सोमबार, असोज १७, २०७९

आफ्नै दल देखेर किन विरक्त छन् गुरु घिमिरे?

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, वैशाख १३, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, वैशाख १३, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मंगलबार बिहान ट्विट गर्दै अनपेक्षित घोषणा गरे। नेपाली कांग्रेसको सक्रिय राजनीतिमा साढे तीन दशक योगदान गरेका घिमिरेले सक्रिय राजनीतिबाटै बिदा लिने मनशाय व्यक्त गरेका हुन्। 'सक्रिय राजनीतिबाट बिदा लिउँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरुलाई विजयको शुभकामना छ!,’ घिमिरेको ट्विटमा उल्लेख छ। विद्यार्थी राजनीतिदेखि पार्टी राजनीतिसम्मको यात्रामा 'ब्रेक' लगाउने उनको सोच कांग्रेसका नेता-कार्यकर्तालाई अनपेक्षित छ। 

घिमिरे मूल्य र निष्ठाको राजनीतिमा विश्वास गर्छन्। सम्भावना बोकेका युवा नेताका रुपमा उनले आफ्नो परिचय बनाएका छन्। महाधिवेशनमा पराजित भएका कारण पनि उनले सक्रिय राजनीतिको विकल्प खोजेका होइनन्। महाधिवेशनमा शेखर कोइराला समूहबाट प्रतिस्पर्धा गरेका उनी महाधिवेशन सकिएपछि पनि सोही समूहमा क्रियाशील थिए। समूहका भेला, बैठक र छलफलमा सक्रियतापूर्वक भाग लिन्थे। नीति/रणनीति तर्जुमा गर्न तदारुकता देखाउँथे। 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ को सभापतिका लागि भएको प्रतिस्पर्धामा उनी २ मतका  कारण पराजित हुन पुगेका थिए। यसअघि नै नेपाली कांग्रेसको केन्द्रीय सदस्य र नेपाल विद्यार्थी संघको अध्यक्ष भइसकेका घिमिरेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन सकिएको भोलिपल्ट बिहानै किन विरक्तिपूर्ण ट्विट गरे त? नेपाली कांग्रेसको राजनीतिमा आफ्ना लागि कुनै स्थान नरहेको निष्कर्षमा कसरी पुगे त गुरु? 

राजनीतिक करियरमा पछिल्ला केही समययता उनका दिन सुखद् हुन सकेका थिएनन्। कांग्रेसको १४औं महाधिवेशनमा लागेको चोट र त्यसयता पार्टीका गतिविधिका कारण पनि घिमिरे सन्तुष्ट थिएनन्। उनले आफ्ना असन्तुष्टि सार्वजनिक रूपमा राख्दै आएका थिए पनि। 

मंगलबार बिहानसम्म आइपुग्दा घिमिरेभित्रको असन्तुष्टिको ज्वारभाटा ट्विटरमा विस्फोट हुन पुगेको छ। यसको कारण हो- स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणमा उनले महसुस गरेको अन्यायपूर्ण व्यवहार। 


'पार्टीभित्रको निर्णय प्रक्रियामा गुट हाबी हुन्थे नै। त्यो सामान्य विषय थियो। तर, यसपटकको टिकट वितरणको पद्धति चित्तबुझ्दो भएन। पार्टीका नेता/कार्यकर्ताको आवाज सुनिएन। सहअस्तित्वलाई स्वीकार गरिएन,’ घिमिरेले नेपाल समयसँग भने, ‘म संस्थापन समूहमा त थिइनँ नै। त्यो समूहको ढोका मेरा लागि बन्द नै थियो। तर, संस्थापन इतर समूहले पनि मेरा कुरा सुनेन। ढोका बन्द गरिदियो। हामी जत्तिका कार्यकर्ताको कुरा सुनुवाइ नहुने हो भने म राजनीतिमा सक्रिय भइरहनुको अर्थ के रह्यो र?’ 

खासगरी पार्टीमा दुःख गरेका र इमान्दार नेता/कार्यकर्ता अवसरबाट वञ्चित भएको टुलुटुलु हेरेर बस्न नसकेको उनी बताउँछन्। ‘पहुँच र पैसाको आधारमा वर्षौंदेखि पार्टीलाई योगदान पुर्‍याइरहेका कार्यकर्तालाई पाखा लगाइयो। गुट र नेतृत्वको वैयक्तिक स्वार्थका आधारमा टिकट वितरण भयो,’ उनले भने, ‘पैसा, दादागिरी र गुण्डागर्दीका आधारमा टिकट वितरण गर्ने र इमान्दारलाई पाखा लगाउने हो भने मूल्यको राजनीति गर्नेको पार्टीमा अस्तित्व के रह्यो र?’

घिमिरे प्रदेश १ को संसदीय समितिका सदस्य थिए। टिकट वितरण प्रक्रियामा उनी सहभागी भए। झापासम्मको टिकट वितरण आपसी सहमतिकै आधारमा भएपनि खोटाङको टिकट वितरणमा कसैका कुरा नसुनिएको उनको दाबी छ। 

‘झापासम्म आइपुग्दा सौहार्दपूर्ण वातावरणमा टिकट वितरण भएको हो। तर, खोटाङमा प्रवेश गरेपछि दुई वटा नगरपालिकाको टिकट अन्यायपूर्ण तरिकाले वितरण गर्न खोजियो। मैले आवाज उठाएँ। तर, सुनुवाई हुने स्थिति रहेन,' घिमिरे भन्छन्, 'त्यसपछि म टिकट वितरणको प्रक्रियाबाट अलग्गिएँ। म बाहिरिएपछि उहाँहरुले टिकट वितरणको निर्णय गर्नुभयो। कतिपय ठाउँमा ठिकै मान्छेले पाएका पनि छन्। तर, कतिपय ठाउँमा ठूलो योगदान गर्नुभएका साथीहरुलाई अन्याय भएको छ।’ 

घिमिरे प्रदेश १ को संसदीय समितिका सदस्य थिए। टिकट वितरण प्रक्रियामा उनी सहभागी भए। झापासम्मको टिकट वितरण आपसी सहमतिकै आधारमा भएपनि खोटाङको टिकट वितरणमा कसैका कुरा नसुनिएको उनको दाबी छ। 

स्थानीय तहको निर्वाचनमा पार्टीको टिकट वितरण प्रणालीमा सुधारको अपेक्षा गरेपनि त्यसो हुन नसकेको उनको निष्कर्ष छ। ‘स्थानीय चुनावमा सुधारको अपेक्षा गरिएको थियो। टिकट वितरण चाहिँ पार्टीमा सुधारको परीक्षण थियो। तर, त्यसो हुन सकेन। परम्परागत गुट र नेता हावी हुने प्रणालीमा एकरत्ति फरक देखिएन,’ घिमिरे गुनासो गर्छन्, ‘जनताको दबाब भएको र विकल्प नभएको ठाउँमा राम्रा मान्छेले टिकट पाउनुभएको छ। तर, अधिकांश ठाउँमा नेतृत्व, गुटको स्वार्थ र पैसाका आधारमा टिकट बाँडिएको छ। यस्तो प्रणाली किमार्थ स्वीकार गर्न सकिन्नँ। पार्टीले सुझाव र सल्लाह नै मान्दैन भने म सक्रिय हुनुको अर्थ रहँदैन।’

गुरुको घोषणाले कांग्रेस कार्यकर्तामा मात्र होइन, केन्द्रीय समिति र पदाधिकारीहरूमा समेत तरंग पैदा गरेको छ। नेताहरूले उनलाई घोषणा फिर्ता लिन बारम्बार आग्रह गरिरहेका छन्। उनी सक्रिय हुँदै आएको समूहका नेता डा शेखर कोइरालाले घिमिरेलाई फोन गरेर निराश नहुन आग्रह गरिसकेका  छन्। राजनीतिबाटै अलग हुने निर्णय गर्ने बेला नभएको भन्दै सल्लाह गरेर मात्रै निर्णय लिन घिमिरेलाई सुझावसमेत दिएका थिए कोइरालाले। कोइरालाले घिमिरेसँग भेट गर्न चाहेको समेत कोइरालाको सचिवालयले जनाएको छ। 

यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि घिमिरेलाई टेलिफोन गरेर सम्झाएका छन्। उनले सक्रिय राजनीतिको विकल्प खोज्ने  बेला नभएको भन्दै निराश नहुन र निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्। 

यस्तै पार्टीका महामन्त्री गगन थापाले पनि घिमिरेसँग भेट गर्न चाहेका छन्। थापाले घिमिरेलाई भेटेरै निर्णयमा पुनर्विचार गर्न आग्रह गर्ने सोच बनाएका छन्।

'ममाथि रेड कर्नर नोटिस जारी गरियो'

१४औं महाधिवेशनमा घिमिरेले महामन्त्री पदमा आकांक्षा राखेका थिए। तर, महाधिवेशनको प्रक्रिया आरम्भ भएसँगै उनी प्रदेशमा सभापति बन्ने निधोमा पुगे। प्रदेश सभापतिमा झापाका उद्धव थापासँग उनी २ मतले पराजित भएका थिए। नेताहरु डा. शेखर कोइराला, सुजाता कोइराला र डा. महेश आचार्यले मतदान नगर्दा उनी पराजित हुनुपरेको थियो

आफ्नै नेताहरुले मत नहाल्दा पराजित हुनु परेपछि घिमिरे विक्षिप्त बनेको टिप्पणी भएको थियो। तर, घिमिरले भने सार्वजनिक रूपमा कुनै नेताप्रति गुनासो गरेनन्। बरु  शेखरसँगै कैयौँ पटक स्टेज सेयर पनि गरे। मंगलबारको उनको घोषणाको साइनो प्रदेश अधिवेशनको चोटसँग जोडिएको विश्लेषण समेत भइरहेको छ। तर, घिमिरे भने आफूले पदसँग जोडेर कहिल्यै राजनीति नगरेको दाबी गर्छन्। 

गुराँस पुस्तकालयको कार्यक्रममा सम्बोधन गर्दै गुरु।

‘म त कहिले पनि पद नपाउने कुरामा विक्षिप्त हुने वा विरक्तिने मान्छे होइन। मैले पदसँग राजनीतिलाई जोडेको छैन। अवसरको न्यायोचित वितरण हुनुपर्छ भनेको मैले नै पाउनुपर्छ भनेको होइन,’ उनले भने, ‘जे देखेको छु, त्यही बोल्छु। अन्यायमा परेका साथीहरु रोएका छन्। निरन्तर काम गरेकाहरु अवसरबाट वञ्चित भएका छन्। अवसर छोप्न आएकालाई टिकट दिइएको छ। अन्याय भयो भनेर बोलेको हुँ। बीपी कोइरालाले नै भन्नुभएको छ- अन्याय हेरेर टुलुलु हेरे बस्ने कार्यकर्ता होइन, दास हो।’ 

उनले आफ्नै समूहले ढोका बन्द गरेर आफूमाथि रेड कर्नर नोटिस जारी गरेको बताए। ‘संस्थापन इतर समूहले मेरो सुझाव लिएन। रेड कर्नर नोटिस जारी गरेको महसुस गरेँ। अति भएपछि पनि म पार्टीमा सक्रिय रहनु भनेको अवसर पाउँछु कि भनेर कुरेजस्तो मात्रै हुने भयो। त्यसकारण मैले यस्तो मनोस्थिति बनाएको हुँ। म राजनीतिमा फिट छैन भन्ने महसुस भएको छ। अब बिना अकुंश र सीमा भन्दा बाहिर रहेर आफूलाई लागेका कुरा गर्छु।’वैशाख ३० को निर्वाचनपछि सक्रिय राजनीति छाड्नेबारे निर्णय गर्ने घिमिरेको योजना छ। 

'वैशाख ३० पछि निर्णय फेरिन्छ वा यथावत रहन्छ त?'

‘अहिले कतिपय राम्रा साथीहरुले टिकट पाउनुभएको छ। अहिले नै म निस्क्रिय रहँदा ती साथीहरु माथि अन्याय हुन्छ। ती साथीहरुलाई जिताउन अहिले म बल गर्छु। त्यसपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्छु,’ उनले भने। 

पार्टी राजनीतिबाट निस्क्रिय रहेपछि उनको यात्रा कता मोडिन्छ? कांग्रेस छाडेर अन्य विकल्पबारे सोचेका छन् वा कुनै योजना छ? यसको प्रष्ट जवाफ भने घिमिरेले दिएनन्। तर, कांग्रेसको विकल्प अन्य कुनै दल हुन नसक्ने बताए। 

‘म निस्क्रिय बस्ने हो। के गर्ने भनेर सोच बनाएको छैन। डेमोक्रेटिक प्रिन्सिपल भएका अन्य संस्था छैनन्। कांग्रेसको विकल्प कांग्रेस मात्रै हो,’ उनले भने, ‘निस्क्रिय बस्ने अनि सुझाव र सल्लाह दिने मात्रै हो।’ 

सक्रिय राजनीतिका साढे तीन दशक

घिमिरेले आफ्नो राजनीतिक करियरलाई करिब साढे तीन दशकमा बिट मार्ने मनशाय ट्विटरमा लेखिएको छ। पञ्चायत कालदेखि नै उनी सक्रिय राजनीतिमा जोडिएका हुन्। कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघबाट महेन्द्र मोरङ क्याम्पसमा स्ववियू सभापति बनेपछि उनको राजनीतिक करियर सुरु भएको हो। ०४९ सालमा स्ववियू सभापति हुनुअघि उनी ०४६ सालको जनआन्दोलनमा सहभागी थिए। स्ववियू सभापति हुनुअघि उनी नेविसंघको इकाइ सभापति र स्ववियू सचिव थिए। महेन्द्र मोरङ क्याम्पसको स्ववियू सभापतिको कार्यकाल सकिएपछि उनी नेविसंघको केन्द्रीय सदस्य बनेका थिए। 

२०५७ सालमा विश्वप्रकाश शर्मा (हाल कांग्रेस महामन्त्री) नेविसंघको केन्द्रीय अध्यक्ष बने। शर्माले घिमिरेलाई नेविसंघको सह–महामन्त्री मनोनित गरेका थिए। त्यो बेला नेविसंघका महामन्त्री थिए– यादव पण्डित। नेविसंघको इतिहासमै कार्यकाल सकिने बित्तिकै महाधिवेशन गराएका शर्माले महामन्त्री पण्डितलाई भन्दा बढी विश्वास घिमिरेलाई गरेका थिए। सोही कारण घिमिरे २०५९ सालमा नेविसंघको अध्यक्ष बनेका थिए। 

घिमिरे नेविसंघको अध्यक्ष हुँदा गगन थापा (अहिले कांग्रेस महामन्त्री) महामन्त्री थिए। घिमिरे र थापाले गणतन्त्रको पक्षमा नारा लगाउन नेतृत्वदायी भूमिका खेलेका थिए। सोही कारण २०६० पुस १ गते घिमिरे, थापा र पुरुषोत्तम आचार्यलाई राजद्रोहको मुद्दा लगाइएको थियो। त्यसबेलादेखि घिमिरे निरन्तर गणतन्त्रको पक्षमा वकालत गर्दै आए। 

नेपाल समय
राजद्रोहको आरोप लगाएर तीन वर्षको कैद सजाय सुनाउन माग गरिएका नेविसंघ नेताहरू गुरुराज घिमिरे (बायाँ), पुरुषोत्तम आचार्य (बीच) र गगन थापा (दायाँ) सन् २००३ डिसेम्बर २४। तस्बिर : देवेन्द्र मान सिंह/ गेट्टी इमेजेज

२०६२/६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका घिमिरे र थापाहरुले गरेका थिए। तर, त्यसपछि घिमिरे छायामा परे थापाले आफ्नो 'हाइट' बढाए। पार्टीको १२औं महाधिवेशनपछि तत्कालीन सभापति शुसील कोइरालाले घिमिरेलगायतका नेताहरुलाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरे। त्यसपछि नै घिमिरे पार्टी राजनीतिमा प्रवेश गरे। 

१३औं महाधिवेशनमा उनले केन्द्रीय सदस्य जितेका थिए। १४औं महाधिवेशनमा प्रदेश सभापतिमा प्रतिस्पर्धा गरेका उनी २ मतले पराजित भएका थिए।

'विचार निर्माण गर्नेहरू पाखा लाग्नु दुःखद्’ 
नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यलाई घिमिरेको ट्विटले दुःखी बनाएको छ। सक्रिय राजनीति छाड्ने घिमिरेको तयारीका विषयमा उनले आश्चर्य  प्रकट गर्छन्।  कांग्रेस राजनीतिमा घिमिरेले वैचारिक नेताको छवि बनाएका छन्। वैचारिक बहस  रुचाउने घिमिरेले पार्टी छाड्ने संकेत गर्नु कांग्रेसका लागि घातक सावित हुने आचार्य बताउँछन्। 

‘उहाँ वैचारिक र दार्शनिक नेता हो। टिकट वितरण गर्ने क्रममा होस् वा पार्टी सञ्चालन गर्ने सन्दर्भमा होस् नेतृत्व वा समूहका नेताको कार्यशैलीसँग उहाँको विचार मेल नखाएको देखिन्छ,’ आचार्य भन्छन्, ‘पार्टीको विचार निर्माणमा हस्तक्षेपकारी भूमिका निभाउने सम्भावना बोकेका नेता पाखा लाग्ने अवस्था निम्तनु, शक्ति र सत्ताको पछि लागेर बलशाली व्यक्ति हावी हुनु दुःखद् हो। यसबारे सोच्नुपर्ने बेला भएको छ। सँगै गुरु दाइले आफ्नो निर्णयमा पुर्नविचार गर्नुहुनेछ भन्ने लाग्छ।’ 

राजनीतिक विश्लेषक डा. विष्णु दाहाल अहिलेकै प्रवृत्ति पार्टीहरुमा जारी रहने हो भने अबको केही वर्षमा पार्टीका राम्रा व्यक्तिहरू बाहिरिने र ठेकेदार/व्यापारीको कब्जामा पार्टी जाने बताउँछन्। टिकट किन्ने, भोट किन्ने र ५ वर्षमा त्यो पैसा राज्यको ढुकुटीबाट उठाउने प्रवृत्तिले पार्टीहरुबाट वैचारिक नेताहरुलाई पाखा लगाउँदै जाने उनको टिप्पणी छ। 

‘टिकट किनेर राजनीतिलाई व्यवसाय बनाउने प्रवृत्ति पार्टीहरुमा झाँगिएको छ। यसपटक गुरुजीले जे भन्नुभयो अर्को स्थानीय तहमा गगनले पनि त्यही भन्न सक्छन्,’ उनी भन्छन्, ‘अहिलेको प्रवृत्ति जारी रहे व्यापारी र ठेकेदारको कब्जामा पार्टीहरु पुग्नेछन्। त्यसले वैचारिक नेताहरुलाई विस्थापित गर्दै लैजाने छ।’


प्रकाशित: April 26, 2022 | 15:19:30 काठमाडौं, मंगलबार, वैशाख १३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

दलहरुले समानुपाति उम्मेदवारको बन्दसूची सच्याउने समय सकियो

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सहभागी हुने दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आज (आइतबार) अपराह्न ५ बजेसम्मको समय दिएकोमा समय सकिएको हो।
नेपाल समय
राजनीति

प्रतिनिधिसभामा कुन क्षेत्रका उमेदवारले कति खर्च गर्न पाउँछन्? (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उमेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोक्ने निर्णय गरेको छ।
नेपाल समय
राजनीति

प्रतिनिधि सभा सदस्यको टिकट पाउने निश्‍चित भएका कांग्रेस ३६ नेताहरु

कांग्रेस नेताहरुले भने समानुपातिक तर्फ को-को लाई उमेदवार बनाउने भ‍न्‍ने समेत टुंगो लगाउन सकेको छैन। समानुपातिकतर्फको सूचीमा सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूहका बीचमा सहमति पनि जुटेको छैन्। समानुपातिक तर्फको नामलाई आइतबार अन्तिम टुंगो लगाउनुपर्ने छ।
नेपाल समय
राजनीति

कांग्रेसमा समानुपातिक सिट बाँडफाँट: शेखर कोइरालालाई २५ प्रतिशत, देउवालाई ठूलो भाग

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा शेखर समूहलाई दिइएपछि पार्टी सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन्।
नेपाल समय
राजनीति

देउवाले भने- राजनीतिमा सधैं एकैनास हुँदैन र गठबन्धनमा पनि दायाँबायाँ हुँदैन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा सधैं एकनास नहुने बताएका छन्। उनले गठबन्धनलाई आगामी चुनावसम्म लगेर जाने र यसमा कुनै दायाँबायाँ नहुने पनि बताएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना