सोमबार, असोज १०, २०७९
सन्दर्भः मरीचमान सिंहको स्मृति दिवस

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

नवीन अभिलाषी  |  काठमाडौं, सोमबार, साउन ३०, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

सोमबार, साउन ३०, २०७९, काठमाडौं

नेपाल समय
मरीचमान सिंह श्रेष्ठ (सबैभन्दा बायाँ)।

नेपालगञ्ज– सरकारले ८४ करोड रुपैयाँको हतियार किन्न तीन विदेशी कम्पनीसँग गरेको सम्झौता अहिले रोकिएको छ। सरकारले विदेशी मुद्रा सञ्चितिको कारण देखाएर रोकेको बताए पनि भारतको ‘अब्जेक्सन’ हुन सक्छ भनेर टिप्पणी भइरहेको छ। 

सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको बुँदा नम्बर ५ मा ‘नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाका निम्ति चाहिने हातहतियार, कलपुर्जा, गोलीगठ्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अधिकार छ। दुई सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन्’ भन्ने उल्लेख छ। तर भारतले लागू गरेको छैन। नेपालको हातहतियार खरखजाना खरिदमा भारतले प्रत्यक्ष चासो राख्दै आएको छ। 

अब फर्किऔं २०४५ तिर। तत्कालीन राजा वीरेन्द्रले चीनबाट ‘एन्टी एयरक्राफ्ट गन’ खरिद गर्न चाहेका थिए। सन् १९८८ जुलाई अर्थात् २०४५ साउन, भदौतिर नेपालले चीनबाट चाइनिज एयर डिफेन्स आर्टिलरी ल्याउन चाहेको थियो। आकाशबाट युद्ध विमान खसाउने हतियारे ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट ल्याउने कुरा भारतलाई मन पर्ने कुरै भएन। त्यसपछि भारतले नेपालमाथि नाकाबन्दी लगायो। भारतले लगाएको त्यो तेस्रो नाका बन्दी थियो। राजीव गान्धीले लगाएको त्यो १५ महिने नाकाबन्दी १० चैत २०४५ बाट सुरु १७ असार २०४७ सम्म चलेको थियो।

त्यो समय नेपालका प्रधानमन्त्री थिए, मरीचमान सिंह श्रेष्ठ। कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतसँगका यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक। 

नाकाबन्दी गर्नुका अन्य कारण पनि छन् भन्छन्, राजनीतिक विश्लेषक नरेन्द्रजँग पिटर। राजीव गान्धी पत्नी सोनिया गान्धीलाई नेपाल भ्रमणको समय गैरहिन्दुलाई पशुपतिमा पस्न नदिइएको कारणबारे चर्चा भएको थियो। इटालीयन मूलकी श्रीमती सोनिया गान्धी र तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी सन् १९८८ मा नेपाल आएको समय सोनियालाई पशुपतिमा प्रवेश गर्न नदिइएको विभिन्न जानकारले लेखेका छन्। 

२०४५ को भूकम्पले थलिएका बेला भारतले लगाएको नाकाबन्दीको नेपालका प्रधानमन्त्री मरीचमानले डटेर सामना गरेको विश्लेषक पिटर सम्झन्छन्। त्यो अवस्थामा मरीचमानले नाकाबन्दी सामना गर्न चीनबाट नुन आयात गरेका थिए। राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजीव गान्धीबीचको टकरावको चपेटामा मरीचमान परेका थिए। मरीचमानको छोटो कार्यकालमै नेपाली राजनीतिमा परिवर्तन भयो। बहुदल आयो। त्यसको खलनायकको रूपमा कतिपयले व्याख्या गर्छन्, उनी मरीचमानलाई।

नेपाल समय

भारतले नाकाबन्दी लगाइरहेको समय सुरु भएको २०४६ को शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलन सशक्त हुँदै थियो। तर, मरीचमानले त्यो आन्दोलनमा सहभागी नागरिकमाथि अत्यधिक शक्ति प्रयोग गरेर दमन गरेको आरोप लाग्ने गरेको छ। त्यही कारण मरीचमान सिंगो राजनीतिक जीवन नै आलोचित पञ्चायती प्रधानमन्त्रीके रूपमा गुमनाम बन्न पुगे। त्यसपछि उनको राजनीतिक जीवन एक प्रकारले समाप्तै भयो। 

३१ जेठ २०४३ मा राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका मरीचमानले जनआन्दोलन उत्कर्षमा पुगेपछि २३ चैत २०४६ मा प्रधानमन्त्री पद गुमाउनुपर्यो। त्यो आन्दोलनले मरीचमानलाई भारतसँग सम्बन्ध बिगारेको आरोप मात्र लगाएन, प्रजातन्त्र सिध्याउन खोजेको, जनताका अधिकार कुठाराघात गरेकोसमेत भनियो। हुलदंगा गर्ने, आगजनी गर्ने र ढुंगामुढा गर्नेहरूका क्रियाकलापलाई जनआन्दोलन भन्न नसकिने उनको अडान थियो। आन्दोलनलाई नियन्त्रण गर्न नसकेको भन्दै राजा वीरेन्द्रले उनलाई बर्खास्त गरेका थिए।

राजा वीरेन्द्रले मरीचमान हटाएर तत्कालै लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए। जनआन्दोलनको उभारका कारण अन्ततः तीन दशक चलेको पञ्चायत २६ चैत २०४६ मा ढलेपछि वीरेन्द्र बहुदल मान्न तयार भए। भागमा आएको प्रधानमन्त्रीको पद गणेशमान सिंहले कृष्णप्रसाद भट्टराईलाई दिएका थिए। बहुदल आएको झन्डै तीन महिनापछि मात्रै भारतले नाकाबन्दी खुलाएको थियो। 

नेपाली राजनीतिक वृत्तमा मरीचमानको नाम सधैं स्मरण गरिन्छ। मरीचमान पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। पञ्चायतका हार्ड लाइनरको रूपमा परिचित मरीचमान पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालको प्रधानमन्त्री बने पनि उनकै पालामा पञ्चायत सकियो। सोही कारण उनी पञ्च र राजाबाटै तिरस्कारमा परे। ‘उनी पञ्चायतका पक्षपोषक हुन् भन्ने कुरा देशको मामिला हो तर अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई स्वाभिमान छ भन्ने देखाउने एक नायक हुन्। मरीचमानको योगदानबारे कुनै दिन इतिहासले मूल्यांकन गर्नेछ,’ विश्लेषक पिटर भन्छन्, ‘बहुदलपछि उनको राजनीतिक जीवन कमजोर बन्यो तर भारतले लगाएको नाकाबन्दी जुन प्रकारले सामना गरे, त्यो स्मरणीय छ।’ जनआन्दोलन दबाउन मरीचमानको भूमिका थियो भन्ने कुरामा पिटर त्यति सन्तुष्ट छैनन्।

‘मरीचमान एक पात्र मात्र हुन्, त्यसपछाडि सिंगो दरबार छ। सबै भूमिका त्यसको हो। प्रधानमन्त्री त कठपुतलीजस्तो थियो नि त्यो बेला,’ उनले भने।

नेपाल समय
राजा वीरेन्द्रसँग मरीचमान।

मरीचमानले बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पनि २०४८ मा सल्यानबाट चुनाव लडे तर जित्न सकेनन्। २०५१ मा पनि काठमाडौंबाटै चुनावमा होमिएर पराजित भए। पञ्चायतमा प्रधानमन्त्री बनेका मरीचमान राजनीतिमा चौतर्फी घेराबन्दीमा परेपछि पूर्ण रूपमा निस्क्रिय बने।

सल्यानको खलंगा बजारमा १७ कात्तिक १९९७ मा जन्मिएका मरीचमान देशका प्रधानमन्त्री भए। २०१७ देखि राजनीतिमा सक्रिय उनी २०३० मा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए भने पञ्चायतभित्रको अनुदारवादी खेमामा बसेर काम गरेका थिए। त्यसका कारण पनि दरबार र पछि राजा वीरेन्द्रको विश्वास पात्र बनेका मरीचमान पञ्चायती व्यवस्थाको सुदृढीकरणमा योगदान दिने मुख्य पात्र हुन्।

पञ्चायतको संगठन हेर्ने नीति तथा जाँचबुझ समिति बनाइएको थियो। त्यसको उनी अध्यक्ष मात्र भएनन्, राष्ट्रिय पञ्चायतकै अध्यक्षसमेत बनेका थिए। 

मरीचमानको ३० साउन २०७० अर्थात् आजकै दिन काठमाडौंमा भएको थियो। क्यान्सरबाट ग्रसित श्रेष्ठको ७१ वर्षको उमेरमा निधन भएपछि उनको भूमिकाबारे मानिसले खुलेरै टिप्पणी गरेका थिए। भारतसँग नझुकेका मरीचमानलाई क्यान्सरले छोएपछि उपचारका लागि नयाँदिल्लीस्थित मेदान्त अस्पताल पुर्याइएको थियो। तर उनले आफ्नै देशमा प्राण त्याग्ने इच्छा जताएपछि भारतबाट एयर एम्बुलेन्समा २९ साउनमा नेपाल ल्याइएको थियो। ३० साउनमा उनले प्राण त्यागेका थिए। 


प्रकाशित: August 15, 2022 | 15:55:49 काठमाडौं, सोमबार, साउन ३०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

चितवन शिवनगरको पुख्र्यौली जग्गामा घर बनाएर सरे प्रचण्ड

प्रचण्डले शिवनगरमा बनाएको ६ कठ्ठाको एकतले घर पैतृक सम्पत्ति हो।
नेपाल समय
राजनीति

देउवामाथि दबाब बढाउन शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब बढाउनका लागि डा. शेखर कोइराला समूहले आन्दोलनका थप कार्यक्रम तय गरेको छ।
नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना