सोमबार, असोज १०, २०७९
निर्वाचन २०७९

सिन्धुलीबाट लड्दा प्रचण्डलाई कति सहज?

कौशल काफ्ले  |  काठमाडौं, बुधबार, भदौ १, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बुधबार, भदौ १, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्र दाबी गर्न थालिसकेका छन्। कतिपय त चुनाव लक्षित कार्यक्रमका लागि गाउँ फर्किन पनि थालिसकेका छन्। कतिपयको भने निर्वाचन क्षेत्रकै टुंगो लाग्न सकेको छैन। सहजै जित्न सकिने क्षेत्रको खोजीमा छन् उपल्लो तहका नेताहरु।

यस्तैमा पर्छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। निर्वाचन क्षेत्र फेरिरहने परिचय बनाएका प्रचण्ड यसपटक ज्योतिषको सल्लाहअनुसार क्षेत्र निर्धारण गर्ने मनस्थितिमा छन्। यसअघि चितवन–३ बाट निर्वाचित प्रचण्ड स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा माओवादीले राम्रो मत नल्याएपछि त्यहीँबाट उम्मेदवार बन्नेमा ढुक्क हुन सकेका छैनन्।

त्यसैले ज्योतिषले दिएको सल्लाहअनुसार नै क्षेत्र रोज्ने तयारीमा रहेको उनी निकट स्रोतको दाबी छ। आफ्नो पुरानै निर्वाचन क्षेत्र चितवन–३, सिन्धुली–२, सिन्धुपाल्चोक–१ र गोरखा–१ मध्ये ज्योतिषले दिएको सल्लाहअनुसार एक क्षेत्र रोज्ने देखिन्छ प्रचण्डले।

२०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार क्षेत्रबाट निर्वाचन लडिसकेका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० गरी दुई ठाउँबाट निर्वाचित प्रचण्डले २०७० सालको निर्वाचनमा भने काठमाडौं–१० र सिरहा–५ बाट लडेका थिए। जसमा काठमाडौं–१० बाट उनी पराजित बन्न पुगे। काठमाडौंमा कांग्रेसका राजन केसीसँग पराजित प्रचण्डले सिरहा–५ मा पनि मुस्किलले जित हात पारे।

निर्वाचन क्षेत्र फेरिरहने परिचय बनाएका प्रचण्ड यसपटक ज्योतिषको सल्लाहअनुसार क्षेत्र निर्धारण गर्ने मनस्थितिमा छन्।

संविधान जारी भएपछिको पहिलो निर्वाचनमा प्रचण्डले नयाँ निर्वाचन क्षेत्र रोजे– चितवन क्षेत्र नं. ३। २०७४ सालमा काठमाडौं–१० र सिरहा–५ दुवै निर्वाचन क्षेत्र छाडेर चितवन–३ बाट निर्वाचन लडेका उनलाई वाम गठबन्धनका कारण जित सहज भयो। यसपटक भने स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामले झस्किएका प्रचण्ड चितवनबाट पनि आफ्नो निर्वाचन क्षेत्र सार्ने दाउमा रहेको उनी निकट नेताहरु बताउँछन्।

चितवन–३, सिन्धुली–२, सिन्धुपाल्चोक–१ र गोरखा–१ मध्ये ज्योतिषले कता सिफारिस गर्छन् र प्रचण्ड कताबाट चुनाव लड्छन् टुंगो लागिसकेको छैन। तर, प्रचण्डले प्राथमिकतामा राखेका मध्येको क्षेत्र सिन्धुली–२ मा भने माओवादी कार्यकर्ताले आन्तरिक तयारी पनि थालिसकेका छन्। प्रचण्ड चुनाव लड्न सिन्धुली आए आपूmहरु उत्साहपूर्वक जिताउन लाग्ने माओवादीकै जिल्ला तहका नेताहरुले बताइरहेका छन्।

के प्रचण्डलाई सिन्धुलीमा चुनाव जित्न सहज छ त?  प्रचण्डको रोजाइमा परेको सिन्धुली क्षेत्र नं. २ माओवादीको लागि सहज नै मानिन्छ। यो क्षेत्र माओवादी नेता हरिबोल गजुरेलको निर्वाचन क्षेत्र पनि हो। यसअघिका चुनावमा नेता गजुरेलले सहजै जित हासिल गरेका थिए।

०७४ सालको प्रतिनिधिसभाको चुनावमा पनि सिन्धुली–२ बाट हरिबोल गजुरेल विजयी भएका थिए। तत्कालीन समयमा बाम गठबन्धनबाट चुनाव लडेका गजुरेलले ३० हजार १७९ मत ल्याउँदा नेपाली कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मतमात्र ल्याएका थिए। त्यस्तै, सिद्धिकुमार श्रेष्ठ भन्ने भक्तलाल श्रेष्ठ नेकपा (माले)ले १ हजार २७२ र तत्कालीन नयाँ शक्ति पार्टीबाट हरिबहादुर श्रेष्ठले ४५५ मत प्राप्त गरेका थिए। अन्यमा १ हजार २२४ मत खसेको थियो।

एमालेसँग मिलेर चुनाव लडेका गजुरेलले त्यसबेला १२ हजार ०५२ मतान्तर राखेका थिए। तर, यसपटक भने माओवादी एमालेसँग छुट्टिएर कांग्रेससँग मिलेर चुनाव लड्दैछ। त्यसैले एकपटक गएको स्थानीय तहको चुनावको मतपरिणामलाई केलाएर हेरौँ।

नेपाल समय
सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्ड।

गएको स्थानीय निर्वाचनमा सत्तारुढ पाँच दल एक ठाउँमा थिए। सोहीअनुसार सिन्धुलीमा पनि गठबन्धन भयो, जुन गठबन्धनले आउँदो प्रतिनिधि र प्रदेशसभाको चुनावमा पनि निरन्तरता पाउने देखिन्छ। त्यसैले सिन्धुली–२ मा गठबन्धनको लागि जित निश्चित देखिन्छ।

यद्यपि, वडामा दलहरुले पाएको मतलाई छुट्टाछुट्टै केलाउँदा सिन्धुली–२ मा एमाले अगाडि छ। यो क्षेत्रमा कमलामाई नगरपालिकाको वडा नम्बर १ देखि ८ र १० देखि १२ सम्मका वडा पर्छन् भने गाउँपालिकामा सुनकोशी, हरिहरपुरगढी, मरिण र घ्याङ्लेख पर्छन्।

स्थानीय तहको निर्वाचनमा वडागत मतपरिणाम निकाल्दा एमालेले यो क्षेत्रमा पर्ने वडाहरुमा २१ हजार ४५३ मत पाएको छ। माओवादीले १९ हजार ४८८ मत पाएको छ। त्यस्तै, कांग्रेसले भने १८ हजार ८२८ मत पाएको छ भने अन्यले २ हजार ४२० मत ल्याएका छन्।

यही मतपरिणामलाई आधार मानेर हेर्दा आउँदो चुनावमा गठबन्धन (कांग्रेस–माओवादी)ले ३८ हजार हाराहारी मत ल्याउन सक्ने देखिन्छ। यद्यपि, स्थानीय तहको चुनावपछि मात्र सिन्धुलीमा ४ हजारभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

गएको स्थानीय निर्वाचनमा सत्तारुढ पाँच दल एक ठाउँमा थिए। सोहीअनुसार सिन्धुलीमा पनि गठबन्धन भयो, जुन गठबन्धनले आउँदो प्रतिनिधि र प्रदेशसभाको चुनावमा पनि निरन्तरता पाउने देखिन्छ।

जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार असार र साउन महिनामा ४ हजार २ सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्। यसले मतपरिणाममा केही फेरबदल गरे पनि गठबन्धन दललाई चुनाव जित्न सहजै हुने देखिन्छ। यदि प्रचण्डले सिन्धुली–२ लाई आफ्नो निर्वाचन क्षेत्र बनाए उनी निर्वाचित हुने सम्भावना प्रबल रहेको यसअघिका निर्वाचन मतपरिणामले देखाउँछ।

सबै वडाहरुमा कांग्रेस र माओवादीको मत जोड्दा सत्तारुढ गठबन्धन दल अग्रस्थानमा छन्। एमाले पछिपछि छ। जस्तो, कमलामाई नगरपालिकाको वडा नम्बर १ देखि ८ र १० देखि १२ यो क्षेत्रमा पर्छन्। यी वडाहरुको मत केलाउँदा नेपाली कांग्रेसले ७ हजार ९८८, माओवादीले ४ हजार ११ र नेकपा एमालेले ९ हजार ८०२ मत पाएको छ।

यही क्षेत्रमा पर्ने सुनकोशी गाउँपालिकाका वडाहरुको मतपरिणाम हेर्दा नेपाली कांग्रेसको ३ हजार १११, माओवादीको ३ हजार ४४० र एमालेको ४ हजार ४१६ मत छ। त्यस्तै, हरिहरपुरगढी गाउँपालिकामा नेपाली कांग्रेसले ३ हजार ३२६, माओवादीले ४ हजार ९६४ र एमालेले २ हजार ६७९ मत ल्याएको छ।

मरिण गाउँपालिका पनि माओवादीको पकड क्षेत्र मानिन्छ। सिन्धुली–२ भित्र पर्ने मरिणमा माओवादीको ४ हजार ४३२ मत, नेपाली कांग्रेसको २ हजार ५३७ र एमालेको ३ हजार ३६७ मत रहेको गएको स्थानीय तहको वडागत मपरिणामले देखाउँछ। त्यस्तै, वडाको छुट्टाछुट्ट्रै मत जोड्दा घ्याङलेख गाउँपालिकामा पनि नेपाली कांग्रेसको १ हजार ८६६, माओवादीको २ हजार ६४१ र एमालेको १ हजार १८९ मत रहेको छ।


प्रकाशित: August 17, 2022 | 11:54:31 काठमाडौं, बुधबार, भदौ १, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय
राजनीति

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय
राजनीति

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना