शुक्रबार, जेठ १३, २०७९

सुनिता डंगोलले राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको खुलासा

नेपाल समय  |  काठमाडौं, बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोलले राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको खुलासा भएको छ। 

स्थानीय निर्वाचन ऐन २०७३ अनुसार नेपाल सरकारबाट अनुदानप्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको अवस्थामा स्थानीय निर्वाचनका लागि उम्मेदवार हुन अयोग्‍य रहने उल्लेख छ। ऐनको दफा १३ को (ग) मा भनिएको छ, 'नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको' व्यक्ति उम्मेदवारका लागि अयोग्य हुने उल्लेख गरिएको छ। 

नेपाल समय
ऐनको दफा १३ को (ग) को व्यवस्था।

डंगोल भने नेपाल टेलिभिजनबाट पारिश्रमिक पाउने गरी 'चिल्ड्रेन क्लब' भन्‍ने कार्यक्रम सञ्‍चालन गर्दै आएकी थिइन्। उनले उम्मेदवारी दिएको ९ दिन बितिसक्दा पनि टेलिभिजनबाट राजीनामा दिएकी छैनन्। 

स्रोतका अनुसार उनले 'ब्याकडेट'को निवेदन नेपाल टेलिभिजनमा पठाएकी छन्। डंगोल निकट एक नेताका अनुसार उनले २०७८ चैत २० गतेको मिति राखेर वैशाख २१ गते टेलिभिजनमा राजीनामाका लागि निवेदन पठाएकी छन्। उनको पछिल्लो कार्यक्रम २०७९ वैशाख १० गते प्रसारण भएको पाइएको छ। ती नेताले भने, 'चैतकै मिति राखेर डंगोलले आज (वैशाख २१ गते) राजीनामा पठाएकी छन्।' 

डंगोलले वैशाख १२ गते काठमाडौं महानगरका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएकी थिइन्। यस विषयमा नेपाल टेलिभिजनकी निमित्त नायब महाप्रबन्धक आरती चटौतले भनिन्, 'राजीनामा आएको हो। स्वीकृत भए-नभएको मलाई जानकारी छैन।' टेलिभिजनका सूचना अधिकारी तथा कार्यक्रम महाशाखा प्रमुख डा टंक उप्रेतीलाई यो विषयमा जिज्ञासा राख्न पटकपटक फोन गर्दा पनि उठाएनन्। 

डंगोलले ब्याकडेट राखेर दिएको राजीनामापत्रमा भनिएको छ, 'यस नेपाल टेलिभिजनको 'चिल्ड्रेन क्लब' कार्यक्रमको कार्यक्रम निमार्ता/प्रस्तोताका रुपमा कार्यरत म सुनिता डंगोल मिति २०७९ वैशाख १० गतेदेखि लागु हुने गरी आफ्नो पदबाट राजीनामा पेश गरेकी छु। मेरो राजीनामा स्वीकृत गरी सहयोग गरिदिन हुन अनुरोध छ।' 

के हुन्छ उम्मेदवारी? 
उम्मेदवारी दर्ता गर्नुअघि कुनै पनि सरकारी निकायबाट पारिश्रमिक पाउने गरी कार्यरत नभएको सुनिश्‍चित गराउनुपर्ने प्रावधान रहेको निर्वाचन आयोगका एक अधिकारीले बताएका छन्। 

उनले भने, 'कुनै पनि उम्मेदवारले स्थानीय निर्वाचन ऐन उल्लंघन गर्न पाउँदैन। ऐनमा स्पष्ट रुपमा कुनै पनि सरकारी निकायमा कार्यरत रहेको व्यक्ति उम्मेदवारकारुपमा अयोग्य हुने प्रावधान छ। त्यस अनुसार कुनै पनि व्यक्तिले सरकारी निकायबाट पारिश्रमिक पाउने गरी बहाल रहेको अवस्थामा ऐनको उल्लंघन गरेको ठहर्छ।' 

ऐनले अयोग्य भनेको व्यक्तिले फेरि पनि उम्मेदवारी दर्ता गराउँछ भने त्यस्तो व्यक्ति त कानुनी कारबाहीको भागेदार नै हुने ती अधिकारीले बताएका छन्। यस विषयमा उजुरी परेको अवस्थामा आयोगले छानबिन गर्ने र दोषी पाइएको अवस्थामा निजको उम्मेदवारी नै खारेज हुनसक्ने ती अधिकारीले बताए। 


प्रकाशित: May 4, 2022 | 19:27:50 काठमाडौं, बुधबार, वैशाख २१, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
राजनीति

काठमाडौं महानगरको मतगणना सकियो, घोषणा शुक्रबार

वैशाख ३० गते सम्पन्‍न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ।
नेपाल समय
राजनीति

यी दलित जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार

गाउँपालिकाको नेतृत्वमा भने २०७४ को तुलनामा २०७९ मा निकै ठूलो वृद्धि भएको छ। २०७४ को निर्वाचनमा भने जम्मा एक जना गाउँपालिकाका अध्यक्ष भएका थिए। यसपटक ७५३ पालिकामध्ये उपमेयर तथा उपाध्यक्षमा भने २७ जना निर्वाचित भएका छन्। २०७४ मा उपमेयर र उपाध्यक्षमा अहिलेको जतिकै संख्यामा दलित उम्मेदवारहरु विजयी भएका थिए।
नेपाल समय
राजनीति

दाङमा ठूलो पार्टी बन्यो कांग्रेस

कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ। यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको हो।
नेपाल समय
राजनीति

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानीवासीलाई खानेपानीको अभाव हुन नदिने योजना बनिरहेको बताएका छन्। हेलम्बुमा बिहीबार मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्दै यस्तो बताएका हुन्।
नेपाल समय
राजनीति

'बालेनहरू'ले राज्य गरे दलको अस्तित्व समाप्त हुँदै जान्छ : झलनाथ खनाल

दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ। 'संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्। बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त हुँदै जानेछ,' नेता खनालले संसदमा भने।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना