सोमबार, असोज १०, २०७९

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

खिला कार्की  |  काठमाडौं, बिहीबार, असोज ६, २०७९

खिला कार्की

खिला कार्की

बिहीबार, असोज ६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन महामन्त्री महेन्द्र नारायण निधिको चुनावी क्षेत्र हो, धनुषा ४। त्यही धनुषा ४ को अधिकांश भूगोल अहिलेको धनुषा क्षेत्र नम्बर-३ मा पर्दछ। महेन्द्रनारायण निधि पुत्र एंव नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र २०५१ सालदेखि यही क्षेत्रमा चनाव लड्दै आएका थिए। निधि २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी र हाल लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए। 

२०५१ सालमा पहिलो पटक उम्मेदवार बनेको निधि २१ हजार ३४० मतका साथ निर्वाचित भए। त्यो बेलामा निधिका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्णप्रताप मल्ल थिए। उनले १६ हजार ५६३ मत पाएका थिए। एमालेकी शारदा झाले २ हजार ९४८ मत पाइन्। त्यसयता धनुषा-३ बाट निधि निरन्तर प्रत्यक्ष चुनाव लड्दै आए।

तर, यो पटक निधिले प्रत्यक्ष चुनावी मैदानमा नजाने भन्दै जिल्लाबाटै समानुपातिक तर्फका लागि नाम सिफारिस गराए। उनले चुनावी मैदान छोडेपछि यो क्षेत्र चुनावी रौनक नै फरक भएको छ। यो क्षेत्रबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्वमन्त्री जुली महतोको एकल नाम सिफारिस गरेको छ भने कांग्रेसले जिल्ला सभापति योगेन्द्र पञ्जियार, नेताहरु गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस गरेको छ।

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ। 

किन बसे निधि समानुपातिकमा?
२०५१ सालदेखि चुनाव लड्दै आएको धनुषा – ३ को चुनावी मैदान खाली गर्दै कांग्रेस पूर्व उपसभापति निधिले भने समानुपातिक रोजे। निधि २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए। त्यसअघि ०५६ मा राप्रपाका कृष्णप्रतापसँग हार व्यहोरे। तर मधेस आन्दोलनको रापतापका बेला भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा निधि १५ हजार ५८२ मतका साथ विजयी भए।

मधेस आन्दोलन शिथिल भएको बेला २०७० को चुनावमा निधिलाई सहज भयो। २०७४ मा पनि उनलाई हार्छु भन्ने लागेको थिएन। वाम गठबन्धनबाट लो-प्रोफाइलका माओवादीका राम सिंह उम्मेदवार थिए भने मधेसी मोर्चाको साझा उम्मेदवार बनेका महतो सर्लाही छोडेर पहिलो पटक धनुषामा उम्मेदवार बन्‍न आएका थिए। 

नेपाल समय
निधि।

वाम गठबन्धन, त्यसमा पनि खासगरी एमालेले अघोषित रुपमा समर्थन गरेपछि महतोले निधिलाई झण्डै ३ हजार मतान्तरले हराए। वाम गठबन्धनको एउटा घटक माओवादी र मधेसी मोर्चाको एउटा घटक जनता समाजवादी पार्टी (जसपा) कांग्रेसको साथमा छ। एमाले विभाजित छ। एमाले विभाजन भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका छन्। राजेन्द्र महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि हिजो जस्तो प्रभावशाली छैन। ३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेस नै ठूलो पार्टी छ। यो अवस्थामा पनि निधिले समानुपातिक रोजे। कांग्रेस नेताहरुका अनुसार गठबन्धनका बाबजुद आफू धनुषा ३ मा सुरक्षित नदेखेकै कारण निधिले समानुपातिक रोजेका हुन्। 

निधिले आफू असुरक्षित देख्नुमा कांग्रेसभित्र फेरिएको शक्ति सन्तुलन र स्थानीय चुनाव हो। कांग्रेसमा निधि लामो समय शेरबहादुर देउवा निकट रहे। देउवा कांग्रेसको शक्तिमा आउँदा निधि यो समूहको दोस्रो वरियतामा रहे। तर १४औं महाधिवेशनमा उनले सभापतिमा प्रतिस्पर्धा गरे।

योसँगै कांग्रेसमा आफू कमजोर भएको महसुस निधिले गरेका छन्। अर्को गठबन्धनमा भागबण्डा हुँदा देउवाले जनकपुर उमहानगरपालिका जसपालाई छाडिदिए। तर निधिले त्यसलाई स्वीकार गरेनन्, आफ्नो समूहमा रहेका मनोज साहलाई विद्रोह गराए।

कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका साह मेयरमा निर्वाचित समेत भए। अहिले सत्तामा रहेका पाँच दलीय गठबन्धनका बीचमा गठबन्धन कायमै रहेको अवस्थामा निधिलाई जसपाको भर भएन। जसका कारणले उनी समानुपातिकमा बसे। तर, निधि योभन्दा पनि गठनबन्धनलाई अझ फराकिलो बनाएर लोसपालाई पनि समेट्नका लागि आफू समानुपातिकमा बसेको बताउँछन्। 

राजेन्द्रलाई कसको सहयोग?
राजेन्द्र महतो वरिष्ठ नेता रहेको लोसपाले विपक्षी एमाले र सत्तागठबन्धनमा रहेका पाँच दल  कोसँग गठबनधन गर्छ भन्‍ने यकिन भएको छैन। एमालेले आफ्नै उमेदवार जुलीकुमारी महतोलाई अगाडि सारेका छ। तर, सत्ता गठबन्धनबाट बलियो दाबेदार निधि समानुपातिकतर्फ उम्मेदवार भएपछि यो क्षेत्रमा राजेन्द्र महतोलाई सहज देखिएको छ।


नेपाल समय
राजेन्द्र महतो।

लोसपालाई समेत सत्ता गठबन्धनमा समावेशन गर्नुपर्ने बताउँदै निधिले धनुषा ३ छोड्ने घोषणा गरेका थिए। तर, अहिलेसम्म लोसपाले पाँच दल वा एमाले कोसँग गठबन्धन गर्ने भन्‍ने टुंगो लागेको छैन। जसपा र एमालेबीचमा पनि गठबन्धनबारे छलफल चलिरहेको छ। पाँच दलीय गठबन्धनमा लोसपालाई समेट्न जसपा बाधक देखिएको छ। कांग्रेसका एक नेताका अनुसार कांग्रेस लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई सिट छोड्न तयार छ। तर, लोसपाका दुई नेता मात्र नभएर अरु नेताहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने भएकोले एमालेसँग गठबन्धन गर्नुपर्ने दबाब छ। 

पाँचदलीय गठबन्धनबाट उमेदवार को? 
पाँच दलीय गठबन्धनका बलिया उमेदवार कांग्रेसका पूर्व उपसभापति निधि समानुपातिकतर्फ उमेदवार बनेपछि यो क्षेत्रमा बलियो उम्मेदवार नै छैनन्। नेपाली कांग्रेसका तर्फबाट सभापति योगेन्द्र पञ्जियार, नेता गणेश तिवारी र परमेश्वर महासेठको नाम सिफारिस भएको छ।

कांग्रेस नेताहरुका अनुसार यो क्षेत्रमा पाँच दलीय गठबन्धनबाट कांग्रेसको भागमा पर्दा परमेश्वर महासेठ उमेदवार बन्नेछन्। महासेठ नाताले एमाले नेता रधुवीर महासेठका काका पर्दछन्। यही क्षेत्रबाट महासेठकी श्रीमती जुली महतो एमालेका तर्फबाट उम्मेदवार बन्दैछन्। 

नेपाल समय
एमाले नेतृ जुली महतो।

यो क्षेत्र दाबी गर्नेमा पाँच दलीय गठबन्धनबाट जसपा पनि हुनेछ। जसपाबाट यो क्षेत्रमा लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुर उम्मेदवार सिफारिस भएका छन्। जसमध्ये साह जनकपुरधामका निवर्तमान मेयर हुन्।

वैशाख ३० मा सम्पन्‍न स्थानीय निर्वाचनमा उनी मेयरमा पराजित भए। उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवारको प्राथमिकतामा परेका छन्। त्यस्तै जितेन्द्रकुमार यादव मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका निजी सचिव हुन्। जसपाको भागमा यो क्षेत्र पर्दा साह वा यादवमध्ये एकजनालाई उम्मेदवार बनाउने जसपाका नेताहरुले बताएका छन्। 

एमालेले छोड्ला त धनुषा-३?
नेकपा एमालेले पूर्वमन्त्री जुली महतोको एकल नाम धनुषा ३ बाट सिफारिस गरेको छ। महतो २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सांसद बनेकी थिइन्। उनी २०७० मा प्रत्यक्ष चुनाव लड्दा कांग्रेस नेता निधिबाट पराजित भइन्।२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनलाई फेरि एमालेबाट समानुपातिक सांसद बनाइएको छ। २०७४ सालमा यो क्षेत्र वाम गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको थियो। 

एमालेले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई सहयोग गरेको थियो। यो पटक भने गत भदौ २७ गते एमालेले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुलीलाई नै यस क्षेत्रबाट टिकट दिने संकेत गरेका थिए। ओलीले धनुषा ३ मा कुनै दलका उम्मेदवारलाई समर्थन नगर्ने बरु आफ्नै उम्मेदवार खडा गर्ने बताएका थिए।

२०७४ र स्थानीय चुनावको मत 
२०७४ सालमा राजेन्द्र महतोले ३० हजार ७५० मत पाएका थिए। कांग्रेसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत पाएका थिए। वाम गठबन्धनबाट उमेदवार बनेका माओवादीका रामसिंह यादवले २ हजार ३४६ मत पाएका थिए। 

गत स्थानीय तहको चुनावमा भने नेपाली कांग्रेस यो क्षेत्रमा पहिलो पार्टी बनेको छ। स्थानीय तहको चुनावमा कांग्रेसको २२ हजार ४२८, एमालेको १७ हजार ९६, लोसपाको ८ हजार ७६३, जसपाको ८ हजार २४३, नेकपा एसको ३ हजार ७२५, जनमत पार्टीको २ हजार ४९१, माओवादीको ६६५, राप्रपाको ५०१ मत छ। 


प्रकाशित: September 22, 2022 | 16:27:32 काठमाडौं, बिहीबार, असोज ६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय
राजनीति

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय
राजनीति

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना