सोमबार, असार १३, २०७९

स्थानीय सरकार हाँक्ने नारीशक्ति

सृजना राई  |  काठमाडौं, मंगलबार, जेठ १०, २०७९

सृजना राई

सृजना राई

मंगलबार, जेठ १०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट देशभरका ७५३ स्थानीय तहमध्ये २५ पालिकाले महिला नेतृत्व पाएका छन्। हालसम्म प्राप्त नतिजाअनुसार देशभरका २५ जना महिलाले स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएका हुन्। 

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए। स्थानीय सरकार हाँक्ने अवसर पाएका २५ जना महिला मध्ये १ जना महानगरपालिकाको प्रमुख, १ जना उपमहानगरपालिकाको प्रमुख, ११ जना नगरपालिका प्रमुख र १२ जना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्।

देशभरका ६ महानगरपालिका मध्ये १ पालिकाले महिला नेतृत्व पाएको छ। अघिल्लो निर्वाचनमा पनि नतिजा उस्तै नै थियो। चितवनको भरतपुर महानगरपालिको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छिन्। भरतपुर महानगरको प्रमुखमा उनी दोस्रो पटक निर्वाचित भएकी हुन्। दाहाल एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै भरतपुरको मेयर निर्वाचित भएकी हुन्।

सत्तारुढ गठबन्धनको तर्फबाट निर्वाचित दाहालले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए। मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाए।

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

यसपटक देशभरका ११ उपमहानगरमध्ये मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले महिला नेतृत्व पाएको छ। नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा हेटौंडाको मेयरमा निर्वाचित भएकी छन्। उनले एमालेका अनन्त प्रसाद पौडेललाई २ हजार १६७ मतले पराजित गरिन्। लामाले २३ हजार ७५ मत ल्याएर हेटौंडा उपमहानगरको कमान्ड सम्हाल्ने अवसर प्राप्त गरिन्। यस पटक सत्ता गठबन्धनको सहयोगमा मेयरमा निर्वाचित भएकी लामा ०७४ को निर्वाचनमा एमालेबाटै उपप्रमुखमा विजयी भएकी थिइन्।

त्यो निर्वाचनमा लामाले २३ हजार ४३७ मत ल्याएर माओवादीका बलराम बललाई ६ हजार ४२६ मतले पछि पारेकी थिइन्। बलराम बलले १७ हजार ११ मत प्राप्त गरेका थिए । एमालेको गढ मानिने हेटौंडा उपमहानगरमा ०७४ को निर्वाचनमा एमालेका हरिबहादुर महत २३ हजार १२४ मतले विजयी भएका थिए । महतको प्रतिद्वन्दी कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका थिए । 

एमालेको किल्ला तोड्न सफल बनेकी लामाले उपमहानगरमा अति विपन्न १ हजार ५४१ घर परिवारलाई निशुल्क स्वास्थ्य बीमा, मासिक १५ हजार लिटर खानेपानी र २५ युनिट बिजुली वितरण देखि हिंसा प्रभावित महिला तथा बालबालिकाका पुनस्थापनाका लागि अल्पकालिन आश्रयस्थल सञ्चालन गर्न पहिलो निर्णय समेत गरिसकेकी छन्। 

११ नगरपालिका हाँक्ने महिला मेयर 

देशभरका ११ नगरपालिकामा अबको ५ वर्ष महिला नेतृत्व हुनेछ। ती मध्येकी एक हुन् विमला राई। उनी खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएकी हुन् । राई खोटाङको पहिलो महिला मेयर समेत बनेकी छन्। राईले निकटतम प्रतिद्वन्दी एमालेका खडेन्द्र साम्पाङलाई ३५१ मतले पराजित गरिन्। 

विमलाले ६ हजार ३१७ मत ल्याउँदा साम्पाङले ५ हजार ९६६ मत ल्याएका छन्। रोचक त यो छ कि ०७४ को निर्वाचनमा विमला राई उपप्रमुखमा प्रतिस्पर्धा गरिरहँदा नेपाली कांग्रेसकै इवन राईले उनै खडेन्द्र लाई ४०० मतले पराजित गरेका थिए । इवनले ४ हजार ३९७ मत र खडेन्द्रले ३ हजार ९९७ मत ल्याएका थिए । विमलाले एमालेकी मनिषा राईलाई ५ सय ७४ मतले पछि पारेर उपमेयरमा निर्वाचित भएकी थिइन्। 

यसपटक बिमलालाई पार्टीले अपग्रेड गर्‍यो र पार्टी निर्णयलाई जनताले समेत अनुमोदन गरिदिए। तर मेयरको टिकट लिन उनले ठूलै संघर्ष गर्नुपरेको थियो। टिकटका लागि पार्टीभित्रको द्वन्दलाई पार लगाएकी उनले चुनाव जित्न एमाले र माओवादीको अघोषीत गठबन्धनको सामना गर्न पर्यो। ४१ वर्षीया राईले खोटाङ जिल्लाको पहिलो महिला नगर प्रमुखका रुपमा सपथ ग्रहणसँगै जिम्मेवारी सम्हालिसकेकी छन्। 

देशभरका ११ नगरपालिकामा अबको ५ वर्ष महिला नेतृत्व हुनेछ। 

सप्तरीका ९ नगरपालिकामा एक नगरपालिकाले महिला नगर प्रमुख पाएको छ। सुरुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी गीता चौधरी निर्वाचित भएकी छन्। उनी सप्तरीको पहिलो महिला नगरप्रमुख हुन्। चौधरी ७ हजार २९२ मत ल्याएर विजयी भएकी हुन्। उनले निकटतम प्रतिद्वन्दी नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका रामनारायण चौधरीलाई ३ हजार ७५ मतान्तरले पराजित गरेकी हुन्। पराजित रामनारायण चौधरीले ४ हजार २१७ मत ल्याएका थिए । 

अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित धेरै महिला जनप्रतिनिधिले यस पटक प्रमुखमा उम्मेदवारी दिए र निर्वाचित समेत भए। झापाको बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित पवित्रादेवी महतारा त्यसकै उदाहरण हुन्। नेकपा एमालेबाट निर्वाचित महतारा अघिल्लो निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी थिइन्। यसपटक उनी १६ हजार ५२० मत ल्याएर मेयरमा निर्वाचित भइन्। उनले निकटतम प्रतिद्वन्दी कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतले पराजित गरेकी हुन्। पराजित सिटौलाले १२ हजार ७६२ मत प्राप्त गरे। 

चितवनको माडी नगरपालिकामा उपप्रमुखको रुपमा अनुभब बटुलिसकेकी एमालेकी उम्मेदवार ताराकुमारी महतो नगर प्रमुखमा निर्वाचित भएकी छन् । उनी ९ हजार ९०१ मत ल्याएर विजयी भएकी हुन्। उनले माओवादीका ऋषिराम काफ्लेलाई २ हजार १७२ मतले पारजित गरेकी हुन । काफ्लेले ७ हजार ७२९ मत प्राप्त गरे। 

सुर्खेतको पाँच नगरपालिकामध्ये वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेकी उम्मेदवार मोहनमाया भण्डारी विजयी भइन्। उनले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५ हजार ५४ मतले पराजित गरेकी हुन्। कर्णाली प्रदेशको राजधानी समेत रहेको यो नगरपालिकाको मेयरमा निर्वाचित उनी अघिल्लो निर्वाचनबाट उपमेयरमा निर्वाचति भएकी थिइन्। 

सर्लाहीका ११ वटा नगरपालिका मध्ये वरथहवा नगरपालिकाले यसपटक महिला मेयर पाएको छ। वरथहवा नगरपालिकाको मेयरमा एमालेकी कल्पनाकुमारी कटुवाल १२ हजार २७३ मत सहित विजयी भएकी छन्। कल्पनाले ०७४ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा विजयी भएका माओवादी केन्द्रका देवानन्द महतोलाई पराजित गरेकी हुन्। महतोलाई कटुवालले ५ हजार ६०७ मतले पराजित गरेकी छन्। पराजित देवानन्द महतोले ६ हजार ६६६ मत ल्याएका छन्। 

सर्लाहीका ११ वटा नगरपालिका मध्ये वरथहवा नगरपालिकाले यसपटक महिला मेयर पाएको छ।

यसअघि उम्मेदवारी दिएर पराजित भएका महिला उम्मेदवारले यस पटक अघिल्ला निर्वाचनमा विजयी भएका उम्मेदवारलाई चुनौती दिएका मात्रै छैनन् पराजित समेत समेत गरेका छन्। ०७४ को स्थानीय तह निर्वाचनमा रौतहटको ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक फोरमका उम्मेदवार सन्तोष कुमार मेहतासँग ५४८ मतले पराजित भएकी कौशल्या देवी यस पटक मेहतालाई नै पराजित गरी मेयरमा निर्वाचित भइन्। उनले महतोलाई ९७५ मतान्तरले पराजित गरिन्। उघिल्लो निर्वाचनमा मेहताले ५ हजार ७८५ मत सहित विजयी भएका थिए। देवीले ५२३७ मत ल्याएकी थिइन्। कांग्रेसबाट उम्मेदवारी दिँदा पराजित भएकी कौशल्या देवीले यस पटक लोकतान्त्रिक समाजवादी पार्टीबाट बाउन्स ब्याक गरेकी छन्। अहिले पराजित भएका मेहताले भने एमालेबाट उम्मेदवारी दिएका थिए। 

कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला शाही विजयी भएकी छन्। अघिल्लो निर्वाचनमा मेयरमा विजयी भएका एमालेका महादेव बजगाईलाई शाहीले २ हजार २७८ मतान्तरले पराजित गरेकी हुन्। शाहीले १२ हजार ७३१ मत प्राप्त गरी विजयी हुँदा बजगाईँले १० हजार ४३५ मत ल्याएका छन्। यो नगरपालिकाले उपमेयर समेत महिला नै पाएको छ। उपमेयरमा एमालेकी जुना चौधरी निर्वाचित भएकी छन्। 

नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा एमालेकी उम्मेदवार विमला अर्याल मेयरमा निर्वाचित भएकी छन्। उनी १४ हजार ८३८ मतले विजयी भएकी छिन्। अघिल्लो निर्वाचनमा अर्याल कांग्रेसका उम्मेदवार भरत थापासँग पराजित भएकी थिइन्। उनको दोस्रो उम्मेदवारीले नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेललाई पराजयको बाटो देखाइदिएको छ। उनले पोखरेललाई ३ हजार २१८ मतान्तरले पराजित गरेकी हुन्। 

कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला शाही विजयी भएकी छन्। अघिल्लो निर्वाचनमा मेयरमा विजयी भएका एमालेका महादेव बजगाईलाई शाहीले २ हजार २७८ मतान्तरले पराजित गरेकी हुन्।

रौतहटको मैलापुर नगरपालिकामा एमालेकी रीनाकुमारी साह विजयी भइन्। अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी साहले यसपटक एमालेबाट उम्मेदवारी दिएर वजयी भएकी हुन्। उनी ५ हजार ५६४ मत ल्याएर विजयी भइन्। उनले माओवादी केन्द्रका रामप्रवेश राय यादवलाई २ हजार ५०२ मतले पराजित गरेकी हुन्। पराजित रामप्रवेशको मत ३ हजार ६२ छ । 

अछामको पञ्चदेवल विनायक नगरपालिकाको उपमेयर भएर काम गरेकी अम्बिकाकुमारी चलाउने यसपटक मेयरमा निर्वाचित भइन्। कांग्रेसकी चलाउने ३ हजार ६५३ मत सहित विजयी भएकी हुन्। उनले माओवादीका रामबहादुर विकलाई ४ सय ८१ मतले पराजित गरेकी हुन्। 

१२ गाउँपालिकामा महिला नेतृत्व 

दैलेखको भैरबी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी रीताकुमारी शाही विजयी भएकी छन्। झापाको गौरीगञ्ज गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसकी फूलवति राजवंशी विजयी भएकी छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्रपाका बाबुराजा श्रेष्ठसँग २८७ मतले पराजित भएकी राजवंशीले यस पटक एमालेका विजयकुमार अग्रवाललाई पराजित गरेकी हुन्। 

सिन्धुलीको दुई गाउँपालिकामा महिला प्रमुखमा विजयी भएका छन्। फिक्कल गाउँपालिकामा एमालेकी पार्वती सुनार र सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रकी दिपा बोहरा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन्। 

काभ्रेको चौरी देउराली गाउँपालिकामा माओवादी केन्द्रकी रेणुका चौलागाई, बाग्लुङको बडिगाउँ गाउँपालिकामा कांग्रेसकी गण्डकी थापा अधिकारी, पर्वतको मोदी गाउँपालिकामा एमालेकी हिरादेवी शर्मा, पाल्पाको बगनासकाली गाउँपालिकामा एमालेकी सरस्वती र्दलामी चिदी अध्यक्षमा निर्वाचित भएका छन्। यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेसकी लक्ष्मीदेवी पाण्डे, मोरङको कानेपोखरी गाउँपालिकामा एमालेकी राजमती इङनाम, खोटाङको जन्तेढुङगा गाउँपालिकामा माओवादी केन्द्रकी अरुणादेवी राई, सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा कांग्रेसकी मिनादेवी कार्की अध्यक्षमा निर्वाचित भएका छन्। 

अघिल्लो निर्वाचनमा भन्दा सुधार

स्थानीय तहको नेतृत्वमा महिला सहभागिता अघिल्लो निर्वाचनको तुलनामा यसपटक बढेको छ। निर्वाचन आयोगको तथ्यांक अनुसार अघिल्लो निर्वाचनमा १८ जना महिला स्थानीय तहको नेतृत्वमा पुगेका थिए। यसपटक २५ जना महिला स्थानीय सरकारको नेतृत्वमा पुगेका छन्। आयोगको तथ्यांक अनुसार अघिल्लो निर्वाचनमा प्रमुखरअध्यक्षमा १८ जना, उपमेयररउपाध्यक्षमा ७ सय जना, वडाध्यक्षमा ६२ जना, महिला वडा सदस्यमा ६ हजार ७ सय ४२ जना, दलित महिला सदस्यमा ६ हजार ५ सय ६७ जना, खुला वडा सदस्यमा २ सय ६४ जना गरी १४ हजार ३ सय ५३ जना महिला निर्वाचित भएका थिए।

यो निर्वाचनमा १ लाख ४५ हजार १० जना उम्मेदवारी परेको थियो। त्यसमा प्रमुख पदका लागि परेको ३२३८ उम्मेदवारमा २२९ मात्र महिला उम्मेदवार थिए । निर्वाचन आयोगको मंगलबारसम्मको तथ्यांक अनुसार निर्वाचित हुने प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाअध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी जम्मा १४ हजार २४४ महिला निर्वाचित भएका छन्। 

तीन पालिकामा फरक तस्बिर 

नेपालको संविधानमा राजनीतिक दलहरुले पालिका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षको उम्मेदवार चयन गर्दा कम्तीमा एक महिला हुनुपर्ने प्रावधान छ। तर फरक पार्टीबीच गठबन्धन भयो भने दुवै पदमा पुरुष नै लड्न पाउँछन्। यसपटक दलहरुबीच गठबन्धन भएका कारण दुवै पदमा निर्वाचित हुने पुरुषहरुको संख्या धेरै छ। हालसम्म प्राप्त नतिजा अनुसार दुबै पदमा महिला उम्मेदवार निर्वाचित हुने एक नगरपालिका र एक गाउँपालिका मात्र छन्। 

कैलालीको लम्किचुहा नगरपालिकाको मेयरमा कांग्रेसकी शुसिला शाही र उपमेयरमा एमालेकी जुना चौधरी निर्वाचित भएकी छन्। यस्तै दैलेखको भैरबी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसकी रीताकुमारी शाही र देवी भण्डारी विजयी भएका हुन । झापाको गौरीगञ्ज गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसकी फूलवति राजवंशी र एमालेकी पुजन न्यौपाने कुँवर निर्वाचित भएका छन्।


प्रकाशित: May 24, 2022 | 18:47:17 काठमाडौं, मंगलबार, जेठ १०, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्डले भने - दलहरुले केही गरेनन् भन्‍नु परिवर्तन र जनताको अपमान

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे।
नेपाल समय
राजनीति

मेटमणिलाई क्‍वार्टर छिर्न हतारो, डेरामा गाडी राख्‍ने ठाउँ नै नभएको गुनासो

नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीलाई पुल्चोकस्थित मन्त्री क्‍वार्टर प्रवेश गर्ने हतारो भएको देखिन्छ। उनले पुल्चोकस्थित सरकारी निवास खाली नहुँदा समस्या भएको बताएका छन्।
नेपाल समय
राजनीति

जबजको मार्गमा नै समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुन्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुने बताएका छन्।
नेपाल समय
राजनीति

बजेट राष्ट्रिय सभाबाट पनि पारित

संघीय संसद्‌को राष्ट्रिय सभाबाट पनि विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक- २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो।
नेपाल समय
राजनीति

गृहमन्त्रीले भने– एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाइसक्यौं

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने निर्णय अमेरिकालाई पठाइएको बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना