शुक्रबार, जेठ १३, २०७९
नेपाल समय

काठमाडौं मेयरमा चर्चा भइरहेकी सिर्जना सिंहका राजनीतिक किस्सा

कौशल काफ्ले  |  काठमाडौं, शुक्रबार, वैशाख ९, २०७९
कौशल काफ्ले

कौशल काफ्ले

काठमाडौं, शुक्रबार, वैशाख ९, २०७९

काठमाडौंस्थित गणेशमान सिंह फाउन्डेसनको कार्यालयमा गफिन पुगेका हामीलाई स्मृतिमग्न हुँदै सिर्जना सिंहले सबैभन्दा पहिला एउटा ‘कार्ड’को कथा सुनाइन्। सदस्यता कार्डको।

‘मेरो रुमालभित्र राखिएको कार्डले एउटा राजनीतिक प्रतिबद्धताको खुशी मात्र दिन्थेन। त्यही कार्डका कारण प्रहरी प्रशासनको भय पनि त्यत्तिकै थियो,' काठमाडौंबाट कांग्रेसले मेयरका लागि सिफारिसको सूचीमा परेकी सिंहले २०३३ सालमा पहिलो पटक कांग्रेस सदस्यताको कार्ड पाएकी रहेछिन्। जतिबेला उनी ९ कक्षामा पढ्दै थिइन्।

सिंहका अनुसार त्यसबेला श्याम कुमार श्रेष्ठ गोरखा (माइती जिल्ला) कै सक्रिय कांग्रेस नेता थिए। कांग्रेसको सदस्यता बाँड्ने क्रममा उनै कुमारले सिंहलाई पनि कार्ड सुम्पिए। खासमा राजावादीहरुले राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको सदस्यताको बिस्कुन लगाएकाले त्यसको ‘काउन्टर’मा कांग्रेसले पनि सदस्यता वितरणलाई तीव्र बनाएको थियो।

 नेपाली कांग्रेसको सदस्यता लिँदै गर्दा सिंहलगायतका विद्यार्थीमा एकखाले ‘डर’ पसिसकेको थियो। कारण, ‘सदस्यता लिएपछि घरमा अवरोध आउन सक्छ। घरको मान्छेलाई पनि प्रहरीले पक्रन सक्छ। त्यसैले यो सदस्यता कार्ड गोप्य रुपमा राख्नू,’ भन्दै विद्यार्थीलाई प्रशिक्षित गरिएको थियो। 

त्यसपछि सिंहले उक्त कार्ड लुकाएरै राखिन्। तीनचार ओटा रुमालको पोकोभित्र उनले त्यो कार्ड लुकाएकी थिइन्। एसएलसी दिएपछि ०३४ सालमा उनी काठमाडौं आइन्। काठमाडौं आउँदा उनमा राजनीतीको रस मज्जैले पसिसकेको थियो। त्यसैले कक्षा ९ मा पाएको त्यो कार्ड पनि काठमाडौं ल्याइन्।


नेपाल समय
सिर्जना (बायाँ)

गाउँमा रहँदा कांग्रेस सदस्य भएको कुरासमेत गुपचुप राखेकी उनले काठमाडौं आएपछि खुलेर राजनीति गर्न थालिन्। महाबौद्ध क्याम्पसमा भर्ना भएर नेविसंघमा सक्रिय रुपमा लागिपरिन्। 

त्यहीताका जुल्फीकर अली भुट्टोलाई पाकिस्तानमा फाँसी दिएको खबर विश्वव्यापी बन्यो। नेपालका सबै विद्यार्थी नेपालस्थित पाकिस्तान राजदूतावासमा विरोध गर्न गए। सिर्जनाको राजनीतिक गतिविधि विस्तारै फैलिँदै गए। 

०३३ सालमा बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु मेलमिलापको नीति लिएर आएपछि काठमाडौंमा राजनीतिक चहलपहल बढेको थियो। ०३५ सालमा नेविसंघको यात्रामा होमिँदा सिंहलाई यस्ता कुराले छुन थालिसकेको थियो।

विभिन्न चरणको वार्तापछि ०३६ सालमा देश जनमत संग्रहमा जाने निर्णय भयो। बहुदल र निर्दलबीचको यो प्रतिस्पर्धामा सबैले आ–आफ्नो रणनीति बनाउन थालिसकेका थिए। बीपी कोइरालाले पनि सबै पार्टी कार्यकर्तालाई ‘जिल्लामा गएर बहुदललाई जिताउन लाग्नू’ भनेर आदेश दिए। जनमत संग्रहको लागि क्याम्पस बन्द गरियो। र, सिर्जना बहुदललाई जिताउन गोर्खा फर्किइन्।

सिंहकाअनुसार त्यसबेला पार्टी प्रतिबन्धित थिए। न कांग्रेस भनेर चिनाउन पाउँथे, न कुनै खुला राजनीतिक गतिविधि। पञ्चायतका मात्र गतिविधिमा रोकतोक थिएन। प्रचारप्रसारको लागि कुनै न कुनै किसिमको संगठन बनाउनुपर्ने दबाबमा कांग्रेस थियो। त्यसैले सबै जिल्लामा ‘बहुदल प्रचार समिति गठन गर्नू’ भनेर केन्द्रबाटै सर्कुलर भयो। 

केन्द्रमा मंगलादेवी सिंहको नेतृत्वमा नेपाल महिला बहुदल प्रचारप्रसार समिति गठन गरिएको थियो। जिल्ला–जिल्लामा पनि ‘महिला बहुदल प्रचारप्रसार समिति’ गठन भए। १७ वर्षीया सिर्जनाले गोर्खा नेतृत्व गर्ने मौका पाइन्। 

नेपाल समय

जनमत संग्रहको बेला उनले परिवारको बलियो साथ पनि पाइन्। कपडा व्यापार गर्ने उनका बुबाले काठमाडौंबाट सबै नीलो कपडा मात्र मगाउन थाले। जुन कपडालाई चारपाटे आकारमा काटेर घरघरमा झुन्ड्याउन उनीहरू पुग्थे। त्यसबेला नीलो झन्डा बहुदल पक्षको र पहेँलो झन्डा निर्दल पक्षको भन्ने थियो। 

बुहुदललाई जिताउने अभियानमा लाग्दा उनीहरू सीडीओकै घेराउमा धेरैपटक परे। पञ्चायत समर्थकले बारीका काँल्लाकाँल्लामा ढुंगा हान्दै खेदाएको अझै उनको स्मरणमा ताजै छ। 

२०३६ सालमा जनमत संग्रह सम्पन्न भयो। सिर्जनालगायतका कैयौँले गरेको प्रयास थोरै कम भयो। बहुदलले पराजय व्यहोर्‍यो। जनमत संग्रहमा निर्दलले जितेपछि उनी पुनः काठमाडौं आइन् र महाबौद्ध क्याम्पसमा नेविसंघ इकाई सभापति भइन्। 

त्यसबेला बीपी कोइराला बिरामी भएकोले नेविसंघ केन्द्रले सबै क्याम्पस इकाइलाई चन्दा उठाउन आह्वान गरेको थियो। विमलेन्द्र निधि केन्द्रीय सभापति रहँदा बीपी कोइरालाको उपचार गराउन चन्दा उठाउन भनिएको थियो। प्रहरीबाट छलिँदै चन्दा संकलन गर्न र त्यही मेरोमा राजनीतिक कुरा बुझ्न सिर्जना धेरैतिर पुग्थिन्।

नेपाल समय
साथीहरूका साथमा सिर्जना।

महाबौद्धपछि ०३८ सालमा शंकरदेव क्याम्पसमा पढ्न गइन्। त्यहाँ पनि नेविसंघबाट सक्रिय राजनीति गरिन्। ०३९ सालको स्ववियू चुनावमा कोषाध्यक्ष लडिन्। उनकी प्रतिस्पर्धी थिइन्, अखिलबाट वर्तमान माओवादी नेता पम्फा भूसाल। भूसाल र उनी एकै ब्याचका विद्यार्थी थिए।

शंकरदेवमा नेविसंघको धुव्र वाग्लेको प्यानलले जित्दा सत्याग्रहदेखि विभिन्न आन्दोलनका कायक्रम सुरु भएका थिए। यसमा पनि उनी सक्रिय भएर हिँड्न थालिसकेकी थिइन्।

सत्याग्रहपछि चाक्सीबारी
०४२ सालमा सत्याग्रहको समय चलिरहेको थियो। त्यही बेला गणेशमान सिंहका छोरा प्रकाशमान सिंहको विवाहको कुरा पनि चल्न थाल्यो। छोराको विवाह गर्नुपर्छ भनेर आमा मंगलादेवी सिंहले कुरा चलाइन्। नवीन्द्रराज जोशी त्रिचन्द्र क्याम्पसमा युनियनको सचिव थिए। जोशीसँग सिर्जनाको राम्रो सम्बन्ध थियो।

तिनै जोशीलगायतका नेताले सिर्जना सिंहको कुरा चाक्सीबारी पुर्‍याए। यता उनले प्रकाशमान सिंहलाई राम्रोसँग देखेकी पनि थिइनन्। ‘गोरखाको राम्रै परिवारको छोरी, राजनीतिमा पनि सक्रिय। बुहारी बनाउँदा राम्रै हुन्छ,’ जोशीले त्यसबेला चाक्सीबारी परिवारलाई बताएको कुरा उद्धृत गर्दै उनले नेपाल भनिन्। जोशीले पनि चाक्सीबारीमा भएको कुरा सिर्जनालाई सुनाएका थिए। 

सिर्जनाको बी.कम. सकिएको थियो। सोहीताका ०४२ सालमा सत्याग्रह पनि सुरु भयो। उनको पनि गोर्खामा विवाहको कुरा चल्न थाल्यो। आमाले चाहिँ राजनीति गर्ने परिवारमा छोरी नदिने मनाशाय राखेकी थिइन्। तर, बुबाले भने गणेशमानकै छोराको लागि कुरा आएको भनेपछि छोरी दिने निर्णयमा पुग्यो सिर्जनाको माइती परिवार।

‘सत्याग्रह सकिने बित्तिकै विवाहको गर्ने भएकोले सत्याग्रहमा भाग नलिनू भनेर बुबाले भन्नुभयो। जेलमा पर्नसक्ने डरले भाग नलिन भन्नुभएको थियो। त्यसपछि गोर्खा गएँ,’ विवाहका कुरा सुनाइन् सिर्जनाले। 

सत्याग्रह सकिएपछि प्रकाशमान सिंह पनि जेलबाट छुटे। छुटिएपछि गणेशमान सिंह उनलाई माग्न गोर्खा गए। र, ०४२ साल फागुनमा विवाह भएर सिंह परिवार(चाक्सीबारी)मा भित्रिइन्।

चाक्सीबारीमा भान्सादेखि नजरबन्दसम्म
विवाह गरेर आएपछि पनि सिंहलाई आफ्नो गतिविधि गर्न रोकछेक भएन। ईच्छा भएको अवस्थामा सक्रिय राजनीति गर्न सक्ने छुट उनलाई दिइयो। ‘आमा (मंगलादेवी सिंह)ले त माग्न आउँदा मैले पेन्ट लगाएको देख्नुभएको थियो। यहाँ आएपछि अहिले पनि त्यही लगाउँदा हुन्थ्यो नि, सारीमा अप्ठेरो होला,’ भन्नुभयो। जबकि त्यसबेला विवाह गरेपछि बुहारीले सारी लगाउनुपर्छ भन्ने मान्यता थियो,’ उनले भनिन्।

विवाहताका उनको श्रीमान प्रकाशमान सिंह काठमाडौं जिल्लाको सचिव थिए। त्यसको दुईवर्ष पछि जिल्ला सभापति भए। विवाहअघि नेविसंघमा  सक्रिय रहेकोले राजनितीमा लाग्न परिवारबाटै सुझावसमेत आयो। तर, सासु-ससुरादेखि श्रीमान् सबै राजनीतिमा लागेकोले आफूले ईच्छा नगरेको उनले बताइन्। सबै राजनीतिमा लाग्दा घरपरिवारलाई पनि समय चाहिन्छ भनेर पृष्ठभूमिमा रहेर सहयोग गरेको उनी बताउँछिन्।


देशको राजनीतिको केन्द्रमा थिए, गणेशमान। त्यसैले जिल्लाजिल्लाबाट नेता आउँदा उनकै निवासमा आउँथे। दिनभर जसो घरमा खाना पाकिरहन्थ्यो। आमाले पनि सुगरको भएर ‘इन्सुलिन’ लिन थालिसकेकोले घर हेर्नुपर्छ भन्ने उनलाई लाग्यो र सक्रिय राजनीति नगर्ने निधो गरिन्।

विवाहअघिसम्म राजनीतिमा सक्रिय उनी स्वेच्छाले भान्सा र घरको रेखदेखमा रहन थालिन्। यद्यपि, त्यसबेला राजनीतिको न्यास्रो नलगागेको भने  होइन। भन्छिन्, ‘मलाई कहिल्यै गृहिणी भएको महसुस नै भएन। सबै नेताहरु त्यहीँ आइरहने र भेटिइरहने भएर पार्टीकै काम गरेको अनुभूति हुन्थ्यो।’ 

कृष्णप्रसाद भट्टराईदेखि साहना प्रधान, मनमोहन अधिकारी, तुल्सीलाल अमात्यसम्मका नेताले उनले बनाएको खाना खाएका छन्। चाक्सीबारी अर्थात् त्यो बेलाको विद्रोही राजनीतिको केन्द्रमा भएका हरेक राजनीतिक चहलपहलको साक्षी बन्ने अवसर सिर्जनालाई मिल्यो। 

000

०४६ सालको आन्दोलन हुनुअघि वामपन्थी नेताहरु एक–एक गर्दै गणेशमान सिंहलाई भेट्न आउँथे। पछि गणेशमान सिंहले वामपन्थी घटक एउटै भएर आउन अनुरोध गरे। र, वामपन्थी समूहको संयोजनको रुपमा साहना प्रधान र मनमोहन अधिकारी भेटघाटको लागि चाक्सीबारी आउन थाले। त्यसपछि माघ ५, ६ र ७ गते चाक्सीबारीमा सम्मेलन गर्ने भनेर निर्णय भयो। भारतबाट पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐक्यबद्धता भारतीय कांग्रेसका नेता चन्द्रशेखर चाक्सीबारीमा आएका थिए। चन्द्रशेखर पछि भारतको प्रधानमन्त्री बने। 

यसअघि सम्मेलन गर्नको लागि अन्यत्र स्थान नखोजिएको पनि होइन। तर, बाहिर कार्यक्रम गर्न पञ्चायती सरकारले बाहिर नदिएपछि चाक्सीबारीमै सम्मेलन गर्ने निर्णय भएको थियो। त्यसबेला माघमा सम्मेलन भएपनि पुसबाटै चाक्सीबारीमा भिड सुरु भइसकेको सिंह सम्झन्छिन्। 

२०४६ ताका बालकृष्ण खाण नेविसंघको सभापति थिए। चाक्सीबारी सम्मेलनमा मञ्च बनाउने जिम्मा उनैले पाएका थिए। खाणलगायतका नेताहरुले त्यही मञ्चमा रात बिताएको उनको सम्झनामा छ। ०४६ सालअघि कांग्रेसको केन्द्रीय समितिको बैठक पनि चाक्सीबारीमै हुन्थ्यो। ‘यसरी जिल्ला बाहिरबाट आएका नेतालाई खाना खुवाउने काम त्यहीँ हुन्थ्यो, हामीले नै पकाएर खुवाउथ्यौँ,’ उनले भनिन्।

सम्मेलन सकिएपछि माघ ८ गते दमननाथ ढुङ्गानाको नेतृत्वमा नारायणी होटलमा विदेशी पाहुनाको सम्मानमा रात्रीभोजको आयोजना भएको थियो। त्यसबेला सिंहको सबै परिवार उक्त कार्यक्रममा गएका थिए। फर्कंदा नेता मार्सल जुलुम शाक्यलाई घरबाटै पक्रेर लग्यो भनेर खबर उनीहरुले सुने। रातको ९ बजे घर पुग्दा त्यस्तो फोन आएको थियो। पछि प्रकाशमान सिंह र उनका दाई भूमिगत भए। तत्काल काठमाडौंका नेतामा सर्कुलर भएकोले सबै भूमिगत भए। 


चाक्सीबारी सम्मेलनले फागुन ७ गतेबाट आन्दोलन छेड्ने निर्णय गरेसँगै नेता पक्राउ पर्न थालिसकेका थिए। त्यसको तीन दिनपछि जिल्ला प्रशासन कार्यालयबाट सीडीओ र हनुमान ढोकाबाट डीएसपी चाक्सीबारीमा आइपुगे। र, गणेशमान सिंहलाई ‘हाउस अरेस्ट’मा परेको सूचना दिए। गणेशमानलाई भेट्न घरमा आएका जिल्लाका कार्यकर्ता सबैलाई प्रहरीले निकाल्यो। 

'हाउस अरेस्ट' भएको सूचना पाउनासाथ एकैछिनमा प्रहरी आएर घर वरपर टेन्ट बनाएर बसेको सिर्जना स्मरण गर्छिन्। यसरी गणेशमानसहित घरका सबै सदस्यलाई चाक्सीबारीमा नजरबन्दमा राखियो।

त्यस्तो अवस्थामा केही भूमिका खेल्न सक्थिन् भने, उनै सिर्जनाले सक्थिन्। तत्काल दिदीबहिनी र बाहिरका साथीभाइलाई फोन गर्न भनेर उनी फोन भएतिर गइन्। तर, प्रहरीले 'ल्यान्डलाइन'को तार नै काटिसकेको रहेछ। ‘यिनीहरुले अब कहीँ पनि जान दिँदैन भनेर चाल पाएपछि मैले फोन गर्न गएको थिएँ। प्रहरी त पूरै तयारी साथ आएको रहेछ,’ उनले भनिन्, ‘घरभित्र छिर्नुअघि नै ल्यान्डलाइनको तार काटिसकेछ। त्यसपछि त अन्धकारजस्तै भयो।’

सिंह परिवार नजरबन्दमा परे पनि बाहिर निकालिएका कार्यकर्ताबाट ‘हाउस अरेस्ट’मा गणेशमान परेको कुरा हल्ला भयो। रेडियो नेपालबाहेकबाट खबर सुन्न नपाइने स्थिति थियो। रेडियो नेपालले पनि सबै खबर दिँदैनथ्यो। त्यसैले राजनीतिलाई सहजै बुझ्ने भएकोले सिर्जनाले घरबाहिरको अवस्था बुझ्ने भूमिका निभाउन थालिन्।

१८ महिने छोरोलाई दूध किन्न जानुपर्ने भन्दै उनी जबर्जस्ती घरबाहिर निस्कन खोज्थिन्। प्रहरीले पैसाको हिसाब बुझाउने शर्तमा सामान ल्याइदिने भन्थ्यो। तर उनी मान्दिनथिन्। दूध किन्ने बाहनामा उनी अर्कै कामका लागि निस्कने भएकाले मान्ने कुरा पनि भएन। बाहिर भइरहेको कुरा गणेशमान सिंह र मंगलादेवी सिंहलाई बताउनुपर्छ भनेर नै उनले यसो गरिरहेकी थिइन्। बल्लतल्ल नजरबन्दको दुई हप्तामा उनी प्रहरीलाई ‘कन्भिन्स’ गरेर निस्कन सफल भइन्।

सिंहका अनुसार रेडियो नेपालले ‘कुन नेता समातिए, के भए?’ भन्ने खाले समाचार नै दिँदैनथ्यो। बाहिर निस्कँदा पनि महिला प्रहरी छेउछाउमा हुन्थे। त्यसबेला उनले पिसाब लागेको बाहना पारेर अरुको घरमा छिर्थिन् र ल्यान्डलाइनबाट फोन गरेर बाहिरको स्थिति बुझ्थिन्।

‘पीएल दाई, बीबीसीका केदारमान सिंहलगायत केही निकट मान्छेलाई फोन गरेर बुझ्थेँ। चितवनमा जुलुसमा यति मरे, घाइते भएजस्ता खबर सुनिन्थ्यो। अनि त्यो कुरा म गणेशमान बालाई गएर सुनाउँथे,’ विगतको सम्झनाका कारण भावुक सुनिइन् सृर्जना।

हाउस अरेस्टमा रहँदा गणेशमान सिंह रेडियो सुनिरहन्थे। एकपटक रेडियोमा आन्दोलन सेलाएको खबर बज्यो। त्यसपछि गणेशमान सिंह चिन्तित हुन थाले। यो कुरा उनले पीएल सिंहलगायतलाई सुनाइन्। त्यसपछि यस विषयमा उनीहरुले समीक्षा गरे। र, आन्दोलनको प्रचारप्रसार नपुगेको निष्कर्ष निकाले।

प्रचारको लागि विदेशी पत्रकारमार्फत् गणेशमान सिंह हाउस अरेस्टमा परेको फोटो सार्वजनिक गराउने सल्लाह भयो। त्यसबेला प्रहरी दायाँबायाँ भएको मौकामा उनले पत्रकारलाई संकेत गर्थिन् र पर्खाल चढीचढी उनीहरू फोटो खिच्थे। सिंहको यो भूमिकाले आन्दोलनलाई थप चर्काउन सघाउ पुर्‍यायो।

यता, आन्दोलन कमजोर भएको खबर सुनेपछि सिंहको प्रेसर बढ्न थालिसकेका थियो। पछि उनलाई वीर अस्पतालमा भर्ना गरियो। अर्कोतर्फ, ०४६ को आन्दोलन चर्किएको अवस्था थियो। र, चैतको २४ गते राती दलहरुलाई तत्कालीन पञ्चायत सरकारले फुकुवा गर्‍यो। 

‘दल फुकुवा भएपछि २७ गते ठूलो आमसभा भयो। त्यतिबेला गणेशमान बा अस्पतालको बेडबाट सिधै कार्यक्रममा जानुभयो। कांग्रेस, महिला संघ, नेविसंघ सबैको झण्डा फहरियो,’ उनले सम्झिइन्, ‘९ कक्षाबाट राजनीतिमा लागेकी पहिलोपटक यसरी खुलेको देखेको त्यही बेला थियो। त्यो दिन सम्झँदा अहिले पनि आनन्द लाग्छ।’

त्यसपछि महिला संघ पुनर्गठन भयो। त्यसको सभापति बन्न प्रस्ताव आउँदा पनि नमानेको उनी बताउँछिन्। पछि महिला संघको ‘हेल्थ क्याम्प’ अभियानको संयोजक भइन्। 


महिलालाई आरक्षण दिलाउनुपर्छ भनेर आन्दोलनमा होमिइन्। सोहीताका निशेधाज्ञा तोडेको भन्दै हिरासतमा पनि परिन्। पत्रिकाको पहिलो पृष्ठमा ‘मन्त्रीपत्नी गिरफ्तार’ भनेर समाचार नै बन्यो। उनकाअनुसार त्यसबेला प्रकाशमान सिंह जनसंख्यामन्त्री थिए। त्यसको एक वर्षपछि उनी काठमाडौं जिल्ला महिला संघको प्रमुख सल्लाकार बनिन्। अहिले पनि उनी सल्लाकारकै रुपमा काम गरिरहेकी छन्। 

000

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ मा शेरबहादुर देउवा नेतृत्वको सरकार अपदस्थ गरे। नेताहरूलाई झुटा मुद्दा लगाएर छानबिनको लागि शाही आयोग गठन गरियो। त्यसबेला प्रकाशमान सिंहलाई पनि भ्रष्टाचारको मुद्दा लगाएर बयान दिन बोइलायो। तर, साही आयोग नै असंवैधानिक रहेको भन्दै बयान दिन गएनन्। पछि घरमै आएर प्रहरीले घिसार्दै उनलाई त्रिपुरेश्वरको पहराघरमा लग्यो। 

त्यसको आठ महिनापछि कांग्रेसको एघारौँ महाधिवेशन भएको थियो। प्रकाशमान जेलमा रहेकोले सिर्जनालाई पार्टीको महाधिवेशनमा आउन दबाब आयो। र, सर्वसम्मतिले महाधिवेशन प्रतिनिधि बनिन्। १२औँ र १३ औँ मा भने उनी कांग्रेस महाधिवेशनमा आइनन्। तर १४औँ महाधिवेशनमा भने उनी प्रतिनिधि भएर आइन्। यो महाधिवेशनमा उनका पति सभापतिको प्रत्यासी बनेका थिए। तर नतिजा उनको पक्षमा आएन। 

यसरी देशका हरेक राजनीतिक गतिविधिमा प्रत्यक्ष-परोक्ष रुपमा काम गरेकी सिंह यसपटकको स्थानीय चुनावमा काठमाडौं महानगरमा उठ्ने चर्चा छ। काठमाडौं जिल्लाले उनीसहित पाँचजनाको नाम सिफारिस गरिसकेको छ। कुराकानीको अन्त्यअघि हामीले नेतृ सिर्जनालाई काठमाडौं मेयरको चर्चा र सम्भावनाबारे प्रश्न गर्यौं, ‘मेयर बन्ने कत्तिको सम्भावना देख्नुभएको छ?’

जवाफमा उनले यत्ति भनिन्, ‘मैले कहीँकतै मलाई मेयर चाहियो भनेकी छैन। यो मैले भन्ने कुरा पनि होइन। तर दलप्रति प्रतिबद्ध छु। आफ्नो दलले जिम्मेवारी दियो भने त्यसलाई पूरा गर्न हरतरहले लाग्छु।’

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
राजनीति

काठमाडौं महानगरको मतगणना सकियो, घोषणा शुक्रबार

वैशाख ३० गते सम्पन्‍न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ।
नेपाल समय
राजनीति

यी दलित जनप्रतिनिधिले हाँक्दैछन् स्थानीय सरकार

गाउँपालिकाको नेतृत्वमा भने २०७४ को तुलनामा २०७९ मा निकै ठूलो वृद्धि भएको छ। २०७४ को निर्वाचनमा भने जम्मा एक जना गाउँपालिकाका अध्यक्ष भएका थिए। यसपटक ७५३ पालिकामध्ये उपमेयर तथा उपाध्यक्षमा भने २७ जना निर्वाचित भएका छन्। २०७४ मा उपमेयर र उपाध्यक्षमा अहिलेको जतिकै संख्यामा दलित उम्मेदवारहरु विजयी भएका थिए।
नेपाल समय
राजनीति

दाङमा ठूलो पार्टी बन्यो कांग्रेस

कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ। यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको हो।
नेपाल समय
राजनीति

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानीवासीलाई खानेपानीको अभाव हुन नदिने योजना बनिरहेको बताएका छन्। हेलम्बुमा बिहीबार मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्दै यस्तो बताएका हुन्।
नेपाल समय
राजनीति

'बालेनहरू'ले राज्य गरे दलको अस्तित्व समाप्त हुँदै जान्छ : झलनाथ खनाल

दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ। 'संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्। बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त हुँदै जानेछ,' नेता खनालले संसदमा भने।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना