सोमबार, असोज १०, २०७९
नेपाल समय
यस्तो छ २४ मन्त्रीको चुनावी लेखाजोखा

आधा दर्जन मन्त्री निर्वाचन क्षेत्रविहीन, दुई जना जित निकाल्नेमा ढुक्क

खिला कार्की  |  काठमाडौं, आइतबार, भदौ १२, २०७९
खिला कार्की

खिला कार्की

काठमाडौं, आइतबार, भदौ १२, २०७९

काठमाडौं- प्रतिनिधिसभा चुनावको मिति घोषणा भएपछि प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मको ध्यान चुनावमा केन्द्रित हुन थालेको छ। आफ्नो निर्वाचन क्षेत्रबाट आगामी चुनावमा कसरी पार पाउने।भन्नेमा प्रधानमन्त्री देखि मन्त्रीहरु ध्याउन्नमा देखिन्छन्। सबै जनाको ध्यान सिंहदरबारभन्दा निर्वाचन क्षेत्रमा केन्द्रित हुन थालेको छ।

सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय भइसकेको छ। गठबन्धनले कार्यदल बनाएर सिट बाँडफाँडको गृहकार्यमा छन्। गठबन्धन बन्ने भएकाले अधिकांश मन्त्रीहरू चुनाव जित्नेमा आशावादी छन्। तर, कतिपय मन्त्रीहरुको निर्वाचन क्षेत्र नै टुंगो छैन।

एक्लै पनि जित निकाल्ने अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा मात्र देखिन्छन्। अरु सवै मन्त्रीहरुले जित निकाल्नका लागि गठबन्धनको भर पर्नुपर्ने अवस्था छ। विगतको प्रतिनिधिसभा निर्वाचन र यसपटक स्थानीय तहको निर्वाचनका आधारमा सरकारमा सहभागी मन्त्रीहरूको विश्लेषण गर्न सकिन्छ।

जित निकाल्नेमा ढुक्क

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट लगातार ६ पटक निर्वाचित भएका छन्। उनी आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्यको चुनावमा पनि सोही क्षेत्रबाट उमेदवार बन्दैछन्। २०७४ सालमा बाम गठबन्धन हुँदा समेत पराजित नभएका देउवा सातौं पटक पनि प्रतिनिधिसभा सदस्य बन्नेमा ढुंक्क छन्।

२०७४ को निवाचनमा देउवाले २८ हजार ४ सय ४६ मत पाउँदा वाम गठबन्धनका माओवादी उम्मेदवार खगराज भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए। कांग्रेस र माओवादीको भोट जोड्दा सहज जित निकाल्नेमा देउवा ढुक्क छन्। स्थानीय तह निर्वाचनको वडागत मत नियाल्दा डडेल्धुरामा कांग्रेसले २१ हजार ७ सय ३५, माओवादीले १२ हजार ८ सय ७८ र एमालेले १० हजार ४ सय मत पाएका छन्।

नेपाल समय
प्रधानमन्त्री शेरबहादुर देउवा

नेकपा एसको ५ हजार ४१ मत छ। कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्लले पार्टी छाडेर कांग्रेस बीपीमा लागेपनि देउवा चिन्तित छैनन्। सार्वजनिक कार्यक्रममा देउवालाई चोटिलो प्रश्न सोधेर चर्चामा आएका सागर ढकालले समेत डडेल्धुरा पुगेर चुनावी अभियान शुरू गरेका छन्। 

यस्तै, जितमा ढुक्क रहेका मन्त्री जनार्दन शर्मा पनि हुन्। सरकारका प्रभावशाली अर्थमन्त्री शर्मा रुकुम पश्चिमबाटै चुनाव लड्दैछन्। माओवादी शान्ति प्रक्रियामा आएपछिका चुनावमा उनी पनि कहिल्यै पराजित भएका छैनन्। माओवादीको उद्गम थलो रुकुममा माओवादी एक्लै बलियो छ। त्यसमाथि सत्ता गठबन्धन हुँदा शर्मालाई चुनाव जित्न कठिन छैन।

२०७४ सालको चुनावमा शर्माले ३४ हजार ४ सय २ मत पाउँदा कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत पाएका थिए। रुकुम पश्चिमबाट पाँच दलिय गठबन्धनको उमेदवार बन्ने शर्मालाई समस्या पनि छैन। स्थानीय तह निर्वाचनमा रुकुम पश्चिममा माओवादीले ४ वटा स्थानीय तह जितेको थियो। एमाले भने शून्य छ। स्थानीय चुनावमा माओवादीले ३७ हजार १ सय २ मत ल्याउँदा कांग्रेसले २६ हजार ६ सय ६० र एमाले ६ हजार १ सय २४ मत पाएको छ। 

आधा दर्जन मन्त्रीको निर्वाचन क्षेत्र नै टुंगो छैन 

वर्तमान सरकारका केहि मन्त्रीहरुको आफ्नो खास निर्वाचन क्षेत्र नै छैन। निर्वाचन क्षेत्र नै नभएका मन्त्री करिब आधा दर्जन रहेका छन्। सत्ता गठबन्धनको पहिलो पार्टी नेपाली कांग्रेसबाट मन्त्री भएका २ जनाको निर्वाचन क्षेत्र टुंगो छैन। त्यस्तै माओवादीका केन्द्रका पनि दुई मन्त्रीको कुन निर्वाचन क्षेत्र भन्ने एकिन छैन्। नेकपा एस र जसपाका एक–एक मन्त्रीको निर्वाचन क्षेत्र छैन।

देउवा सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेकी रेग्मीको निर्वाचन क्षेत्रको टुंगो छैन। रेग्मीले प्रत्यक्ष चुनाव लडेमा चितवनको कुनै क्षेत्रमा जाने सम्भावना छ। रेग्मी पनि समानुपातिक सांसद हुन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री बनेर बसेका उमेश श्रेष्ठ नेपाली कांग्रेसबाट दुई पटक समानुपातिक सांसद भइसकेका छन्। भोजपुरमा जन्मेका श्रेष्ठले राजनीतिक कर्मथलो चितवनलाई बनाउँदै आएका छन्। चितवनको क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रने श्रेष्ठको तयारी रहे पनि सो क्षेत्रमा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्व सभापति जितनारायण श्रेष्ठदेखि पूर्व मन्त्री शेषनाथ अधिकारीसम्मको यही क्षेत्र हो। 

यस्तै, जनमोर्चाको पृष्ठभूमिबाट माओवादीमा आएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको पनि निर्वाचन क्षेत्र यकिन छैन। काठमाडौंकी बासिन्दा श्रेष्ठ समानुपातिकबाट सांसद हुँदै मन्त्री बनेकी हुन्। श्रेष्ठका पति लीलामणि पोखरेल विगतमा ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। सिन्धुली र काठमाडौं–२ बाट पनि उनी चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए। पोखरेल चुनाव लडेको ललितपुरको क्षेत्रमा पम्फा भुषाल र सिन्धुलीमा पोखरेल चुनाव लडेको क्षेत्रमा हरिबोल गजुरेलले चुनाव लड्दै आएका छन्। 

देउवा मन्त्रिपरिषदमा २३ औं वरीयतामा रहेकी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव धनुषाबाट समानुपातिक सांसद हुन्। नेताहरूको व्यवस्थापन कठिन भएकाले उनले धनुषाबाट प्रत्यक्ष टिकट पाउने सम्भावना कमजोर रहेको नेताहरू बताउँछन्। उनको प्रयास पुनः समानुपातिकमा दोहोरिने रहेको धनुषाका माओवादी नेता–कार्यकर्ताले बताएका छन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका जसपाका राजेन्द्र श्रेष्ठ पनि कुन क्षेत्रबाट उठ्ने भन्ने यकिन छैन। २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी समानुपातिक सांसद हुन्। नेकपा एमालेमा छँदा उनी २०५१ सालको चुनावमा काठमाडौं– ५ बाट निर्वाचित भएका थिए। काठमाडौंमा खासै जनमत नभएको जसपाले मधेशका जिल्लामा धेरै सिट दाबी गर्ने भएकाले राजेन्द्र फेरि पनि समानुपातिकमा बस्ने सम्भावना देखिन्छ। 

राजनीतिज्ञ भन्दा पनि कानुनी पृष्ठभूमिबाट देउवा सरकारमा मन्त्री बनेका गोविन्द बन्दी नेकपा एसको कोटाबाट मन्त्री भएका हुन्। गैरसांसद मन्त्री बन्दीको कार्यकाल चुनाव अगावै सकिँदैछ। मन्त्रीबाट हटेपछि उनी चुनावमा नभई सर्वोच्च अदालतमा बहसमै फर्किने उनका निकटस्थहरुले बताउने गरेका छन्। देउवा सरकारको को १६ औं वरीयतामा रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दीको घर भने दैलेख हो। 

धेरैलाई गठबन्धनको भर

नेपाल समय
प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा

सरकारमा दोस्रो वरीयतामा रहेका गृहमन्त्री बालकृष्ण खाण कांग्रेसका प्रभावशाली नेता हुन्। विगतमा पटक–पटक प्रत्यक्ष चुनाव जिते पनि २०७४ सालमा खाण समानुपातिकबाट सांसद बनेका हुन्। बाम गठबन्धन भएपछि असुरक्षित महसुस गरेका खाण रुपन्देही–३ मा पाँच दलीय गठबन्धनको आडमा जित निकाल्ने आशामा छन् यसपालि। एमाले नेता घनश्याम भुसालको क्षेत्रमा २०७४ सालमा खाण समानुपातिकको सूचीमा बसेपछि कांग्रेसले राप्रपाका दीपक बोहोरालाई सहयोग गरेको थियो।

विगतमा एमालेले जिते पनि यसपटक खाणका लागि यो क्षेत्र अनुकूल रहेको रुपन्देहीका नेताहरू बताउँछन्। निर्णायक मत रहेको तिलोत्तमा नगरपालिकामा खाणका भाइ रामकृष्ण मेयर छन्। गत चुनावमा रुपन्देही ३ मा एमालेका घनश्याम भुसालले ३२ हजार ८ सय ६६ मत प्राप्त गर्दा कांग्रेसको समर्थन पाएका दीपक बोहोराले २७ हजार ४ सय २२ मत पाएका थिए। स्थानीय तह निर्वाचनमा रुपन्देही–३ मा कांग्रेसको ३४ हजार १ सय ५३ मत छ। एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३ सय ९७ तथा जसपा ६ हजार १ सय ८३ र माओवादीको २ हजार ८ सय ८१ मत छ। 

२०७४ सालमा बाम गठबन्धन भएको बेलामा पनि कांग्रेसबाट निर्वाचित हुनेमा ज्ञानेन्द्रबहादुर कार्की पनि पर्छन्। विगतमा चुनाव लड्दै आएको भोजपुर छोडेर सुनसरी–४ बाट कार्की पहिलो पटक निर्वाचित सांसद भएका हुन्। देउवाका विश्वास पात्र कार्की यो पटक पनि सुनसरी–४ बाटै चुनावी मैदानमा उत्रने तयारीमा छन्। सुनसरी–४ मा स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले राम्रो प्रदर्शन गरेको छ।

२०७४ सालको चुनावमा कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दा एमालेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० पाएका थिए।। स्थानीय तह निर्वाचनमा सुनसरी–४ नेपाली कांग्रेसले २८ हजार ७ सय ५६ मत ल्याउँदा एमालेले २३ हजार ६ सय १३, जसपाले ९ हजार ८ सय ६३ र नेकपा एसले ३ हजार ७ सय तथा माओवादीले ३ हजार ६ सय ४६ मत पाएका छ।

नेपाल समय
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

देउवा सरकारमा चौथो वरीयताकी ऊर्जामन्त्री पम्फा भुसाललाई पनि गठबन्धनको भर छ। माओवादी केन्द्रले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये जित्ने सुनिश्चित भएको ललितपुर–३ मात्रै हो। माओवादीले उपत्यकामा रोज्ने निर्वाचन क्षेत्र नै ललितपुर–३ हो। २०७४ सालको प्रतिनिधि सभा निर्वाचित भुसाल २०६४ सालको चुनावमा यही क्षेत्रबाट चुनाव जितेका थिइन्। भुषालले विद्यार्थीकालदेखि नै यही क्षेत्रमा राजनीति गरेकी थिइन्। पाँच दलिय गठबन्धनबाट उम्मेदवार बन्न भुसाललाई खासै समस्या नभएको बताइएको छ।

२०७४ सालको चुनावमा भुसालले २४ हजार ३२ मत प्राप्त गर्दा कांग्रेसका मदन अमात्यले २२ हजार २ सय २९ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा स्थानीय तहको निर्वाचन अनुसार कांग्रेस पहिलो पार्टी र तेस्रो पार्टी माओवादी छ। यहाँ नेकपा एमालेको पनि राम्रै मत रहेका कारण गठबन्धनको भरमा भुसालले चुनावमा जित निकाल्ने आशामा छन्। स्थानीय तहको चुनावमा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एसको।५ हजार १२९, र राप्रपाको ४ हजार ३४२ मत छ। 

बाम गठबन्धन भएको अवस्थामा पनि कांग्रेसबाट उम्मेदवार बनेर दुर्लभ जित निकाल्नेमा खानेपानीमन्त्री उमाकान्त चौधरी पनि पर्छन्। उनी २०७४ सालमा बारा १ बाट प्रत्यक्ष चुनाव जितेका हुन्। चौधरीले २४ हजार ४ सय ५० भोट पाउँदा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत पाएका थिए। जितपुर सिमरा उपमहानगरपालिका जितेको माओवादीले बारामा १ सिट दाबी गर्ने सम्भावना भए पनि स्थानीय तहको चुनावमा पनि कांग्रेसको बढी मत भएका कारण गठबन्धनको उम्मेदवार बन्न चौधरीलाई खासै समस्या देखिँदैन। स्थानीय तह चुनावमा यस क्षेत्रमा कांग्रेसले ३२ हजार ३ सय ५६, एमाले २५ हजार ८ सय ८, लोसपा ९ हजार ५ सय ५ र माओवादीले ६ हजार ३ सय ४३ मत पाएका छन्। यस्तै जसपाको ६ हजार १ सय ४३ मत छ।

देउवा सरकारमा परराष्ट्र मन्त्रीको जिम्मा पाएका नारायण खड्का पनि २०७४ सालमा दुर्लभ जित निकाल्ने नेतामा पर्छन्। उनले उदयपुरबाट चुनाव जित्दै आएका छन्। भर्खरै सम्पन्न चुनावमा उदयपुरमा कांग्रेस र माओवादीका बीचमा गठबन्धनले राम्रो परिणाम हात पारेका छन्। गत निर्वाचनमा खड्काले उदयपुरमा ३३ हजार १ सय ४२ मत पाउँदा एमालेकी मञ्जु चौधरीले ३२ हजार ५ सय ९५ मत पाएकी थिइन्। स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एमालेले २१ हजार ६ सय ५२, कांग्रेस २० हजार ७ सय ५७ तथा माओवादी ८ हजार १ सय ७९ मत पाएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्न पुगेका मोहम्मद इश्तियाक राई पश्चिम तराईका जिल्लामा जसपामा खम्बा हुन्। बाँकेको नेपालगञ्ज क्षेत्रबाट चुनाव जित्दै आएका राईलाई गठबन्धन भएमा सहज जित निकाल्न सहज छ। २०७४ सालमा राईले बाँके बाट २१ हजार ५ सय ७५ मत ल्याउँदा एमालेका पशुपति दयाल मिश्रले १५ हजार ९ सय ५१ मत पाएका थिए। यो पटक यही क्षेत्रबाट राप्रपाका धवल शमशेर जबरा उम्मेदवार बन्दैछन्। एमालेसँगको तालमेलमा धवल उम्मेदवार बने भने राईलाई जित निकाल्न समस्या हुने सम्भावना देखिन्छ। स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४ सय ७८, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४ र माओवादीले ६ हजार ८ सय मत पाएका थिए। 

देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका दिलेन्द्र बडू २०७४ सालमा समानुपातिक सांसद हुन्। बडू यो पटक प्रत्यक्ष चुनावी मैदानमा जाने तयारीमा छन्। उनी दार्चुलाबाट चुनावी प्रतिष्पर्धामा जाने तयारीमा छन्। २०७४ सालको चुनावमा वाम गठबन्धनमा एमालेका गणेशसिंह ठगुन्ना यस क्षेत्रबाट विजयी बनेका थिए। ठगुन्नाले २८ हजार ९ सय ९८ मत पाउँदा कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत पाएका थिए। स्थानीय तह निर्वाचनमा दार्चुलामा एमालेले २९ हजार ३ सय ९७, कांग्रेसले २१ हजार ५ सय ५४ र माओवादीले ७ हजार ८ सय ८१ मत पाएका छन्। यो क्षेत्रमा माओवादीले पनि दाबी गर्ने सम्भावना देखिन्छ। तर कांग्रेसले बडूको व्यवस्थापन गर्नुपर्ने भएकाले पाँच दलिय गठबन्धनको उमेदवार बडू नै बन्ने सम्भावना छ।

नेपाल समय
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल

देउवा सरकारमा १२ औं वरीयतामा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल २०७४ सालमा पहिलोपटक संसदमा पुगेका हुन्। वामपन्थी गठबन्धन बन्दा बाग्लुङ–२ बाट चुनाव जितेका पौडेललाई यसपटक कांग्रेसको भर छ। माओवादीको उपस्थिति कमजोर रहेको यो क्षेत्रमा कांग्रेस इमान्दार बनिदिएमा मात्र उनले चुनाव जित्नेछन्। २०७४ सालको निर्वाचनमा पौडेलले २८ हजार ८ सय २७ मत पाउँदा कांग्रेसका नरबहादुर पुनले १९ हजार ९ सय ५ मत पाएका थिए। भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा बाग्लुङ २ मा एमालेले १९ हजार ३०, कांग्रेसले १७ हजार ७५१, माओवादीले ९ हजार ७५१ र राजमोले ६ हजार ६७८ मत पाएका छन्। पौडेललाई कांग्रेसको मत राम्रै भएकाले उम्मेदवार बन्न र जित निकाल्न पनि कांग्रेसको भर पर्नुपर्ने देखिन्छ।

देउवा सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका महेश्वरजंग गहतराज २०७४ सालको चुनावमा बाँके–१ बाट निर्वाचित भएका थिए। गहतराजले ३१ हजार १ सय ७३ मत प्राप्त गर्दा कांग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत प्राप्त गरेका थिए। बाँके १ मा स्थानीय तह निर्वाचनमा कांग्रेसले २८ हजार १ सय १९, एमाले २५ हजार ३ सय १० र माओवादीले १७ हजार १ सय १० मत प्राप्त गरेका छन्। कांग्रेसले साथ दिएको खण्डमा उनले जित निकाल्न सम्भव छ। एकल प्रयासले भने जित्न सक्ने देखिन्न। तर यो क्षेत्रमा कांग्रेसको दाबी देखिन्छ। यो क्षेत्रमा क्षेत्रीय सभापति पोषण केसी, २०७४ का उम्मेदवार माधवराम खत्रीको पनि दाबी रहेको छ। 

गत चुनावमा काठमाडौं–८ बाट निर्वाचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। २०७४ सालमा वामपन्थी गठबन्धनका एमाले उम्मेदवार श्रेष्ठले कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए। चुनावी तालमेल हुँदा नेकपा एसले काठमाडौंमा २ र ८ नम्बर क्षेत्र दाबी गरेको छ। यो क्षेत्रमा २०७४ सालमा चुनावी मैदानमा रहेका नवीन्द्रराज जोशीको निधन भएका कारण पनि जीवनराम गठबन्धनबाट उम्मेदवार बन्ने सम्भावना बढेको छ। स्थानीय चह चुनावमा यो क्षेत्रमा कांग्रेसले राम्रो मत ल्याएको छ। २०७४ सालमा श्रेष्ठले १३ हजार ३ सय ७ मत पाउँदा जोशीले १२ हजार ९ सय ५३ मत पाएका थिए। स्थानीय तह निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसले १० हजार ८ सय ७२, एमालेले ९ हजार २ सय ५३ र नेकपा एसले ५ हजार १ सय ४२ मत प्राप्त गरेका थिए। यो पटक यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुमन सायमीले प्रतिष्पर्धा गर्ने बताएका छन्। श्रेष्ठलाई चुनौती सायमी हुन सक्ने धेरैको आकलन छ। 

पछिल्लो मन्त्रीमण्डल पुनर्गठनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका भवानीप्रसाद खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन। वाम गठबन्धनका एमाले उम्मेदवार खापुङले कांग्रेसकी सीता गुरुङलाई पराजित गरेका थिए। उनी अहिले नेकपा एसमा छन्। २०७४ सालको चुनावमा खापुङले २१ हजार ३ सय ३५ मत पाउँदा कांग्रेसकी सीताले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी थिइन्। यो क्षेत्रमा अहिले पनि कांग्रेसका तर्फबाट गुरुङ प्रमुख दाबेदार हुन्। स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा एमालेले २२ हजार ३ सय १२, नेपाली कांग्रेसले २१ हजार ९ सय ११ र माओवादीले ६ सय ८६ मत प्राप्त गरेका छन्। मन्त्री खापुङको पार्टी नेकपा एसले ५ सय ४६ मतमात्र प्राप्त गरेको थियो। एसको मत निकै कम रहेकाले उनले टिकट पाउने सम्भावना नै कम देखिन्छ। खापुङले टिकट पाउने र जित निकाल्ने दुवै गठबन्धनको भरमा हो। 

नेकपा एसको सिफारिसमा गैरसांसद मन्त्री रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछामबाट प्रतिस्पर्धा गर्दैछन्। एमाले नेता भीम रावलको निर्वाचन क्षेत्रबाट चुनाव लडाउन माधव नेपालले कुँवरलाई मन्त्री बनाएको चर्चा छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी अछाम–१ बाट एमालेको उम्मेदवार भएर निर्वाचित भएका थिए। त्यति बेला रावल समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए। कुँवरले टिकट पाएमा चुनाव जित्नका लागि कांग्रेसको इमान्दार प्रयास र आशीर्वाद चाहिन्छ। स्थानीय तह निर्वाचनमा अछामका दुवै क्षेत्रमा नेपाली कांग्रेसले एमालेले भन्दा धेरै मत पाएको छ। अछाम १ मा कांग्रेसले १६ हजार ७ सय २८ मत पाउँदा एमालेले १६ हजार ५ सय ६७ मत प्राप्त गरेको छ। माओवादीले ६ हजार ७ सय ९० मत पाउँदा एसले २ हजार ७ सय ५२ मत प्राप्त गरेको छ। 

देउवा सरकारमा वन तथा वातावरण मन्त्री रहेका प्रदीप यादव पर्साको वीरगञ्ज क्षेत्रबाट २०७४ सालमा प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनले २०७४ सालको चुनावमा २१ हजार १२५ मत पाए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनिलकुमार रुंगटाले १६ हजार ४८१ मत पाएका थिए। यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुत्ला दहन भएको थियो। यो क्षेत्रका प्रभावशाली नेता यादवसँग एमालेले भर्खरै वीरगञ्जको मेयरमा पराजित विजय सरावगीलाई उठाउने सम्भावना छ। विगतमा जसपाबाट मेयर जितेका सरावगी चुनावको मुखमा एमाले प्रवेश गरेका थिए। जसपाले चुनाव जितेको वीरगञ्जमा सरावगीको लज्जास्पद पराजय भएको थियो। यो क्षेत्रमा स्थानीय तहमा सवैभन्दा बढी मत समेत जसपाले ल्याएको छ। जसपाको १५ हजार ७०६, एमालेको १३ हजार ३३५, कांग्रेसको १२ हजार ९०२, माओवादीको ३ हजार ७४६, लोसपाको २ हजार ८६, नेकपा एसको १ हजार ६०३ र राप्रपा ५७७ मत छ। यादवलाई पनि टिकटदेखि जित निकाल्नसम्म नै गठबन्धनको भर पर्नुपर्ने देखिन्छ। 

नेपाल समय
सहरी विकास मन्त्री मेटमणि चौधरी

नेकपा एसबाट दाङ जिल्लाबाट दुई जना मन्त्री छन्। मेटमणि चौधरी सहरी विकास मन्त्री र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री दुवै २०७४ सालको चुनावमा दाङ १ र दाङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। यो पटक गठबन्धनमा रहेका दलहरुमा दाङ क्षेत्र नम्बर दुई नेकपा माओवादीका कृष्णबहादुर महरालाई छोड्नुपर्ने अवस्था छ। यो अवस्थामा दाङका तीन क्षेत्रमध्ये एउटा कांग्रेसलाई छोड्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा नेकपा एसले चौधरी र केसीमध्ये एकलाई छोड्नुपर्ने हुन्छ। मेटमणिले टिकट पाए केसी प्रदेशसभामा जानुपर्ने नेताहरू बताउँछन्। केसीले प्रतिनिधिसभामा टिकट पाए मेटमणि प्रदेशसभामा खुम्चिनु पर्नेछ। गत चुनावका केसीले ४० हजार २ सय ८७ मत प्राप्त गर्दा कांग्रेसका दीपक गिरीले ३३ हजार ७ सय ३० मत पाएका थिए। २०७४ सालको चुनावमा वाम गठबन्धनका एमाले उम्मेदवार चौधरीले कांग्रेसकी सुशीला चौधरीलाई पराजित गरेका थिए। मेटमणिले ३७ हजार ९ सय ८ मत पाउँदा सुशीलाले २४ हजार ७४ मत प्राप्त गरेकी थिइन्। दाङका यी दुवै क्षेत्रमा नेकपा एसको मत अत्यन्तै कमजोर देखिन्छ। दाङ १ मा कांग्रेसको २९ हजार ७५७, एमालेको २७ हजार २५, माओवादीको १९ हजार २७६, राप्रपाको २ हजार ३५०, एसको २ हजार ३४१ मत छ। यस्तै दाङ ३ मा एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८०, नेकपा एसको १ हजार ९३८ मत छ। 

उम्मेदवार नबन्ने मनस्थितिमा सिंह

पछिल्लो पटक मन्त्रीमण्डल पुनर्गठनमा मन्त्री बनेका मृगेन्द्रकुमार सिंह यादव अहिले कृषि तथा पशुपन्छी विकास मन्त्री छन्। उनी अघिल्लो पटक सप्तरी ४ बाट चुनाव लडेका थिए। कांग्रेसका तेजुलाल चौधरीले २४ हजार १ सय १३ मत ल्याउँदा सिंहले १४ हजार ८ सय ८६ मत पाएका थिए। पञ्चायतकालदेखि नै मन्त्री बन्दै आएका सिंह यो पटक चुनाव लड्न नजाने मनस्थितिमा देखिन्छन्। आफ्नो निर्वाचनमा क्षेत्र पाँच दलीय गठबन्धन हुँदा कांग्रेसको भागमा पर्ने भएपछि उनी चुनावी मैदानमा जान हच्किएका हुन्। सिंह चौधरीसँग चुनाव हारे पनि अहिले राष्ट्रियसभा सदस्य बनेका छन्।

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

चितवन शिवनगरको पुख्र्यौली जग्गामा घर बनाएर सरे प्रचण्ड

प्रचण्डले शिवनगरमा बनाएको ६ कठ्ठाको एकतले घर पैतृक सम्पत्ति हो।
नेपाल समय
राजनीति

देउवामाथि दबाब बढाउन शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब बढाउनका लागि डा. शेखर कोइराला समूहले आन्दोलनका थप कार्यक्रम तय गरेको छ।
नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना