सोमबार, असोज १०, २०७९

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

खिला कार्की  |  काठमाडौं, आइतबार, साउन २२, २०७९

खिला कार्की

खिला कार्की

आइतबार, साउन २२, २०७९, काठमाडौं

नेपाल समय
पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ।

काठमाडौं– नेपालमा पञ्चायतकालीन चुनाव र प्रजातन्त्रको आगमनपछिको चुनाव पनि गराउने प्रमुख निर्वाचन आयुक्त हुन्, सूर्यप्रसाद श्रेष्ठ। उनले निर्वाचन गराउने क्रममा भोगेका अनुभव समेटेर आयोगको अहिलेको संरचनाको जग बसाएका हुन्। हातले लेखेर मतदाता नामावली तयार गर्ने क्रमलाई आयोगको प्रमुख आयुक्त भएका बेलामा कम्प्युटराइज्ड गरेका थिए। निर्वाचन आयोगको प्रतिवेदन राजासमक्ष कम्प्युटराइज्ड गरेरै बुझाएका थिए। पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठकै शब्दमा निर्वाचन अनुभवः

राजीनामा दिन जाँदा जिम्मेवारी 

२०४६ मा प्रजातन्त्र पुनःस्थापना भयो। आन्दोलनको बलमा सरकार, संविधान र व्यवस्था नै परिवर्तन भएको थियो। प्रजातन्त्र पुनस्र्थापनापछि पञ्चायतकालमा नियुक्त भएको प्रमुख निर्वाचन आयुक्तको हैसियतले काम नगर्ने भन्दै राजीनामा दिन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भेट्न गए। पछि सर्वमान्य नेता गणेशमान सिंहले पनि चुनाव तपाईंले नै गर्नुपर्छ भन्नुभयो। व्यवस्था परिवर्तन भयो। म पुरानो व्यवस्थाअन्तर्गत राजाले नियुक्त गरेको प्रमुख निर्वाचन आयुक्त। बहुदलीय व्यवस्था आयो, तपाईंहरूलाई अप्ठेरोे होला, राजीनामा दिन्छु भनेको किसुनजीले नदिन भन्नुभयो। संविधान बन्छ। संविधान बनेपछि हुने आमचुनाव तपाईंले गरिदिनुपर्छ।

मैले अरू दलहरूसँग पनि कुरा गरिसकेको छु भन्नुभयो। मेरो सम्बन्ध मनमोहन अधिकारीसँग पनि थियो। अञ्चलाधीश भएका बेला शासक हुनेभन्दा पनि समन्वयकारी भूमिका निर्वाह गरेका कारण मलाई वामपन्थी, प्रजातन्त्रवादी शक्तिहरूले विश्वास गरेका थिए। तर निर्वाचन आयुक्त भएपछि केहीले ममाथि प्रजातन्त्रवादी प्राध्यापक भएका बेला अर्जुननरसिंह केसी, सहाना प्रधानलगायतका प्राध्यापकलाई बर्खास्त गरेको, ओखलढुंगा काण्डमा सहभागी लीला, ठगी र गोकर्णलाई नख्खुबाट निकालेर मार्न हात रहेको भनेर हल्ला चलाएछन्। यो कुरा नेपाल बार एसोसिएसनका अध्यक्षका साथै मेरा साथी वासुदेव ढुंगानाले भने। अनि, मैले यी घटनाबारे वासुदेवजीले राखिदिएको कार्यक्रममा आफ्नो प्रस्टीकरण दिएपछि सबै कुरो टुंगो लाग्यो। लीला, ठगीहरूको हत्या हुँदा म अञ्चलाधीश नै थिइनँ। 

मैले निर्दलीय चुनाव गराएको थिएँ। निर्दलीय चुनावमा अभ्यस्त भएको थिएँ। संविधान पनि आएको थिएन। निर्वाचन प्रक्रियाबारे जानकार थिएँ। पञ्चायतमा पनि निर्वाचन भएको थियो। मतदान गर्न मतदाता अभ्यस्त थिए। गाउँ पञ्चायत, राष्ट्रिय पञ्चायतको चुनाव लगातार भएकाले नागरिक पनि अभ्यस्त थिए। मैले निर्वाचन गराउने जिम्मेवारी लिएपछि २०१५ मा निर्वाचन गराउने मान्छेको खोजी गर्न थाले। २०१५ मा निर्वाचन प्रमुख सुर्वणशमशेर राणा थिए (नेपाली कांग्रेसका नेता सुवर्णशमशेर होइनन्)। उनका सचिव श्यामकृष्ण भट्टराई  रहेछन्।

श्यामकृष्ण भट्टराईलाई एक जना आयुक्त र अर्को कानुनमा पनि सहयोग हुने गरी ध्रुवसिंह थापालाई आयुक्त बनाएर काम थालियो। दुवै आयुक्त मैले नै भने राजालाई भने राजा पनि मान्नुभयो। प्रधानमन्त्री पनि मान्नुभयो। संविधान बन्नै बाँकी थियो। हामीले निर्वाचनसम्बन्धी ऐन, कानुन पनि बनाइसकेका थियौं। निर्वाचनमा गइयो। निर्वाचनको समय सबैको सहयोग पाइन्थ्यो। मदन भण्डारीले पनि फोन गर्थे, बेलाबेला। मलाई ताप्लेजुङतिरको भएकाले दाइ–दाइ भन्थे। यो ठाउँमा चुनावमा यस्तो भएको छ। कांग्रेसले आचारसंहिता उल्लंघन गरेको तपाईंले हेरिदिनुप¥यो भन्थे। प्रधानमन्त्री भएकाले किसुनजीले यो भयो, यस्तो भयो भनेर मलाई केही भन्नुभएन।  उदाहरणीय रूपमा २०४८ को निर्वाचन सम्पन्न भयो। 

पञ्चायतको चुनावमा पार्टी 

पञ्चायतको चुनावमा पनि पार्टीहरूको प्रभाव देखिन्थ्यो। पार्टीहरू प्रतिबन्धित थिए तर उनीहरूको प्रभाव एकदमै पर्ने गर्दथ्यो। विचार मिल्नेहरूको समूह नै हो, पार्टी। पञ्चायतको चुनावमा पार्टीहरूको प्रभाव थियो। पञ्चहरूलाई पनि थाहा थियो तर भन्न नहुने। क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन्थ्यो। त्यहाँ पार्टीकै आधारमा चुनाव हुन्थ्यो। देशका कुना–कुनामा पनि पार्टीको प्रभाव देखिन्थ्यो। २००७ देखि २०१७ सम्म त पार्टीहरूले आफ्नो प्रभाव जमाएकै हुन् नि। 

मैले वडादेखि चुनावमा दलहरूको प्रभाव देखेको थिएँ। चुनावको विश्लेषणसहितको प्रतिवेदन राजालाई बुझाउँदा दलहरूको प्रभाव देखिने गरी बुझाएको थिएँ। निर्वाचनको प्रतिवेदनमा रातो, नीलो र पहेंलो संकेत गरेर सरकारलाई बुझाइएको थियो। पार्टीको झन्डा राख्न भने मिलेन। प्रतिबन्धित थिए। त्यही भएकाले रंगले संकेत गरेर प्रतिवेदनमा राखेको थिएँ। रातो भनेको कम्युनिस्ट, नीलो भनेको कांग्रेस र पहेंलो भनेको पञ्च भन्ने संकेत थियो। मैले सम्पूर्णमा विवरण सबै गाउँपञ्चायतको पनि संकलन गरेर विश्लेषण गरेको थिएँ। दलका मान्छेहरू पनि निर्वाचित भएका छन् भनेर मैले राजालाई बुझाएको प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरिदिएको थिएँ। 

२०४३ मा चुनाव गराउँदाका दुई घटना 
मैले २०४३ को चुनावका बेला निर्वाचन भनेको वैचारिक प्रतिस्पर्धा हो भनेर त्यो बेलाको आरती पत्रिकामा बोलेको थिएँ। त्यो बेला मलाई पञ्चहरूले राजाकहाँ गएर प्रमुख निर्वाचन आयुक्त नै राजनीतिक दलहरूलाई निम्ता दिइरहेका छन् भन्न पुगे। प्रमुख आयुक्तले नै दलहरूलाई निम्ता दियो भन्न पुगे। प्रमुख आयुक्त बदल्न पर्यो भन्नसमेत राजाकहाँ पुगे। तर राजाको मप्रति भरपुर विश्वास भएकाले केही भएन। २०४३ को निर्वाचन सम्पन्न गराइयो। यो पहिलो घटना अहिले पनि सम्झना छ। 

अर्को भनेको २०४३ को राष्ट्रिय पञ्चायतको चुनावपछि मरीचमान सिंहको चर्चा भयो। उनी त्यसपछि प्रधानमन्त्री पनि बने। उनी २०४३ को चुनावमा सल्यानबाट राष्ट्रिय पञ्चायतको सदस्यमा उम्मेदवार बनेका थिए। सिंहको मतदाता नामावलीमा नाम मरीचमान सिंह श्रेष्ठ रहेछ। तर उनी उनी मरीचमान सिंह लेख्थे। मैले पनि उनलाई सल्यानतिरका सिंह, ठकुरी नै होलान् भन्ने सोचेको थिएँ। उनले राष्ट्रिय पञ्चायतको सदस्यमा उम्मेदवारी दिँदा पनि मरीचमान सिंह लेखेका रहेछन्।

मतदाता नामावलीमा मरीचमान सिंह मात्र नामै छैन। मैले सल्यानबाट फ्याक्समा आएको उम्मेदवारको नाम मरीचमान सिंहलाई सच्याएर मरीचमान सिंह श्रेष्ठ बनाइदिएँ। मरीचमान सिंह मात्रै हुँदा उम्मेदवारी नै रद्द हुन्थ्यो। पछि मरीचमान आफैंले मरीचमान सिंह लेख्थे। तपार्इंले श्रेष्ठ बनाइदिनुभएछ भने। मैले आफू पनि श्रेष्ठ भएकाले श्रेष्ठ लेखिदिएँ भनें। मैले नै उनको नाम मरीचमान सिंह श्रेष्ठ बनाइदिएँ। निर्वाचनको प्रतिवेदन दरबारमा बुझाउदा पनि उनको नाम मरीचमान सिंह श्रेष्ठ नै भनेर गयो। त्यसपछि सधैं मरीचमान सिंह श्रेष्ठ बने।  

२०४३ को चुनावका बेला निर्वाचन भनेको वैचारिक प्रतिस्पर्धा हो भनेर आरती पत्रिकामा लेखेपछि पञ्चहरू राजाकहाँ गएर प्रमुख निर्वाचन आयुक्तले राजनीतिक दलहरूलाई निम्तो दिइरहेकाले बदल्नुपपर्‍यो भन्नसमेत बिन्ती बिसाए। तर राजाको मप्रति भरपूर विश्वास भएकाले केही भएन। 

२०४३ मा नामावली कम्प्युटराइज्ड 
२०४३ भन्दा पहिला हातले मतदाता नामावली संकलन गर्ने चलन थियो। हामीले २०४३ मा २० जिल्लाको मतदाता नामावली कम्प्युटराइज्ड गरेका थियौं। त्यो बेला मान्छे लगाएर मतदाता नामावली संकलन गरिन्थ्यो। अहिले टेक्नोलोजी प्रयोग गरेर काम गरिन्छ। त्यो बेला कम्प्युटरमा नेपाली फन्ट नै थिएन। मतदाता नामावलीका लागि देवनागरिक अनिवार्य चाहियो। अंग्रेजीमा नामावली बनाएर गाउँ–गाउँमा कसले बुझ्ने, एकदमै ठूलो समस्या पर्यो। नेपाली फन्ट त्यही बेला खोजिएको हो। इन्डियामा पनि देवनागरिक फन्ट थिएन। कोसिस भइरहेको थियो। नेपालमा पनि मुनि शाक्यले काम गर्दै थिए। मैले धेरै ठाउँमा खोजें, धेरैलाई काम गर्न दिएँ।

एक जना थकाली कम्प्युटर इन्जिनियर रहेछन्। उनी म्याकान्तोष कम्प्युटरको नेपालका एजेन्ट पनि रहेछन्। उनैको सहयोगमा नेपाली फन्टको खोजी भयो। भेटाइयो पनि। अनि कम्प्युटर पनि तिनै थकालीसँग १५/२० वटा किनियो र काम थालियो। कम्प्युटर नै भेटिँदैनथ्यो, काम गर्नलाई। झन्डै २० वटा जति कम्प्युटर डेनमार्कले सहयोग दियो। फोटोग्राफी मेसिन, फ्याक्स मेसिन पनि उसैले सहयोग र्‍यो। सबै सरकारी निकायमा कम्प्युटर खोजेकामा मतदाता नामावली कम्प्युटराइज्ड गर्न जम्मा २० वटा भेटिए। फ्याक्स मेसिनै थिएन। यताउति जोगाड गरेर मैले २० वटा जिल्लाको मतदाता नामावली कम्प्युटराइज्ड गराएँ। ऋनि, निर्वाचन प्रतिवेदन पनि राजालाई कम्प्युटरमा टाइप गरी प्रिन्ट गरेर बुझाएँ। 

२०४६ को निर्वाचनका सम्झनालायक ३ घटना 
२०४६ को निर्वाचनका लागि मतदाता संकलन थालियो। मतदाता नामावली संकलन भएर आएपछि कोही एक मतदाताको नाम पञ्चबहादुर रहेछ। बहुदल आएपछि कर्मचारीमा पनि एकखाले उन्माद भनौं वा के। पञ्चबहादुर भन्ने पनि पञ्चायतको अवशेषजस्तो मानेर नाम बहुदलबहादुर बनाइदिएछन्। पछि मतदातामाथि दाबी विरोधका क्रममा उनको नाम सच्याइयो। 

अन्तरिम सरकारको गृहमन्त्री हुनुहुन्थ्यो, योगप्रसाद उपाध्याय। किसुनजीको पनि सबैभन्दा विश्वास पात्र। उहाँ कुपन्डोलको बासिन्दा। २०४८ को आमचुनावमा उहाँ मतदान गर्न मतदान केन्द्र पुग्नुभएछ। तर उहाँको नाम रहेनछ। उहाँको नाम छ/छैन भनेर आयोगले ख्याल गर्ने कुरै भएन। मतदान केन्द्रबाट खबर आयो–गृहमन्त्रीको नाम छैन, के गर्ने भनेर। ऋनि, मतदाता नामावलीमा नाम आयोगले लेखाइदिने होइन नि। उहाँ आफैंले त्यो निर्वाचनमा मतदान गर्न पाउनुभएन। 

२०४८ को चुनाव बहालवाला प्रधानमन्त्री हारेको सम्भवतः बिरलै हुने घटना भयो। किसुनजीले चुनाव हारेको घटनाले मलाई पनि चकित बनायो। बिहान ३/४ बजेतिर परिणाम आएको थियो। किसुनजीले चुनाव हार्दा एक जना गणनामा बसेका कर्मचारी बेहोस भएछन्। उनको निधन भयो। किसुनजीले चुनाव हार्ने कुरा अप्रत्यासित थियो। मलाई पनि अचम्म लाग्यो। बहालवाला प्रधानमन्त्री, त्यत्रो जनआन्दोलनको नेतृत्व गरेको नेता किसुनजी चुनाव हार्नुहुन्छ जस्तो लाग्दैनथ्यो। किसुनजीले चुनाव हार्दा चुनाव कति स्वच्छ र स्वतन्त्र भयो भन्ने देखियो। 

२०४८ को चुनावमा अर्को एउटा घटना पनि सम्झनालायक छ। त्यो सप्तरीतिरको घटना हो। त्यहाँ निर्वाचनमा खटिएका एक कर्मचारीले त्यो क्षेत्रको उम्मेदवारलाई तपाईंले चुनाव जित्नुहुन्छ। जित्नुभएन भने म कान काटेर फालिदिन्छु भनेका रहेछन्। पछि चुनाव हारेछन्। ती उम्मेदवारले अनि कान काट् भनेर कर्मचारीलाई दबाब दिएछन्। नमानेपछि कान काटिदिएछन्। 

मैले त्यो बेला निर्वाचनमा खटिने कर्मचारीको बिमा व्यवस्था गरेको थिएँ। त्यही भएकाले किसुनजी हार्दा बेहोस भएर निधन भएका कर्मचारीलाई आर्थिक सहयोग र कान काटिएका कर्मचारीको उपचार गरियो।


प्रकाशित: August 7, 2022 | 18:30:39 काठमाडौं, आइतबार, साउन २२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय
राजनीति

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय
राजनीति

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना