बिहीबार, भदौ २, २०७९
भिभान्तामा विनोद चौधरीका २ घण्टा

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

तीर्थराज बस्नेत  |  काठमाडौं, शनिबार, असार ११, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, असार ११, २०७९, काठमाडौं

नेपाल समय
पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै चौधरी।

काठमाडौं- नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी शुक्रबार साँझ उनको करियरमा अलि फरक विषयमा विमर्श गर्न उत्सुक देखिन्थे। झम्सीखेलस्थित होटल भिभान्तामा गोधुली साँझमा चौधरीले राजनीतिक विषयमा कलम चलाउँदै आएका पत्रकारहरूलाई निम्त्याएका थिए। 

अनौपचारिक छलफलको सुरुवात गर्नुपूर्व भूमिका बाँध्दै चौधरीले भनिहाले, 'मैले बाँकी जीवन राजनीतिमै बिताउनेछु। आज म तपाईंहरुका कुरा सुन्न चाहन्छु। खुलेर कुरा राख्नुस्, म पनि खुलेरै आफ्ना कुरा राख्नेछु।'

६६ वर्षीय चौधरीले आफ्नो जीवनका पछिल्ला १५ वर्ष राजनीतिमा पनि योगदान गरेका छन्। ०६४ सालमा नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका चौधरी ०७४ सालमा नेपाली कांग्रेस प्रवेश गरेका थिए। उनलाई कांग्रेसले समानुपातिक सांसद बनाएको थिए। कांग्रेसको १४औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

चौधरीकै शब्द सापटी लिने हो भने राजनीतिक विषयका समाचार लेख्ने पत्रकारहरूसँग उनी पहिलो पटक छलफल गर्दै थिए। यसको अर्थ उनी राजनीतिक विषयमा थप कुराकानी गर्न चाहन्थे। आर्थिक विषयमा कलम चलाउने तीन पुस्ताका पत्रकार चिन्ने दाबी गरेका चौधरीले राजनीतिक विषयमा काम गर्ने पत्रकारहरूसँग आफू नयाँ भएको स्वीकार गरे। सोही क्रममा उनले भनेका थिए, ‘आज तपाईंहरुले मलाई प्रश्न गर्न सक्नुहुनेछ। केही सुझाव भए खुलेर दिन सक्नुहुनेछ।’ 

फ्लोर ओपन भएपछि पत्रकारले चौधरीसँग दर्जनौं प्रश्न तेर्स्याए। चौधरीले सुझाव पनि मागेका कारण फाट्टफुट्ट सुझाव दिए पनि पत्रकारहरूले प्रश्न गर्ने आफ्नो पेसागत धर्म बिर्सने कुरा थिएन।  

छलफलमा पुगेका पत्रकारहरुका लागि पनि चौधरीसँगको अन्तरसंवाद नयाँ थियो। न त चौधरीले राजनीतिक विषयमा आफ्ना धारणा राजनीतिक बिटमा कलम चलाउने पत्रकारहरु मार्फत राखेका थिए। त्यसैले त हलमा पत्रकारहरुले ठट्टा गरे, ‘विनोद चौधरीका समाचार आर्थिक बिटका साथीहरुको ठेक्कामा पर्छन्।’ चौधरी पनि के कम ठट्टामै जवाफ फर्काइहाले, ‘मैले दिएका राजनीतिक स्टेटमेन्टले प्राथमिकता नपाउने र पाएपनि विजनेस पेजमा छापिने कारण त यस्तो पो रहेछ!’ 

छलफलमा उपस्थित पत्रकारहरुले चौधरीसामु तेर्साएका केही प्रश्न यस्ता थिएः

– राजनीतिमा तपाईंको सक्रियता किन कम? 

–बाँकी जीवन राजनीतिमै बिताउँछु भन्नुभयो, तर कुन दलमा रहेर? यहाँको राजनीतिक करियरलाई विश्लेषण गर्दा तपाईं अस्थिर देखिनुहुन्छ?  

– दुई पटक समानुपातिक सांसद् भइसक्नुभयो। फेरि पनि समानुपातिक नै ताक्ने कि प्रत्यक्ष चुनाव लड्ने? 

–व्यावसायिक हिसाबले हेर्ने हो भने तपाईंका सफलताका थुप्रै कथा छन्। व्यवसायिक क्षेत्रमा प्राप्त गरेको सफलता राजनीतिक क्षेत्रमा उपयोग भएको देखिँदैन नि? 

–पार्टीको कोषाध्यक्ष बन्न तपाईंले इच्छा देखाएको चर्चा सुनिन्छ, खास कुरा के हो?

–फरक क्षेत्रबाट राजनीतिमा आएकाहरुले सफलता प्राप्त गरेको देखिन्छ। तपाईं पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएको हो। यसलाई कसरी लिनुभएको छ? 

पत्रकारका अपेक्षित प्रश्न आएपछि चौधरी जवाफ दिन तम्सिए। उनले आफूले बुझेको राजनीति, मुलुकको मुहार परिवर्तनको सूत्र, आफ्नो राजनीतिक करियर, एमालेमा रहँदाको राजनीतिक यात्रा, स्थानीय सरकारहरुले गरेको कामका बारेमा केन्द्रित भएर उठेका प्रश्नको उत्तर दिए। जवाफका लागि चौधरीले लामै समय लिए। चौधरीको उत्तर उनकै शब्दमा: 

नेपालमा राजनीतिलाई बुझ्ने तरिका नै गलत छ। मलाई नै भन्नुहुन्छ भने म वडाको चुनाव लडेर आएको हुँ। पार्टीको महाधिवेशनमा वडा तहको चुनाव फेस गरेरै केन्द्रीय सदस्य बनेको हो। सिरियर विजनेसम्यान वडामा चुनाव किन लड्न जान्छ र? प्रदर्शनीमार्गमा हात जोडेर भोट मागेर चुनाव जितेको होइन र? त्यसकारण म राजनीतिमा क्रियाशील छु र रहनेछु।

म राजनीति पनि बुझ्ने क्रममा छु। अहिलेको जमना सोसल मिडियाको हो। सोसल मिडियाले ठूलो परिवर्तन ल्याउँछ भनेर देखिइसकेको छ। तर, के साँचो हो भने ठूला कुरा गरेर, गफ गरेर परिवर्तन आउँदैन। परिवर्तन ल्याउन सडक र कार्यकर्ताको लेभलमै जानुपर्छ। म संविधानसभाको सदस्य थिएँ। त्यो बेला मलाई एमालेले प्रोफेसनलका रुपमा संविधानसभामा लगेको थियो। त्यो बेला मैले कहिल्यै फुलटाइम राजनीति गर्छु भनेको थिइनँ। तर, विस्तारै बुझ्दै जाँदा दर्शक बनेर मुलुक परिवर्तन हुँदैन भन्ने लाग्यो। त्यसकारण मैदानमा उत्रिएको हुँ।  

०७० सालमा एमालेले मलाई शशांक कोइरालाविरुद्ध चुनाव लड्न टिकट दिएको थियो। मैले अस्वीकार गर्दै एमालेलाई धन्यवाद भनेको हुँ। त्यसपछि नै हो एमालेसँग मेरो मनमुटाव सुरु भएको। ०७४ सालको निर्वाचनअघि सभापति शेरबहादुर देउवाले मलाई पार्टीमा स्वागत गर्न सार्वजनिक आह्वान गर्नुभएकै हो नि। उहाँको आह्वान पछि नै म कांग्रेसमा आएको हुँ। यी सबै विषयलाई बुझेर मैले राजनीति छोड्दिनँ भनेको हो। 

नेपाल समय

उद्योग-व्यापार मेरो रगतमा छ। त्यसकारण मैले उद्योग, व्यापार छाड्छु भनेको पनि छैन, भन्दिनँ पनि। तर, अबको मेरो प्राथमिकता राजनीति नै हो। मेरो प्राथमिकतामा राजनीति पर्दैनथियो भने म किन वडा तहको चुनाव लड्न जान्थेँ? तपाईंहरुले राजनीतिक विषयमा तपाईं किन बोल्नुहुन्न? भनेर प्रश्न गर्नुभयो। तर, मसँग कहिलै राजनीतिक कुरा गर्न यहाँहरूले चाहनुभयो? मैले जीवनकालमा विरोध पनि उत्तिकै खेपेको छु, माया पनि उत्तिकै पाएको छु। 

मलाई के लाग्छ भने मुलुकको राजनीतिलाई आर्थिक फाइदाका हिसाबले अघि बढाउनुपर्छ। मुलुकको आर्थिक विकासको कोणबाट राजनीति अघि बढ्नुपर्छ। यस्तै परराष्ट्र सम्बन्धलाई पनि आर्थिक फाइदाका हिसाबले डिफाइन गर्नुपर्छ। 

मलाई प्रश्न गर्ने गरिन्छ– तपाईँले राजनीति 'फ्रन्ट डोर'बाट गर्ने कि 'ब्याक डोर'बाट गर्ने? यसको उत्तर मेरो पछिल्ला राजनीतिक गतिविधिले दिन्छन्? मैले फ्रन्ट डोरबाटै राजनीति गर्ने हो। महाधिवेशनमा वडा तहबाट चुनाव लडेर आएर केन्द्रीय सदस्यमा निर्वाचित हुनु त्यसैको प्रमाण हो। 

स्थानीय तहको निर्वाचनमा नवलपुरका वडा–वडा पुगेँ, पार्टीको काम गरेँ। त्यो के फ्रन्ट डोरबाटै गरिएको राजनीति होइन र? ०७४ सालको चुनावी अभियान र अहिलेको चुनावी अभियानको अनुभव एकदमै फरक रह्यो। ०७४ सालमा हेलिकोप्टरबाट चुनावी सभामा नेताहरुले लैजान्थे। पुगिन्थ्यो, भाषण गरिन्थ्यो। ग्रास रुटमा पुगेको थिइनँ। मेरा भाषण पनि राजनीतिक होइन, आर्थिक हुन्थे। किनकि राजनीतिक भाषण गर्न माहिर नेताहरू नै हुनुहुन्थ्यो। 

म कांग्रेस कतिबेला प्रवेश गरेँ भन्ने कुराले पनि अब मैले राजनीतिमा बाँकी जीवन कहाँ बिताउँछु भन्ने कुराको जवाफ दिन्छ। म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। वाम गठबन्धन बनेको अवस्थामा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा गइरहेको अवस्थामा म कांग्रेस प्रवेश गरेको हुँ। त्यसकारण मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।  

समानुपातिक कि प्रत्यक्ष?

अब समानुपातिकमै बस्ने कि चुनाव लड्ने? भनेर जुन प्रश्न पनि आएको छ। म प्रत्यक्ष चुनाव लड्ने मनोस्थिति बनाएरै गाउँमा केन्द्रित भएको छु। तर, यसमा मेरो मात्रै निर्णयले काम गर्दैन। पार्टीले मलाई जहाँ र जेमा उपयुक्त देखेर निर्णय गर्छ, त्यसलाई मैले स्वीकार्नुपर्छ। समानुपातिकमै पार्टीले राख्ने निर्णय गर्‍यो भने त्यो बेला तपाईंहरुले विनोद चौधरीलाई कति समानुपातिकमा राखेको? किन उसैलाई मात्रै सुविधा दिएको भनेर दबाब बढाइदिनुहोला। पार्टीको केन्द्रीय सदस्यमा चुनाव लडेर जितिसकेको विनोद चौधरी सक्रिय राजनीतिमा रहन्छ।

नेपाल समय
विनोद चौधरी।

मलाई यहाँ पत्रकारहरुका बारेमा पनि केही कुरा राख्न मन लाग्यो। राजनीतिक बिटमा काम गर्ने साथीहरुसँग म पहिलो पटक अन्तर्क्रिया गर्दैछु। आर्थिक बिटमा काम गर्ने तीन पुस्ताका साथीहरुसँग मेरो सम्बन्ध छ। उहाँहरुले मलाई माया गर्नुहुन्छ। तर, जसरी यहाँहरुले विनोद चौधरीसँग कुरा गर्न खोज्दा पत्रकारले केही माग्न खोजेको हो कि भनेर सोच्छ कि? भन्ने खालका संशय राख्नुभयो। मरो अनुभवले पछिल्लो जेनेरेसनका पत्रकारहरू 'करप्ट' छैनन्। आर्थिक पत्रकारहरुमा पनि म त्यो देख्दिनँ। पैसा कसले माग्छ? मलाई थाहा हुँदैन र? 

देश किन बनेन?

जहाँसम्म मुलुक परिवर्तन गर्ने कुरा हो, त्यो राजनीतिबाट मात्रै सम्भव छ। राजनीतिक इच्छा शक्तिविना परिवर्तन असम्भव छ। मलाई चौधरीग्राम बनाउन ३५ वर्ष लाग्यो। देशका अन्य जिल्लामा पनि चौधरी ग्राम बनाउनु पर्‍यो भने ३५/३५ वर्ष लाग्ने भयो। मसँग त्यो समय छैन। बूढानीलकण्ठ स्कुलका बारेमा हामीले धेरै सुनेका छौं। त्यो बुढानीलकण्ठ स्कुल ७७ वटै जिल्लामा किन बनाउन नसकेको? राजनीतिक इच्छा शक्ति भएको भए आज ७७ वटै जिल्लामा बूढानीलकण्ठ स्कुल हुन्थे होला नि। त्यसकारण परिवर्तन गर्ने कुरा राजनीतिक इच्छा शक्तिमा निर्भर रहन्छ। म अहिले ६६ वर्ष भएँ। तपाईले कति वर्ष सक्रिय राजनीति गर्ने हो? भनेर प्रश्न आयो। पहिला त पाँच वर्ष राजनीति गर्ने हो। त्यसपछि घटनाक्रमले मेरो राजनीति गर्ने समयको निर्धारण गर्नेछन्। 

हाम्रो देशमा पटक–पटक राजनीतिक व्यवस्था परिवर्तन भएको छ। तर, देश किन बनेन? यो गम्भीर प्रश्न हो। हाम्रोमा जो मान्छेलाई जुन कुर्सीमा राखिन्छ, त्यो ज्ञाता भएर निस्किन्छ। यो एउटा ठूलो समस्या हो। जीवनभर राजनीति गरेको व्यक्तिलाई कुनै एउटा टेक्निकल मन्त्रालयको जिम्मेवारी दियो भने पनि ऊ कुर्सीमा पुग्ने बित्तिकै ज्ञाता भएर निस्कन्छ। प्रोफेसनलहरुले जिम्मेवारी पाएनन्। 

मुलुक बन्न नसक्नुको प्रमुख कारण कुशल व्यवस्थापनको अभाव पनि हो। स्थानीय तहको निर्वाचन परिणामले फरक विधाबाट आएका मानिसलाई खोज्नु र जिताउनुको अर्थ पनि त्यही हो जस्तो लाग्छ। धरान, काठमाडौं र धनगढीको परिणामले त्यही भन्छ। अब युवा खोजेका हुन् भन्ने हो भने युवाहरुले चालाएका पार्टी पनि असफल बनेका छन्। कांग्रेसले ३० वर्षको चुनावी इतिहासमा सबैभन्दा धेरै मत ल्याएर चुनाव जितेको छ। यसको जस नेताहरुलाई दिनुपर्छ नै। अहिलेको परिणामले स्थापित पार्टीको जग हल्लाएको भनेर जसरी विश्लेषण गरिएको छ। म त्यो मान्न तयार छैन। त्यसरी गरिएका विश्लेषण अतिशयोक्ति मात्र हो। तर पनि उम्मेदवार चयन गर्ने सन्दर्भमा वा अन्य व्यवस्थापकीय काममा भने सुधारको आवश्यकता भने छ नै।

स्थानीय सरकारले देखाएको परिवर्तनको संकेत  

अहिले ग्रासरुट लेभलबाटै परिवर्तन आइरहेको छ। मलाई पहिला लाग्थ्यो ७५३ वटा स्थानीय सरकार छन्। सात वटा प्रदेश सरकार छ र एउटा केन्द्रीय सरकार। यी सरकारहरुबीचको तारतम्य कस्तो होला? एक सरकारले भनेको अर्कोले नमान्ने स्थिति छ। यत्रो बोझ थपेर हामी कहाँ पुगौंला? तर, अहिले ग्रासरुटमा जाँदा बनेका सडक, क्याम्पस, अस्पताल लगायतका पूर्वधार हेर्दा मलाई आशा पलाएको छ। परिवर्तनको संकेत देखेको छु। स्थानीय निर्वाचन लड्न खोज्ने युवा छन्। उनीहरुले परिवर्तन खोजेका छन्। 

नेपाल समय
पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै चौधरी।

भिड र परिणाम फरक हुँदो रहेछ। स्थानीय सरकारहरुले विकासको फाउन्डेसन रामो बनाएका छन्। त्यसकारण संघियताको पक्षमा विनोद चौधरी उभिएको छ। संघ सरकार मात्रै भएको परिवर्तनको यो अनुभूति गर्न सम्भव थिएन। प्रदेश सांसदहरुको आकर्षण स्थानीय तहको प्रमुखमा छ। स्थानीय सरकार बलियो बनाउन र परिवर्तन गर्ने कुरामा स्वतन्त्र व्यक्तिहरुमा चाख पसेको देखिएको छ। राजनीतिक परिवर्तन पनि ग्रासरुट लेभलबाट सुरु भएको छ।  

राजनीतिक विषयमा जान्ने पल्टिन्नँ

म हरेक राजनीतिक घटनाक्रममा आफ्नो 'वक्तव्य' दिन्नँ। किनकि मलाई हरेक विषयमा जान्ने पल्टिनु छैन। 'स्टेटमेन्ट' माथि 'स्टेटमेन्ट' दिएर केही हुँदैन। हलुका टिप्पणी गर्नुभन्दा टिप्पणी नै नगर्नु हितकर हुन्छ। कांग्रेसको दृष्टिकोण पनि मैले राख्ने होइन। त्यो जिम्मेवारी प्रवक्ताको हो। 

पार्टी प्रवेशका लागि सहज अवस्था बनाइदिने र विदेशमा रहेका नेताहरुलाई मताधिकार दिने विषय पार्टीका महामन्त्रीहरुले उठाइहरनुभएको छ। त्यो एजेन्डा मैले कांग्रेस प्रवेश लगत्तै उठाएको हुँ। हाम्रो विधानले पार्टीमा आएर केही गर्न खोज्नेहरुलाई बन्देज लगाएको छ। यसलाई खुकुलो बनाउनुपर्छ। मेरो तथ्यांक अनुसार अहिले ५० लाख नेपाली विदेशमा छन्। ती मध्ये पनि २५ लाख नेपाली पासपोर्टधारीले मतदान गर्न पाउने हो भने परिणाम उलटपुलट हुन सक्छ। सर्वोच्च अदालतले समेत मताधिकारको अधिकार दिन आदेश दिएको २ वर्ष बितेको छ। तर अदालतको आदेश किन कार्यान्वयन हुँदैन? अहिले महामन्त्रीद्वयले जुन सक्रियता देखाउनुभएको छ, म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु। 

शशांकसँग किन चुनाव लडिनँ?

२०७० सालमा एमालेले मलाई शशांक कोइरालाविरुद्ध चुनाव लड्न टिकट दिएको थियो। तर, मैले अस्वीकार गरिदिएँ। शशांक त्यो क्षेत्रबाट २ पटक चुनाव लडिसक्नुभएको थियो। तेस्रो पटक लड्ने उहाँको तयारी थियो। कोइराला परिवारसँग मेरो बुवाहरुको पनि राम्रो सम्बन्ध थियो। शशांक डाक्टर हुँदादेखि नै मेरो उहाँसँग राम्रो सम्बन्ध थियो। त्यसकारण उहाँविरुद्ध म किन चुनाव लड्नु? एमालेले हारे विनोद चौधरी हार्ने हो जिते एमालेले शशांक कोइरालाई हरायो भन्ठान्ने थियो। मैलाई एमालेले टिकटको अफर गरेपछि शशांकलाई भेटेरै यस विषयमा जानकारी गराएको पनि हुँ। उहाँलाई भेटेर मैले तपाईसँग चुनाव लड्दिनँ, तपाईलाई मेरो पूरा समर्थन रहन्छ भनेको हुँ। 

अहिले पनि मेरो पूरा समर्थन शशांक डा. साबलाई छ। पार्टीले अर्कै निर्णय गरे पछि हट्दिनँ। हाम्रो जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन्। एउटामा कांग्रेसले हारेको छैन, अर्कोमा जितेको छैन। तर, म पार्टीले निर्णय गरे जहाँ पनि चुनाव लड्न तयार छु।

दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ

अहिलेको अर्थतन्त्रको प्रमुख चुनौती भनेको आर्थिक व्यवस्थापन हो। कांग्रेसले २०४८ सालमा गरेको पहिलो चरणको आर्थिक सुधारकै जगमा मुलुक यहाँसम्म आइपुगेको हो। त्यति लामो द्वन्द्वकाल झेल्दा त्यही 'रिफर्म'का कारण मुलुकको अर्थतन्त्र टाट पल्टिन पाएन। अब भने  दोस्रो चरणको आर्थिक सुधारको आवश्यकता छ। 

अहिले मुलुक श्रीलंका हुन लाग्यो भनेर प्रचार गरिएको छ। त्यो अतिशोयोक्ति मात्रै हो। मुलुकको अर्थतन्त्र इकोनोमिक म्यानेजमेन्टको गम्भीर चरणमा गुज्रिरहेको छ। अर्थतन्त्रमा दोस्रो चरणको सुधारको जिम्मेवारी पनि कांग्रेसकै हो। कतिपय अवस्थामा कांग्रेसले गठबन्धन, गठबन्धन भनेर मात्रै पनि पुग्दैन। त्यसरी बस्न पनि हुँदैन। किनकि अहिलेको सरकार कांग्रेसको हो।

नेपाल समय
कांग्रेस जागरण अभियानका क्रममा चौधरी।

प्रकाशित: June 25, 2022 | 20:51:03 काठमाडौं, शनिबार, असार ११, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
राजनीति

पुनर्विचारका लागि पठाइएको नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ।
नेपाल समय
राजनीति

पश्चिम सेती र सेती नदी-६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय
राजनीति

निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह गरेको छ।
नेपाल समय
राजनीति

गगनले भने - फोहोरको समस्या नबल्झिने गरी हल खोजौं

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र सहरी विकास मन्त्रीसहितको बैठकमा तत्कालाई अवरोध हटाउने सहमतिप्रति खुसी व्यक्त गर्दै नबल्झिने गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपाल समय
राजनीति

नागरिकता विधेयक दोस्रो पटक पारित

नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना