सोमबार, असार १३, २०७९

काठमाडौंमा उम्मेदवारी घोषणा गर्ने लहर

सृजना राई  |  काठमाडौं, बुधबार, जेठ २५, २०७९

सृजना राई

सृजना राई

बुधबार, जेठ २५, २०७९, काठमाडौं

नेपाल समय
काठमाडौंबाट उम्मेदवारी घोषणा गरेका सुमन सायमी, रञ्जु दर्शना, सञ्जय श्रेष्ठ (माथिल्लो लाइनमा बायाँबाट क्रमश:), पुकार बम, मानुषी यमी भट्टराई र मुकुन्द घिमिरे (तल्लो लाइनमा बायाँबाट क्रमश:)।

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मिति टुंगो नलागे पनि उम्मेदवारी दिने घोषणा लहर चलेको छ। विशेषगरी काठमाडौं जिल्लामा उम्मदेवारी दिने सोच बनाएकाहरूले उम्मेदवारी घोषणा गर्न थालेका हुन्। 

उम्मेदवारी घोषणा गर्ने विषयमा साना दल र स्वतन्त्रबाट चुनाव लड्ने सोच बनाएकाहरूले ठूला दललाई पछि पारेका छन्। यसरी उम्मेदवारी घोषणा गर्नेहरू कोही राजनैतिक पृष्ठभूमिका छन् त केही नयाँ अनुहार पनि छन्। 

रञ्जु दर्शना
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन विवेकशील नेपाली दलकी काठमाडौं महानगरकी मेयर उम्मेदवार रञ्जु दर्शना निर्वाचित नभएपनि विजेता उम्मेदवारलाई टक्कर दिएकी थिइन्। त्यसबेला २३ हजार ४ सय ३९ मत ल्याएकी रञ्जुले यसपालि प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेकी छन्।

तत्कालीन विवेकशील नेपालीका अध्यक्ष उज्वल थापासँगै उनले २०७० बाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। पार्टीको नाम मात्र सुनेकी दर्शनाले फेसबुकबाटै नेपाल बन्दविरुद्धको अभियान 'नेपाल खुल्ला छ' सहभागी हुन नारायण गोपालचोक पुगेकी थिइन्। अभियानमा सहभागी हुन पुगेका उनका पाइला उतैबाट आयोजक पार्टीको राजनीतितर्फ मोडिए। 

नेपाल समय

दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्वल काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार थिए। उज्वललाई जिताउन उनी चुनाव प्रचारप्रसारमा मजाले खटेकी थिइन्। 

२०७४ को स्थानीय चुनावपछि रवीन्द्र मिश्रले खोलेको साझा पार्टी र उज्वल थापा अध्यक्ष बनेको पार्टी विवेकशील मिलेर विवेकशील साझा पार्टी बन्यो। तर यो एकता लामो समय रहेन। दल विभाजन भएपछि रञ्जु पूर्वविवेकशीलसँगै नजिकिइन्। कोभिडसँग जुध्दाजुध्दै उज्वलको मृत्यु भयो। 

उज्वलको लिगेसी थाम्ने जिम्मेवारी मिलन पाण्डेलगायतको काँधमा आएको छ। रञ्जुले पनि त्यसैमा साथ दिएकी छन्। उज्वलले चुनाव लडेकै काठमाडौं ५ बाट उम्मेदवारी दिने तयारी रञ्जुको छ।

'मैले पार्टीबाट राजीनामा दिएको ६ महिना भइसक्यो। हो म यसबाट प्रतिनिधिसभाको सदस्यमा स्वतन्त्रतर्फ उम्मेदवारी दिँदैछु। यसबारे मेरो टिममा छलफल भइरहेको छ,’ दर्शनाले बताइन्। तर उनले टिममा कोको छन् भन्ने खुलाएकी छैनन्। काठमाडौंका मेयर बालेन्द्र शाहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको टिमसँग दर्शना निकट भएको भनिएपनि यसलाई उनले खुलाएकी छैनन्। 

गत प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए। यसअघि नेपाली कांग्रेसका डा प्रकाशशरण महत पोखरेलका निकटतम प्रतिस्पर्धी बनेका थिए। 

पुकार बम 
जेठ २० गते ल फेसबुकमा पुकार बमले काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरे। 'अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ। अब संसदमा पुगरे नागरिकको आवाज बोल्छु,’ उम्मेदवारी घोषणासँगै उनले लेखेका छन्। 

नेपाल समय

अहिले उनले फेसबुक प्रोफाइलको परिचयमा नै आफूलार्ई प्रतिनिधि सभा सदस्य उम्मेदवार, काठमाडौं क्षेत्र नं १’ लेखेर चिनाइरहेका छन्। लामो समयदेखि सामाजिक अभियन्ताको छवि बनाएका बम युवापिँढीमाझ 'पपुलर' छन्। 

डा गोविन्द केसीको अभियानदेखि 'इनफ इज इनफ' अभियानमा पनि उनी सक्रिय थिए। उनको अभियान सामाजिक सञ्जामा ट्रेन्डिङमा परेको थियो। 

बमका अनुसार उनी २०६९ सालदेखि नै सामाजिक अभियानमा संलग्न छन्। 'अकुपाई बालुवाटार’ अभियानदेखि डाक्टर गोविन्द केसीको सत्याग्रहमा नेतृत्वदायी भूमिकाबारे उनी आफैँले फेसबुकमा लेखेका छन्। 

समाज तथा मानवशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका बम पेशाले लेक्चरर हुन्। उनलाई पनि मेयरमा बालेनलाई जिताउने टिमले अघि सारेको आशंका गरिएको छ। 

सुमन सायमी 
प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि चर्चामा रहेको अर्को नाम हो सुमन सायमी। स्थानीय तहको निर्वाचन सकिए तगत्तै नेपाल समयसँग कुरा गर्दै सायमीले आफू प्रतिनिधि सभा सदस्यका लागि उठ्ने खुलासा गरेका थिए। 

मेयर बालेनसहितको नयाँ पार्टी गठनको तयारी भइरहेको र आफू क्षेत्र नम्बर ८ बाट  चुनाव लड्ने सायमीको भनाइ थियो। 'प्रतिनिधि सभा सदस्यका लागि उठ्ने मात्र होइन, जित्ने गरी उठनेछु,’ सायमीले भनेका छन्। 

नेपाल समय


काठमाडौं मेयरका लागि भएको चुनावी प्रतिस्पर्धामा उनले १३ हजार ७७० मत प्राप्त गरेका छन्। यही मतलाई विस्तार गरेर प्रतिनिधिसभा चुनावमा प्रथम हुने विश्वास उनले बोकेका छन्। 

सायमी काठमाडौंको भूमि, भाषा, सम्पदा र संस्कृति बचाउन विगत १० वर्षदेखि निरन्तर आन्दोलनमा छन्। प्रतिस्पर्धी मेयर बालेन शाहका मुद्दामा समर्थन गर्ने उनलाई प्रतिनिधिसभाको चुनावमा शाह समर्थन प्राप्त हुने बताइएको छ। 

मानुषी यमी भट्टराई 
स्वतन्त्र भएरै चुनाव जित्ने विश्वासले उम्मेदवार दिने घोषणा गर्नहरुको चर्चाबीच जसपाकी केन्द्रीय सदस्य मानुषी यमी भट्टराई फरक राजनैतिक विचारका साथ चर्चामा छिन्। 

'म संगठनमा विश्वास गर्छु। एक्लाएक्लै सबै काम सम्भव हुँदैन जस्तो लाग्छ,’ उनले भनेकी छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र हिसिला यमीकी छोरी मानुषी यमी भट्टराईले काठमाडौंबाट प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट आफूले उम्मेदवारी दिने उनको घोषणा छ। 

नेपाल समय

राजनैतिक पृष्ठभूमिमा जन्मिएर राजनीतिमा सक्रिय मानुषीलाई सत्तारुढ गठबन्धनमा जसपा पनि रहेकाले वर्तमान सत्ता  गठबन्धनभित्र कायम रहे आफूलाई समर्थन गर्नुपर्ने उनको भनाइ छ। गठबन्धनको समर्थन नपाएपनि आफू दलबाट उम्मेदवार बन्ने दृढता उनले संकेत गरेकी छन्। 

०७० सालमा संविधानसभामा क्षेत्र ७ बाट पराजित भएकी आमा हिसिला यमीले ०६४ मा तत्कालीन नेकपा माओवादीबाट निर्वाचित भएकी थिइन्। लामो समय माओवादी राजनीति गरेका उनका बाबु डा बाबुराम भट्टराई प्रधानमन्त्री बनिसकेका व्यक्तित्व हुन्। 

सञ्जय श्रेष्ठ
सामाजिक सञ्जालबाटै आफ्नो उम्मेदवारी दिने घोषणा गर्न अर्को नाम हो सञ्जय श्रेष्ठ। शनिबार सामाजिक सञ्जाल फेसबुकमा आफनो तस्बिरसहित उनले आफूलाई राप्रपाले टिकट नदिएपनि स्वतन्त्र उम्मेदवारी दिने लेखेका छन्।
नेपाल समय
'मेरो पार्टीले मलाई टिकट दिएपनि नदिएपनि मैले आउदो मङ्सिर ताका हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरेँ। अब बाँकी तपाईंहरुको साथ र विश्वास,’ उनको पोस्टमा उल्लेख छ। 

२०७० सालमा दोस्रो संविधान सभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका थिए। आफू विगत १२ वर्षदेखि राजनीतिमा सक्रिय भएको बताउने उनलाई धेरैले गायकका रुपमा चिन्छन्। 

मुकुन्द घिमिरे 
रत्नपार्कको रुखबाट गरेको भाषणले धेरैसम्म पुगेका मुकुन्द घिमिरे उर्फ 'मुकुन्दे' अहिले सामाजिक सञ्जालमा उसैगरी आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्। युट्युबदेखि फेसबुकमा हरेक राजनैतिक विषयमा टिप्पणी गरिहालन्ने मुकुन्देको बोल्ने र लेख्ने शैलीलाई धेरैले रुचाएका पनि छन्। यद्यपि मनोरञ्जनका लागि मात्र उनका कुरा रुचाइएको विश्लेषण पनि गरिन्छ। 

नेपाल समय

मुकुन्देले झण्डै एक महिना अघि प्रतिनिधि सभाको सदस्यका लागि आफ्नो उम्मेदवारी हुने घोषणा गरिसकेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिने घोषणा मात्र गरेनन् सूर्य चिह्नबाट उम्मेदवारी दिनसक्ने बताएका थिए। सूर्यबाट टिकट नपाए आफू अर्का ठूला दल खोज्ने र त्यो पनि नभए स्वतन्त्र उम्मेदवारी दिने उनको भनाइ छ।  

मदन भण्डारीको विरासत थाम्न आफूले काठमाडौं क्षेत्र नम्बर ४ रोजेको उनले उल्लेख गरेका छन्। गत प्रतिनिधि सभा चुनावमा काठमाडौं-४ बाट नेपाली कांग्रेसका गगन थापा विजयी भएका थिए। 

यो पनि


प्रकाशित: June 8, 2022 | 21:29:00 काठमाडौं, बुधबार, जेठ २५, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्डले भने - दलहरुले केही गरेनन् भन्‍नु परिवर्तन र जनताको अपमान

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे।
नेपाल समय
राजनीति

मेटमणिलाई क्‍वार्टर छिर्न हतारो, डेरामा गाडी राख्‍ने ठाउँ नै नभएको गुनासो

नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीलाई पुल्चोकस्थित मन्त्री क्‍वार्टर प्रवेश गर्ने हतारो भएको देखिन्छ। उनले पुल्चोकस्थित सरकारी निवास खाली नहुँदा समस्या भएको बताएका छन्।
नेपाल समय
राजनीति

जबजको मार्गमा नै समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुन्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुने बताएका छन्।
नेपाल समय
राजनीति

बजेट राष्ट्रिय सभाबाट पनि पारित

संघीय संसद्‌को राष्ट्रिय सभाबाट पनि विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक- २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो।
नेपाल समय
राजनीति

गृहमन्त्रीले भने– एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाइसक्यौं

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना