मंगलबार, असोज ११, २०७९

सकियो 'घरघर जाऔँ, कांग्रेस जिताऔँ' अभियान, प्रवक्ता भन्छन्- तालमेल जटिल छ

नेपाल समय  |  काठमाडौं, मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८, काठमाडौं

नेपाल समय
फाइल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसले एक महिनासम्म सञ्चालन गरेको 'घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ' अभियान सफल भएको बताएको छ। फागुन २९ देखि सुरु भएको अभियानमार्फत् कांग्रेस सबै जनताका घरघरमा पुगेको र उनीहरूका चासो, गुनासो र सरोकारका विषयमा धारणा लिने काम भएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। 

यो अवधिमा कांग्रेस सबै पालिका र ६ हजार ७४३ वडामा पुगेको उनको दाबी छ। उनले १० हजार टोल समिति विस्तार गरिएको दाबी गरे।

कांग्रेसले विभिन्न ८ उद्देश्य राखेर अभियान सुरु गरेको थियो। टोल समिति विस्तार गर्ने, पार्टीलाई एकताबद्ध गर्ने, पार्टीका नेतालाई जिम्मेवारी दिने, कांग्रेसका कामबारे बुझाउने, ओलीकालको भण्डाफोर, सरकारमा जानुपर्ने अवस्था, एमसीसीको भ्रम चिर्नेलगायतका काग्रेसका उद्देश्य थिए। यी उद्देश्य पूरा भएको उनको दाबी छ।

उनले सत्तारुढ दलबीचको तालमेल जटिल भएको समेत बताए। 'तालमेलको विषय जटिल छ। तल्लो तहको निर्वाचन हुने भएकाले यसका लागि केही समय लाग्छ,' प्रवक्ता महतले थपे, 'तालमेलको विषय पनि चाँडै जानकारी गराउनेछौँ। परिस्थिति र आवश्यकता अुनसार तालमेल गर्ने कांग्रेसले गरिसकेको छ।'

कांग्रेस सरकारले खोपलाई व्यापक बनाएको उनको दाबी छ। हालसम्म करिब ७६ प्रतिशत नागरिकलाई लाई पूर्ण खोप लगाइएको समेत उनले दाबी गरे। 

यस्तो छ कांग्रेसको विज्ञप्ति

नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं,कांग्रेस जिताऔ”ं अभियान आज सम्पन्न हुँदैछ। गत फागुन २९ गतेदेखि आरम्भ भएको यस एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका ( महा–नगरपालिका–६, उप–महानगरपालिका–११,नगरपालिका–२७६,गाँउपालिका–४६०)र तिनका सबै ६७४३ वडामा अत्यन्त उत्साहका साथ ब्यापक जनसहभागितामा सञ्चालन भएर सफलताका साथ सम्पन्न भएको छ।

यस अभियानमार्फत पार्टीले आठ उद्देश्य पूरा गर्ने लक्ष्य लिएको थियो।

१) बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहौल बनाउने,

२) स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने,

३) “हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी” को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालनतर्फ उन्मुख गराउने,

४) नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने,

५) नेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने,

६) प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने,

७) नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने,

८) राष्ट्रिय सहमति निर्माण गरी हालै सम्मको सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीको सुझवुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई वुँदागत रुपमा चिर्दै वास्तविक रुपमा राख्ने।

यी उद्देश्यहरु पूरा भएका छन्। अभियान सञ्चालनमा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु भएको थियो। उहाँहरुमध्ये कतिपय जिल्लाका कार्यक्रमहरु सम्पन्न गरेर राजधानी फर्कनुभयो, कतिपय प्रतिनिधिहरु फर्कदै हुनुहुन्छ।

अभियानको क्रममा नेपाली कांग्रेसको हरेक तहका संगठन परिचालित भएका छन्। केन्द्रीय कार्य समिति, प्रदेश समिति, जिल्ला कार्य समिति, प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति, प्रदेशसभा क्षेत्रीय कार्य समिति,गाउँ ÷नगर पालिका कार्य समिति, वडा कार्य समितिका पदाधिकारी र सदस्यहरु सक्रिय रुपमा परिचालित

हुनुभयो। यस अभियानमा पार्टीका सबै भातृ तथा शुभेच्छुक संस्थाहरु परिचालन भएका छन्। यस अभियानकै क्रममा टोल टोलमा समिति गठन भएका छन्। वडा र टोलका साथीहरुको नेतृत्वमा देशभरका लाखौ सदस्यहरु परिचालित हुनु यसको सुन्दर पक्ष हो।

उद्देश्यको कसीमा हेर्दा स्थानीय निर्वाचनको माहौल बनाउन यो अभियान अत्यन्त सफल भएको छ। १४ औं महाधिवेशनका बेलाको प्रतिस्पर्धाले सिर्जना गरेको आपसी मतभेदलाई मेटाउदै यस अभियान अन्तरगत नेपाली कांग्रेसका सबै तहका नेता कार्यकर्ताहरु मतदाताहरुको घरघरमा पुग्नुभयो। पार्टीभित्र एकता र ऊर्जा अभिबृद्धि गराउन यो अभियान सार्थक भएको छ।

यस अभियानको क्रममा हरेक पालिकाका वडा वडामा टोल समिति गठन भएका छन्। दशौं हजार टोल समितिको निर्माणले एकातिर पार्टीको संगठन विस्तारमा टेवा दिएको छ भने अर्कोतिर लाखौं सक्रिय कार्यकर्ताहरुलाई नयाँ जिम्मेवारी थपिएको छ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकार र स्थानीय सरकारले गरेका कामको बारेमा स्थानीय नागरिकलाई विस्तारमा जानकारी दिने काम भएको छ। नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी,सडक, विद्युत, सिंचाई, सूचना, सञ्चार तथा प्रविधि, वैदेशिक रोजगार, पर्यटन,उद्योग,ब्यापार,बैंकिङ, शेयर बजार जस्ता आर्थिक सामाजिक क्षेत्रको विकास र जनताको जीवनस्तर सुधारका क्षेत्रमा नीतिगत परिवर्तन र सो अनुरुप कार्यक्रम ल्याएर विकासलाई गति दिने काम कांग्रेसले मात्र गरेको छ भन्ने कुरा जनताका बीचमा स्पष्ट ढंगले गएको छ।

विपक्षी दलहरुले केन्द्रदेखि स्थानीय सरकार सञ्चालन गर्दा भएका आर्थिक एवम् प्रशासनिक अनियमितताका विषयहरु र खास गरि नेकपा एमालेका वर्तमान अध्यक्ष के.पी. शर्मा ओलीले सरकार सञ्चालन गर्दा भएका सेक्युरिटी प्रेस काण्ड, यति काण्ड, ओम्नी काण्ड, कोरोनाको खोप खरिदमा कमिशनका खोप आउन नसकेको कुरा, कोरोना कालमा विदेशबाट अलपत्र श्रमिक उद्धारको चार्टर उडानमा गरिएको भ्रष्टाचारजस्ता अनियमितता जनताका बीचमा उजागर भएका छन्। कतिपय जिल्लामा नेपाली कांग्रेसका सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण भएको छ।

तात्कालीन प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरि दुई दुई पटक गर्नुभएको प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेपछि संविधान बचाउन नेपाली कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन यो अभियान सफल भएको

छ। सबैभन्दा लामो इतिहास भएको र प्रजातन्त्रको स्थापना,पुनस्थापना र विकासमा समर्पित रहदै आएको नेपाली कांग्रेसबाट मात्रै देशको लोकतन्त्र र संविधान सुरक्षित रहन सक्छ। नेपाली कांग्रेस विश्वका सबै मुलुकले पत्याएको पार्टी हो भन्ने सन्देश जनताबीच पु¥याउन यो अभियान सफल छ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि नागरिकको जीवनलाई उच्च प्राथमिकता दिंदै खोपको व्यवस्थापन गरिएको छ। जोखिमयुक्त उमेर समूह पहिचान गर्दै अत्यावश्यक समूहका सबैलाई खोप दिंदै जाँदा एक मात्र खोप लगाउनेको हिस्सा ७५.७ प्रतिशत र पूर्ण मात्रामा खोप लगाउनेको संख्या ६६.१ प्रतिशत पुगेको छ। नागरिकहरु आफ्नो भविष्यप्रति निश्चिन्त भएका छन र मुलुक बन्दाबन्दी र निषेधाज्ञाको अत्यासलाग्दो अवस्थाबाट सामान्य अवस्थामा फर्किएको छ। जनताले सरकारमाथि भरोसा गर्ने स्थिति सिर्जना भएको छ।

एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न यो अभियान सफल भएको छ। हाम्रो आफ्नो माग अनुरुप अमेरिकाले ५०० मिलियन डलर(६० अर्ब रुपैया भन्दाबढी)को उदार आर्थिक अनुदानलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा संसदबाट पारित गरिएकोले नेपालको अन्तर्राष्ट्रिय साःख पनि अभिबृद्धि गरेको छ। सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको मित्रराष्ट्र भारतको भ्रमण र मित्र राष्ट्र चीनका विदेशमन्त्री याङ् यीको हालै सम्पन्न नेपाल भ्रमणले नेपालको परराष्ट्र सम्बन्धलाई थप उचाई दिएका छन्। नेपालको अन्तर्राष्ट्रिय साःख अभिबृद्धि भएको छ।

यो अभियानले हिमालदेखि तराईसम्म,मेचीदेखि महाकालीसम्म नेपाली कांग्रेसको पक्षमा अभूतपूर्व लहर ल्याएको छ। कांग्रेसका नेता, कार्यकता, शुभेच्छुक,समर्थक र मतदातामा उत्साहको सञ्चार भएको छ। तटस्थ देखिएका नागरिकहरुमा पनि ‘देशका सबै राजनीतिक दलले र विदेशले समेत पत्याएको भरपर्दो र देश चलाउने जिम्मेवार पार्टी नेपाली कांग्रेस नै रहेछ‘ भन्ने सन्देश पुगेको छ। यस अभियानका क्रममा पार्टीको प्रदेश,जिल्ला र पालिका तहमा प्रशिक्षण सम्पन्न भएका छन्।

यस अभियानको क्रममा घरघरमा पुगेर हाम्रा साथीहरुले स्थानीय जनताका पीर–मर्का,गुनासो र समस्याहरु सुन्नुभएको छ। संकलन गर्नुभएको छ। कांग्रेससंग गुनासो राख्नेहरुलाई संबोधन गर्ने कोशिस भएको छ। स्थानीय घोषणापत्र निर्माण गर्न नागरिक पंक्तिसँग सार्वजनिक संवाद गरिएको छ। यसले स्थानीय निर्वाचन लक्षित स्थानीय घोषणा–पत्र निर्माणलाई सहयोग पुगेको छ।

“घरघर जाऔं,कांग्रेस जिताऔ”ं अभियानले नेपाली कांग्रेसका नेता र कार्यकर्तामा अभूतपूर्व उत्साह जगाएको छ र आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित गरेको छ ।तर एक विशिष्ट राजनीतिक परिस्थितिमा भएको गठबन्धनलाई संगै लिएर हिड्ने सदासय अनुरुप हामी स्थानीय निर्वाचनमा तालमेलको प्रयासमा पनि छौ।

नेपाली कांग्रेसले पहिलेदेखि नै स्थानीय आवश्यकता र परिस्थिति अनुरुप सत्ता साझेदार दलहरुबीच स्थानीय तहको  निर्वाचनमा तालमेल गर्न सकिने संभावना औल्याएको थियो। राष्ट्र तथा जनताको हित, लोकतान्त्रिक पद्धतिको संरक्षण र संबर्धन तथा पार्टीको हितलाई केन्द्रमा राखेर आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुनेछ।

अन्त्यमा, यो अभियानमा सक्रिय रुपमा समर्पित भएर आ–आफ्ना ठाउँमा खटिनु हुने केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य,केन्द्रीय प्रतिनिधि, पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाका सबै तहका पदाधिकारी, क्रियाशील सदस्य तथा सम्पूर्ण कार्यकर्ताका साथै कांग्रेसका कुरा सुनेर बुझिदिने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक धन्यवाद दिंदै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन अझ समर्पित भएर लाग्न आह्वान गर्दछु।

“घरघर जाऔं, कांग्रेस जिताऔ” अभियानका समाचारहरु आ–आफ्ना सञ्चार माध्यमबाट प्रकाशित र प्रशारित गरेर आम नागरिकलाई सुसूचित गरिदिनुभएकोमा सम्पूर्ण सञ्चारकर्मी मित्रहरुलाई धन्यवाद दिन चाहन्छु। नेपाली कांग्रेस आगामी दिनमा पनि यहाँहरुबाट निरन्तर सहयोगको अपेक्षा गर्दछ।

कार्यक्रममा उपस्थित हुनुभएकोमा सबैलाई धन्यवाद।जय नेपाल !

डा.प्रकाश शरण महत
पार्टी प्रवक्ता एवम् संयोजक
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचार–प्रसार समिति


प्रकाशित: April 12, 2022 | 15:36:37 काठमाडौं, मंगलबार, चैत २९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

लखनउमा ट्याक्टरको ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

उक्त ट्याक्टरमा ४६ जना सवार थिए। ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ।
नेपाल समय
राजनीति

राप्रपामा वरिष्ठ उपाध्यक्ष बन्ने भएपछि साझाको साधारण सदस्यबाटै मिश्रले दिए राजीनामा

राप्रपामा अध्यक्षपछिको वरीयता लिएर जाने भएपछि उनले विवेकशीलको साधारण सदस्य पदबाटै राजीनामा लेखेका हुन्। राप्रपाले मिश्रलाई भित्र्याउने निर्णय गरिसकेको छ।
नेपाल समय
राजनीति

काठमाडौं-७ बाट चुनाव लड्‍ने बताएकी अनुपाले छोडिन् विवेकशील साझा, नेपाली कांग्रेसमा प्रवेश

करिब दुई दशक पत्रकारितामा संलग्न श्रेष्ठ पछिल्लो समय विवेकशील साझा पार्टीसँग आवद्ध थिइन्। केही समय अघिमात्रै उनले पार्टी परित्याग गरेकी थिइन्।
नेपाल समय
राजनीति

राप्रपामा समानुपातिक नाम टुंग्याउन पनि मतदान, राणासँग २ मतले पछि परे लोहनी

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा समानुपातिक सांसदका उम्मेदवारको नाम बुझाए पनि को एक नम्बर हुने विवाद भएपछि मदतान गरिएको हो।
नेपाल समय
राजनीति

जसपाका प्रदेश उपाध्यक्ष र सचिव माओवादीमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश उपाध्यक्ष र सचिवसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना