काठमाडौं- वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ।
बिहीबार साँझ मतगणनाको काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। मतपरिणाम सकिएको भएपनि आधिकारिक रूपमा घोषणा भने शुक्रबार मात्रै हुने उनले जानकारी दिए।
काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका उम्मेदवार बालेन साह र उपमेयरमा सुनीता डंगोल विजयी भएका छन्। फराकिलो मतान्तरका साथ उनीहरू विजयी भएका हुन्।
उनीहरुले प्राप्त गरेको अन्तिम मतपरिणाम भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छैन।