मंगलबार, असोज ११, २०७९

काठमाडौंमा कमजोर बनेको माओवादीलाई स्थानीय चुनाव कति भारी?

निर्भीकजंग रायमाझी  |  काठमाडौं, मंगलबार, चैत २९, २०७८

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

मंगलबार, चैत २९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– भनिन्छ, राजधानी काठमाडौंको निर्वाचनको कुरै भर हुँदैन। विगत हेर्ने हो भने पनि काठमाडौंको निर्वाचनमा नसोचेको–नचिताइएको नतिजा आएका देखिन्छन्। काठमाडौंलाई आफ्नो पकड इलाका दाबी गर्ने दलले समेत यहाँ नराम्ररी हार व्यहोरेको इतिहास छ। 

राजनीतिज्ञ डा. केशवमान शाक्य काठमाडौं जिल्लाको निर्वाचनको तरंग जुनसुकै बेला परिवर्तन हुने गरेको बताउँछन्। शीर्ष राजनीतिक दल पनि यहाँको स्थानीय निर्वाचनमा पाखा लाग्ने गरेको बताउँदै शाक्य भन्छन्, ‘काठमाडौंमा हुने स्थानीय निर्वाचनले देशैभरिको ध्यान खिचेको हुन्छ। यहाँको स्थानीय निर्वाचनमा नसोचेको परिणाम आउनु सामान्यजस्तो भइसक्यो।’

काठमाडौंको निर्वाचनमा देखिने यसप्रकारको बदलाव माओवादी केन्द्रको हकमा अझ बढी लागू हुन्छ। २०६४ को निर्वाचनमा काठमाडौंमा राम्रो नतिजा ल्याएको माओवादी २०७० र २०७४ को निर्वाचनसम्म आइपुग्दा जितविहीन बन्न पुग्यो। संघीय सरकारमा सधैं बलियो देखिने माओवादीको काठमाडौं जिल्लामा भने न्यून प्रभाव छ। 

अहिले स्थानीय निर्वाचन २०७९ नजिकिँदै जाँदा देशको संघीय राजधानी काठमाडौं जिल्ला सबैको चासोको केन्द्र बनेको छ। त्यसमा पनि काठमाडौंको निर्वाचनमा क्रमशः कमजोर बन्दै गएको माओवादीले काठमाडौंलाई मुख्य चुनौतिको रुपमा लिएको छ। अहिले माओवादी केन्द्रको अधिकांश बैठकमा काठमाडौं जिल्ला र उपत्यकाका जिल्लाका स्थानीय तहमा कमजोर देखिएको कुरा उठ्दै आएको छ। माओवादी शीर्ष नेतृत्वले काठमाडौंलाई विशेष प्राथमिकतामा राख्दै स्थानीय निर्वाचनमा गिरेको साख फिर्ता लिने लक्ष्य लिएको छ। 

यस्तो छ आँकडा

काठमाडौं जिल्लामा १२ वटा स्थानीय तह (एक महानगर, ११  नगरपािलका)  छन्। २०७४ सालको स्थानीय निर्वाचनमा नौवटा स्थानीय तहमा एमाले र तीनवटामा नेपाली कांग्रेसले जित हात पारे। जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये माओवादीले दुई वडाअध्यक्ष र ११ वडा सदस्यमात्र जितेको थियो। 

अर्थात् काठमाडौंमा निर्वाचित ७ सय ५ जना जनप्रतिनिधिमध्ये माओवादीबाट १३ जनामात्र रहेका छन्। माओवादीले भन्दा राप्रपा (गाई)ले दोब्बर स्थानमा वडाध्यक्ष र वडा सदस्य जितेको थियो। 

काठमाडौं जिल्लामा एमालेले सूर्य चिन्हबाट ९ लाख ७१ हजार मत ल्याएको थियो। ८ लाख ८६ हजार मत ल्याउँदै कांग्रेस दोस्रो स्थानमा रहँदा माओवादी २ लाख ७२ हजार मत ल्याएर तेस्रो स्थानमा रहेको थियो। चौथोमा भने ३० हजार मतका साथ नयाँ शक्ति पार्टी आएको थियो।

२०७४ को निर्वाचनमा काठमाडौंका पालिका

काठमाडौं महानगरपालिकाः प्रमुखमा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी। दुई तिहाइ वडामा एमालेको वर्चश्व।

कागेश्वरी मनोहरा नगरपालिकाः  प्रमुख, उपप्रमुखसहित एमालेको वर्चश्व।

किर्तिपुर नगरपालिकाः प्रमुख, उपप्रमुखसहित एमाले विजयी।

गोकर्णेश्वर नगरपालिकाः प्रमुख, उपप्रमुखसहित नेपाली कांग्रेस वडा तहसम्म विजयी।  

चन्द्रागिरी नगरपालिकाः प्रमुख नेपाली कांग्रेसले जित्दा उपप्रमुखमा एमाले। वडामा एमालेको वर्चश्व। 

टोखा नगरपालिकाः प्रमुख, उपप्रमुखसहित अघिकांश तहमा एमाले बलियो।

तारकेश्वर नगरपालिकाः प्रमुख, उपप्रमुखसहित एमाले बलियो।

दक्षिणकाली नगरपालिकाः प्रमुख, उपप्रमुखसहित अघिकांश तहमा कांग्रेस बलियो।

नागार्जुन नगरपालिकाः प्रमुख कांग्रेसले जित्दा, उप्रमुखमा एमाले विजयी।

बुढानिलकण्ठ नगरपालिकाः प्रमुख, उपप्रमुखसहित एमालेको पकड।

शंखरापुर नगरपालिकाः प्रमुख, उपप्रमुखसहित एमालेको पकड।

काठमाडौंको केन्द्र मानिने महानगरमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार  ९१३ मत ल्याउँदै विजयी भए। कांग्रेसका राजुराज जोशी ४५ हजार २६९ मत ल्याउँदै दोस्रो स्थानमा रहँदा माओवादीका उमेम्दवार सर्वोत्तम डंगोलले ७ हजार ९०५ मतका साथ पाँचौं स्थानमा रहे। उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार  ९५२ मत ल्याएादा माओवादीकी शुसीला कुमारी पौडेल १० हजार ४४८ मतका साथ चौथो स्थानमा रहिन्। 

कीर्तिपुर, गोकर्णेश्वर, टोखा, चन्द्रगिरी, तारकेश्वर, दक्षिणकाली र बूढानीलकण्ठमा माओवादीबाट उठेका मेयर तेस्रो स्थानमा रहे। माओवादी बलियो मानिएको शंखरापुरमा माओवादी मेयर चौथो स्थानमा रहेका थिए। तत्कालीन जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले स्थानीय निर्वाचन २०७४ को हारको जिम्मा लिँदै राजधानीमा माओवादी कमजोर रहेको स्वीकार गरेका थिए। 

त्यतिबेला माओवादीले ‘कमजोर संगठन, प्रचारमा कमी, उम्मेदवार चयनमा समस्या तथा तत्कालीन प्रधानन्यायाधिश सुशीला कार्कीलाई महाअभियोग लगाउन खोजेको’ कुरालाई हारको मुख्य चार कारण मानेको थियो। यसबाहेक काठमाडौंको रैथाने समुदायलाई रिझाउन नसक्नु, माओवादी सरकारले गुठीमाथि हस्तक्षेप गर्न खोज्नु तथा नेवाः पहिचानको पक्ष लिएको माओवादी आफ्नो मुद्दाबाट पछि हट्नुलाई पनि हारको कारण मानिएको थियो। स्थानीय निर्वाचनमा हार व्यहोरेको माओवादीले २०७४ को संघीय संसदको निर्वाचनमा पनि काठमाडौंमा जितविहीन बन्न पुग्यो। 

काठमाडौंको केन्द्र मानिने महानगरमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार  ९१३ मत ल्याउँदै विजयी भए। कांग्रेसका राजुराज जोशी ४५ हजार २६९ मत ल्याउँदै दोस्रो स्थानमा रहँदा माओवादीका उमेम्दवार सर्वोत्तम डंगोलले ७ हजार ९०५ मतका साथ पाँचौं स्थानमा रहे।

२०६४ पछिका सबै निर्वाचनहरूमा काठमाडौं जिल्लामा माओवादी क्रमशः कमजोर देखिएको बताउँछन् विश्लेषक कृष्णमुरारी भण्डारी। तीव्र बसाइँसराइँ हुनु, युवा मतदाता थपिनु, राष्ट्रिय जीवनका चर्चित अनुहारसमेत काठमाडौंबाटै निर्वाचन लड्नुलाई उनी काठमाडौंको जनममत विभाजन हुनुको मुख्य कारण मान्छन्।  

‘काठमाडौंको मत किन दायाँबायाँ भइरहन्छ भन्ने कुरामा एकै तत्वले मात्र प्रभाव पारेको छैन,’ उनी भन्छन्, ‘दलहरूले काठमाडौंलाई अरु जिल्ला सरह लिँदा सोचेअनुकूल परिणाम मिल्दैन। संघीय राजधानी काठमाडौंको मत जुनसुकै बेला बदलिन सक्छ भन्ने कुरा हेक्का नराखी निर्वाचनमा होमिँदा परिणाम उल्टो आउन सक्छ।’

यस्तो छ माओवादीको तयारी 

काठमाडौंका माओवादी जिल्ला अध्यक्ष उमेश स्थापितका अनुसार यसै वर्ष भएको महाधिवेशनको सेरोफेरोमा जिल्लाका सबै स्थानीय तहका वडा तहमा माओवादीले संगठन निर्माण गरेको छ। जिल्लाका सबै तहका संगठनलाई अहिले निर्वाचन केन्द्रित हुन निर्देशन दिइसकिएको उनी बताउँछन्। 

‘स्थानीय निर्वाचनलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ स्थापितले भने, ‘हिजो जेजस्तो भए पनि अहिले संगठनलाई मजबुत बनाइसकेका छौं। वडा–वडामा बुथ बनाएका छौं। गठबन्धन नबन्ने स्थिति आयो भने पनि निर्वाचनमा एक्लै भिड्न सक्ने गरी तयारी थालेका छौं।’

काठमाडौं जिल्लामा माओवादीको पकड भएको इलाकामा पर्छ शंखरापुर नगरपालिका र कीर्तिपुर। यसबाहेक काठमाडौं महानगर, टोखा, कागेश्वरी मनहरालाई पनि माओवादीले आफ्नो पकड इलाका बनाउन खोज्दैछ। आफू बलियो देखिएको इलाकामा माओवादीले चुनावी अभियान तीव्र बनाइरहेको छ। सबै स्थानमा माओवादीले एमालेलाई मुख्य प्रतिस्पर्धि मानेको छ। 

यता काठमाडौं महानगरपालिका माओवादी केन्द्रका अध्यक्ष रवीन्द्र श्रेष्ठ पनि अहिले चुनावी अभियानमै केन्द्रीत छन्। नेपाल समयसँग कुरा गर्दै श्रेष्ठले काठमाडौंका ३२ वटा वडामा नै निर्वाचन परिचालन कमिटी बनाएर काम गरिरहेको बताए। गठबन्धन बनाएर उमेद्वार उठाउने कुरामा भने अहिलेसम्म निर्णय भइनसकेको उनी बताउँछन्।

‘हामीले वडा तहबाट नै पार्टीलाई निर्वाचन केन्द्रित बनाएका छौं। पाँच दलीय गठबन्धनको कुरा पनि आइरहेको छ। तालमेलको लागि केन्द्रले जस्तो निर्णय गर्छ त्यसलाई मानेर महानगरमा माओवादी अघि बढ्छ,’ महानगर अध्यक्ष श्रेष्ठले भने।

काठमाडौं जिल्लाका सबै वडामा उम्मेदवार उठाउँछौं

हिमाल शर्मा, माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज 

२०७४ सालको निर्वाचनमा काठमाडौंका अधिकांश स्थानीय तहमा माओवादी तेस्रो स्थानमा रह्यो। त्यतिबेला जनमत नभएर, मुद्दा नभएर माओवादी हारेको होइन, ढंग नपुगेर हारेको हो। तुलनात्मक रुपमा जनमत थोरै देखिएको सत्य हो तर अहिले हामी सच्चिएर काठमाडौंका सबै स्थानीय तहमा संगठन बनाएका छौं। पहिलाकै मतलाई हेरेर निराश भएर बस्ने अवस्था छैन। अहिले एमालेले जितेका स्थानीय तहमा भ्रष्टाचार, अनियमितता र जनगुनासो यति बढेको छ कि जनताले निर्वाचित जनप्रतिनिधिलाई विश्वास नगर्ने अवस्था आइसकेको छ।

हामीले पराजयबाट पाठ सिकिसकेका छौं। यसपटक एक्लै भिड्नुपरे पनि काठमाडौं जिल्लाका सबै स्थानीय तहका वडा–वडासम्म माओवादी केन्द्रले उम्मेदवार खडा गर्छ। कसलाई कुन पदमा उठाउनेसम्म तय गरिसकेका छौं। वडा–वडामा संगठन बनाएर हाम्रा नेता–कार्यकर्ता जनताको बीचमा गइसक्नुभएको छ। देशको संघीय राजधानी रहेको जिल्लामा माओवादी केन्द्र पछि हट्ने कुरै आउँदैन।


प्रकाशित: April 12, 2022 | 15:30:00 काठमाडौं, मंगलबार, चैत २९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

निर्वाचन आयोगद्वारा मतदानस्थलको विवरण सार्वजनिक (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम मतदानस्थलको विवरण सार्वजनिक गरेको छ।
नेपाल समय
राजनीति

राप्रपामा वरिष्ठ उपाध्यक्ष बन्ने भएपछि साझाको साधारण सदस्यबाटै मिश्रले दिए राजीनामा

राप्रपामा अध्यक्षपछिको वरीयता लिएर जाने भएपछि उनले विवेकशीलको साधारण सदस्य पदबाटै राजीनामा लेखेका हुन्। राप्रपाले मिश्रलाई भित्र्याउने निर्णय गरिसकेको छ।
नेपाल समय
राजनीति

काठमाडौं-७ बाट चुनाव लड्‍ने बताएकी अनुपाले छोडिन् विवेकशील साझा, नेपाली कांग्रेसमा प्रवेश

करिब दुई दशक पत्रकारितामा संलग्न श्रेष्ठ पछिल्लो समय विवेकशील साझा पार्टीसँग आवद्ध थिइन्। केही समय अघिमात्रै उनले पार्टी परित्याग गरेकी थिइन्।
नेपाल समय
राजनीति

राप्रपामा समानुपातिक नाम टुंग्याउन पनि मतदान, राणासँग २ मतले पछि परे लोहनी

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा समानुपातिक सांसदका उम्मेदवारको नाम बुझाए पनि को एक नम्बर हुने विवाद भएपछि मदतान गरिएको हो।
नेपाल समय
राजनीति

जसपाका प्रदेश उपाध्यक्ष र सचिव माओवादीमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश उपाध्यक्ष र सचिवसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना