शुक्रबार, असोज २१, २०७९

रेशमसँग सहयोग मागिरहेकी आरजु प्रत्यक्षबाट किन ‘ब्याक’?

काशीराम बजगाई  |  काठमाडौं, शुक्रबार, असोज ७, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

शुक्रबार, असोज ७, २०७९, काठमाडौं

नेपाल समय
प्रधानमन्त्री एवम् सभापतिपत्नी डा आरजु राणा देउवा। समानुपातिक बन्दसूचीमा उनी हाबी भएको कांग्रेस नेताहरूको आरोप छ।

काठमाडौं- गत असार ३० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ प्रधानमन्त्रीपत्‍नी आरजु देउवाबीच भारतस्थित नयाँदिल्लीमा भेट भयो। उक्त भेटले नेपाली राजनीति तरंगित बन्यो, प्रतिनिधिसभा निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री बनाउने सौदाबाजी भएको हल्ला नेकपा एमालेलगायतले फैलाए।

अघिल्लोपटक कैलाली–५ मा एमालेका नारदमुनि रानासँग पराजित भएकी राणाले सुरक्षित क्षेत्रहरु हेर्न थालिन्। कैलालीमा जित पक्का नभएको महसुस गरेकी उनले बर्दिया र कञ्चनपुरमा पनि सम्भावित क्षेत्रका रुपमा नजर लगाइन्। तर अन्ततः कैलाली–५ बाटै चुनाव उठ्ने तयारी उनले गरिन्। 

कैलालीबाट एकल सिफारिस भएकी उनी अन्य चार जिल्लाबाट पनि सिफारिसमा परिन्। कैलालीबाटै उठ्ने लगभग पक्का गरेर उनले चुनावी तयारी पनि थालिन्। अन्तत: उनी एकाएक प्रत्यक्षबाट ‘ब्याक’ भएर समानुपातिकमा बसिन्। लामो समय जित-हारको अंकगणितको अध्यनोपरान्त प्रत्यक्ष छाडेर डडेल्धुराबाट उनको नाम समानुपातिकको बन्द सूचीमा पठाइयो।

प्रत्यक्षमै चुनाव लड्न लामो समयदेखि तयारी गर्दै, अन्य दलसँग सहयोगका लागि अनुरोध गरिरहेकी उनी एकाएक ब्याक किन भइन्? जानकारहरुका अनुसार उनी पछि हट्नुपछाडि मुख्यतः तीन कारण रहेका छन्। कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा फ्याक्टर, उन्मुक्ति पार्टीको उदय र स्वास्थ्य समस्यका कारण आरजु ब्याक हटेको हुन सक्ने आकलन कांग्रेसका स्थानीय कार्यकर्ताको छ।

ओझा फ्याक्टर
२०७० मा सम्पन्‍न दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरासँगै कैलाली–५ मा पनि जित निकाले। दुवै ठाउँ जितेपछि उनले एक ठाउँ छाड्नुपर्ने भयो। देउवाले डडेलधुरा रोजेर कैलाली छाडे। उपनिर्वाचन भयो। एमालेका महेश्वर पाठकलाई पराजित गर्दै कांग्रेसबाटै पुष्करनाथ ओझा निर्वाचित भए।

नेपाल समय
पुष्करनाथ ओझा।

दुईपटक नै जित निकालेपछि कांग्रेसको बलियो पकड भएको क्षेत्रका रुपमा धनगढीलाई हेर्न थालियो। कांग्रेसको बलियो पकड क्षेत्रका रुपमा स्थापित भइसकेपछि धनगढीबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरजु पहिलोपटक संसदीय निर्वाचनको उम्मेदवार बनिन्। तर, माहोल सोचेजस्तो बनिदिएन। आरजुविरुद्ध ‘टुरिस्ट उम्मेदवार’को नारा लाग्यो। 

चुनावी अभियान चलिरहेकै बेला त्यो नारा मत्थर पारी जनमत बटुल्ने प्रयाससाथ धनगढीमा करोडौँको घर पनि किनिन्, त्यो रणनीति पनि सफल हुन सकेन। टिकट नपाएपछि पार्टीभित्र बलियो प्रभाव रहेका ओझाले आरजुलाई सहयोग गरेनन्। अन्ततः उनी ४ हजार ८७० को मतान्तरले एमालेका नारदमुनि रानासँग पराजित भइन्। 

निर्वाचनलगत्तै चुनावमा सहयोग नगरेको भन्दै ओझालाई सामान्य सदस्यसमेत नरहने गरी कांग्रेसले कारवाही गर्‍यो। त्यो कारबाही अझैँ फुकुवा भएको छैन, तर कांग्रेसको सदस्य नै नरहे पनि धनगढीमा ओझाको पकड बलियो छ। कांग्रेसभित्रै पनि उनको प्रभाव अझै सशक्त छ। 

जसकारण निर्वाचन घोषणा भएयता आरजु पक्षले ओझालाई भेटेर पटकपटक सहयोगका लागि अनुरोध गर्‍यो। तर, ओझा टसकामस भएनन्। ओझासँग आरजु पक्षधर नेताहरुले पटक-पटक अनुरोध गरे पनि उनी आरजुलाई सहयोग गर्न तयार भएनन्।

पछिल्लोपटक भदौ १६ गते आरजु पक्षका नेताहरुले ओझालाई भेटेर छलफल गरेका थिए। ओझानिकट एक नेताले भने, ‘उहाँलाई कारवाही फुकुवा गरी अन्य क्षेत्रबाट टिकट दिने प्रस्ताव आएको थियो, तर उहाँले क्षेत्र नम्बर ५ नछाड्ने अडान लिनुभयो।’ उनले दाबी गरेअनुसार धनगढीमा अहिले ओझा मात्रै नभएर अन्य पक्षका समेत केही नेताहरु समेत आरजुलाई असहयोग गर्ने तयारीमा थिए।

यसैगरी कैलाली जिल्लासचिव पूर्ण कुँवर पनि ओझाले सहयोग नगर्ने भएपछि आरजु पछि हटेको बताउँछन्। ‘चुनाव २०७४ कै अवस्थामा जाने भयो, अन्य बलिया दल पनि उदाएकाले अहिले झनै गाह्रो थियो। त्यसकारण उहाँ समानुपातिकमै जानुभयो,’ उनले भने।

अघिल्लोपटक आरजुलाई असहयोग गरेका ओझा चुनावको तयारीमा छन्। यसअघि आफूनिकट नेताहरुलाई आरजुबाहेकलाई सहयोग गर्ने बताउँदै आएका उनले आरजुले मैदान छाडेपछि भने नछाड्ने अडान लिएर बसेका छन्।

उनको पहिलो प्राथमिकता कांग्रेसमै छ। तर टिकट पाउने सम्भावना भने कम रहेको उनी आफैँ स्वीकार गर्छन्। नेपालसमय सँग कुरा गर्दै उनले टिकट नपाए स्वतन्त्र भए पनि चुनाव लड्ने बताए।

‘मैले आरजुबाहेकलाई सहयोग गर्छु भनेको छैन, मेरो एक मात्र कुरा यत्ति हो म कैलाली ५ बाट चुनाव लड्छु,’ उनले भने, ‘मेरो प्राथमिकता कांग्रेस हो। तर अहिले पनि म कारबाहीमा छु, सामान्य सदस्य समेत छैन। त्यसैले कांग्रेसले टिकट दिन्छ दिन्न थाहा छैन। नदिए स्वतन्त्र भए पनि म चुनाव लड्छु।’

यता एमालेबाट भने यसपटक पनि राना दोहोरिने पक्काप्राय छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले कैलाली ५ बाट रानाको एकल नाम सिफारिस गरेको छ।

उन्मुक्तिको उदय
२०७२ भदौ ७ गते टीकापुरमा ८ सुरक्षाकर्मीसहित एक अढाई वर्षीय बालकको हत्या भयो। उक्त काण्डको प्रमुख योजनाकार रेशम चौधरी रहेको भन्दै प्रहरीले खोजी सुरु गर्यो। तर उनी फरार भए। २ वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा जसपाबाट उम्मेदवार बने र अत्यधिक मतान्तरका साथ चुनाव पनि जिते। 

२०७४ फागुन १४ मा आत्मसमर्पण गरे। तर जिल्ला र विशेष अदालतले प्रमुख योजनाकारका रुपमा रेशमलाई दण्डित गर्‍यो, उनी निलम्बनमा परे। त्यसयता उनी केन्द्रीय कारागार डिल्लीबजारमा छन्।


नेपाल समय
रेशम चौधरी।

जेलमै रहेको बेला २०७८ पुस १९ गते श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा उनले नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गरे। दलहरुले उनको पार्टीलाई सामान्य रुपमा लियो। तर पार्टी दर्ता भएको ४ महिनापछि भएको स्थानीय निर्वाचनमा उक्त पार्टीले ४ पालिका, १४ वडाअध्यक्षसहित ९९ प्रतिनिधि जित्यो। स्थापनाको छोटो समयमै राम्रो जित निकाल्दै कैलालीमा पुराना दलहरुको टाउको दुखाइ बनेको छ। कैलालीका पाँचै, बर्दिया र कञ्चनपुरका केही क्षेत्रमा बलियो पकड जमाएको उन्मुक्तिको उदयका कारण पनि आरजुलाई चुनाव जित्‍न त्यति सहज थिएन।

जसकारण आरजुले पटकपटक उन्मुक्ति पार्टीसँग सहयोग मागेकी थिइन्। रेशमनिकट स्रोतकाअनुसार प्रधानमन्त्रीको सचिवालय र माओवादी अध्यक्ष प्रचण्डको सचिवालयबाट रेशमलाई भेट्न जेलमै पटकपटक सदस्यहरु पुगेका थिए। ‘आरजुलाई कैलाली ५ र बिना मगरलाई कञ्चनपुर १ मा सहयोग गर्न प्रस्ताव आएको थियो, हाम्रो एक मात्र माग रेशमको रिहाइ थियो,’ स्रोतले भन्यो, ‘छलफल सकारात्मक रुपमा अघि बढेको थियो। हाम्रो एक मात्र माग चुनावअघि नै रेशमको रिहाइ थियो, रिहाइका लागि पहल गर्ने आश्वासन दिए पनि रिहाइ पक्का नभएसम्म सहयोग नगर्ने हामीले अडान लिएका थियौँ।’

तत्काल रेशमको रिहाइ नहुने पक्का भएपछि उन्मुक्तिले चुनावी अभियान थाल्यो। टीकापुर काण्डको अभियोगमा जेल भुक्तान गरिरहेका लक्ष्मण थारुलाई अघि सार्ने, निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेमा अध्यक्ष रञ्जिता वा अर्को कुनै बलियो उम्मेदवार अघि सार्ने तयारी उन्मुक्तिले गर्‍यो। ‘ओझाको असहयोग र पार्टीभित्रको अन्तरकलहले पहिल्यै उहाँलाई अप्ठ्यारो पारेको थियो, त्यसैमा उन्मुक्ति पनि थपिएपछि उहाँले डडेलधुराबाट सिट सुरक्षित गर्नुभयो,’ कैलाली कांग्रेसका एक नेताले बताए। 

स्वास्थ्य समस्या
ओझा फ्याक्टर, पार्टीभित्रको अन्तरकलह र उन्मुक्तिको उदयका कारण पहिल्यै अप्ठ्यारोमा परेकी उनलाई योपटक आफ्नो स्वास्थ्यले पनि समस्यामा पारिरहेको छ। गत साउनमा मात्रै नयाँदिल्लीमा उनको पाठेघरको शल्यक्रिया भएको थियो। त्यसयता आरजुको स्वास्थ्य अवस्था सामान्य नरहेको उनीनिकट एक नेता बताउँछन्। 


नेपाल समय
पाठेघरको शल्यक्रिया र उपचारपछि चिकित्सकसँग डा आरजु।

उनकाअनुसार यसपटक अघिल्लोपटक भन्दा बढी चुनौती देखिएकाले चुनावी तयारी पनि त्यसअनुसार नै गर्नुपर्ने थियो। तर आरजुको स्वास्थ्यमा देखिएको समस्याका कारण घरदैलोमा समेत आरजु खटिएर समय दिन पाउने अवस्थामा थिइनन्। ‘चुनाव जित्ने माहोल थियो। त्यसअनुसार तयारी पनि थियो,’ उनले भने, ‘तर स्वास्थ्यमा देखिनसक्ने जटिलताले घरदैलो समेत गर्न नभ्याएमा जित्ने पक्का भएको क्षेत्र पनि गुमाउनुपर्नसक्थ्यो, त्यसैले उहाँ ब्याक हुनुभएको हो।’

आरजु स्वास्थ्यमा समस्या देखिएपछि बुधबार मात्रै उपचारका लागि नयाँ दिल्ली गएकी छन्।

कांग्रेसको उम्मेदवार को?
आरजु समानुपातिकमा गएपछि कैलाली–५ मा टिकटका लागि नेताहरुले लबिङ सुरु गरेका छन्। यसअघि कांग्रेसबाट कसैको दाबी नरहेको उक्त क्षेत्रमा आकांक्षीहरु बढ्न थालेका छन्। 

गठबन्धनमा भागबण्डाका क्रममा डोटी नेकपा एकीकृत समाजवादीका प्रेम आलेलाई छाड्नुपर्ने भएपछि सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले त्यो क्षेत्र छाड्नुपर्‍यो। आरजु समानुपातिकमा बस्ने भएपछि सभापति देउवाले कैलाली ५ अफर गरेका थिए। कैलाली ४ र ५ मध्ये एक रोज्न भनिएकोमा बलायरले ५ रोजेका थिए।

बलायरले ४ रोजेपछि क्षेत्र नम्बर ४ को उम्मेदवारका प्रबल दाबेदार सुनील भण्डारीलाई कैलाली-५ मा सार्न सकिने गरी समेत छलफल भएको कांग्रेस नेताहरु बताउँछन्। ‘आरजु ब्याक भएपछि ओझालाई कारवाही फुकुवा गरी टिकट दिनुपर्ने स्वर पनि सुनिन थालेका छन्, तर आरजुलाई सहयोग नगरेका कारण उहाँले टिकट पाउने सम्भावना चाहिँ कमै छ,’ उनले भने, ‘त्यसैले सुनिललाई धनगढीबाट उम्मेदवारका रुपमा अघि सार्नेबारे पनि छलफल भइरहेको छ।’

कैलालीमा डोट्यालहरुको मत धेरै भएको र उनी डोटीकै भएका कारण पनि चुनावमा अघि सार्ने तयारी भइरहेको उनले बताए। ‘उहाँको जनमत पनि राम्रो छ, यहाँ डोटेलीहरुको मत पनि धेरै भएकाले उहाँलाई अघि सार्ने छलफल भइरहेको छ,’ उनले भने। 

यस क्षेत्रमा जातीय र भेगीय उम्मेदवारले अर्थ राख्छ। चुनावताका भेगीय र जातीय नाराहरु लाग्ने गर्छन्। रमाइलो त के भने, त्यसले चुनावमा असर समेत पार्ने गरेको छ।

यसैगरी यहाँ कांग्रेस सुदूरपश्चिम महामन्त्री नरबहादुर शाह ‘मनु’लाई पनि बलियो दाबेदारका रुपमा हेरिएको छ। १० वर्षभन्दा लामो समय जिल्ला सभापति भइसकेका उनको प्रभाव यहाँ राम्रो छ। जसकारण उनलाई टिकट दिनुपर्ने विषयमा पनि छलफल हुने गरेको छ। उसो त बुधबार आरजु उपचारका लागि नयाँदिल्ली गएपछि मनु पनि सुटुक्क दिल्ली पुगेका छन्। त्यहाँ आरजु र मनुको भेटघाटको कार्यक्रमसमेत रहेको एक नेताले बताए।

यो पनि


प्रकाशित: September 23, 2022 | 20:57:54 काठमाडौं, शुक्रबार, असोज ७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

सत्तारुढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ।
नेपाल समय
राजनीति

राप्रपाले टुंग्यायो उम्मेदवारको नाम, झापामा एमालेसँग तालमेल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ।
नेपाल समय
राजनीति

जसपा बाहिरिएपछि सत्ता गठबन्धनको बैठकमा भित्रियो लोसपा

सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेपछि गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई भित्र्याएका छन्।
नेपाल समय
राजनीति

एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिने भएकी छन्। उनले सामाजिक सञ्‍जालमार्फत स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी गराएकी छन्।
नेपाल समय
राजनीति

गठबन्धनबाट अलग भएकै हो जसपा?, एमाले भन्छ- २२ सिट दिन तयार

जसपा अध्यक्ष यादव बिहीबार सत्ता गठबन्धनको बैठकमा उपस्थित भएनन्। उनी बालुवाटारमा जारी बैठक छोडेर बालकोट पुगे। यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो भने बालकोटमा उपेन्द्रले सिटको भागबण्डाबारे मोटामोटी सहमति गरेको नेताहरुले बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना