सोमबार, असोज १०, २०७९

सूर्यबहादुर थापा अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व : प्रधानमन्त्री देउवा

नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९, काठमाडौं

नेपाल समय
प्रधानमन्त्री शेरबहादुर देउवा।

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताएका छन्।

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित नेपालका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’ लोकार्पण कार्यक्रममा उहाँले नौ दशक लामो आयु बाँच्नुभएका स्व थापा नेपाली राजनीतिमा सम्झनायोग्य नेताहरूहरूमध्ये एक रहेको उल्लेख गरेका छन्। 

प्रधामन्त्री देउवाले भने, 'सूर्यबहादुर थापा नेपालको राजनीतिक इतिहासमा सुपरिचित र सुप्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ। मुलुकको राजनीतिलाई आफ्नो विचार एवं दूरदृष्टि अनुरूप सञ्चालन एवं प्रभावित गर्न सक्ने उहाँ एक कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो।' 

उनको कार्यकालमा मुलुकमा विभिन्‍न महत्वपूर्ण सुधारात्मक कार्यक्रमहरू कार्यान्वयनमा आएको उल्लेख गदै प्रधानमन्त्री देउवाले मुलुककै इतिहासमा पहिलो पटक जनमत सङ्ग्रह उनकै प्रधानमन्त्रीत्व कालमा भएको बताए।

नेपाली राजनीतिको अनेक आरोह–अवरोह भोगेका स्व. थापाको आत्मकथा नेपालको राजनीति र इतिहास बुझ्‍नका लागि एउटा रोचक र गतिलो कृति हुने प्रधानमन्त्री देउवाको भनाइ थियो। 

'धनकुटाको ग्रामीण परिवेशमा जन्मिई अनेक सङ्घर्ष झेल्दै मुलुकको राजनीतिको उच्च पदसम्म पुग्‍न सफल थापाले जीवनमा गरेको सङ्घर्ष र भोगेको दुःख सुखका कथाहरू यो आत्मकथामा समेटिएको छ। यो कृतिमा वरिष्ठ राजनीतिज्ञ थापाले आफ्नो बाल्यकाल, युवावस्था र प्रौढावस्थामा भोगेका, देखेका र संलग्न भएका महत्वपूर्ण घटनाक्रमहरूलाई समेटिएको छ। यो आत्मकथा आजका नयाँ पुस्ताका राजनीतिकर्मीहरूका लागि रोचक, ज्ञानबद्र्धक र प्रेरणादायी कृति हुने विश्वास मैले लिएको छु,' प्रधानमन्त्री देउवाले भने।

उक्त कृतिमा दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता सङ्ग्रामलगायतका अन्तर्राष्ट्रिय परिघटनाहरूदेखि नेपालको २००७ सालको राजनैतिक क्रान्ति, २००७ देखि २०१७ सालसम्मको राजनैतिक सङ्क्रमण, पञ्चायतकालीन राजनीतिक व्यवस्था, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन र बहुदलको घोषणा, माओवादी द्वन्द्व, २०६२-०६३ सालको दोस्रो जनआन्दोलन र संविधानसभाको उतारचढावसम्मका घटनाको वर्णन र विश्लेषण गरिएको छ।

पुस्तकमा स्व थापाले आफू मन्त्री तथा प्रधानमन्त्री हुँदाको परिस्थिति र त्यो समयमा के कस्ता राजनीतिक निर्णय गरियो, त्यसमा कर्मचारीतन्त्रको साथ र सहयोग कसरी लिइयो, सुरक्षाकर्मी कसरी परिचालित गरियो, राजनीतिक परिचालन कसरी गरियो भन्‍नेलगायतका कुरा पनि समेटिएको हुँदा यो कृति राजनीतिक व्यक्तिहरूका साथै प्रशासक तथा सुरक्षाकर्मीहरूका लागि उत्तिकै रोचक हुने प्रधानमन्त्री देउवाले बताए। यस कृतिको प्रकाशनबाट नेपालको राजनीतिक इतिहासमा खुल्न बाँकी धेरै तथ्यहरू बाहिर प्रकाशमा आई त्यतिबेलाको इतिहासलाई बुझ्न सबैलाई सहयोग पुग्ने उनको भनाइ थियो। 


प्रकाशित: September 22, 2022 | 21:47:19 काठमाडौं, बिहीबार, असोज ६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय
राजनीति

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय
राजनीति

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना