शुक्रबार, मंसिर १६, २०७९

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

खिला कार्की  |  काठमाडौं, सोमबार, असोज १०, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, असोज १०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– आउँदो ४ मंसिरमा प्रतिनिधिसभा चुनावको घोषणा भएसँगै राजनीतिक वृत्तमा सलबलाहट सुरु भएको छ। भक्तपुर जिल्ला पनि यसबाट अछुतो छैन।

भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को हल्लाउनै नसक्ने पकड स्थापित छ। विपक्षीमा रहेका सबै उम्मेदवार एकातिर उभिँदा समेत नेमकिपाकै पल्ला भारी हुने गर्छ। यहाँ अहिलेसम्म पार्टीगत प्रतिस्पर्धा नै छैन भन्दा पनि हुन्छ। २ नम्बर क्षेत्रमा भने पहिलो पटक २०७४ मा एमालेले झण्डा गाडेको थियो।

क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेतले कांग्रेसका ‘टुरिष्ट’ र पाका उम्मेदवार दमननाथ ढुंगानालाई ठूलो मतान्तरले पराजित गरेका थिए। यस पटक पनि एमालेले महेश बस्नेतको विकल्प नसोच्ने पक्का जस्तै छ। किनभने भक्तपुरमा एमालेसँग महेशको विकल्पमा उभिनसक्ने उम्मेदवार नै छैनन्।

कांग्रेसले पनि फेरि दमननाथ जस्तो ‘टुरिष्ट‘ र राजनीतिक रुपमा ‘थोत्रा’ उम्मेदवार दिएर गल्ती गर्ने छैन। त्यसैले कांग्रेसबाट जिल्ला सभापति दुर्लभ थापाले तयारी सुरु गरिसकेका छन्। एकथरीको विश्लेषण छ, भक्तपुरमा महेश बस्नेतसँग भिड्न सक्ने कांग्रेसका उम्मेदवार दुर्लभ थापा नै हुन्। तर कांग्रेसमा आकांक्षीहरु भने धेरै छन्।

पूर्व जिल्ला सभापतिहरु गणेशमान चक्रधर र महेश श्रेष्ठ पनि २ नम्बर क्षेत्रका दावेदार हुन्। गणेशमान २०७४ को प्रदेशसभा चुनावमा क्षेत्र नम्बर २ मा तत्कालीन एमालेका उम्मेदवार राजेन्द्रमान श्रेष्ठसँग २६ सय ९१ मतान्तरमा पराजित भएका थिए।

दुर्लभ, महेश र गणेशमान मात्रै कांग्रेसका आकांक्षी उम्मेदवार होइनन्। कांग्रेस केन्द्रीय सदस्य तथा इमान्दार नेताको छवि बनाएका मदनकृष्ण श्रेष्ठ समेत सांसदका आकांक्षी हुन्। त्यसैगरी अर्का आकांक्षी कविर राणाले समेत भित्री तयारी सुरु गरेको उनी निकट स्रोतको दावी छ।

भक्तपुर–१ नेमकिपाको पेवा
२०७४ को प्रतिनिधिसभा चुनावमा ३७ हजार ७६ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले जित हात पारेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मतमा चित्त बुझाउनु परेको थियो। बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए। २०७४ को चुनावमा अन्य पार्टीका उम्मेदवारले प्राप्त गरेको सम्पूर्ण मत एकातिर खस्दा पनि नेमकिपाकै उम्मेदवारले प्राप्त गरेको मत बढी हुन्छ। 

२०७४ को चुनावमा प्रदेशतर्फ पनि नेमकिपा एउटै क्षेत्रमा सीमित छ। प्रदेशको क्षेत्र नम्बर क मा नेमकिपाका सुरेन्द्रराज गोसाईंले २३ हजार ८ सय ८५ मत ल्याएर जितेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रोमन सिलवालले ८ हजार ६३ मा चित्त बुझाउनु परेको थियो। प्रदेश क्षेत्र ख मा कांग्रेसका उम्मेदवारसँग एमालेका उम्मेदवारले २८ सय १७ मतान्तरले जित निकालेका थिए।

क्षेत्र नम्बर २ मा भाले भिडन्त
२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए। महेशले १७ हजार ४ सय २७ मतान्तरमा जित निकालेका थिए।

तर यस पटक महेशलाई पहिलेको जति सजिलो नहुने निश्चित छ। पहिलो कारण उनले आफूजस्तै बलियो उम्मेदवार (कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा वा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ)को सामना गर्नु पर्नेछ भने दोस्रो कारण एमाले फुटको असर यस क्षेत्रमा पनि परेको छ। प्रदेश क्षेत्र नम्बर २ बाट विजयी एमाले उम्मेदवार राजेन्द्रमान श्रेष्ठ एकीकृत समाजवादीमा हामफालेका छन्। राजेन्द्रमान पुराना तथा इमान्दार कम्युनिष्ट नेता मानिन्छन्। उनले १४ हजार २ सय २९ मत ल्याएका थिए।

माओवादी केन्द्रका केही नेताले समेत खासगरी भक्तपुर क्षेत्र नम्बर २ मा आँखा लगाएको देखिन्छ। कतिपयले विभिन्न मिडियामार्फत् इच्छा जाहेर गर्न थालेका पनि छन्। कांग्रेस महामन्त्री गगन थापाले भने जस्तो ‘३ हजारमा तीस हजार खन्याउने व्यवहार कांग्रेसले मान्दैन।’ भक्तपुर २ मा गगनको त्यही भनाइ चरितार्थ हुन्छ, माओवादीले टिकट पाएको खण्डमा। त्यसैले पनि त्यो सम्भावना न्यून छ। किनभने यस क्षेत्रमा माओवादी द्रुत गतिको ओरालोमा रहेको विगतमा उसले प्राप्त मतले बताउँछ।

नेमकिपा समेत भक्तपुर २ मा निर्णायक शक्ति मानिँदैन। उसले हम्मेसी तालमेलमा समेत विश्वास गरेको देखिन्न। भक्तपुर क्षेत्र नम्बर २ बाट भाले भिडन्तमा उत्रिने प्रवल सम्भावना भएका एमालेका महेश बस्नेत र कांग्रेसका दुर्लभ थापाको जित्ने आधार चाहिँ के हुन् त?

नेपाल समय
महेश बस्नेत

महेश बस्नेतले जित्ने ५ आधार

१) चुनावी ‘ट्याक्टिस’ मा माहिर
सानै उमेरमा भक्तपुरको तत्कालीन गुण्डु गाविसको अध्यक्ष भएर चुनावी अनुभव बटुलेका महेश बस्नेतले गत संसदीय चुनावमा दमनाथ ढुंगाना मार्फत कांग्रेसलाई लज्जाजनक हार चखाए। दमननाथलाई ‘टुरिष्ट’ र वृद्ध उम्मेदवारको बात लगाइएको थियो। चुनाव जित्न आवश्यक सम्पूर्ण खाले उपाय रच्न महेश माहिर मानिन्छन्।

२) पिठो बेच्न सक्षम
२०७४ को प्रतिनिधिसभा चुनावमा विजय हासिल गरेपछि महेश विकास निर्माणका उल्लेख्य काम गरेको ‘इम्प्रेसन’ दिन सफल छन्। भक्तपुर २ नम्बर क्षेत्र नघुमेको जोकोहीले उनका कुरामात्र सुन्यो भने विकासमा छलाङ नै मारेको पाउने छ।

३) आर्थिक सम्पन्नता
खासगरी केही वर्षयता भक्तपुरमा स्थापना भएका होटल, रेष्टुराँ र रिसोर्टमात्र होइन, जग्गा प्लटिङ, साना उद्योगदेखि विभिन्न व्यवसायसम्ममा महेश बस्नेतको सेयर रहेको विषय कानेखुसी भइरहन्छ। व्यापारलाई सुरक्षित बनाइराख्न लगानीकर्ताहरुले उनलाई ‘वर्किङ पार्टनर’ बनाउने गरेको ‘ओपन सेक्रेट’ छ, भक्तपुरमा। अर्थात् आर्थिक रुपमा निकै सम्पन्न भइसकेका छन् उनी।

४) सहयोगी छवि
समस्या परेको बेला सहयोग गर्छ भन्ने छवि पनि छ, महेश बस्नेतको। यही छविका कारण पनि महेशका सहयोगी धेरै छन्। जो उनलाई चुनाव जिताउन सबैखाले सहयोग गर्न मरिमेट्छन्।

५) विगतको भोट बैंक
२०७४ को प्रतिनिधिसभा चुनावमा महेशले १७ हजार ४ सय २७ मतातन्तरले कांग्रेसलाई पछारेका हुन्। उनले प्राप्त गरेको ३६ हजार ४ सय १२ मतबाट केही हजार मत एकीकृत समाजवादीले काटे पनि ठूलो मार्जिन बाँकी नै रहन सक्छ भन्ने बस्नेत निकटको आकलन छ।

नेपाल समय
दुर्लभ थापा

दुर्लभ थापाका जित्ने ४ आधार

१) कांग्रेसको गढ
खासमा भक्तपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसको गढ नै मानिन्थ्यो। २०७४ सालको प्रतिनिधिसभा चुनावअघिका सबैजसो चुनाव नेपाली कांग्रेसले नै जितेको थियो। २०७४ मा पनि टुरिष्ट उम्मेदवार (दमननाथ ढुंगाना) भन्दै कांग्रेस भित्रैबाट समेत विरोध भएको थियो। दुर्लभ वा अन्य कांग्रेसी उम्मेदवारले आफ्नो पार्टीलाई एक ढिक्का पार्न सक्दा र एमालेको अन्तरविरोध (स्थानीय निर्वाचनमा देखिएको) मा खेल्न सक्दा कांग्रेसको जित असजिलो देखिँदैन।

२) स्थानीय चुनावको परिणाम
भक्तपुर क्षेत्र नम्बर २ मा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका पर्छन्। यी दुई नगरपालिकाको मेयरले प्राप्त गरेको मत जोड्दा नेपाली कांग्रेस अगाडि छ।

सूर्यविनायकमा कांग्रेसले १३ हजार २ सय ३२ मत ल्याएर हार बेहोर्यो भने मध्यपुर थिमीमा १५ हजार ९८ ल्याएर जित निकाल्यो। अर्थात् दुई नगरपालिकाबाट कांग्रेसले २८ हजार ३ सय ३० मत प्राप्त गर्यो। एमालेले जितेको सूर्यविनायकबाट १४ हजार ७ सय ५८ मत प्राप्त गर्यो भने हारेको मध्यपुर थिमीमा ११ हजार ३५ मा चित्त बुझायो। यसरी हेर्दा २५ सय ३७ मतले कांग्रेस अघि देखिन्छ।

३) प्रतिद्वन्द्वीको विवाद
कांग्रेसका मुख्य प्रतिद्वन्द्वी अवश्य पनि एमाले उम्मेदवार महेश बस्नेत हुनेछन्। महेशमाथि अकूत सम्पत्ति आर्जनको आरोप छ। तत्कालीन संघीय समाजवादीका सांसद अपहरणमा पनि उनी मुछिएका थिए। यी लगायत मुद्दालाई उराल्न सकेको खण्डमा प्रतिद्वन्द्वीलाई मुख लुकाउने अवस्था बनाउन सक्छन् कांग्रेस उम्मेदवारले।

४) फुटेको एमालेको गिरेको मनोबल
२०७४ को चुनावमा एमाले अध्यक्ष केपी ओली हाइहाइ थिए। एमालेले राष्ट्रवादी डंका राम्रैसँग पिटेको थियो। अर्को कुरा एमाले र माओवादी मिलेका थिए, चुनावमा। यी सबै कारणले एमालेको चुनावी लहर रहरलाग्दो थियो, त्यसबेला। तर ५ वर्षपछि एमालेको त्यो ‘इमेज’ बाँकी छैन।

यसपटक माओवादी एमालेसँग होइन, कांग्रेससँगको सहकार्यमा छ। त्यसैगरी एमाले चोइटिएर नेकपा एकीकृत समाजवादी बनेको छ। भक्तपुर–२ मा समेत एकजना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्। प्रदेश क्षेत्र नम्बर २ का एमाले विजेता राजेन्द्रमान श्रेष्ठ एकीकृत समाजवादी छिरेका छन्। एकीकृत समाजवादी समेत कांग्रेस सहितको गठबन्धनमा सामेल छ।

भक्तपुर क्षेत्र नम्बर २ मा एमालेबाट महेश बस्नेतको उम्मेदवारी निश्चित जस्तै छ। तर कांग्रेसबाट भने मध्यपुर थिमीका पूर्वमेयर तथा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, कविर राणा, गणेशमान चक्रधर, महेश श्रेष्ठ लगायतको समेत धेरथोर सम्भावना देखिन्छ। जिल्ला सभापति भएका कारण टिकट पाउने बढी सम्भावना दुर्लभ थापाको रहेको आम अड्कल छ। दुर्लभ केन्द्रीय सभापति शेरबहादुर देउवाका समेत निकट रहेकाले उनले इच्छा गरुञ्जेलसम्म अरुको पालो नआउने पनि जिल्ला राजनीतिमा विश्लेषण हुने गर्छ।

नेपाल समय
प्रेम सुवाल

प्रतिनिधिसभाको आसन्न निर्वाचनका सम्बन्धमा भक्तपुर जिल्लाको अवस्थाबारे सर्वत्र चासो बढेको छ। एकातिर नेपाल मजदुर किसान पार्टीको गढ, अर्कोतिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भएको जिल्ला भएका कारण पनि भक्तपुर राष्ट्रिय राजनीतिको केन्द्रमा रहँदै आएको छ।

दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीको वर्चश्व छ। लामो समय सो क्षेत्रबाट नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले प्रतिनिधित्व गरे। २०७४ सालको निर्वाचनमा भने विजुक्छेले प्रेम सुवाललाई आफ्नो उत्तराधिकारीका रुपमा सो क्षेत्रबाट उम्मेदवार बनाए र सुवालले जितसमेत हासिल गरे।

क्षेत्र नम्बर २ मा भने एमाले र कांग्रेसको प्रभाव छ। अघिल्लो निर्वाचनमा वाम गठबन्धनका आधारमा क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेत विजयी भए। आसन्न निर्वाचनका लागि परिस्थिति फरक छ। सत्तारुढ पाँच दलले दुवै निर्वाचन क्षेत्रमा साझा उम्मेदवार बनाउने गरी गृहकार्य थालिसकेका छन्। यद्यपि, क्षेत्र नम्बर १ मा भने नेमकिपालाई सत्तारुढ गठबन्धनले पनि खासै असर गर्ने देखिँदैन। सो क्षेत्रबाट फेरि नेमकिपाका तर्फबाट सुवाल नै उम्मेदवार हुने लगभग निश्चित छ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा सुवाल ३३ हजार ७६ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत ल्याएर दोस्रो भएका थिए। एमाले–माओवादी गठबन्धनबाट माओवादीका मिलन सुवालले १५ हजार ३७४ मत ल्याएर तेस्रो भएका थिए।

यस क्षेत्रमा पर्ने भक्तपुर नगरपालिकामा गत वैशाख ३० गतेको स्थानीय चुनावमा नेमकिपाले प्रमुख र उपप्रमुखमा प्रतिस्पर्धीको तुलनामा तीन गुणा बढी मतले चुनाव जितेको थियो। यस्तै यस क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको थियो।

प्रदेशसभातर्फ क्षेत्र नम्बर १ ‘क’मा २०७४ सालको चुनावमा वाम गठबन्धनबाट एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए। उनको निधनपछि उपनिर्वाचनबाट वाम गठबन्धनका डीपी ढकाल उम्मेदवार बनेका थिए, जसमा कांग्रेसका कृष्ण भडेलले ढकाललाई पराजित गरे। आसन्न निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट भडेलसहित बबिन वन, यादव अधिकारी र शिवहरि केसी दाबेदार छन्। यस्तै, माओवादीबाट डिपी ढकालले पुनः दाबी गरेका छन्। 

क्षेत्र नम्बर १ ‘ख’ मा २०७४ सालको चुनावमा नेमकिपाका सुरेन्द्र गोसाईं निर्वाचित भएका थिए। यस क्षेत्रमा नेमकिपाको राम्रो प्रभाव भएकाले अन्य सबै पार्टी मिले पनि नेमकिपालाई टक्कर दिने अवस्था छैन। भक्तपुर क्षेत्र नम्बर २ मा सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका मात्रै पर्छन्। सूर्यविनायक प्रदेश सभा ‘क’ र मध्यपुर थिमी प्रदेश सभा‘ख’मा पर्छ।

२०७४ सालको चुनावमा प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत निर्वाचित भएका थिए। बस्नेतले ३६ हजार ४१२ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला बस्नेतलाई माओवादीसहितको वाम गठबन्धनले सघाएको थियो। कांग्रेसका दमनाथ ढुंगानाले १८ हजार ६८७ मत ल्याएर दोस्रो भएका थिए। नेमकिपाका अनुराधा थापा मगरले ५ हजार ४७१ मत ल्याएर तेस्रो भएकी थिइन्।

गत वैशाख ३० गतेको स्थानीय चुनावमा सूर्यविनायक नगरपालिका प्रमुख र उपप्रमुख दुवै एमाले र मध्यपुर थिमी नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले जितेको छ।

अब हुने प्रतिनिधिसभा चुनावमा गठबन्धनबाट कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापाले दाबी गरेका छन्। २०७४ सालदेखि थापाले संघीय सांसदमा प्रत्यासी हुने गरी तयारी गर्दै आएका छन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवा निकट भएकाले यो चुनावमा उनले नै टिकट हात पार्ने सम्भावना छ।

‘यस क्षेत्रबाट पार्टीले गठबन्धनबाट टिकट दिन्छ भन्नेमा विश्वस्त छु,’ थापाले भने, ‘मैले गठबन्धनबाटै टिकट पाउँछु र अन्तिममा जितेर पनि देखाइदिन्छु।’ यस्तै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले समेत यस क्षेत्रमा दावी गरेका छन्। आफू भक्तपुरमा केन्द्रित भई राजनीति गरेकाले संघीय सांसदका लागि चुनाव लड्ने तयारी गरेको सापकोटाले बताए।

‘मैले राष्ट्रिय राजनीतिसँगै भक्तपुरमा केन्द्रित भई राजनीति गर्दै आएको छु। अहिले गठबन्धन छ। मेरो बारेमा गठबन्धनले कसरी सोच्छ, थाहा छैन,’ सापकोटाले भने, ‘यदि मलाई गठबन्धनले टिकट दिएमा चुनाव लड्न तयार छु।’

एमालेबाट महेश बस्नेत उम्मेदवार बन्ने पक्का छ। २०७४ सालको चुनावमा माओवादीसहितको तालमेलबाट निर्वाचित भएका बस्नेत यो चुनावमा पाँच दलीय गठबन्धनका विरुद्ध चुनाव लड्ने भएका छन्।  कांग्रेस, माओवादीसहित पाँच दलका विरुद्ध बस्नेतलाई चुनाव जित्न यो पटक निकै सकस पर्ने देखिएको छ। जस्तोसुकै भए पनि अन्तिममा यो चुनावमा थापा र बस्नेतबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेशसभातर्फ कांग्रेसबाट विष्णुराज कार्की, सुरेन्द्र केसी, कृष्णमुरारी न्यौपाने र नारायणभक्त खामलीको दाबी छ। यस्तै माओवादीबाट प्रदेशसभाका लागि दिलिप प्रजापति, सुनिल बासु, विरु तामाङले दाबी गर्ने तयारी गरेका छन्।


प्रकाशित: September 26, 2022 | 08:05:12 काठमाडौं, सोमबार, असोज १०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
राजनीति

एमाले–नेकपा एस जुहारी, खनालमाथिको आरोप पुष्ट्याइँ गर्न चुनौती

इलाम १ बाट पराजित भएसँगै नेकपा एसका नेता खनालले एमालले कर्मचारीलाई हातमा लिएर आफूलाई हराएको आरोप लगाएका थिए।
नेपाल समय
राजनीति

प्रचण्ड निवास खुमलटारमा जितको बधाइ दिन रोक

चुनावमा उत्साह हुने परिणाम नआएको र दैनिक काममा समेत असर पर्ने देखिएपछि पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई बधाइ दिन खुमलटार निवास नआउन भनिएको हो।
नेपाल समय
राजनीति

देउवापछि प्रचण्डसँग राउतको भेटवार्ता, किन दौडधुपमा छन् सीके?

आवश्यक परेको खण्डमा संघीय सरकारमा सहभागी हुन सकिने तर मधेशको नेतृत्वमा जनमत पार्टीको दाबी रहेको उनको भनाइ छ।
नेपाल समय
राजनीति

गृहमन्त्री खाण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

भेटमा यसअघि सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयन गर्न प्रकाण्डले आग्रह गरेका थिए। भेटमा पूर्वकानुन मन्त्री गोविन्द बन्दी, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृहसचिव विनोदप्रकाश सिंह पनि सहभागी थिए।
नेपाल समय
राजनीति

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता, सत्ता सहकार्यबारे छलफल

बिहीबार दिउँसो आपसी सहकार्यको प्रस्ताव बोकेर राउत बालुवाटार पुगेका थिए। भेटमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना