काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बोलाएका छन्।
असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका देउवाले त्यसको एक साताअघि (असार २१ गते) मंगलबार पदाधिकारी बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।