सोमबार, असोज १०, २०७९

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

कौशल काफ्ले  |  काठमाडौं, सोमबार, साउन ३०, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

सोमबार, साउन ३०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने सहमति भएको खबर छ्याप्छ्याप्ती भयो। विभिन्न चरणमा भएको छलफलपछि एउटै चुनाव चिह्न र घोषणापत्र बनाएर चुनावमा जाने सहमति दुई पार्टीबीच भएको थियो।

बाबुरामले माओवादी केन्द्रकै चुनाव चिह्न लिएर चुनावमा जाने कुरा आफैंमा अनौठो थियो। जबकि सात वर्षअघि यिनै बाबुरामले कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका थिए। तर कैयौं उतारचडावपछि अन्ततः उनी पुनः माओवादीसँगै चुनावी घोषणापत्र जारी गर्ने कुरामा सहमत भएका छन्।

लामो समयपछि प्रचण्डसँग ‘प्याचअप’ गर्न आइपुगेका बाबुराम विस्तारै नेपाली राजनीतिमा ‘पेन्डुलम’ बन्दै गएको बताउँछन्, राजनीतिक विश्लेषक लोकराज बराल। बरालका अनुसार बाबुरामले अन्य कुनै विकल्प नदेखेपछि बाध्यतावश प्रचण्डसँग शरण पर्नुपरेको हो। उनी भन्छन्, ‘दसतिर चहार्दाचहार्दै अहिले उहाँ एक्लै हुनुहुन्छ। चुनावमा अब एक्लै हुँदा अलपत्र परिन्छ भन्ने डर पनि भयो। त्यसैले अरू केही हैन, बाध्यतावश प्रचण्डसँग मिल्नुपरेको हो।’

बाबुरामको ‘घुमन्ते’ प्रवृत्ति कोट्याउँदै बराल थप भन्छन्, ‘उहाँलाई राजनीति पनि गर्नुपर्ने। आफू एक्लै पनि चल्न नसक्ने। कहिले उपेन्द्र यादवसँग, कहिले कोसँग मिल्नुपर्ने। कहिले कांग्रेसको सहयोगले जित्नुपर्ने। अनि के गर्नु? आखिर घुमीफिरी प्रचण्डसँगै आइपुग्नुपर्यो।’

९ असोज २०७२ मा माओवादी पार्टी छाडेका बाबुराम त्यसपछि सधैं ‘पेन्डुलम’ बने। सोही वर्ष ३ असोजमा संविधान जारी हुँदा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति रहेका उनले माओवादी पार्टी छाडेसँगै जनकपुर पुगेर संविधान संशोधनको माग उठाए। यति मात्रै हैन, उनले माओवादी पार्टीप्रति विषवमन नै गर्न थालेका थिए। माओवादी पार्टी कार्यालयलाई ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै उनी हिँडे।

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गर्न पनि भ्याए। बाबुरामले भनेका थिए, ‘पुँजीवादी क्रान्ति सम्पन्न गर्न नेकपा माओवादी बनाएका थियौं। अब एउटा कालखण्डको काम पूरा गर्यौं। अब त्यही पुरानो पार्टी अगाडिको दिशामा पुग्दैन। त्यसका लागि नयाँ सोच आवश्यक भइसकेको छ।’

माओवादीबाट अब राज्यको रुपान्तरण हुन नसक्ने बताएका उनले नयाँ शक्तिको बहस सतहमा ल्याए। २० जेठ २०७३ मा  बाबुरामले नयाँ शक्ति पार्टीको घोषणा गरे।

पार्टीको घोषणामात्र गरेनन्, अन्य सबै दललाई नयाँ शक्तिले धक्का दिने चेतावनी दिए। तर यो पार्टीले एक वर्षसम्म पनि संगठन निर्माणको कामसमेत चुस्त रूपमा गर्न सकेन। 

नयाँ शक्ति बनेको एक वर्षभित्रै १७ असोज २०७४ मा बाबुराम वाम गठबन्धनमा सामेल हुनुपर्यो। तर वाम गठबन्धनमा पनि उनी अडिएनन्। अघिल्लो दिन प्रचण्ड र केपी ओलीसँग हात मिलाएर एक हुने वाचा गरेका उनी भोलिपल्टै गठबन्धनबाट बाहिरिए। त्यसपछि उनले कांग्रेसको टेको  खोजे। कांग्रेसकै टेकोमा गोरखा क्षेत्र नम्बर  २ बाट २०७४ को प्रतिनिधिसभामा निर्वाचित भए।

माओवादीबाट अलग भएसँगै बाबुरामले हरेक चुनावमा कसै न कसैको बैसाखी बोक्नुपरेको छ। त्यसपछि उनले एक्लै आफ्नो हैसियतमा चुनाव जित्न सकेका छैनन्। यसैप्रति संकेत गर्दै विश्लेषक बराल व्यंग्य गर्छन्, ‘उहाँलाई राजनीति गर्न मन लाग्छ तर एक्लै लड्ने हिम्मत छैन। कहिले कांग्रेस, कहिले माओवादी भन्नुपरेको छ।’

नेपाल समय
डा‍‍. बाबुराम भट्टराई।

माओवादीसँगै अन्य दलको विकल्प बनेर उदाउने नयाँ शक्तिको सपना पनि त्यत्तिकै तुइयो। त्यसपछि बाबुराम अन्ततः २३ वैशाख २०७६ मा संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्न पुगे। संघीय समाजवादी र नयाँ शक्तिको ‘फ्यूजन’ले समाजवादी पार्टी नेपाल जन्मायो। माओवादी फुटाएर निस्केका उनले अब भने आफ्नो अस्तित्व जोगाउन ‘पार्टी एकता’ गर्दै हिँड्नुपर्ने स्थिति बन्यो। 

समाजवादी पार्टी नेपाल पनि बाबुरामलाई फापेन। त्यसैले १० वैशाख २०७७ मा उक्त पार्टी राष्ट्रिय जनता पार्टीसँग घाँटी जोड्न पुग्यो। यी दुई पार्टीको एकताले फेरि अर्को पार्टी जन्मायो– जनता समाजवादी पार्टी (जसपा)। जसपा पनि धेरै समय एक रहन सकेन। २२ असार २०७८ मा जसपा विभाजन भयो। जसपाबाट महन्थ ठाकुर लोकतान्त्रिक पार्टी बनाएर गए भने बाबुराम–उपेन्द्र यादव जसपामै बसे।

टुक्रिएको जनता समाजवादी पार्टीमा पनि बाबुराम ‘पेन्डुलम’ बन्न पुगे। केही समयमै जसपाभित्र विवाद सुरु भयो। यहीबीचमा जसपाभित्र बाबुराम समूहले कारबाही  भोग्नुपर्यो। अन्ततः जसपाको विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा. बाबुराम र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्रबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ अर्थात् भद्र सहमति भयो। 

भद्र सहमतिपछि पनि जसपाभित्र आरोप– प्रत्यारोपको शृंखला रोकिएन। भोलिपल्टै भट्टराई र यादव पक्ष निकट नेताहरू गालीगलौजमा उत्रिए। अध्यक्ष उपेन्द्रले  गत २७ र २८ असारमा वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाए। उक्त बैठकमा बाबुराम पक्षलाई निम्तो दिइएन। बबुरामले पनि सोही मितिमा काठमाडौंमा आफू पक्षीय समूहको भेला गरे। यही भेलाबाट वैधानिक रूपमै जसपामा फुट आयो। यसरी पार्टीभित्र एक्लिँदै गएका बाबुरामले अन्ततः नेपाल समाजवादी पार्टी गठन गरे।

टुक्रिएको जनता समाजवादी पार्टीमा पनि बाबुराम ‘पेन्डुलम’ बन्न पुगे। केही समयमै जसपाभित्र विवाद सुरु भयो। यहीबीचमा जसपाभित्र बाबुराम समूहले कारबाही  भोग्नुपर्यो। अन्ततः जसपाको विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा. बाबुराम र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्रबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ अर्थात् भद्र सहमति भयो। 

निर्वाचन आयोगमा महिन्द्र राय यादवलाई दोस्रो अध्यक्ष राखेर नेपाल समाजवादी पार्टी दर्ता गरेका उनले आफ्ना परिवारका सदस्यलाई पनि सँगै च्यापेर हिँडे। १८९ सदस्यीय केन्द्रीय कमिटीमा श्रीमती हिसिला यमीलाई उपाध्यक्ष र छोरी मानुषी यमी भट्टराईलाई केन्द्रीय सदस्यमा मनोनीत गरे।

तर नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी गठनसम्म आइपुग्दा बाबुरामले एक्लै चुनाव लड्ने सामथ्र्य बनाएका छैनन्। फलस्वरुप अहिले उनी प्रचण्डसामु शरण पर्न आइपुगेका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचन प्रचण्डको सहारामा लड्ने संकेत गरिसकेका छन्। चुनावअघि तालमेल गरेर पछि पार्टी एकतै गर्ने भद्र सहमति उनीहरूबीच भइसकेको छ। 

अर्को रोचक के भने प्रचण्ड पनि बाबुराम भट्टराईलाई झेल्न पुनः तयार भएका छन्। जबकि प्रचण्डले सात वर्षअघि बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका थिए, ‘बाबुरामजीलाई मैले ३० वर्ष झेलें। कसैले एक वर्ष बेहोरेर त देखाओस्।’

त्यस्तै, एकीकृत नेकपा माओवादी परित्याग गर्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामले भनेका थिए, ‘चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने हो।’

यी दुई नेतामा देखिएको राजनीतिक तिक्तता सात वर्षयता आइपुग्दा भने मेटिएको छ। तर विश्लेषक बराल यसलाई तिक्तता मेटिएर भएको मिलनभन्दा पनि बाध्यतावश लिइएको शरणको रूपमा बुझ्छन्। उनी भन्छन्, ‘तिक्तता मेटिएको भन्दा पनि एकअर्काको स्वार्थ मिलेछ भनेर बुझौं। अहिले दुवै नेता अप्ठेरो स्थितिमा रहेकाले एकअर्काको शरण लिएका मात्र हुन्।’ 

यो पनि


प्रकाशित: August 15, 2022 | 11:40:36 काठमाडौं, सोमबार, साउन ३०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय
राजनीति

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय
राजनीति

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना