बिहीबार, भदौ २, २०७९

चुनावी एजेन्डाबारे अलमलमा एमाले

खिला कार्की  |  काठमाडौं, सोमबार, साउन १६, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, साउन १६, २०७९, काठमाडौं

नेपाल समय
नेकपा एमालेले १५ साउनमा पार्टी कार्यालय च्यासलमा आयोजना गरेको खिर खाने कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली। तस्बिर : रासस

काठमाडौं- आम चुनावको मिति घोषणा हुने तयारीसँगै राजनीति दलहरू तयारीमा जुटेका छन्। सरकारमा रहेका ५ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिने तयारीमा छन्। तर, प्रमुख विपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा जाने तयारमा छ। नेकपा एमाले मूलतः वर्तमान गठबन्धन सरकारले गरेका गल्तीलाई चुनावी मुद्दाका रुपमा अगाडि सार्ने रणनीतिमा छ। त्यसैको तयारी स्वरुप एमालेले एमालेले राजधानीमा आज महँगी र भ्रष्टाचारविरुद्ध भन्दै प्रर्दशन गरेको छ। 

स्थानीय निर्वाचनका बेला जस्तै पार्टी प्रवेश अभियानलाई पहिलो प्राथमिकतामा राखेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी अगाडि बढाउने एमालेको योजना छ। एमालेले मतवृद्धिका लागि मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदाताको नाम समावेश गर्न अभियान सञ्चालन गरिरहेको छ। सूचीका दोहोरो नाम हटाउन निर्वाचन आयोगको ध्यानाकर्षणसहित पहल गर्ने, आम जनसमुदायमा पार्टीका नीति र एजेन्डाको व्यापक प्रचारलाई अगाडि बढाउने काममा एमाले लागेको छ। अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरेका कामको सशक्त प्रचार गर्ने कामलाई एमालेले प्राथमिकतामा राखेर प्रचार गरिरहेको छ। 

असार १९ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले चुनावी तयारीका लागि गरेको निर्णय सर्कुलर गर्दै एमाले अध्यक्ष ओलीले चुनाव जित्न भरपर्दो सहयात्री खोज्ने प्रष्ट पारेका थिए। तर, एमाले आफैँ भरपर्दो सहयात्री कसलाई बनाउने भन्नेमा अस्पष्ट छ। स्थानीय चुनावमा जस्तै सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरुलाई समेटेर चुनावी मैदानमा जाने एमालेको तयारी छ। 

राजनीतिशास्त्री लोकराज बराल एमाले मात्र नभएर अन्य कुनै पनि राजनीतिक दलको चुनावी रणनीति नै नभएको बताउँछन्। उनका अनुसार एमाले चुनावी एजेन्डामा तयारी गर्नेभन्दा बढी गठबन्धन भत्काउनेमा केन्द्रित छ। सत्ताधारी दल चाहिँ गठबन्धन जोगाउने मात्र ध्याउन्नमा छन्। 

'सत्ताधारी दल चुनावी एजेन्डा र मुद्दा खोज्नेभन्दा गठबन्धन जोगाउनेमा केन्द्रित छन्। एमाले गठबन्धन भत्काउनेमा केन्द्रित छ,' बरालले थपे, ‘कांग्रेस-माओवादीहरु यही गठबन्धनलाई चुनावमा लिएर जान चाहन्छन्। एमाले सत्तारुढ गठबन्धन भत्काएर चुनावमा जाने रणनीतिमा देखिन्छ। जनताको एजेन्डा कसैले बोक्न सकेका छैनन्।’

एजेन्डामा अलमल

२०७४ सालमा बाम गठबन्धन गरेर झन्डै दुई तिहाईको सरकारमा चलाएका एमाले अध्यक्ष ओली चुनावमा के एजेन्डा लैजाने भन्नेमा अलमलमा छन्। अघिल्लो चुनावमा 'राजनीतिक स्थिरताका लागि स्थिर सरकार' भन्ने नारा लिएर चुनावमा गएको एमालेलाई यसपालि मतदातालाई जवाफ दिनुपर्ने ठाँउमा छ। तर यो विषयलाई भन्दा बढी एमालेले गठबन्धन सरकारका खराब काम र आफू नेतृत्वको सरकारमा भएका राम्रा कामको प्रचार गर्दै तत्कालीन नेकपामा भएका तर अहिले एमालेमा नरहेका नेताको 'कर्तुत' भण्डाफोर गर्नेमा केन्द्रित छ।  

संघीयता चल्न नसके परिवर्तन गर्न पनि तयार हुनुपर्ने अभिव्यक्ति एमाले अध्यक्ष ओलीले नै सार्वजानिक रुपमा दिइसकेका छन्।प्रदेश संरचना खारेजीको मुद्दालाई चुनावी एजेन्डा बनाउन अनुमान भएपनि यसलाई चुनावी मुद्दाकै रूपमा लैजान एमालेलाई समस्या पर्ने प्राध्यापक बरालको भनाइ छ। 

गत निर्वाचनमा एमालेले राष्ट्रियताको मुद्दा उठाएको थियो। त्यसले एमालेको मत बढाउन उल्लेख्य सहयोग गरेको थियो। तर यसपाली उक्त मुद्दा उठाउने हिम्मत एमालेमा देखिँदैन। एससीसीलगायतका कतिपय विषयमा एमाले स्वयं जोडिएकाले यी विषय आफ्नो दलका लागि प्रत्युत्पादक हुन सक्ने भय एमालेमा छ। 

राजनीतिशास्त्रका प्राध्यापक लोकराज बरालले एमालेले अझै पनि राष्ट्रियता मुद्दा, एमसीसीलाई चुनाव मुद्दा बनाउन सक्ने आकलन गर्छन्। राष्ट्रियता र एमसीसीलाई एमालेले चुनावी मुद्दा बनाएपनि जनताले भने अब नपत्याउने उनको ठहर छ। ‘अघिल्लो चुनावमा जसरी एमालेले राष्ट्रियताको मुद्दा उचाल्ने नैतिक हैसियत गुमाएको छ,' बराल थप्छन्, 'अहिले पनि हामीले चुच्चे नक्सा सार्वजानिक गरेका थियौँ, अहिलेको सरकारले त्यो कार्यान्वयनमा ल्याएन भन्ला। तर आम मतदाताले यो विषय पत्याउने अवस्था छैन।’ 

नेपाल समय
प्रा लोकराज बराल।

एमालेले एमसीसी र एसपीपीलाई पनि चुनावी मुद्दा बनाउने सक्ने बरालको विश्लेषण छ। तर एमसीसीका धेरै काम ओली प्रधानमन्त्री भएका समयमा भएको कुरा सार्वजानिक भइसकेकाले आम मतदाताले नपत्याउने उनको भनाइ छ। 

एमालेका केही नेता संघीयताको विपक्षमा खुलेरै मैदानमा उत्रिएका छन्। एमाले अध्यक्ष केपी ओलीका अतिविश्वापात्रका रुपमा चिनिएका नेताहरु गोकुल बास्कोटादेखि निरु पालसम्मले खुलेरै संघीयताको विपक्षमा बालिसकेका छन्। ओली निकटहरू धमाधम संघीयताको विपक्षमा खडा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

एमालेले एमसीसी र एसपीपीलाई पनि चुनावी मुद्दा बनाउने सक्ने बरालको विश्लेषण छ। तर एमसीसीका धेरै काम ओली प्रधानमन्त्री भएका समयमा भएको कुरा सार्वजानिक भइसकेकाले आम मतदाताले नपत्याउने उनको भनाइ छ। 

संघीयता चल्न नसके परिवर्तन गर्न पनि तयार हुनुपर्ने अभिव्यक्ति एमाले अध्यक्ष ओलीले नै सार्वजानिक रुपमा दिइसकेका छन्।प्रदेश संरचना खारेजीको मुद्दालाई चुनावी एजेन्डा बनाउन सक्ने अनुमान भएपनि यसलाई चुनावी मुद्दाकै रूपमा लैजान एमालेलाई समस्या पर्ने प्राध्यापक बरालको भनाइ छ।

ओलीको मनोदशा 
अघिल्लो संघीय निर्वाचनमा कांग्रेसविरुद्ध वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको थियो। अघिल्लो निर्वाचनमा बलियो देखिएका केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग काँधमा काँध मिलाएर चुनावी मैदानमा थिए। यो पटक ठिक उल्टो हुने देखिन्छ। सरकारमा रहेका पाँच दलका बीचमा गठबन्धन हुने निश्चित जस्तै छ। त्यसकारणले अहिले चुनावी दृश्य बदलिएको छ। 

यो पटक माओवादी अध्यक्ष दाहालको मात्र होइन, ओपीका सहयोद्धा माधव नेपालको काँध पनि देउवासँगै मिल्ने निश्चितप्राय: छ। त्यही भएर अहिले चुनावी परिदृश्य बदलिने संभावना छ। यो परिदृश्य नबदले ओली यो निर्वाचनमा अघिल्लो निर्वाचनमा देउवाको जे हाल थियो, त्यही हालतमा पुग्ने देखिन्छ। यसको छनक स्थानीय निर्वाचनले दिइसकेको छ। 

प्राध्यापक बराल सत्तामा रहेका पाँच दलबीचमा गठबन्धन भएमा एमालेको अवस्था कमजोर हुने बताउँछन्। उनले सत्तामा रहेका दलहरुका बीचमा गठबन्धन भएमा आफ्नो दलको पक्षमा परिणाम नआउनेमा ओली ढुक्क रहेको पनि बताए। ‘एमाले अध्यक्ष ओली सत्तामा रहेका दलहरुका बीचमा गठबन्धन भएमा एमालेको पक्षमा निर्वाचन परिणाम नआउनेमा स्पष्ट भएर नै अहिले गठबन्धन कुनै पनि हालतमा भत्काउने रणनीतिमा लागेका छन्,’ बरालले भने। एमाले अध्यक्ष ओली फरक मनोदशाका साथ चुनावी मैदानमा होमिँदैछन्। जसरी २०७४ सालको निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भयो, त्यसरी नै अहिले सत्ता गठबन्धन चुनावमा तालमेलमा उत्रिए एमालेको हालत उस्तै हुन्छ भन्ने त्रास ओलीमा छ।


प्रकाशित: August 1, 2022 | 20:38:29 काठमाडौं, सोमबार, साउन १६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
राजनीति

पश्चिम सेती र सेती नदी-६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय
राजनीति

निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह गरेको छ।
नेपाल समय
राजनीति

गगनले भने - फोहोरको समस्या नबल्झिने गरी हल खोजौं

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र सहरी विकास मन्त्रीसहितको बैठकमा तत्कालाई अवरोध हटाउने सहमतिप्रति खुसी व्यक्त गर्दै नबल्झिने गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपाल समय
राजनीति

नागरिकता विधेयक दोस्रो पटक पारित

नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।
नेपाल समय
राजनीति

नेकपा एसलाई पुनर्गठित गर्न आवश्यक छ : रामकुमारी झाँक्री

आफ्नो दलका विषयमा भ्रामक समाचार सार्वजनिक भएको भन्दै त्यसमा विश्वास नगर्नसमेत उनले आग्रह गरेकी हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना