बिहीबार, मंसिर २२, २०७९

एसपीपीबारे गठबन्धनको बृहत् बैठक बोलाउन छलफल भएको छ : माधवकुमार नेपाल

नेपाल समय  |  काठमाडौं, आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको बृहत् बैठक बोलाउने विषयमा गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको बताएका छन्। काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

आइतबार मात्रै पनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग यो विषयमा कुराकानी भएको उनले जानकारी दिँदै। 'आज मात्रै मेरो प्रधानमन्त्रीसँग कुराकानी भएको छ। प्रचण्डसँग पनि कुराकानी भएको छ। मुलुकलाई प्रतिगमनको दिशामा लैजान हुँदैन,' नेपालले भने, 'नेपालमा देशभक्तिको भावनाले काम गरेको छ। कुनै पनि देशभित्र जनतालाई बढ्ता आह्लादित गर्ने विषय देशभक्ति हो। राष्ट्रिय हितमा आँच आउने कुरा भयो भने जनताको आकांक्षालाई सहज लिनुपर्छ। त्यसको सम्बोधन गर्नुपर्छ।'

यसको समीक्षा र विगतमा भएका काम कारबाही र वर्तमान सरकारले गरेका काम सरकारले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ। 'गठबन्धनको बृहत् बैठक आयोजना गरौँ। सबै कुरा प्रष्ट पार्ने काम गरौँ। सबै कुराको समीक्षा गरौँ। सबैलाई आश्वस्त पार्ने गरी प्रस्तुत हौँ भन्ने कुरा भएको छ,' उनले जानकारी दिए। 

वर्तमान सत्ता गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने उनको भनाइ छ। 


प्रकाशित: June 19, 2022 | 15:11:11 काठमाडौं, आइतबार, असार ५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
राजनीति

सीके राउतले भेटे उपेन्द्र, मधेसका मुद्दामा मिलेर जान सुझाव

मधेसीलगायत उत्पीडनमा परेका समुदायको हकहितका लागि मिलेर अगाडि बढ्न सहमत भए राउत, यादव।
नेपाल समय
राजनीति

कांग्रेसमा 'बीपीजी' समूह उदयको सम्भावना

कांग्रेसभित्र ‘बीपीजी’ अर्थात् विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल समूहगत रूपमा स्थापना भए भने संस्थापन पक्षलाई बलियो चुनौती दिन सक्छ। यद्यपि, विश्वप्रकाशले गगनप्रति समर्थन जनाइसके पनि प्रदीपले हालसम्म आफ्नो कित्ताकाँट गरिसकेका छैनन्।
नेपाल समय
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूची विवाद, कार्यकर्ताको घेराउमा पार्टी कार्यालय

४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको रास्वपाले समानुपातिकका केही नाम तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो।
नेपाल समय
राजनीति

देउवाको पक्षमा माहोल बनाउँदै एनपी साउद, नेताहरु सँगको भेटवार्ता तीव्र

संसदीय दलको नेताका लागि रस्साकस्सी चलिरहेका बेला सभापति शेरबहादुर देउवाको पक्षमा माहोल सिर्जना गर्न उनका विश्वास पात्रमध्ये एक नेता एनपी साउदले पनि भेटवार्तालाई तीव्रता दिएका छन्।
नेपाल समय
राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना