आइतबार, साउन २९, २०७९

सर्वेक्षण पाखा पार्दा काठमाडौंमा कांग्रेसलाई अप्रिय परिणाम

पैँचो लेनदेनले चाक्सीबारीको शक्ति क्षयीकरण
तीर्थराज बस्नेत  |  काठमाडौं, शुक्रबार, जेठ १३, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, जेठ १३, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- स्थानीय तह निर्वाचनमा काठमाडौंको मतपरिणामले ठूला राजनीतिक दललाई चकित मात्रै बनाएको छैन, अविस्मरणीयसमेत बनाइदिएको छ। उम्मेदवारको मनोनयन दर्तादेखि मतदान सुरु हुँदासम्म हाल निस्किएको परिणामबारे ठूला दलले सायदै सोचेका थिए। मतदान सकिएपछि बालेन्द्र शाहले चुनाव जित्ने प्रक्षेपण हुन थालेपनि राजनीतिक दल त्यसलाई पत्याउने मेसोमा थिएनन्। 

मतगणनाको सुरुतिर ठूला दल र तिनका उम्मेदवार 'काठमाडौंको कोर एरिया'मा आफू अघि पर्ने दाबी गरिरहेका थिए। मतगणना जति अघि बढ्दै गयो, उति नै बालेन्द्र अर्थात् बालेन शाहले निकटतम प्रतिस्पर्धीभन्दा मतान्तर बढाउँदै लगे। अन्तिम परिणाम सार्वजनिक हुँदा बालेनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४ सय २६ मतान्तरले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। 

मतदानअघि मौन अवधि सुरु हुँदासम्म यो नतिजाबारे ठूला दलले सोचेकै थिएनन्। परम्परागत मत र संगठनलाई आधार मानेर भन्ने हो भने दलहरुका आ-आफ्ना आकलन थिए। तर दलहरुका अनुमान र गणितको सूत्र मतदाताको हातमा मतपत्र पुग्दासम्म उलटपुलट भइसकेको थियो। कैयौँ पटक चुनाव लडेका दलको रणनीति कहिल्यै चुनाव नलडेका बालेनले चलाखीपूर्ण रूपमा विफल तुल्याइदिए। उनी ६१ हजार ७६७ मतसहित महानगर मेयरमा विजयी भएका छन्। 

नेपाल समय
चुनावी अभियानका क्रममा बालेन साह। तस्बिर : विनय क्रियसन।

नेकपा एमालेबाट काठमाडौं महानगरका मेयर उम्मेदवार केशव स्थापितका उत्तेजक, आपत्तिजनक र विवादित अभिव्यक्ति, कांग्रेस उम्मेदवार सिर्जना सिंहको फितलो तयारी, प्रस्तुति र मैदानमा कमजोर उपस्थिति, परिवारवादको आरोप बालेन उदयका सहायक कारण बनेका छन्। अघिल्लो निर्वाचनमा एमालेबाट भारी मतसहित विजयी बनेका विद्यासुन्दर शाक्यको कार्यशैलीले पनि बालेनको सफलताको कारण बनेको छ। पूरा गर्न नसकिने योजनाको फेरिहस्त सुनाएर काठमाडौंको नेतृत्व सम्हालेका शाक्य न विवादमुक्त रहन सके, न त बाँडिएका सपना र गरिएका वाचा पूरा गरे, न त प्रतिवद्धता पूरा गर्न नसकेकोमा नगरबासीसँग क्षमा नै मागे। 

विद्यासुन्दर प्रवृत्तिका कारण मतदातामा भरिएको 'फ्रस्टेसन', स्थापितका विवाद र सिंहको कमजोर प्रस्तुतिका कारण चुनावी माहोल आफ्नो पक्षमा सिर्जना गर्न बालेन सफल भए। बालेनको उदयले सबैभन्दा ठूलो झट्का नेकपा एमालेले व्यहोरेको छ। अघिल्लो पटक जितेको देशको राजधानी सहरको कमान्ड एमालेको हातबाट फुत्कियो नै, सँगै मेयरमा एमाले पहिलोबाट तेस्रोमा झरेको छ। 

संघीय राजधानीसमेत रहेको महानगरमा बालेनको उदयले जति ठूलो 'कम्पन' एमालेमा पुगेको छ, त्यति नै शक्तिशाली परकम्प सिंह निवास चाक्सीबारी पुगेको छ। यसको राजनीतिक क्षतिले चाक्सीबारीलाई मात्र पिरोलेको छैन, समग्र कांग्रेस नै यसबाट 'लज्जित' भएको महसुस गरिरहेको छ। यद्यपि कांग्रेसका नेताहरूले बाहिरी रूपमा यसलाई सहज रूपमा लिनुपर्ने र निर्वाचित प्रतिनिधिलाई सबैले सहयोग गर्नुपर्ने बताउँदै आएका छन् भने धेरैजसो नेताहरू यो विषयमा मौनता तोड्न सकिरहेका छैनन्। 

विद्यासुन्दरले नगरबासीमा बनाएको 'असुन्दर' प्रतिबिम्ब, एमाले विभाजन असर र गठबन्धन जोडबलको हिसाबकिताब गरेर सिर्जनाको विजय कल्पिएको चाक्सीबारीलाई बालेन उदयले कम्पित बनाउनु अस्वभाविक होइन। लोकतान्त्रिक आन्दोलनमा दुई पुस्ता योगदान गरेको चाक्सीबारी परिवार सम्हाल्न काबिल दरिएकी सिर्जना काठमाडौं नगर परिवार सम्हाल्न पनि उस्तै काबिल ठहरिने अपेक्षाका साथ चाक्सीबारीबाट चुनावी यात्रामा पाइला चालेकी सिर्जनाको प्रमुख एजेन्डा थियो- घर सम्हालेँ, अब काठमाडौं सम्हाल्छु। सिर्जनाले काठमाडौं सम्हाल्ने अवसर गुमाएपछि चाक्सीबारी र सानेपाले समीक्षा गरिरहेका छन्। काठमाडौं कांग्रेसको एउटा वृत्त भने चुनावी कार्यक्रम सुरु भएदेखि नै समीक्षा गरिरहेको छ।   

चाक्सीबारीको शक्ति क्षयीकरण
चाक्सीबारीको शक्तिले विगत ६ महिनायता क्षयीकरणको यात्रा तय गरेको छ। यसका कारक चाक्सीबारीका मूली प्रकाशमान सिंह हुन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनदेखि काठमाडौं महानगरको निर्वाचनसम्ममा चाक्सीबारी निरन्तर शक्ति गुमाउँदै गइरहेको छ। महानगरको मेयरमा केवल सिर्जनाले मात्रै हार व्यहोरेकी छैनन्, लौहपुरुष गणेशमानको विरासत धानिरहेका प्रकाशमानको राजनीतिक यात्रालाई पनि असहज बनाइदिएको छ। हुन त राजनीतिले विरासतलाई सधैँ काखी च्यापिरहँदैन, तैपनि सिर्जना र प्रकाशमानका निरन्तर हारले गणेशमान विरासतलाई धक्का दिएको भने पक्कै हो। 

१४औं महाधिवेशनमा प्रकाशमान कांग्रेस सभापतिमा पराजित भएका थिए। संस्थापन इतर समूहबाट विद्रोह गरेर सभापति लडेर तेस्रो बनेका सिंहको शक्ति परीक्षण महाधिवेशनमा भइसकेको थियो। महाधिवेशनमा हारेका प्रकाशमानले काठमाडौं उपत्यका र विशेष गरी काठमाडौं महानगरमा आफू बलियो छु भन्ने भान थियो। प्रकाशमानको त्यो 'आत्मरति'लाई यसपालिको मतपरिणामले चिरिदिएको छ। 

नेपाल समय
प्रकाशमान सिंह। तस्बिर : दिनेश श्रेष्ठ

महाधिवेशको रन्कोमा तत्कालीन महामन्त्री डा शशांक कोइरालाले प्रकाशमानलाई अप्रिय लाग्ने टिप्पणी गरेका थिए। 'उहाँ (प्रकाशमान सिंह)को बारेमा भन्दाखेरी नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ,' कोइरालाले भनेका थिए, 'काठमाडौंबाहिर निक्लिनेबित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन्। हुन त उहाँ पार्टीको महामन्त्री पनि हुनुभयो। तर, साथीहरूसँग उहाँको आत्मीयता म देख्दिनँ।' पछि प्रकाशमानले कोइरालालाई प्रत्युत्तर पनि फर्काएका थिए। उनीहरूबीच आरोपप्रत्यारोप नगर्ने सहमति भयो।

महाधिवेशनमा प्रकाशमानले ल्याएको मतले कोइरालाको टिप्पणीलाई केही हदसम्म पुष्टि गरिदियो। सभापतिको चुनावी दौडमा प्रकाशमानलाई मतले तेस्रो स्थानमा खुम्चाइदियो। सिंहले सभापतिको प्रतिस्पर्धामा ल्याएको मत संख्या थियो- ३७१। महाधिवेशनको पाँच महिनापछि प्रकाशमानका लागि अर्को अप्रत्यासित परिणाम आइपर्‍यो। 

यद्यपि सिर्जनाको पराजयभित्र अनेक कारण छन्। वरिष्ठ पत्रकार किशोर नेपालका शब्दमा प्रकाशमानले 'गणेशमान सिंहको उत्तराधिकारी हुँ' भनेर दाबी गर्ने असली राजनीतिक आधार गुमाएका छन्। काठमाडौंको मेयर सिर्जनाले हारेको मान्न पत्रकार नेपाल तयार देखिँदैनन्। उनी त यो निर्वाचन प्रकाशमानले हारेको जिकिर गर्छन्। 'आज गणेशमान सिंहको छोराले ‘म गणेशमान सिंहको छोरा हुँ र उहाँको उत्तराधिकारी हुँ’ भन्ने आवाज गुमाएको छ। आज उसलाई जनताले फेल गरिदिएका छन् कि तिमी गणेशमान सिंहको उत्तराधिकारी हुन सक्दैनौं,' नेपालले एक अन्तर्वार्ताका क्रममा भनेका छन्, 'प्रकाशमानजी सभापतिमा हार्नुभयो। अहिलेको चुनावमा पनि उहाँको फेस अगाडि आएको छ। अहिले सिर्जनाजी हारेको होइन, प्रकाशमानजी हार्नुभएको हो। गणेशमानको बिँडो थाम्ने औकात प्रकाशमानजीसँग भएन।'

५ महिनाको अन्तरालमा दुई ठूला असफलता व्यहोरेका प्रकाशमानले आफ्नो राजनीतिक यात्रामा वैशाखी टेक्लान् वा असफलतालाई निरन्तरता दिइरहलान्, त्यसको छिनोफानो यही वर्ष हुने प्रतिनिधिसभा निर्वाचनले निर्धारण गर्नेछ। प्रकाशमान काठमाडौं क्षेत्र नम्बर १ का सांसद हुन्। उनी सोही क्षेत्रबाट निर्वाचन लड्ने पक्का नै छ। तर महाधिवेशनको पराजित भएपछि उनले लिएको निर्णय, काठमाडौं महानगरमा सिर्जनाको हारले प्रकाशमानलाई संसदीय चुनावमा असर गर्ने विश्लेषण सुरु भइसकेका छन्। संस्थापन इतर समूहबाट विद्रोह गरेर सभापति लडेपनि दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सघाएकोमा चित्त दुखाएको एउटा जमात काठमाडौं कांग्रेसको राजनीतिमा सक्रिय छ। सँगै मेयरमा पत्नी उठाएर कांग्रेसले पराजय भोगेको आरोपसमेत प्रकाशमानमाथि लाग्ने नै छ। त्यसको असर संसदीय निर्वाचनमा पर्न सक्छ।  

नेपाल समय
काठमाडौं मेयरका लागि कांग्रेस उम्मेदवार सिर्जना सिंह। तस्बिर : रासस

महानगरपालिकाको मतको 'ट्रेन्ड'ले पनि त्यसकै संकेत गर्छ। प्रकाशमानको चुनाव क्षेत्र पर्ने महानगरका चार वटा वडाको मत परिणामको विश्लेषण गर्दा प्रकाशमानलाई प्रतिनिधिसभाको निर्वाचन सहज हुने देखिँदैन। वडा नम्बर १० मा बालेनले २७ सय मत ल्याउँदा सिर्जनाले १ हजार कम अर्थात् १७ सय मात्र मत ल्याएकी छन्। ११ नम्बर वडामा बालेनले ११ सय मत ल्याएका छन् भने सिर्जनाले ८५० मत मात्र ल्याएकी छन्। यस्तै वडा नम्बर २९ मा बालेनले १ हजार ६५० मत प्राप्त गर्दा सिर्जनाले १ हजार २५० मत मात्र प्राप्त गरेकी छन्। वडा नम्बर ३१ मा बालेनले ४ हजार १५० मत ल्याउँदा सिर्जनाले २ हजार ४९० मत मात्र प्राप्त गरेकी छन्। 

यो तथ्यांकले प्रकाशमानलाई संसदीय निर्वाचनमा धक्काको पूर्वसंकेत भएको काठमाडौं कांग्रेसका एक नेताको विश्लेषण छ। 'पहिलो त सभापतिमा पराजित भइसकेपछि लिएको उहाँको निर्णयप्रति असन्तुष्टि अहिले पनि छँदैछ। यही बेला उहाँले पत्नीलाई महानगरको मेयरमा अघि सार्नुभयो। यसले उहाँमाथि लाग्दै आएको परिवारवादको आरोपलाई थप बलियो बनाइदिएको छ,' ती नेता भन्छन्, 'सिर्जना भाउजू उम्मेदवार नहुँदै मेहनत गरेका र उहाँकै निर्वाचन क्षेत्रमा पर्ने चार वडाको मत पनि हामीलाई आएन। यसको अर्थ उहाँलाई धक्का नै हो। जुन संसदीय निर्वाचनमा पनि देखिन सक्छ। सँगै यो कांग्रेसलाई पनि धक्का लाग्नु हो।'

चुनावी विश्लेषणमा विश्वास नगर्दा कांग्रेसको पराजय
काठमाडौं महानगरको निर्वाचनमाथि काठमाडौं महानगरमा कांग्रेसले १२ जनाको समूह बनाएर चुनावअघि अध्ययन गरेको थियो। प्रत्येक वडामा पुगेर गरिएको अध्ययनको प्रतिवेदन पार्टीको हाई-कमाण्डसम्म पुर्‍याइएको थियो। प्रतिवेदनमा कांग्रेसले २० वटा वडामा चुनाव जित्ने, बालेनले ४० हजार मत कटाउने र एमालेबाट विद्यासुन्दर शाक्य नै मेयरमा दोहोरिने आकलन गरिएको थियो। विद्यासुन्दर दोहोरिने सम्भावना बाहेक प्रतिवेदनमा गरिएका अधिकांश विश्लेषण मिलेको कांग्रेस काठमाडौं महानगरका एक कांग्रेस नेताको दाबी छ। तर प्रतिवेदनप्रति टिकट लिनेदिने नेताले विश्वास नगर्दा ठूलो धक्का व्यहोर्नुपरेको ती नेताको भनाइ छ। 

'महानगरको चुनावका सन्दर्भमा १२ जनाको टिमले गरेको अध्ययन प्रतिवेदनमा हामीले २० वटा जित्ने देखिएको थियो। हामीले १९ वटा वडा जितेका छौँ। प्रतिवेदनमा एमालेका उम्मदेवार दोहोरिने दावी गरिएको थियो। हाम्रो यो दावी मिलेन,' ती नेताले भने, 'प्रतिवेदनमा कांग्रेसका लागि सबैभन्दा ठूलो थ्रेट बालेन शाह भएको उल्लेख थियो। उनले ४० हजार भोट कटाउने हाम्रो अध्ययनले देखाएको थियो। तर नेताहरुले हाम्रो अध्ययनलाई विश्वास गर्नुभएन। बालेनले यति धेरै भोट नल्याउने जिकिर गर्नुभयो। 'यस्तो पनि हुन्छ?' भनेर प्रतिप्रश्न गर्नु भयो। अहिले नतिजाले देखायो।' उम्मेदवारको मनोनयनभन्दा केही समयअघि गरिएको सर्वेक्षणले  स्थापित विजयी हुने देखाएपनि उम्मेदवारी मनोनयनपछिका दिनमा उनी निरन्तर विवादित हुँदा बालेनले 'क्यास' गरेको र त्यसले उनको जित सहज भएको काठमाडौं कांग्रेसका ती नेताको विश्लेषण छ। 

यो प्रतिवेदन प्रकाशमानलाई पनि बुझाइएको थियो। तर उनले चासो नदिएको ती नेताको दाबी छ। प्रतिवेदनमा बालेनले नेवारी बस्तीको भोट ल्याउने दाबी गरिएको थियो। र यसपटक कोर सिटीको मतका आधारमा चुनाव जित्न नसकिने विश्लेषण उक्त प्रतिवेदनमा उल्लेख छ। 'हामीले बालेनले हिजो रञ्जु दर्शना र किशोर थापा दुवैले ल्याएको मत बालेनले पाउने विश्लेषण गरेका थियौं। दर्शनाले पाएको युवाको मत बालेनलाई जाने सम्भावना थियो। आफू पनि इन्जिनियर भएकाले किशोर थापाले पाएको मत तान्न सकिने  बालेनले दोहोर्‍याइरहेका थिए,' ती नेता भन्छन्, 'सँगै उनले हरेक अन्तर्वार्ता र अभिव्यक्तिमा नेवारी संस्कृति र नेवार बस्तीका कुरा गरिरहेका थिए। त्यसकारण उनले नेवारी समुदायको भोट ल्याउन सक्ने अनुमान हाम्रो थियो। हामीले सम्पदाको मात्रै एजेन्डाले चुनाव जित्दैनौं। त्यसकारण सम्पदा, संस्कृति र इकोनोमीको एजेन्डा अघि सार्नु पर्छ भनेका हौं।'

गुन फिर्ता माग्दा 'बुमर्‍याङ' 
कांग्रेसबाट महानगरको मेयरमा तीर्थराम डंगोल, हरिप्रभा खड्गी, कांग्रेस महानगरका सभापति तथा वडाध्यक्ष निलकाजी श्रेष्ठ, नगर समितिका सचिव सुसन वैद्यलगायतले दावी गरेका थिए। तीमध्ये देउवाको रोजाइमा डंगोल थिए। तर प्रकाशमानले देउवासँग १४औं महाधिवेशनमा लगाएको गुनको पैचो तिर्न आग्रह गरे। १४औं महाधिवेशनमा सभापितमा प्रकाशमान तेस्रो बनेका थिए। कांग्रेस विधानअनुसार सभापित बन्न ५० प्रतिशत मत कटाउनुपर्छ। तर पहिलो चरणमा देउवा ५० प्रतिशत मत कटाउन असफल बनेका थिए। विधानअनुसार दोस्रो चरणको निर्वाचनमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ। 

दोस्रो चरणमा देउवा र नेता शेखर कोइराला मात्रै सभापितको चुनावी दौडमा पुगे। तस्रो भएका प्रकाशमान सिंह र चौथो भएका विमलेन्द्र निधि रिङआउट भए। सोही कारण देउवाले प्रकाशमान र निधिको साथ खोजेका थिए। मंसिर २८ गते समर्थन खोज्दै देउवा चाक्सीबारी पुगे।

नेपाल समय
चाक्सीबारीमा देउवा।

महाधिवेशन अघि असफल सभापति भनेर देउवाको चर्को आलोचना गर्दै आएका प्रकाशमानले देउवालाई साथ दिए। प्रकाशमानको निर्णय देउवाका लागि सञ्जीवनी बुटी बनेको थियो। प्रकाशमान र निधिको सहयोगमा देउवा दोस्रो पटक सभापतिमा चुनिए। 

प्रकाशमानले पैँचो तिर्न गरेको आग्रह यसपालि देउवाले अस्वीकार गर्न सकेनन्। उम्मेदवारबारेको छलफल सुरु हुँदानहुँदै देउवाले ‘प्रकाशमानले झगडा गरेर गएको छ’ भनेका थिए। देउवाको सोही बोलीले काठमाडौंको मेयरको टिकट सिर्जनाका नाममा पक्का बनेको थियो। 

महानगरलाई परिवारझैं सम्हाल्ने संकल्पसहित ३२ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी सिर्जना चुनावी परीक्षामा सफल हुन सकिनन्। र, देउवाले प्रकाशमानले लगाएको गुन त फर्काए, तर प्रकाशमानले काठमाडौं महानगरमा कांग्रेस फर्काउन सकेनन्। 


प्रकाशित: May 27, 2022 | 07:34:32 काठमाडौं, शुक्रबार, जेठ १३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
राजनीति

निर्वाचनका लागि आयोगमा हालसम्म ३९ दल दर्ता

सरकारले निर्वाचनको मिति घोषगा गरेलगत्तै आयोगले निर्वाचनमा भाग लिनको लागि दल दर्ता गर्न आह्वान गरेकोमा अहिलेसम्म ३९ दल दर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
नेपाल समय
राजनीति

'एमालेले इलामका जनतालाई गुमराहमा राख्यो'

मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विषयमा कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम सांसद सुजाता परियारले पार्टीका आकांक्षीहरुलाई व्यवस्थापन गर्दै सबै एकढिका भएर अघि बढ्नुपर्ने बताइन।
नेपाल समय
राजनीति

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४० दल दर्ता, कांग्रेसले पनि थाल्यो प्रक्रिया

राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ।
नेपाल समय
राजनीति

निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय
राजनीति

रचनात्मक विद्रोह गर्न शेखर समूहका कार्यकर्ताद्वारा नेताहरुलाई आग्रह

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका कार्यकर्ताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका छन्। पछिल्लो समय भातृसंस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिहरुलाई मनोनय गरेपछि शेखर समूहका युवा तथा विद्यार्थीहरुले आफ्नो समूहका नेताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना