बुधबार, असोज १९, २०७९

रामचन्द्र पौडेल सक्रियताका तीन अर्थ

तीर्थराज बस्नेत  |  काठमाडौं, शुक्रबार, चैत १८, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, चैत १८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- मंसिर २५ गते बिहान आफ्नै निवास बोहोराटारमा पत्रकारहरूसँग कुराकानी गर्दै रामचन्द्र पौडेलले महाधिवेशन प्रक्रियाबाट अलग भएको घोषणा गरेका थिए। आफू नेतृत्वकै गुटका प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति जुट्न नसक्दा आफू सभापतिको साझा उम्मेदवार बन्न नपाएकोमा उनले रोएर गुनासो अभिव्यक्त गरेका थिए। पौडेलकै शब्दअनुसार १३औं महाधिवेशनका घाइते भएकाले १४औँ महाधिवेशनमा मल्हम लगाउने सपनामा भएको तुषारापातले उनलाई दुःखी बनाएको थियो।

महाधिवेशनको नेतृत्व चयन प्रक्रियामा सभापतिका अर्का आकांक्षी शेरबहादुर देउवालाई सहयोग हुने गरी महाधिवेशनमा पौडेल मौन बसिदिएका थिए। देउवा सभापतिमा निर्वाचित हुनुमा पौडेलको मौन समर्थनले सहयोग गरेको धेरै कांग्रेसका नेता/कार्यकर्ताहरूको बुझाइ छ। देउवा सभापतिमा निर्वाचित भएपछि पौडेलले देउवालाई सहयोग गर्दै आएको कुराले उक्त बुझाइमा बल थपेको छ। 

चैत ११ गते बिहान ९ बजे मंसिर महाधिवेशनताका चुनावी प्रक्रियाबाट अलग भएको घोषणा गरेकै स्थान पौडेल निवास बोहराटारमा कांग्रेसका जिल्ला सभापति र केन्द्रीय नेतालाई पौडेलले बोलाएका थिए। पौडेलको आग्रहलाई स्वीकार गरेर केही जिल्लाका सभापति र केन्द्रीय नेता पुगे। सोही दिन चुनावी रणनीति, सत्ता गठबन्धनका दलहरूसँगको तालमेल र संसदीय समिति गठनलगायतका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक बोलाइएकाले पौडेलले बोलाएको छलफल अर्थपूर्ण थियो।

नेपाल समय
महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार बन्न नसकेपछि आँशु पुछ्दै पौडेल।

पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्य, तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल र पाल्पा सभापति हिमालदत्त श्रेष्ठलगायतका नेताहरू बैठकमा पुगेका थिए। बैठकमा पौडेल 'अनपेक्षित' प्रकट भए। 'संस्थापन इतर समूहको नेता अहिले पनि म नै हुँ। तपाईंहरुको संरक्षण मैले मात्र गर्न सक्छु,’ पौडेलले भनेका थिए। 

पौडेलका कुरा सुनेपछि शेखर समूहका नेताले पौडेलले फेरि गुट बनाउने अभ्यास थालेको शंका गरे। नेता बलबहादुर केसीले त मुख खोलेरै प्रश्न उठाए, 'मेरै गुट छ भनेर देखाउन बोलाउनु भएको हो?’ केसीले पार्टीभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेता मान्न अप्ठयारो नभएपनि संस्थापन इतर समूहको नेता भने डा. शेखर कोइराला रहेको बताए। 'तपाईं र शेरबहादुरलाई नेता मान्न मलाई समस्या छैन। तर आज मेरो नेता शेखर कोइराला हो। म उहाँकै टिममा छु,' केसीले भनेका थिए, 'तपाईंको बैठकमा आउँदा प्रकारान्तरले देउवाकहाँ पुगिने त होइन?’

केसीले बैठकको औचित्यमाथि प्रश्न उठाएपछि पौडेलले गुटबन्दी गर्ने उद्देश्यले आफूले नेताहरूलाई नबोलाएको दाबी गरेका थिए। उनले अर्को चुनौती पनि थपिदिए। 'मैले गुटबन्दी गर्न बोलाएको होइन। निर्वाचनका सन्दर्भमा छलफल बोलाएको हुँ,' पौडेलले भनेका थिए, 'रामचन्द्र र शशांकलाई पाखा लगायौं भन्ने सोचेको हो भने के भन्नु छ र? हामी दुईको साथ चाहिने साथीहरूका लागि हामी हिजो पनि थियौं, आज पनि छौं।’

महाधिवेशनपछि देउवाले पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। महाधिवेशन अघि पार्टीमा पौडेलको दोस्रो वरीयता देउवाले खोसेनन्। र, देउवाका हरेक निर्णय र काममा पौडेल सहयोगीको भूमिकामा दखिँदै आएका छन्। 

यस्तो पृष्ठभूमिमा केन्द्रीय समितिको बैठक सुरु हुन एकाध घण्टाअघि बैठक बोलाएर पार्टीभित्र आफ्नो गुट कायमै रहेको सन्देश पौडेलले दिन खोजेका थिए। जसको उद्देश्य थियो- पार्टीको आन्तरिक राजनीतिमा आफ्नो अस्तित्व कायमै रहोस् र भागबण्डामा बार्गेनिङ गर्न सकियोस्। 

'पौडेलले समूह नेतृत्व गर्ने नैतिकता गुमाइसके'

'उहाँले तीन महिना सभापतिजीलाई हरेक काममा सहयोग गरेको छिपेको छैन। महाधिवेशनबाट अलग बस्ने घोषणा गरेर उहाँ केन्द्रीय सदस्य खान जानुभएकै हो। यसले महाधिवेशनमा उहाँको भूमिका के थियो भनेर संकेत गर्दैन र?,' शेखर समूहमा सक्रिय एक नेता भन्छन्, 'अहिले फेरि उहाँलाई भाग चाहिएको छ। भाग खोज्न गुट देखाउने प्रयासमा उहाँ देखिनुभएको छ।’

केन्द्रीय समितिको बैठक सुरु हुन एकाध घण्टाअघि बैठक बोलाएर पार्टीभित्र आफ्नो गुट कायमै रहेको सन्देश पौडेलले दिन खोजेका थिए। जसको उद्देश्य थियो- पार्टीको आन्तरिक राजनीतिमा आफ्नो अस्तित्व कायमै रहोस् र भागबण्डामा बार्गेनिङ गर्न सकियोस्। 

१४औं महाधिवेशनपछि संस्थापन इतर समूहको नेतामा पौडेललाई डा. शेखर कोइरालाले विस्थापन गरिदिएका छन्। शेखर समूहकै नेताहरुलाई पौडेलले बोहोराटार बोलाएपछि त्यहाँ जाने नेताहरूले त्यसअघि नै शेखरसँगको सल्लाह गरेका थिए। ‘मेरो गुट कायमै छ है भनेर देखाउन खोज्नुभएको थियो होला। उहाँले बोलाएका सबै नेता बैठकमा जानु पनि भएन। जानु भएका नेताहरुले शेखर दालाई सोध्नुभएको थियो,’ शेखर निकट अर्का एक नेताले भने। पौडेल सक्रियताका मुख्यतया तीन अर्थ देखिएका छन्। 

भागको खोजी

पौडेलले बोलाएको बैठकलाई शेखर समूहले ‘भाग खोज्न’ गरिएको अभ्यासका रुपमा अर्थ्याएको छ। निर्वाचनका मुखमा एक्लै हुँदा छायामा पर्ने बुझाइका कारण पौडेलले गुट देखाएर भाग खोज्ने प्रयास गरेको शेखर समूहले व्याख्या गरेको छ। यद्यपि पौडेलसँग संस्थापन इतर वा छुट्टै समूहको नेतृत्व गर्ने नैतिक आधार नरहेको समूहका नेता बताउँछन्। 

'उहाँ १४औं महाधिवेशनमा उम्मेदवार नबनेपछि निष्क्रिय हुनुभयो। पार्टीको वरिष्ठ नेता महाधिवेशन जस्तो महोत्सवमा निष्क्रिय रहनु नैतिक हिसाबले ठिक थिएन,’ शेखर समूहका अर्का नेता भन्छन्,  ‘महाधिवेशनपछि अहिलेसम्म उहाँ निष्क्रिय रहनुभएको भए उहाँले विश्राम लिनुभयो भन्ने सन्देश जान्थ्यो। उहाँ सम्मानित नै भइरहनुहुन्थ्यो। तर, अहिले उहाँ केन्द्रीय समितिमा मनोनित हुनुभएको छ। सभापति शेरबहादुर देउवाको सहयोगीका रुपमा परिचित भइरहनुभएको छ। सभापतिका हरेक काम कारबाहीमा उहाँले सहयोग गरेको कतै छिपेको छैन। अहिले उहाँ फेरि कुनै समूहको नेतृत्व गर्छु भनेर भन्नुहुन्छ भने त्यो नैतिकता उहाँसँग छैन। संस्थापन इतर समूहको नेतृत्व गर्छु भन्ने नैतिकता उहाँसँग छैन।' 

१३औं र १४औं महाधिवेशनको बीचमा (साढे ५ वर्ष) पौडेलले संस्थापन इतर समूहको नेतृत्व गर्दा समूह प्रभावकारी नभएको ती नेताको टिप्प्णी छ। 'साढे पाँच वर्ष उहाँले संस्थापन इतर समूहको नेतृत्व गर्नुभएकै हो। त्यो बेला उहाँले समूहको नेतृत्व कसरी गर्नुभयो। नेताहरुको मूल्यांकन कसरी गर्नुभयो र कति अवसर दिनुभयो भन्ने कुरा सबैलाई भलिभाँती थाहा छ,’ ती नेता भन्छन्, 'त्यसकारण मैले नै तपाईंहरुको संरक्षण गर्न सक्छु भनेर उहाँले भन्नूको अर्थ छैन। उहाँले त सम्मानित नेता हो। त्यसकारण सबैको संरक्षण गर्छु। सबैलाई अवसर दिलाउन प्रयास गर्छु भन्नु भयो भने स्वाभाविक हुन्छ।' 

शेखर समूहका नेतालाई बोलाएर गुट देखाउने प्रयास गर्नुभन्दा संस्थापन समूहकै नेतालाई समेटेर ‍गुट बनाउनु पौडेलको हितमा रहेको बुझाइ शेखर समूहको छ। ‘सभापतिका सहयोगीका हैसियतले उहाँले संस्थापन समूहकै साथीहरुलाई आफू नजिक ल्याउन सक्नुहुन्छ। तर, संस्थापन इतर वा अन्य कुनै समूहको नेतृत्व गर्ने सन्दर्भमा उहाँले नैतिकता गुमाइसक्नुभएको छ,’ ती नेताले थपे। 

नेपाल समय
पार्टी सभापति देउवाका साथमा पौडेल (बायाँ)।

चुनावको मुखमा एकाएक रामचन्द्रको सक्रियता आउनु देउवाकै योजना तथा परामर्शमा नै भएको हुनसक्ने शेखर समूहका केही नेताको आशंकासमेत छ। शेखर समूहका नेतालाई तानेर रामचन्द्र समूह बनाएपछि शेखर समूह कमजोर बन्ने देउवा समूहले विश्लेषण गरेको हुन सक्ने आकलन छ। महाधिवेशनपछि रामचन्द्रले देउवालाई सहयोग गरेको र देउवाले पनि सत्तागठबन्धनका नेताको राजनीतिक संयन्त्र बनाउँदा पौडेललाई जिम्मेवारी दिएको र पार्टीमा आफूपछिको वरीयतामा पौडेललाई स्थापित गरेकाले यस्तो अनुमान गर्न सकिने ठाउँ बनेको बनेको शेखर समूहका एक नेता बताउँछन्। 

‘राजनीतिमा जोरजुलुम स्वाभाविक’

लामो समयदेखि पौडेलको नजिक रहेर राजनीति गरिररहेका पौडेल निकट एक नेता छलफल/बहसका लागि बोलाइने बैठकलाई अस्वाभाविक लिन नहुने बताउँछन्। सक्रिय राजनीति गर्ने भएपछि आफू बलियो बन्न जोरजुलुम गलत नभएको उनको तर्क छ। शेखर समूहका रहेका नेताहरुलाई आफू निटक बनाउने र सभापति देउवासँगको सम्बन्धलाई पनि राम्रो बनाइराख्ने योजनामा पौडेल रहेको ती नेताको दावी छ। 

‘सक्रिय राजनीति गर्ने हो भने उहाँले जोरजुलुम त गर्नुहोला नि। यसलाई अस्वाभाविक रुपमा लिन हुँदैन। एक्लै बसेर राजनीति सफल हुँदैन,’ उनी भन्छन्, 'उहाँले पुरानै साथीहरुलाई नजिक बनाउन खोज्नुभएको हो। चहलपहल त बढाउनुपर्‍यो नि। साथीहरूलाई भेला गरेर माहौल सिर्जना गर्ने र शेरबहादुर दाइसँग पनि राम्रै सम्बन्धन राखिरहने उहाँको योजना छ।’

'थर्डपोल' बनाउने प्रयास

१४औं महाधिवेशनको पूर्वसन्ध्यामा पौडेल नेतृत्वको संस्थापन इतर समूह छिन्नभिन्न भयो। आफ्नै नेतृत्वको समूह उक्त समूहका धेरै नेताहरू अहिले डा शेखर कोइराला समूहमा सक्रिय छन्। कोइरालाले देउवासँग भएको अन्तिम प्रतिस्पर्धामा करिब ४० प्रतिशत मत पाएका थिए। 

पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि तत्कालीन संस्थापन इतर समूहबाट विद्रोह गरेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए। यद्यपि उनी दोस्रो चरणसम्म पुग्न सकेनन्। सिंहले देउवालाई समर्थन गरे। अहिले सिंह समूहका गतिविधि सक्रिय देखिएका छैनन्।

पौडेलले कांग्रेसभित्र तेस्रो धार जन्माउन खोजेको विश्लेषणसमेत भइरहेका छन्।

१३औं महाधिवेशनमा तत्कालीन संस्थापन समूहबाट विद्रोह गरेका कृष्णप्रसाद सिटौलाले सभापतिमा प्रतिस्पर्धा गरेका थिए। सिटौलाको उम्मेदवारीले पौडेलको सभापति बन्ने इच्छामा ब्रेक लागेको थियो। सभापतिको दौडमा तेस्रो बनेका सिटौलाले कांग्रेसमा तेस्रो धार जन्माएका थिए। जुन गुट देखाएर सिटौलाले साढे पाँच वर्ष पार्टीमा राम्रै भाग पाएका थिए। १३औं महाधिवेशनमा सिटौलाको महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका गगन थापा १४औं महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन इतर समूहमा आए। थापा १४औं महाधिवेशनमा शेखर नेतृत्वको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका छन्। 

सिटौला समूह महाधिवेशनको मुखमै संस्थापन समूहमा विलय भएको छ। युवा नेता प्रदीप पौडेललाई देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाउन सिटौला सफल भए। पौडेलले जित निकाल्न भने सकेनन्। गत महाधिवेशनमा पहिलो चरणमा सभापतिको दौडमा रहेका विमलेन्द्र निधि समूह पनि संस्थापन समूहमा नै छ। 

यस्तो अवस्थामा पौडेलले कांग्रेसभित्र तेस्रो धार जन्माउन खोजेको विश्लेषणसमेत भइरहेका छन्। ‘रामचन्द्र दाइले तेस्रो धार बनाउने प्रयास गर्नुभएको छ। तर, समूहको नेतृत्व गर्ने क्षमता देखिइसकेको छ। गुट चलाउन उहाँलाई सहज छैन,’ पौडेल नजिक रहेर लामो समय राजनीति गरेका एक नेताले भने।


प्रकाशित: April 1, 2022 | 19:52:06 काठमाडौं, शुक्रबार, चैत १८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ। ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको राप्रपा प्रचार विभागले जानकारी दिएको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन्।
नेपाल समय
राजनीति

कांग्रेसको समानुपातिक उम्मेदवारको कुन कलस्टरमा को-को परे? (सूचीसहित)

सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ११० समानुपातिक उम्मेदवारहरुको सूची अनुसार खस-आर्यतर्फको एक नम्बरमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम रहेको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्।
नेपाल समय
राजनीति

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समयसीमा

मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना