काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले २ लाख ५० हजारभन्दा बढी युवा नागरिकतासहित पहिचानको खोजीमा रहेको भन्दै नागरिकता विधेयकलाई छिटो टुंगोमा पुर्याउन माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद पण्डितले सरकारले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारित गरी नागरिकता दिलाउनुपर्ने माग गरे। उनले भने, ‘संघीय निजामती सेवा ऐन राज्यव्यवस्था समितिबाट पारित भएर संसदमा आएको थियो। अहिले फिर्ता गरेको छ। त्यसलाई छिटो पारित गरियोस्।’
हिजो बुधबारमात्रै सत्ता गठनबन्धनका शीर्ष नेताहरुको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको थियो।