काठमाडौं– चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई राजदूत नियुक्त गरेकी हुन्।
चीन सरकारले अग्रिमो (स्वीकृति) पठाएपछि श्रेष्ठ राजदूत नियुक्त भएका हुन्। श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो।
सरकारले श्रेष्ठसहित २० मुलुकका लागि गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो। उनीहरू सबै संसदीय सुनुवाई समितिबाट अनुमोदित भइसकेका छन्।