बिहीबार, जेठ १२, २०७९

मोदी किन आउँदैछन् लुम्बिनी?

किशोर दाहाल  |  काठमाडौं, बुधबार, वैशाख २८, २०७९

किशोर दाहाल

किशोर दाहाल

बुधबार, वैशाख २८, २०७९, काठमाडौं

नेपाल समय
नेपाल-भारतका समकक्षी देउवा र मोदी।

काठमाडौं- जेठ २ गते बुद्धजयन्तिको अवसर पारेर भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको लुम्बिनी भ्रमणमा आउँदै छन्। भारतीय प्रधानमन्त्री बनेपछि मोदीको यो पाँचौं नेपाल भ्रमण हो। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेको डेढ महिनामा नै भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउन लागेका हुन्। मोदीको भ्रमणलाई धार्मिक तथा सांस्कृतिक भनिएको छ। यसपटकको नेपाल भ्रमणमा मोदी काठमाडौं आउने कार्यक्रम तय भएको छैन। 

चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए। त्यसक्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी महत्वपूर्ण चार सम्झौता भएको थियो। त्यसैक्रममा उनले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। 

प्रधानमन्त्री बनेपछि भएका प्रत्येक भ्रममाण उनी लुम्बिनी भ्रमण गर्न चाहेको बताउने गरेका  थिए। यसपटक भने भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत जेठ २ गतेदेखि नै नियमित उडान हुने भएसँगै मोदीलाई लुम्बिनी भ्रमणको अवसर जुटाइएको हो। 

भारतले गौतम बुद्ध भारतमा जन्मिएको भन्ने विवादस्पद अभिव्यक्ति दिइरहेको समयमा उनले गरेको यो भ्रमणले उक्त भ्रम तोड्ने सहयोग पुग्ने बताइएको छ। मोदीको भ्रमणले भारतले नेपालसँग धार्मिक तथा सांस्कृतिरुपमा आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको रुपमा हेरिएको छ। अन्तर्राष्ट्रिय रुपमा नै बौद्ध भिक्षु तथा धर्मावलम्बी, भारतीय बौद्धमार्गी तथा हिन्दूहरुलाई समेत लुम्बिनी भ्रमणको सन्देश मोदीको भ्रमणले दिने विश्वास गरिएको छ। 

धार्मिक तथा सांस्कृति कूटनीतिलाई भारतले उच्च प्राथमिकतामा राखेको सन्देश यस भ्रमणमा मार्फत मोदीले दिन चाहेको वाग्लेको भनाइ छ। 

भारतीय प्रधानमन्त्री मोदीले लुम्बनी भ्रमणलाई कूटनीतिक विजयका रूपमा अर्थ्याउने परराष्ट्र मामिलाका जानकार गेजा शर्मा वाग्ले बताउँछन्। 'भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण कुटनीतिक रुपमा नेपालको विजय हो। मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थानको विवाद अन्त्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा जानेछ। यो भ्रमणमार्फत भारतले धार्मिक सांस्कृति सम्बन्ध, धार्मिक पर्यटन प्रवर्द्धन, पारिस्पारिक कूटनीतिक सम्बन्ध सुधारका रुपमा महत्वपूर्ण छ,' उनले भने। धार्मिक तथा सांस्कृति कूटनीतिलाई भारतले उच्च प्राथमिकतामा राखेको सन्देश यस भ्रमणमा मार्फत मोदीले दिन चाहेको वाग्लेको भनाइ छ। 

बुद्ध पुर्णिमाका दिन भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले धार्मिक पर्यटन प्रवर्द्धनका साथै दुई देशबीच सद्भाव र विश्वास बढाउन महत्वपूर्ण हुने अर्का कूटनीतिज्ञ डा. दिनेश भट्टराई बताउँछन्। 'भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले नेपाल र भारतबीचको पारिस्पारिक सदभाव र विश्वास बढाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने देखिन्छ,' उनले भने। 

२०१४ मा म्यानमारमा भएको बिम्स्टेक सम्मेलनमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बुद्धिस्ट सर्किटको अवधारणा अघि सारेका थिए। मोदीको लुम्बिनी भ्रमणका क्रममा उक्त विषयलाई उठाउनुपर्ने डा भट्टराईको सुझाव छ। 

'बर्मामा भएको बुद्धिस्ट सर्किटको अवधारणा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उठाउनु भएको थियो। लुम्बिनीलाई हामीले भारतको सारनाथ, कुशीनगर र बोधगयालाई छोड्न सक्दा यसले हाम्रो धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने देखिन्छ। यो भ्रमणले उक्त अन्तरआबद्धतालाई जोड मद्दत गर्ला भन्ने लाग्छ,' उनले भने।

डेढ महिनाअघि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा बनासर पुगेर पूजापाठ गरेका थिए। उनको स्वागतमा उत्तरप्रदेश मुख्यमन्त्री योगी आदित्यनाथ समेत उपस्थित थिए।

नेपाल समय
बनारसमा प्रधानमन्त्री देउवालाई स्वागत गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ।

दुवै देशका प्रधानमन्त्रीबीच हुने भेटवार्ता र संवादमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदी तथा भारतीय जनता पार्टी (भाजपा) र नेपाली कांग्रेसबीच सम्‍बन्ध सुधारको सेतुको रुपमा यस भ्रमणलाई लिनुपर्ने वाग्ले बताउँछन्। 

'प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतीय जनता पार्टी (बीजेपी) र नेपाली कांग्रेसबीचको सम्बन्ध सुधारमा समेत भ्रमण उपलब्धिमूलक हुने देखिन्छ। भाजपाले नेपाली कांग्रेससँगको सम्बन्ध घनिष्ठ, मजबुत र आत्मीय बनाउन चाहेको सन्देश दिन चाहेको देखिन्छ,' उनले भने।

यसअघिका भ्रमणमा मोदीका प्रतिबद्धता
भारतको प्रधानमन्त्री भएपछि मोदी सन् २०१४ मा मोदी नेपालको पहिलो पटक भ्रमणमा आएका थिए। १७ वर्षपछि भारतका तर्फबाट प्रधानमन्त्रीस्तरमा मोदीको भ्रमण थियो। त्यसबेला नेपाल संविधान निर्माणको अन्तिम चरणमा रहेको बेला उनले संविधानसभामा उपस्थित भएर भाषण गरेका थिए।  

नेपाल समय
नेपालको संसदमा सम्बोधन गर्दै मोदी।

मोदीको पहिलो पटकको भ्रमणमा पञ्चेश्वर परियोजना निर्माण कार्य सुरु गर्ने, प्रहरी प्रतिष्ठान निर्माण गर्ने, पशुपतिनाथ मन्दिरभित्र धर्मशाला निर्माण गर्ने, टेलिफोन शुल्क घटाउने, महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण लगायतका सम्झौता भएका थिए। 

२०७२ साल असोज ३ गते नेपालले संविधान जारी गर्‍यो। त्यसअघि नै भारतले तत्काल संविधान जारी नगर्न आग्रह गरेको थियो। तर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालको जोडबलमा नेपालले संविधान जारी गर्‍यो। यसमा भारतले असन्तुष्टि व्यक्त गर्दै नाकाबन्दी लगायो। यसपछि सम्झौता भएका परियोजना सम्पन्न हुन सकेनन्। 

भारतीय नाकाबन्दीले नेपालमा मोदी तथा भारतविरोधी भावना पैदा गरायो। नकाबन्दीको डटेर सामाना गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रवादी छवि बनाए। २०७४ सालमा भएको चुनावमा एमाले ठूलो दल बन्न सफल भयो। ओली सरकारको नेतृत्वमा पुगे। 

ओली नेतृत्वमा सरकार बनेको २ महिना नबित्दै २०७५ वैशाख २८ मा मोदी २ दिने नेपाल भ्रमणमा आएका थिए। उक्त भ्रमणका क्रममा मोदी जनकपुर र मुक्तिनाथ दर्शन गर्न पुगेका थिए। त्यसक्रममा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास भएको थियो। यसैगरी जनकपुर-अयोध्या जोड्ने रामायण सर्किट निर्माणको घोषणा भएको थियो।

नेपाल समय
मुक्तिनाथ क्षेत्रमा मोदी।
के होला पञ्चेश्वर र पश्चिम सेती परियोजना निर्माण सम्झौता? 
मंगलबार डडेल्धुरामा आयोजित चुनावीसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मोदीको लुम्बिनी भ्रमणका क्रममा पञ्चेश्वर परियोजना र पश्चिम सेती परियोजना निर्माण सम्झौता हुने बताएका थिए। सम्बोधनका क्रममा उनले चीनले लगानीमा निर्माण जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारतले खरिद नगर्ने नीति लिएकाले भारतीय लगानीमार्फत् पश्चिम सेती परियोजना अगाडि बढाउने तयारी भएको उनले बताएका थिए। 

उक्त परियोजना निर्माणका लागि भारतीय कम्पनी सतलज र आईबीएचएमसँग कुराकानी भइरहेको देउवाको भनाइ थियो। देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले पञ्चेश्वर परियोजना द्रुत गतिमा अगाडि बढाउने सहमति भएको भन्दै संयुक्त भिजन स्टेटमेन्ट ल्याउने तयारी भएको बताएका थिए। लामो समयदेखि अगाडि बढ्न नसकेको पञ्चेश्वर परियोजना दुई देशको सम्बन्ध सुधार गर्ने महत्वपूर्ण भूमिका खेल्ने मोदीले बताएका थिए। यसपालीको मोदी भ्रमण धार्मिक यात्रामा बढी केन्द्रित हुने देखिएको छ।  नेपाल सरकारले समेत परियोजनामा सम्झौता हुनेबारे औपचारिक रूपमा खुलाएको छैन। 

पञ्चेश्वर जलविद्युत परियोजना महाकाली नदीमाथि ३१५ मिटर अग्लो बाँध निर्माण गरी ६ हजार ७२० मेगावाट जलविद्युत उत्पादन गर्ने महत्वकांक्षी परियोजना हो। नेपाल सरकार तथा भारत सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा २०५२ माघ २९ गते सन्धि भएको थियो। यस परियोजनामा भारत र नेपालले संयुक्त रुपमा लगानी गर्ने सम्झौता भएको छ। 

नेपालले ३ खर्च ३६ अर्ब लगानी गर्नुपर्ने बताइएको छ। १० वर्ष निर्माण सम्पन्न हुने भनिएको परियोजनामा १२ अर्ब १३ करोड मात्र लगानी गर्नुपर्ने भएकोले नेपाललाई खासै ठूलो आर्थिक दायित्व सिर्जना नहुने बताइएको छ।


प्रकाशित: May 11, 2022 | 20:06:15 काठमाडौं, बुधबार, वैशाख २८, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
राजनीति

इपीजी प्रतिवेदन बुझ्न देउवालाई ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
नेपाल समय
राजनीति

संसद्‍मा 'बिरामी' ओलीको दुई घण्टे सम्बोधन : सरकारको चर्को आलोचना, एमालेको गुणगान

अस्ति मंगलबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको १४५ बुँदे नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो।
नेपाल समय
राजनीति

प्रधानमन्त्रीलाई ओलीको प्रश्न– नेपाल एक चीन नीतिमा छ कि छैन?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले विदेश मामिलामा सरकार अपरिपक्व र उत्ताउलो देखिएको टिप्पणी गरेका छन्।
नेपाल समय
राजनीति

निर्वाचनजस्तो भएन निर्वाचन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचन निर्वाचनजस्तो नै नभएको टिप्पणी गरेका छन्।
नेपाल समय
राजनीति

निर्वाचनमा धाँधली भएकाले मतपरिणाम आउन ढिलो भयो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा धाँधली भएका कारण मतगणनामा ढिलाइ भएको बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना