काठमाडौं- प्रमुख प्रतिपक्षी दल भीम रावलले सरकारो नीति तथा कार्यक्रममा भरमार अंग्रेजी शब्दको प्रयोग गरिएको आरोप लगाएका छन्। उनले त्यस्ता शब्दलाई हटाएर सम्भव भएसम्म नेपाली भाषाकै शब्द प्रयोग गर्न माग गरेका छन्।
'नेपालको संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा राष्ट्रभाषा हुनेछ भन्ने उल्लेख गरिएकाले छ। तर नीति तथा कार्यक्रममा भरमार अंग्रेजी शब्दको प्रयोग गरिएको छ। सबै विवरण यहाँ उल्लेख गरिसाध्य छैन। नाम जनाउने र विकल्प नभएका प्राविधिक शब्दावलीबाहेक नेपाली शब्द प्रयोग गर्नुपर्छ,' उनले भनेका छन्, 'यसबाहेक पनि थुप्रै विषयमा भाषागत त्रुटि छन्। यसलाई सुधार गर्नुपर्छ। यति धेरै अंग्रेजी भाषाको प्रयोग यसअघिका कुनै पनि नीति तथा कार्यक्रममा उल्लेख थिएन। यसले हाम्रो राष्ट्रियतामाथि नै प्रश्न उठाएको छ।'