ओलीले मधेसविरोधी अभिव्यक्ति दिइरहेकै हुन्थे। कहिले ‘मधेसीहरू कुहिएका आँपका डल्ला हुन्, झरेर÷सकिएर जान्छन्’ भन्ने आशयको अभिव्यक्ति दिएर त कहिले के भनेर विवादमा तानिन्थे। जस्तो, २१ पुस २०७१ मा राज्य पुनर्संरचनाको बहस चल्दा त्यस्तै भयो। त्यसबेला तत्कालीन सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेशमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पनि मिसाउनुपर्ने तर्क राखेका थिए। त्यसमा ओलीको प्रत्युत्तर थियो, ‘सबै मधेसमा मिसाउने हो भने भारतका बिहार र उत्तर प्रदेशलाई पनि मधेसमा मिसाउनुस्।’

यसरी पटक–पटक घोचपेच चलिरहने एमाले र मधेसको सम्बन्ध सुध्रन थालेको हो? अथवा के भएर मधेसमा एमाले प्रवेश गर्नेको लहर चलिरहेको छ? मधेस अध्यता रोशन जनकपुरी भन्छन्, ‘एमालेप्रति उत्पात आश बोकेर गएका पनि हैनन्। गठबन्धनदेखि कतै ठाउँ नपाएको र आफू एक्लै पनि चुनावमा असुरक्षित देखेपछि एमाले रोज्नुको विकल्प नभएको हो। यो उनीहरूको बाध्यात्मक शरण हो।’

मधेसमा धुमिल हुँदै गएको विगत छवि सुधार्न एमालेको रणनीति सफल हुने देखिँदै छ। 

जनकपुरीका अनुसार अहिले मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएको छ। जबकि पहिला मधेसी एजेन्डासँगको ‘एट्याचमेन्ट ’ मधेसमा राम्रो थियो। दलहरू पनि यसैको टेको लिएर चुनाव जित्दै आएका थिए। तर अहिले आफ्नै व्यवहारले गर्दा मधेसी नेताहरू कमजोर हुँदै गइरहेका छन्। मधेशी पार्टीहरू पनि कमजोर हुँदै गइरहेका छन्। त्यसैले सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले गएको र उसले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको उनको भनाइ छ।

कार्यक्रममा सहभागी हुन धुनषाको तिनकोरिया पुगेका एमाले अध्यक्ष ओली।

‘अवसरको स्थिति हेरेर नै अहिले ‘भागाभाग’ चलिरहेको हो। एमालेलाई मधेसमा प्रभाव बढाउनुपर्ने अनि मधेसवादी नेतालाई पनि सिट सुरक्षा गर्नुपर्ने भएपछि दुवैको स्वार्थ मिलेको हो,’ उनले भने, ‘अहिले हेर्दा लोसपा र अन्य केहीका नेताहरू भागाभाग गरिरहेका छन्। उनीहरूलाई गठबन्धनले भाउ दिएन अनि एक्लै चुनावमा जाने अवस्था पनि छैन। त्यसैले अवसरका लागि पनि एमालेसँग बाध्यतावश शरण लिन पुगेका हुन्।’

कति सुधार?
चुनावी परिणाम हेर्दा मधेसमा एमालेले पहिलेभन्दा केही मत बढाएको देखिन्छ। पुसदेखि चलाइएको पार्टी प्रवेश कार्यक्रमले गर्दा पनि होला, अघिल्लोभन्दा यो स्थानीय तह चुनावमा एमालेले मधेसमा प्रभाव बढाएको छ। जबकि २०७४ को स्थानीय निर्वाचनमा मधेसमा एमाले चौथो शक्ति बनेको थियो। 

त्यसबेला १८ स्थानीय तह जितेको एमालेले २०७९ सालसम्म आइपुग्दा केही सुधार गरेको देखिन्छ। गत स्थानीय तहको चुनावमा मात्र एमालेले १२ वटा स्थानीय तहमा आफ्नो प्रभाव बढाएको छ। पाँच दलीय गठबन्धनका बाबजुद एमालेले मधेसको ३० पालिकामा जित हात पारेर दोस्रो शक्ति बनेको छ। 

समग्रमा मधेसमा एक उपमहानगरसँगै १९ मेयर, २० उपमेयर, ११ गाउँपालिका अध्यक्ष र ७ उपाध्यक्ष एमालेले जितेको छ। त्यस्तै, २७४ वडामा एमालेले विजय प्राप्त गरेको छ। मधेस प्रदेशमा मात्र एमालेका कुल १४६७ जनप्रतिनिधि बनेका छन्। यही गतिमा सुधार भए आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मधेसबाट राम्रो मत पाउने आश एमालेको छ।


प्रकाशित: September 27, 2022 | 08:02:41 काठमाडौं, मंगलबार, असोज ११, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
राजनीति

तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ : माओवादी केन्द्र

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा नरहेको निष्कर्ष निकालेको हो।
नेपाल समय
राजनीति

बुटवलबाट प्रदेश राजधानी नसार्न माग गर्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी हतारमा नसार्न माग गरेको हो।
नेपाल समय
राजनीति

दोलखामा फेरि माओवादी उम्मेदवार कार्कीले लिए अग्रता

दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनः सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्।
नेपाल समय
राजनीति

अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन दिएको छ।
नेपाल समय
राजनीति

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना