बिहीबार, भदौ २, २०७९

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

नेपाल समय  |  काठमाडौं, शुक्रबार, साउन २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी बिहीबार मिति तोकेको छ। यस निर्वाचनमार्फत नेपालमा छैटौँ प्रतिनिधिसभाको गठन हुनेछ। 

नेपालको संविधानअनुसार सङ्घीय निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम निर्वाचित हुने १६५ सदस्य र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने ११० प्रतिनिधि सभा गठन हुन्छ। यसैगरी सातै प्रदेशमा संविधानले व्यवस्था गरेअनुरुप प्रतिनिधिसभाको निर्वाचनसँगै प्रदेशसभाका लागि पनि निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ।

नेपालमा हालसम्म विसं २०१६, २०४८, २०५१, २०५६ र २०७४ गरी पाँच पटक भएको निर्वाचनमार्फत प्रतिनिधिसभाको गठन भएको थियो भने २०६४ र २०७० मा संविधान सभा सदस्यको निर्वाचन भएको थियो। संविधानसभा कालमा उक्त सभाले व्यवस्थापिका–संसद्को समेत काम गरेको थियो।

नेपालमा प्रतिनिधिसभाको निर्वाचनको इतिहास हेर्ने हो भने विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो। त्यसको अन्तिम परिणामको घोषणा २०१६ साल वैशाख २८ गते भएको थियो। प्रतिनिधिसभाको उक्त निर्वाचनमा नौ राजनीतिक दलले उम्मेदवारी दिएकामा ६ राजनीतिक दलका उम्मेदवार विजयी भएका थिए। 

उक्त निर्वाचनमा १०९ सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले ७४ स्थानमा विजयी हासिल गरेको थियो। नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातन्त्र पार्टीले पाँच, नेपाल कम्युनिष्ट पार्टीले चार, नेपाल प्रजा परिषद्ले (आचार्य गुट) दुई, नेपाल प्रजा परिषद्ले (मिश्र गुट) एक र चार स्वतन्त्र  सदस्य विजयी भएका थिए।

त्यस निर्वाचनमा क्षेत्र नं. १०४ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई २ हजार ८०८ मत प्राप्त गरेका कृष्णप्रसाद भट्टराई नेपाल राष्ट्रवादी गोरखा परिषद्का तर्फबाट उम्मेदवार भएका विश्वनाथ सुवेदीसँग पराजित भएका थिए। तर पछि उनी प्रतिनिधि सभाका सभामुख नियुक्त भएका थिए।

एक निर्वाचन क्षेत्रमा बढीमा ५४ र घटीमा ११ वटा मतदान केन्द्र तोकिएको थियो। मतगणनाको परिणाम सर्वप्रथम क्षेत्र नं. ९२ (गुल्मी मध्यपूर्व) र अन्तिम क्षेत्र नं. ८७ (बाग्लुङ उत्तर क्षेत्र) को घोषणा भएको थियो।

सबैभन्दा बढी मतदाता क्षेत्र नं. ७४ (जुम्ला दक्षिण ५६ हजार ९३२) र सबैभन्दा कम मतदाता क्षेत्र नं. ६७ (बैतडी पूर्व दक्षिण २३ हजार ४६७) थिए। सबैभन्दा बढी मत खसेको क्षेत्र नं. १ मा २७ हजार ३९४ र सबैभन्दा कम मत खसेको क्षेत्र नं. ७६ मा ६ हजार ०८७ थियो। यस संसदीय निर्वाचनमा एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो।

नेपालमा प्रजातन्त्रको अभ्युदयपछि २०१५ सालमा भएको प्रथम आम निर्वाचनमा ४२.१८५ प्रतिशत मतदाताहरूले मतदान गरेका थिए। कम प्रतिशतमा मतदान भए तापनि त्यस निर्वाचनको वैधतामा कुनै शङ्का गरिएको थिएन। निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि पनि कुनै शङ्का उठेको थिएन। डा. के.आई. सिंहले प्राविधिक त्रुटि देखाई दायर गरेको रिट अदालतबाट खारेज भएपछि निर्वाचनको वैधता झनै सुनिश्चित भएको थियो।

नेपाल अधिराज्यको संविधान २०४७ प्रारम्भ भएपछि प्रतिनिधिसभामा २०५ स्थानका लागि २०४८ साल वैशाख २९ गते आमनिर्वाचन भएको थियो। निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा नेपाली कांग्रेसले ११० स्थानमा विजय हासिल गरेको थियो। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ६९, संयुक्त जनमोर्चा नेपालले नौ, नेपाल सदभावना पार्टीले छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)ले तीन, नेपाल मजदुर किसान पार्टीले दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)ले एक, र स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरेका थिए।

विसं २०५१ कात्तिक २९ गते प्रतिनिधिसभाका लागि तेस्रो पटक आमनिर्वाचन सम्पन्न भएको थियो। २०५ सदस्यका लागि भएको सो निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ८८, नेपाली कांग्रेसले ८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले २०, नेपाल सद्भावना पार्टीले तीन, नेपाल मजदुर किसान पार्टीले चार र स्वतन्त्रले सात स्थानमा विजय हासिल गरेका थिए।

नेपालमा प्रतिनिधिसभाका लागि चौथो पटक २०५६ सालमा दुई चरणमा आमनिर्वाचन सम्पन्न भएको थियो। २०५ सदस्यीय सो निर्वाचनमा कांग्रेसले १११, एमालेले ७१, राप्रपाले ११, नेपाल सद्भावना पार्टीले ५, राष्ट्रिय जनमोर्चाले ५, नेमकिपाले १ र संयुक्त जनमोर्चाले १ स्थान जितेका थिए।* उक्त निर्वाचनमा कुनै पनि स्वतन्त्र उम्मेदवार विजयी भएनन्।

नेपाल समय

अवधि पूरा नहुँदै विघटनमा परेको उक्त प्रतिनिधिसभाको विसं २०६२/०६३ मा भएको जनआन्दोलनको परिणामस्वरुप वैशाख ११ गते पुनःस्थापना गरिएको थियो। यसैगरी तत्कालीन विद्रोही नेकपा माओवादी र आन्दोलनरत सात दलबीच भएको विस्तृत शान्ति सम्झौता र ११ बुँदे सम्झौतापछि पुनःस्थापित प्रतिनिधिसभालाई रुपान्तरण गरी २०६३ साल माघ १ गते नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम ३२९ सदस्यीय व्यवस्थापिका–संसद् गठन गरिएको थियो।

नेपालको इतिहासमा पहिलोपटक २०६४ साल चैत २८ गते संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो। नेपालको अन्तरिम संविधान २०६३ अनुसार प्रत्यक्ष, समानुपातिक र मन्त्रिपरिषद्बाट मनोनीत गरी ६०१ सदस्यीय संविधानसभा गठन भएको थियो। सो सभाले व्यवस्थापिका–संसद्को समेत भूमिका निर्वाह गरेको थियो। संविधानसभामा मान्यता प्राप्त २५ दल थिए।

संविधान निर्माण नहुँदै पहिलो संविधानसभा विघटन भएकाले २०७० मङ्सिर ४ गते पुनः दोस्रो पटक संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो। संविधानमा भएको व्यवस्थाबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीबाट २४० र समानुपातिक निर्वाचन प्रणालीबाट ३३५ र मन्त्रिपरिषद्बाट २६ मनोनीत सदस्य रहने व्यवस्था थियो। पहिलो संविधानसभाको झैँ यस संविधानसभाले पनि व्यवस्थापिका–संसद्को समेत कार्य गरेको थियो।

संविधानसभाबाट नेपालको संविधान जारीभएपछि प्रतिनिधिसभाका लागि पाँचौँ पटक २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा आम निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनमा सङ्घीय व्यवस्थाअनुसार पहिलोपटक सातै प्रदेशका प्रदेशसभाको पनि निर्वाचन पनि प्रतिनिधिसभाको निर्वाचनसँगै सम्पन्न भएको थियो। उक्त निर्वाचनमा प्रतिनिधिसभामा रहने कूल २७५ मध्ये १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनबाट र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्यको निर्वाचन भएको थियो।

यस निर्वाचनमा नेकपा (एमाले) १२१, नेपाली कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र) ५३, राष्ट्रिय जनता पार्टी नेपाल १७, सङ्घीय समाजवादी फोरम नेपाल १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी र स्वतन्त्र एक/एक सिटमा विजयी भएका थिए।

*यसअघि प्रकाशित समाचार तथ्यांकमा अन्यथा पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक।


प्रकाशित: August 5, 2022 | 20:23:59 काठमाडौं, शुक्रबार, साउन २०, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
राजनीति

पुनर्विचारका लागि पठाइएको नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ।
नेपाल समय
राजनीति

पश्चिम सेती र सेती नदी-६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय
राजनीति

निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह गरेको छ।
नेपाल समय
राजनीति

गगनले भने - फोहोरको समस्या नबल्झिने गरी हल खोजौं

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र सहरी विकास मन्त्रीसहितको बैठकमा तत्कालाई अवरोध हटाउने सहमतिप्रति खुसी व्यक्त गर्दै नबल्झिने गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपाल समय
राजनीति

नागरिकता विधेयक दोस्रो पटक पारित

नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना