सोमबार, असोज १७, २०७९

देउवाको 'रेडिमेड' निर्णय अनुमोदन गर्न कांग्रेसको कचहरी

तीर्थराज बस्नेत  |  काठमाडौं, आइतबार, चैत १३, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

आइतबार, चैत १३, २०७८, काठमाडौं

नेपाल समय
कांग्रेस केन्द्रीय समिति बैठक। तस्बिर : रासस

काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेस चुनावी रणनीति बनाउन व्यस्त छ। शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आइतबारसम्म ५४ जनाले धारणा राखेका छन्। बैठकको मुख्य एजेन्डा राखिएको छ, चुनावी रणनीति र अन्य दलसँगको तालमेल। 

शुक्रबार ६ वटा प्रदेशका सभापति र केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए। फागुन २९ बाट सुरु भएको 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियानका लागि जिल्ला-जिल्लामा खटिएका केन्द्रीय सदस्यले रिर्पोटिङसहितको धारणा राख्ने क्रम जारी छ। 

कांग्रेस बैठक चुनावी तालमेलको 'माथापच्ची'मा रुमलिएको छ। बैठकमा धारणा राख्ने सबै केन्द्रीय सदस्यहरूले चुनावमा अन्य दलसँग तालमेल गरेर जाने कि एक्लै भन्ने सन्दर्भमा नै धारणा राखेका छन्। 

बैठकमा बोल्ने अधिकांश केन्द्रीय समिति सदस्यका धारणा भने आपसमा बाझिएका छन्। यस पटकको चुनावमा तालमेल गर्न नहुने पक्षमा पनि धेरै केन्द्रीय सदस्यले धारणा राखेका छन्। यद्यपि दोस्रो दिनको बैठकमा कांग्रेस चुनावी तालमेलका पक्षमा खुल्दै गएको संकेत देखिएको छ।  

खासगरी कांग्रेसले दुई वटा मुख्य प्रश्नको जवाफ बैठकबाट खोज्ने प्रयास गरेको देखिन्छ। पहिलो–तालमेल गर्ने वा नगर्ने? दोस्रो- तालमेल गर्ने भए त्यसको मोडल कस्तो हुने? यी दुई प्रश्न सहितको धारणा केन्द्रीय सदस्यहरुले फरक–फरक कोणबाट राखिरहेका छन्। बैठक बोल्ने नेताहरूले तीन कोणबाट दुई प्रश्नको जवाफसहित धारणा राखिरहेका छन्। 

पहिलो मत तालमेल नगर्ने पक्षमा छ। कम्युनिस्ट विभाजित भएको अवस्थामा एक्लै नलडे कहिले लड्ने भन्ने विषय केन्द्रीय नेताहरूले उठाएका छन्। यस्तै दोस्रो विषय छ, तालमेल गरेर जानुपर्छ। सत्तामा साझेदारी रहेकाले चुनावमा पनि तालमेल गरेर जानुपर्ने यो विषय पक्षधरको धारणा छ। तेस्रो पक्ष चाहिँ तालमेल गर्न सकिन्छ तर स्थानीय आवश्यकता हेरेर निर्णय गर्ने अधिकार तल्लै तहलाई दिनुपर्छ भन्ने छ। यिनै दुई प्रश्न र तीन कोणमा कांग्रेस बैठक केन्द्रित छ। 

सभापति शेरबहादुर देउवाले चुनावी तालमेलका गर्ने निर्णय लिइसकेर कांग्रेस केन्द्रीय समिति बैठक चलाएको बीचबीचमा उनका प्रश्न/प्रतिप्रश्नसहितका अभिव्यक्तिले संकेत गरेको देखिन्छ। चुनावी तालमेलका पक्षमा निर्णय गर्ने रेडिमेट निर्णय तयार गरेर बैठकको नेतृत्व देउवाले गरेको एक केन्द्रीय सदस्यले अनुमान गरे। शनिबारको बैठकमा देउवाले यसको छनक सहतमा ल्याएका थिए। 

'कांग्रेस जिताउन चुनावी तालमेल गर्ने हो। हिजो हाम्रो हालत के थियो? एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेका छन्। भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने? प्रचण्ड हार्न चुनाव लड्छ? मिल्दिन्छ नि, जहाँ जितिन्छ त्यहीँ? लखेटेपछि कहाँ जान्छन्? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले,' सभापति देउवाले शनिबारको बैठकमा भनेका थिए।  

नेपाल समय
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति देउवा।

देउवाको यो अभिव्यक्तिले केन्द्रीय समितिमा सबैका कुरा सुन्ने तर निर्णय चुनावी तालमेल गर्ने पक्षमा गराउने रणनीति देउवाको छ। त्यसो त, नेता रामचन्द्र पौडेलले दुई दिनसम्म केन्द्रीय सदस्यहरूको कुरा सुनेपछि अर्थपूर्ण रूपले तालमेलका पक्षमा पार्टीले निर्णय गर्ने बताइसकेका छन्। आइतबार बैठकस्थलबाट निस्कने क्रममा सञ्चारकर्मीहरूसँग अनौपचारिक रूपमा कुरा गर्दै पौडेलले तालमेलको पक्षमा निर्णय आउने बताएका हुन्। 

'केन्द्रीय समितिले सैद्धान्तिक निर्णय लिने हो। तालमेल गर्ने सैद्धान्तिक निर्णय केन्द्रीय समितिबाट हुन्छ। कहाँ र कसरी तालमेल गर्ने भन्ने कुरा तल्ला तहले निर्णय गर्ने हो,' उनले भने, 'कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो। तर चुनावी तालमेल गरेर तालमेल बचाएर लानुपर्ने आवश्यकता छ।'

हटकेक भरतपुर

कांग्रेस बैठकमा चितवनको भरतपुर महानगरपालिकाको विषय 'हटकेक'बनेको छ। शुक्रबारको बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुरमा यसपटक तालमेल गर्न नहुने धारणा राखेका थिए। यसअघि २०७४ सालमा भएको चुनावमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई कांग्रेसले सघाएको थियो।  

त्यसबेला टिकट पाएर पनि कोइरालाले उम्मेदवारी मनोनयन गर्न पाएका थिएनन्। यसपटक पनि चितवनमा तालमेल गरेर माओवादीलाई नै भोट हाल्न नसकिने उनको भनाइ थियो। चितवनका कांग्रेसले रुखमै भोट हाल्न पाउनुपर्ने माग उनको थियो।

नेपाल समय
दिनेश कोइराला।

तर, सभापति देउवाले चितवनमा कांग्रेसले एक्लै जित्न नसक्ने दाबी गरे। चितवन कांग्रेसका पूर्वसभापति टेकप्रसाद गुरूङले पनि चितवनमा तालमेलको भारी बोक्न नसक्ने बताएका थिए। 

आइतबार उनै गुरुङले सानेपाबाट रेणु दाहाललाई चितवनका जनताले भोट नहाल्ने दाबी गरिदिए। संचारकर्मीहरुसँग कुरा गर्दै गुरूङले भने, 'भरतपुरमा रेणु दाहालको सम्भावना बढ्यो भन्ने सुनेको छु। रेणु उठे हार्छिन्, हाम्रा साथीहरूले भोट दिँदैनन्। भोलि प्रचण्ड हार्लान्, अनि तालमेलको के अर्थ?'

केन्द्रले तालमेलको निर्णय गरेर लाद्न नहुने गुरुङको धारणा थियो। 'चितवनका बारेमा  मैले पीचएडी गरेको छु, मलाई सबै थाहा छ। तालमेल गरेर निर्णय लाद्न भएन। बाउछोरीलाई नै एकै ठाउँमा दिएपछि कांग्रेस चाहिँ ताली पिटेर बस्ने? यदि तालमेल भयो भने एमाले जिताउने तालमेल हुन्छ।'

एमालेसँग पनि तालमेलको चर्चा

कांग्रेस बैठकमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्नुपर्ने मत बलियो छ। त्यही क्रममा बैठकमा धारणा राख्ने केही नेताहरूले अवस्था हेरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि तालमेल गर्नुपर्ने बताइरहेका छन्। शुक्रबारको बैठकमा कांग्रेस कर्णालीका सभापति ललितजंग शाही र केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले माओवादी बलियो भएको ठाउँमा एमालेसँग तालमेल गर्नुपर्ने बताए। 

आइतबारको बैठकमा पनि एमालेसँगको तालमेलको कुरा उठेको छ। केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँको प्रसंग निकाल्दै भनेका थिए, 'तनहुँमा माओवादीले जितेका ठाउँमा एमालेसँग तालमेल गर्नुपर्छ भनेर पनि कुरा उठेको छ।' तर, भट्टराई बोलिनसक्दै देउवाले प्रतिप्रश्न गरेका थिए, 'उसो भए कांग्रेसले जितेका तहमा चाहिँ नि?' 

त्यसो त एक महिने अभियानका लागि भक्तपुर खटिएका जितजंग बस्नेतले स्थानीय आवश्यकतालाई ध्यानमा राख्ने हो भने नेपाल मजदुर किसान पार्टीकाविरुद्ध एमाले र राप्रपासँग पनि तालमेल गर्नुपर्ने अवस्था रहेको सुनाएका थिए। 'भक्तपुरमा नेमकिपा बलियो छ। नेमकिपा हराउने हो भने माओवादी मात्रै होइन, एमाले र राप्रपासँग पनि तालमेल गर्नुपर्ने हुन सक्छ।'

एक महिने अभियानका लागि सिन्धुपाल्चोक खटिएकी गंलालक्ष्मी अवालेले तालमेलका नाममा कम्युनिस्ट पार्टीको पाप कांग्रेस बोक्न नहुने बताएकी थिइन्। उनले भनेकी थिइन्, 'सिन्धुपाल्चोकमा तालमेलका नाममा कम्युनिस्टको पाप धुँदाधुँदा गंगा नै मैलो भइसक्यो। अझै कति पाप धुने हो, गंगा कति मैलो बनाउने हो?'

बैठकमा रुकुमपूर्वको रिर्पोटिङ गर्दै रुपा विकले माओवादीसँग तालमेल गर्ने निर्णय केन्द्रले गरे कांग्रेसले छुट्टै चुनाव लड्ने तयारी गरेको बताएकी थिइन्। 'केन्द्रले माओवादीसँग तालमेल गर्ने निर्णय गरेको अवस्थामा छुट्टै चुनाव लड्ने तयारीमा रुकुम पूर्वका साथीहरु हुनुहुन्छ। केन्द्रले हेर्ने दृष्टिकोण र ग्राउन्ड रियालिटी फरक छ। त्यही अनुसार निर्णय गरौं,' उनले भने। 

सभापति देउवाको गृहजिल्ला खटिएकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानले भने तालमेलका कुरा छाडेर पार्टी मिलाउनुपर्ने धारणा राखेकी थिइन्। 'तालमेलको कुरा आफ्नै ठाउँमा छ। तर, कांग्रेसले कांग्रेसलाई भोट हाल्ने वातावरण बनाउनु ठूलो कुरा हो,' उनले भनेकी थिइन्, 'अधिवेशनका बेलामा हाम्रै साथीहरुबीच बढेको दुरी कम भएको छैन। त्यता तर्फ ध्यान दिनपर्ने देखिएको छ।' 

नेतृ पुष्पा भुसालले भने अन्तर्राष्ट्रिय शक्तिकेन्द्र कम्युनिस्टलाई एक फेरी एक ठाँउमा ल्याउने प्रयासमा रहेकाले तालमेल गर्नुको विकल्प नरहेको बताएकी थिइन्। 

'हामीले जितेका ठाउँमा तालमेल नगर्ने र हारेका ठाउँमा मात्रै गर्ने कुरा सिद्धान्ततः ठिक होइन। अन्तर्राष्ट्रिय शक्तिकेन्द्र कम्युनिस्ट पार्टी एक गराउन लागेका छन्। यस्तो बेलामा हामी तालमेल गरेरै अघि बढ्नुपर्छ,' उनले भनेकी थिइन्। 

'चुनाव त थेगौंला, देश थेग्न सकिन्नँ' 

कांग्रेस बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको मागसमेत उठेको छ। केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा मागे। उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओह्रालो लागेको र सुधारको प्रयास समेत नभएकाले शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री समेत रहेका सभापति देउवासँग माग गरेका हुन्।

नेपाल समय
प्रकाश स्नेही।

'तालमेल भएपनि नभएपनि चुनाव त हामी थगौंला तर देश थेग्न सक्दैनौं प्रधानमन्त्रीज्यू! त्यसैले अर्थमन्त्रीलाई बर्खास्त गर्नुस्,' स्नेहीले भनेका थिए। शुक्रबारको बैठकमा केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै प्रधानमन्त्रीसमेत रहेका सभाति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए। 

स्नेहीले ०७४ सालमा नेकपा एमालेले जितेका ठाउँमा नेकपा एकीकृत समाजवादीले दाबी गरिरहेकाले त्यसतर्फ सोच्नुपर्ने बताएका थिए। 'एमालेले जितेका ठाउँमा समाजवादीले मागेको छ। ती सबै ठाउँ समाजवादीलाई दिन सकिएला त? त्यसैले तालमेल होइन, एक्लै चुनाव लड्न सक्ने कांग्रेस दिनुस् सभापतिज्यू!,' स्नेहीले भनेका थिए। 

आवश्यकताका सिद्धान्तका आधारमा तालमेल हुन्छः प्रवक्ता डा महत

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन्। आइतबारको बैठक सकिएपछि बाहिरिने क्रममा उनले सोमबारसम्ममा बैठक सकिने र सम्भवतः निर्णय पनि सोमबारै सार्वजनिक हुने बताए। 

नेपाल समय
प्रवक्ता डा महत।

'भोलिसम्म बैठक सकिन्छ। हाम्रो एक महिने अभियानका क्रममा जिल्लामा खटिनुभएका केन्द्रीय प्रतिनिधि साथीहरुले रिपोर्ट प्रस्तुत गरिरहनुभएको छ। पार्टी कसरी बलियो बनाउने भन्ने सन्दर्भमा नै छलफल केन्द्रित छ,' उनले भने।

चुनावमा कसरी पार्टीलाई लैजाने भन्ने ठोस निष्कर्षमा नपुगिएको उनको भनाइ छ। 'जहाँसम्म तालमेलको कुरा छ,त्यो आवश्यकताको सिद्धान्त अनुसार हुन्छ। केन्द्रले तालमेलको निर्णय गरेर लाद्न खोज्यो भनेर भ्रम फैलाइएको छ। त्यो सत्य कुरा होइन। साथीहरुले काहिँ न काहिँ तालमेल आवश्यक छ भनेर भन्नु भएको छ,' प्रवक्ता महतले थपे, 'सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर अघि बढ्नुपर्छ भन्ने मत बलियो छ। भोलि बोल्ने क्रम सकिन्छ र एउटा निर्णयमा हामी पुग्नेछौं।'


प्रकाशित: March 27, 2022 | 19:49:16 काठमाडौं, आइतबार, चैत १३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

दलहरुले समानुपाति उम्मेदवारको बन्दसूची सच्याउने समय सकियो

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सहभागी हुने दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आज (आइतबार) अपराह्न ५ बजेसम्मको समय दिएकोमा समय सकिएको हो।
नेपाल समय
राजनीति

प्रतिनिधिसभामा कुन क्षेत्रका उमेदवारले कति खर्च गर्न पाउँछन्? (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उमेदवारले गर्न पाउने खर्चको अधिकतम हद तोक्ने निर्णय गरेको छ।
नेपाल समय
राजनीति

प्रतिनिधि सभा सदस्यको टिकट पाउने निश्‍चित भएका कांग्रेस ३६ नेताहरु

कांग्रेस नेताहरुले भने समानुपातिक तर्फ को-को लाई उमेदवार बनाउने भ‍न्‍ने समेत टुंगो लगाउन सकेको छैन। समानुपातिकतर्फको सूचीमा सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूहका बीचमा सहमति पनि जुटेको छैन्। समानुपातिक तर्फको नामलाई आइतबार अन्तिम टुंगो लगाउनुपर्ने छ।
नेपाल समय
राजनीति

कांग्रेसमा समानुपातिक सिट बाँडफाँट: शेखर कोइरालालाई २५ प्रतिशत, देउवालाई ठूलो भाग

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा शेखर समूहलाई दिइएपछि पार्टी सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन्।
नेपाल समय
राजनीति

देउवाले भने- राजनीतिमा सधैं एकैनास हुँदैन र गठबन्धनमा पनि दायाँबायाँ हुँदैन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा सधैं एकनास नहुने बताएका छन्। उनले गठबन्धनलाई आगामी चुनावसम्म लगेर जाने र यसमा कुनै दायाँबायाँ नहुने पनि बताएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना