आइतबार, असार १२, २०७९

ललितपुरको मेयरमा चिरिबाबु निर्वाचित, हरिकृष्णले दिए बधाई

दिनेश श्रेष्ठ  |  काठमाडौं, मंगलबार, जेठ १०, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, जेठ १०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– ललितपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन निर्वाचित भएका छन्।

निकटमत प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई भारी मतान्तरले पराजित गर्दै महर्जन निर्वाचित भएका हुन्। यद्यपि, निर्वाचन कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन।

निर्वाचित हुनेबित्तिकै महर्जनलाई व्यञ्जनकारले बधाई दिएका छन्। यसअघि ०७४ सालको स्थानीय निर्वाचनमा पनि चिरिबाबुले हरिकृष्णलाई हराएका थिए।

ललितपुर महानगरको उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्।