काठमाडौं- नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाँडले कांग्रेस एक्लै चुनावमा जाने हो भने पनि प्रतिनिधिसभा प्रत्यक्षमा ७७ सिट ल्याउने दाबी गरेका छन्। पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा निर्वाचन आयोगको तथ्यांकलाई हवाला दिँदै उनले यस्तो दाबी गरेका हुन्।
यद्यपि यो आकलन दलहरू एक्लाएक्लै लड्दा मात्र वास्तविक बन्ने उनको भनाइ छ। यदि एक्लाएक्लै लड्ने हो भने एमालेले ६२ सिट ल्याउने उनको भनाइ छ।
यस्तै, माओवादी ८ र नेकपा एस १ एक ठाउँमा अघि हुने आकलन उनको छ। सबै दल एक हुँदा र कांग्रेस एक्लै लड्दा २१ ठाउँमा जित्ने उनको भनाइ छ।