काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारासिंह रोकाय विजयी भएका छन्। उनले ७७० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन्। उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावति थापाले ७४९ मत ल्याएकी छिन्।
६ वटा वडा रहेको पालिकामा २ वटा वडामा माओवादी केन्द्र, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।
वडाध्यक्षतर्फ १ नम्बरमा एमालेका शेरबहादुर लामा १११ मतसहित विजयी भए। २ मा कांग्रेसका भानुभक्त बुढाथोकी १३० मतसहित विजयी भए भने वडा नम्बर ३ मा एमालेका भक्तबहादुर बोहोरा १३४ मतसहित विजयी भएका छन्।
वडा नम्बर ४ मा माओवादी केन्द्रका भीमप्रसाद बोहोरा २३३ मतसहित विजयी भए भने वडा नम्बर ५ मा माओवादीकै भीमबहादुर बोहोरा १५२ मतसहित विजयी भएका छन्। ६ मा एमालेका कालीबहादुर बुढा १५९ मतसहित विजयी भएका छन्।