सोमबार, असोज १०, २०७९

कांग्रेसले लत्यायो आफ्नै निर्णय

नेपाल समय  |  काठमाडौं, बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९, काठमाडौं

नेपाल समय
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक।

काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसले आफ्नै निर्णय लत्याएको छ। गत असार २७ देखि साउन २ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाबारे गरेको निर्णय अलपत्र परेको हो। समयमा महाधिवेशन नहुँदा म्याद समाप्त भएका भ्रातृसंस्थाको गठन र पूर्णता साउन मसान्तभित्र गरिसक्ने निर्णय बैठकले गरेको थियो। तर, साउन मसान्तभित्र भ्रातृसंस्थाका समितिले पूर्णता पाउन सकेनन्।

केन्द्रीय समितिले गरेको निर्णय नम्बर ४ मा भनिएको छ, 'अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता दिने।' तर साउन मसान्तभित्र सभापति शेरबहादुर देउवाले महिला संघको नेतृत्वमात्रै टुंगो लगाएका छन्। देउवाले साउन २६ गते महिला संघको अध्यक्षमा उषाकुमारी राउत (मिश्र)लाई नियुक्त गरे। त्यो बाहेक भ्रातृसंस्थाका समितिलाई पूर्णता दिने र गठन गर्न बाँकी रहेका भ्रातृसंस्थाको हकमा कांग्रेसले निर्णय गर्न सकेन।  

दुई पटकको समयसीमा गुज्रियो
गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति  बैठकले म्याद गुज्रिएका १० वटा भ्रातृसंस्थाका केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको थियो। सोही बैठकले फागुन मसान्तभित्र भंग गरिएका भ्रातृसंस्थाको नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो। त्यसको जिम्मेवारी सभापति देउवालाई दिइएको थियो। तर त्यो अवधिमा देउवाले भ्रातृसंस्था बारे निर्णय गर्न सकेनन्। कार्यसम्पादन समितिले तोकेको समयसीमा गुजारेका देउवाले चैत ९ गते नेविसंघ र तरुण दलका अध्यक्ष चयन गरे। देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा  र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए।  

लगत्तै आएको स्थानीय तह निर्वाचनमा पार्टी होमिँदा भ्रातृसंस्थाको एजेन्डा छायामा परेको थियो। कांग्रेस भ्रातृसंस्था रिक्त राखेरै स्थानीय तहको निर्वाचनमा होमिएको थियो। स्थानीय निर्वाचनपछि देउवाले किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र  नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर थापा घर्तीलाई नियुक्त गरेका थिए। 

भंग भएका १० मध्ये अहिलेसम्म ५ भ्रातृसंस्थाले मात्रै नेतृत्व पाएका छन्। नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघले अध्यक्ष पाउँदा नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल भूतपूर्व सैनिक संघ अझै नेतृत्वविहीन छन्। यी मध्ये कुनै पनि भ्रातृसंस्थाका समिति पूर्ण छैनन्। अहिलेसम्म भ्रातृसंस्थाका समिति पदाधिकारीसहितको हुने कि प्लेन समिति बनाउने भन्ने विषय नै टुंगो लागिसकेको छैन।

'निर्णय कार्यान्वयन हुन्छ'
म्याद गुज्रिएर भंग भएका भ्रातृसंस्थाको गठन र पूर्णता दिने सन्दर्भमा कांग्रेस आफैंले २ पटक म्याद गुजारिसकेको छ। मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा कांग्रेस छ। र निर्वाचनको छायामा भ्रातृसंस्थाको एजेन्डा परेको छ।  

तर पार्टी पदाधिकारीहरु भने केन्द्रीय समितिको निर्णय चाँडै कार्यान्वयन हुने दाबी गर्छन्। सहमहामन्त्री भिष्मराज आङ्दम्बेले तोकिएको समयमा भ्रातृसंस्थाका समिति गठन गर्ने र पूर्णता दिने काम सम्पन्न नभए पनि तयारी भने भइरहेको बताए। 'केन्द्रीय समितिको निर्णय चाँडै कार्यान्वयन हुन्छ। साउन मसान्तभित्र काम सकिएन। त्यो सत्य हो। तर केही दिन अघि मात्रै महिला संघले नेतृत्व पायो। हामी आवश्यक वर्कआउट गरिरहेका छौं,' उनले भने।  

उनले भ्रातृसंस्थाका समितिलाई पूर्णता दिएर निर्वाचन परिचालनमा खटाउनुपर्ने आवश्यकता रहेकाले यसमा विलम्ब नहुने तर्क गरे। 'निर्वाचन घोषणा भएपछि राजनीति त्यतै मोडिएको छ। अब चाँडोभन्दा चाँडो भ्रातृसंस्थाका समितिलाई पूर्णता दिएर निर्वाचन परिचालनमा खटाउने छौं,' उनले भने। 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले साउन मसान्तभित्रै भ्रातृ संस्थाको काम सक्ने निर्णय भए पनि तयारी नपुगेका कारण हुन नसकेको बताए। उनले भने, ‘नाम कलेक्सन भइरहेको छ। अब चाँडै निर्णय गर्ने हो।’

भ्रातृसंस्थाका नेताहरु भन्छन्- भ्रातृ संस्था विना चुनावमा जाँदा कांग्रेस हतियारविहीन हुनेछ
पार्टीले निर्णय नलिँदा भ्रातृसंस्थाका नेताहरु भने निराश देखिन्छन्। उनीहरु निर्वाचनको मिति तोकिइसक्दा पनि भ्रातृसंस्थाले पूर्णता नपाउनु दुखद् भएको टिप्पणी गर्छन्। नेविसंघमा क्रियाशील रहेका एक नेता भन्छन्, 'चुनाव लागिसक्यो। यो बेला भ्रातृसंस्थाको जिम्मेवारी महत्वपूर्ण हुन्छ। पार्टीले निर्णय गर्दैन। वर्षौंदेखि सक्रिय रहेका हामी जस्ता कार्यकर्ता जिम्मेवारीविहिन छौं। यसले बढाउने निराशा नै हो।' 

उनी अपूर्ण भ्रातृ संस्थालाई लिएर चुनावमा जाँदा कांग्रेस हतियारविहीन हुने तर्क गर्छन्। ' अपूर्ण भ्रातृ संगठन  लिएर चुनावमा जानु भनेको हतियार र प्रशिक्षित सेना बिना चुनावमा जानुसरह हो,' ती नेता भन्छन्। 

अर्का एक नेताले पनि कार्यकर्तामा देखिएको नैराश्यता कम गर्न पनि पार्टीले चाँडो भन्दा चाँडो निर्णय लिनुपर्ने बताए। 'कार्यकर्तामा देखिरहेको  नैराश्यता  कम गर्न, कांग्रेसमा भविष्य छ  भनेर आभास दिलाउनका लागि पनि पार्टीले चाँडो निर्णय लिनुपर्छ,' ती नेताले भने, 'स्वतन्त्र  भनिएकाहरुले दलिय व्यवस्थाप्रति फैलाइरहेको भ्रम चिर्न पार्टीले भ्रातृ संगठनलाई पूर्णता दिनुपर्छ।'


प्रकाशित: August 17, 2022 | 12:59:47 काठमाडौं, बुधबार, भदौ १, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय
राजनीति

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय
राजनीति

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना