सोमबार, असोज १०, २०७९
नेपाल समय

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

तीर्थराज बस्नेत  |  काठमाडौं, सोमबार, साउन ३०, २०७९
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

काठमाडौं, सोमबार, साउन ३०, २०७९

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक जीवनको उत्तरार्धमा छन्। आफ्नो राजनीतिक जीवनमा देउवाले पाँच पटक मुलुकको नेतृत्व गरिसकेका छन्। दोस्रो कार्यकाल कांग्रेसको बागडोर सम्हालिसकेका छन्। कांग्रेसको विद्यमान विधानअनुसार देउवा तेस्रो कार्यकाल सभापति बन्न पाउने छैनन्। अब एकपटक मुलुकको नेतृत्व गर्ने अवसर भने देउवाका सामु छ। राजनीतिक परिस्थिति अनुकूल रहे देउवा छैटौं पटक प्रधानमन्त्री बन्नेछन्। 

यस्तो अवस्थामा राजनीतिक वृत्तमा प्रश्न उठिरहेको छ- देउवाको उत्तराधिकारी को बन्ला? यो प्रश्न जति पेचिलो छ, उति नै यसका संकेतको खुलासा पनि विस्तारै भइरहेको छ। र, पछिल्लो समय धेरैले अनुमान गरेका छन्- देउवाले पत्नी आरजु राणा देउवालाई उत्तराधिकारी बनाउनेछन्। आरजुको राजनीतिक सक्रियता र हस्तक्षेपलाई हेर्दा पनि यो अनुमान सत्य नजिक छ।  

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक अध्येताहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ। त्यसो त आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि देउवाले प्रधानमन्त्रीका रुपमा आरजुलाई अघि सार्न सक्ने सम्भावना पनि उत्तिकै छ। त्यसले कांग्रेसका कतिपय प्रभावशाली नेताहरुलाई झस्काइदिएको छ। त्यसमा पनि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा अझ बढी झस्किएका छन्।

गत असार तेस्रो साता पार्टी निकट बुद्धिजीवीहरुसँगको छलफलमा महामन्त्री थापाले देउवाको कुटिल चालबारे खुलासा गरेका थिए। आगामी निर्वाचनपछि प्रधानमन्त्रीको ५ वर्षे कार्यकाललाई बाँडेर आधा कार्यकाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई र आधा कार्यकाल आरजुलाई प्रधानमन्त्री बनाउनेतर्फ खेल अघि बढ्न सक्ने थापाको बुझाइ छ। जुन कुरा उनले छलफलमा उपस्थित वुद्धिजीवीहरुलाई सुनाएका थिए। 

त्यसो त कांग्रेसभित्रको एउटा तप्का आरजुलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहने पनि छ। त्यो समूह खासगरी पार्टीमा देउवाको विकल्प नदेख्नेहरूको हो। यसका साथै आरजु प्रधानमन्त्री बने आफू उनीसँग थप निकट हुन चाहनेहरूले आरजुलाई प्रोत्साहन गरिरहेका छन्। खासगरी संस्थापन समूहका केही नेताहरु आरजु प्रधानमन्त्री बन्ने कुरालाई आपत्ति जनाउनुपर्ने कारण नभएको तर्क गर्छन्। गत साउन १९ गते नेता मीन विश्वकर्माले आरजु उदयीमान नेता भएकाले प्रधानमन्त्री बन्न नसक्ने भन्न नहुने बताएका थिए। उनले भनेका थिए, 'डा. आरजु उदीयमान नेता हो। प्रधानमन्त्री बन्न नसक्ने भन्ने कुरा हुन्छ?

देउवाको त्यो वचन, यो प्रयास 
कांग्रेसको १३औं महाधिवेशन मुखैमा आइसकेको थियो। शेरबहादुर देउवा तेस्रो प्रयासमा सभापित बनेर सानेपा प्रवेश गर्ने तयारीमा थिए। २०५७ सालमा भएको १० औं महाधिवेशनबाट सभापति बन्ने देउवाको प्रयास १२औं महाधिवेशनसम्म सफल हुन सकिरहेको थिएन। १० औं र ११ औं महाधिवेशनमा उनी गिरिजाप्रसाद कोइरालासँग पराजित हुन पुगेका थिए भने १२औं महाधिवेशनमा सुशील कोइरालासँग। यस्तो अवस्थामा १३औं महाधिवेशन देउवाका लागि प्रतिष्ठाको लडाइँ बनेको थियो। वंशवादको विरोध गर्दै पार्टी नै फुटाएका देउवासामु उत्तराधिकारीको प्रश्न पनि जोडिएको थियो। महाधिवेशनको राप र ताप बढिरहेका बेला २०७२ फागुन १७ देउवाले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा अन्तर्वार्ता दिएका थिए। तर उनले परिवारवादका विषयमा गरिएको प्रश्नको उत्तर भने दिन चाहेनन्। बरु आफ्नो उत्तराधिकारी परिवारबाट नहुने बताएका थिए। 

उनले भनेका थिए, 'मेरो छोरा भर्खर २० वर्षको भयो। उसलाई मैले कसरी उत्तराधिकारी बनाउनु? म त्यसमा विश्वास गर्दिनँ। मैले आफ्ना उत्तराधिकारी बनाउन जरुरी छैन। मैले हुँदैन भनिसकेँ त ! मेरो परिवारभित्रबाट कोही पनि उत्तराधिकारी हुँदैन। यो मेरो बचन हो।'

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

देउवाले पत्नी आरजु कुनै पनि हालतमा उत्तराधिकारी नहुने दाबी गरेका थिए। संविधानसभा सदस्य पनि जेन्डरका कारणले भएकाले राजनीतिप्रति आरजुको चासो नरहेको उनको भनाइ थियो। 'मेरो धर्मपत्नी पनि उत्तराधिकारी हुँदिनन्। उनी जेन्डरका कारणले आएकी हुन्। त्यो पनि उनी आउनै चाहँदिनन्,' देउवाले भनेका थिए, 'धर्मपत्नी होस् वा छोरा परिवारबाट उत्तराधिकारी कोही पनि हुँदैन। मेरा सन्तान र परिवारबाट उत्तराधिकारी हुँदैन भनिसकेपछि त भइहाल्यो नि!'

देउवा १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भए। सभापतिमा निर्वाचित भएको दुई वर्षपछि प्रधानमन्त्री बने। तर सभापति बन्नुअघि उनले गरेको बाचा भने बिर्सिए। आफैंले गराएको निर्वाचनमा पत्नी आरजुलाई कैलाली-५ बाट उम्मेदवार बनाए। आफ्नो उत्तराधिकारी बनाउने प्रयत्न उनले त्यही बेलाबाट सुरु गरेका थिए। यद्यपि उनको त्यो प्रयास भने सफल हुन सकेन। दुवै संविधानसभामा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेकी आरजु पहिलो पटक प्रत्यक्ष चुनाव लडेकी थिइन्। तर मतदाताले उनीभन्दा बढी उनका प्रतिस्पर्धीलाई विश्वास गरे। आरजु विजयी बन्न सकिनन्। देउवाको उत्तराधिकारी हुने उनको महत्वाकांक्षी प्रयासमा मत परिणामले ब्रेक लगाइदियो। 

देउवाले आरजुलाई उत्तराधिकारी बनाउने प्रयास भने छाडेका छैनन्। पार्टीको १४औं महाधिवेशनमा आरजुलाई पार्टी केन्द्रीय सदस्यको उम्मेदवार बनाए। यसपटक भने आरजु चुनावी रणनीतिमा सफल भइन्। फर्स्ट लेडीका हैसियतमा आरजु अहिले पार्टी सत्ता र राज्य सत्ता दुवैमा हावी छन्। राजनीतिक र कूटनीतिक विषयमा आरजुको सक्रियता छिपेको छैन। 

नेपाल समय
गत साउन ११ गते भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेपछि तस्बिर खिचाउँदै आरजु राणा देउवा।

यसपटक आरजुले निर्वाचन लड्ने क्षेत्र क्लियर भएको छैन। आरजु कैलाली-५ बाट निर्वाचन लड्न सक्छिन्। यद्यपि कैलाली-५ लाई आरजुले सुरक्षित मान्न सकिरहेकी छैनन्। बालुवाटार निकट स्रोतलाई मान्ने हो भने आरजुले यसपटक कन्चनपुर-३ बाट चुनाव लड्न सक्ने सम्भावना बढी छ। कन्चनपुर-३ बाट चुनाव लडिरहेका रमेश लेखकलाई अन्यत्रै 'एडजस्ट' गराएर त्यहाँबाट यसपालि आरजु चुनाव लड्ने सम्भावना धेरै रहेको स्रोतको दाबी छ। 

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको विषयले पाँच दलीय सत्ता गठबन्धनमा हलचल मच्चिएको थियो। गठबन्धन धरापमा पर्ने संकेत देखा परेपछि देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ खोजेका थिए। त्यसका लागि देउवाले एमाले अध्यक्ष ओलीसँग पटकपटक भेटघाट गरेका थिए। त्यही क्रममा देउवा २०७८ फागुन ५ गते साँझ आरजुलाई लिएर ओली निवास बालकोट पुगेका थिए। ओलीसँग देउवाले भनेका थिए, ‘एमसीसी पास गर्नु छ। एमसीसीमा गठबन्धनका अन्य दलले साथ दिएनन्। मलाई गठबन्धनप्रति भन्दा प्रमुख प्रतिपक्षीप्रति भरोसा छ।’ ओलीसँग देउवाले मात्रै होइन, आरजुले समेत सहयोगको आग्रह गरेकी थिइन्। उनले भनेकी थिइन्, 'एमसीसी विकासको कुरा हो, हजुरले पिएमलाई साथ दिनुपर्‍यो।' 

यसपटक आरजुले निर्वाचन लड्ने क्षेत्र क्लियर भएको छैन। आरजु कैलाली-५ बाट निर्वाचन लड्न सक्छिन्। यद्यपि कैलाली-५ लाई आरजुले सुरक्षित मान्न सकिरहेकी छैनन्। 

त्यसो त आरजु कूटनीतिक मामलामा पनि सक्रिय देखिन्छन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काभन्दा अमेरिका र भारतसँगको सम्बन्धमा आरजु हावी भएको देखिन्छ। नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नयाँ नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारतसँग सम्बन्ध सुधार गर्न आरजुले सक्रियता देखाएकी थिइन्। उनले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई गत वर्षको जनै पूर्णिमामा राखी बाँधिदिएकी थिइन्। त्यसयता उनको दिल्ली दौड बाक्लै छ। आरजुको राजनीतिक र कूटनीतिक सक्रियताको अर्थ देउवाको उत्तराधिकारी बन्ने नै हो। 'भाउजूले जुन खालको राजनीतिक र कूटनीतिक सक्रियता देखाउँदै आउनुभएको छ। त्यसको अर्थ शेरबहादुर दाइको उत्तराधिकारी बन्ने प्रयास नै हो,' कांग्रेसका एक नेता भन्छन्। 

तत्कालीन गृहमन्त्री देउवासँग विवाह नभएको भए आरजु कांग्रेस राजनीतिमा सायद हुने थिइनन्। देउवासँग उनको विवाह गराउन तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले भूमिका खेलेकी थिइन्। देउवा र आरजुको विवाह दुई परिवारबीच सम्बन्ध गाँस्ने विषय मात्रै थिएन। त्यो एकअर्थमा कूटनीतिक विवाह पनि थियो। अहिले आरजुका मनमा कांग्रेसको सक्रिय राजनीतिमा जम्ने र देउवाको उत्तराधिकारी हुने उत्कट चाहना जागृत भएको देखिन्छ। 

सुजाता फ्याक्टर
देउवा आरजुलाई आफू शक्तिमा रहँदै उत्तराधिकारी बनाउन चाहन्छन्। किनकी उनले गिरिजाप्रसाद कोइरालाले आफ्नो उत्तराधिकारी छोरी सुजातालाई बनाउन असफल भएको देखेका छन्। त्यसकारण देउवा आफू शक्तिमा रहँदै आरजुलाई उत्तराधिकारी बनाउने प्रयासमा छन्। सुजाता र आरजुबीच एउटा संयोग छ, दुवैको राजनीतिक महत्वकांक्षा पिता र पतिका कारण पैदा भएको हो। कोइराला र देउवामा पनि उस्तै खालको अर्को संयोग छ। देउवा १३औं महाधिवेशनमा आरजु आफ्नो उत्तराधिकारी हुन नसक्ने दाबी गर्दै थिए। अहिले उनै देउवा आरजुलाई उत्तराधिकारी बनाउने प्रयासमा छन्।  

२०५१ भदौ ३१ गते 'दि इन्डिपेन्डेन्ट'लाई दिएको अन्तर्वार्तामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि यस्तै दाबी गरेका थिए। उनले भनेका थिए, ‘उनी राजनीतिक व्यक्ति नै होइनन् र उनीभन्दा समर्पित कार्यकर्ता कांग्रेसमा धेरै छन्।’

तर ०६६ असारसम्म आइपुग्दा कोइरालाको मन फेरियो र उनी छोरीलाई स्थापित गराउन मरिमेटे। त्यसका लागि देउवा दम्पतीलाई साथमा लिने हरतरहको प्रयास कोइरालाले गरे। सुजातालाई उपप्रधानमन्त्री बनाउन कोइरालाले देउवा दम्पतीको साथ खोज्दा निकट मानिएका सुशील कोइराला र रामचन्द्र पौडेल भने विरुद्धमा लागेका थिए। ०६६ असार २० गते बूढानीलकण्ठस्थित देउवा निवासमा आयोजित चियापान समारोहमा सुजाता बुबासँगै उपस्थित थिइन् र उनले उपप्रधानमन्त्री बन्न ‘दाइ-भाउजू’सँग सहयोगको याचना गरेकी थिइन्। सुशील र रामचन्द्रले सुजातालाई उपप्रधानमन्त्रीबाट रोक्न सकेनन्। माधवकुमार नेपालको सरकारमा देउवाको सहयोग लिएर गिरिजाप्रसादले उपप्रधान तथा परराष्ट्रमन्त्रीको हैसियतमा सुजातालाई पठाए।

त्यसो त गिरिजाले छोरी सुजातालाई कांग्रेसको १०औं महाधिवेशनबाट नै उत्तराधिकारी बनाउने प्रयास थालेका थिए। पोखरामा भएको महाधिवेशनमा गिरिजाले सुजातालाई केन्द्रीय सदस्य बनाउन चाहेका थिए। तर नेतृ शैलजा आचार्यको विरोधपछि उनी रोकिएका थिए। गिरिजाको उत्तराधिकारी बन्न शैलजा र सुशील कोइरालाले चाहना राखेका थिए। उता नोना कोइराला छोरा शेखरलाई गिरिजाको उत्तराधिकारी बनाउन चाहन्थिन्। बीपीकै पालादेखि शैलजालाई गिरिजाको उत्तराधिकारीका रुपमा हेरिन्थ्यो। निकट सम्बन्ध रहेकाले आफू उत्तराधिकारी बन्ने सुशीलको आत्मविश्वास थियो। नोनाको योजना भने शेखरलाई अघि सार्ने थियो। तर समय बित्दै जाँदा गिरिजाले सुजातालाई उत्तराधिकारी बनाउन खोजेको महसुस शैलजा, नोना र सुशीलले गर्न थाले। 

नेपाल समय
सुजाता कोइराला।

१०औं महाधिवेशनलाई निजकबाट नियालेका एक राजनीतिक अध्येताका अनुसार सुजातालाई केन्द्रीय सदस्य बनाउने योजनामा ब्रेक लागेसँगै छोरीलाई उत्तराधिकारी बनाउने गिरिजाको योजना कमजोर बनेको थियो। 'पोखरा महाधिवेशनमा शैलजा दिदीले सुजातालाई केन्द्रीय सदस्य बनाउन खोज्दा विरोध गर्नुभएको थियो। त्यो बेला केन्द्रीय सदस्य बन्न १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने थियो। तर त्यो प्रावधान सुजाताको हकमा पुग्दैन थियो। 

गिरिजाबाबुको त्यो प्रयासको चस्का शैलजा दिदी, सुशील दा र नोना आमालाई पनि परेको थियो,' ती अध्येता भन्छन्, 'त्यो बेला शैलजा दिदीले गिरिजाबाबुलाई भन्नुभएको थियो- यो बीपीको पार्टी हो। यहाँ विधानको कुरा प्रमुख हुन्छ। सुजाताको केन्द्रीय सदस्य बन्ने योग्यता पुग्दैन। कि सुजाताको उम्मेदवारी रद्द गराउनुस्। नत्र म तपाईंविरुद्ध चुनाव लड्छु।' त्यो बेला नोना आमा पनि सँगै हुनुहुन्थो। सुजाताको उम्मेदवारीविरुद्ध उजुरी गर्न निर्वाचन समितिमा शैलजा दिदी  जाँदै गर्दा निर्वाचन समितिका प्रमुख मुकुन्द रेग्मीलाई गिरिजाबाबुले टेलिफोन गरेर सुजाताको उम्मेदवारी रद्द गराउन लगाउनु भएको थियो।' 

ती अध्येताका अनुसार शैलजा, सुशील र नोनाको विरोधकै कारण गिरिजाले सुजातालाई उत्तराधिकारीका रुपमा स्थापित गर्न नसकेका हुन्। 'परिवारभित्रकै विरोधले पनि गिरिजाबाबुलाई समस्यामा पार्‍यो। उपप्रधानमन्त्री बनाउने बेलामा पनि विरोध भएकै हो। तर त्यो बेलामा चाहिँ उहाँ सफल हुनुभयो। उहाँको देहवसानले पनि सुजातालाई अप्ठ्यारो पार्‍यो। उहाँ जीवित हुनुभएको भए कथाले अर्को मोड लिन्थ्यो,' उनी भन्छन्। 

आफू जीवित छँदै कोइरालाले छोरी सुजातालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउन सफल भए। तर आफ्नो उत्तराधिकारीका रुपमा स्थापित गर्न भने सकेनन्। यो कुरा देउवाले नबुझ्ने कुरै भएन। त्यसकारण आफू शक्तिमा रहँदै र समय नघर्कैंदै देउवा आरजुलाई आफ्नो उत्तराधिकारीका रुपमा स्थापित गराउन चाहन्छन्।

नेपाल समय
आरजु पति शेरबहादुर देउवासँग। फाइल तस्बिर : नारी म्यागजिनबाट।

तर छैन सजिलो 
कांग्रेसको राजनीतिमा लामो समय खर्च गरेका नेताहरुका अनुसार आरजुलाई आफ्नो उत्तराधिकारी बनाउने कुरा देउवाका लागि सहज भने छैन। 'गिरिजाबाबु हुँदा पार्टीमा सुजाताको जुन खालको स्विकार्यता थियो, आरजुका हकमा छैन। कोइराला परिवारको सदस्य भएकाले पनि सुजाताको स्विकार्यता थियो। तर आरजुको  स्विकार्यता देखिँदैन। कार्यकर्ताले स्वीकार गर्ने अवस्था पनि छैन,' कांग्रेस राजनीतिमा लामो समय बिताएका एक नेता भन्छन्, 'उहाँ शेरबहादुर देउवासँग विवाह गरेका कारणले कांग्रेस हुनुभएको हो। उहाँ राणा परिवारको मान्छे। राप्रपासँग साइनो जोडिएको छ। अनि सरकार चलाउँदा होस् वा पार्टी चलाउँदा उहाँको अनावश्यक हस्तक्षेपले पनि पार्टीमा इरिटेसन बढेको छ। स्विकायर्ता छैन, शक्ति र सत्ताका कारण उत्तराधिकारी बनाए अर्को कुरा।'

अर्का एक नेता आरजुलाई उत्तराधिकारी बनाउने देउवाको चाहना प्रष्ट देखिए पनि सहज भने नरहेको बताउँछन्। 'भाउजूलाई उत्तराधिकारी बनाउने शेरबहादुर दाइको चाहना त देखिएकै हो। तर सहज भने छैन। संस्थापन समूहमै स्विकार्यता छैन। शेरबहादुर दाइले त्यो बाटो समात्नुभयो भने टिममा नै ठूलो विद्रोह हुन सक्छ। पूर्णबहादुर खड्का, बालकृष्ण खाणहरुले स्वीकार नगर्ने अवस्था आउन सक्छ। त्यो देउवा र आरजुका लागि आत्मघाती हुन्छ।'

आरजुलाई प्रधानमन्त्री बनाउने देउवाको चाहना प्रत्युदपादक हुन सक्ने ती नेताको दाबी छ। 'अहिले जसरी आरजुलाई प्रधानमन्त्री बनाउने कुरा बाहिर आइरहेको छ। त्यो देउवा र आरजुको चाहना हो। तर त्यो हतारको काम हुन्छ। अहिले नै त्यो लेभलको समझदारी भइसकेको त छैन। भयो भने त्यसको हानी देउवा र आरजुले नै व्यहोर्नुपर्छ,' ती नेता भन्छन्, 'गिरिजाको निधनपछि सुजाताको अवस्था के छ? आरजुको पनि देउवा रहुन्जेल मात्रै चुरीफुरी रहने हो। भोलि हुने त सुजाताको हालत नै हो।'

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय
राजनीति

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय
राजनीति

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना