बिहीबार, असोज २०, २०७९

नीति महाधिवेशन छलेर कांग्रेसले कसरी बनाउँदैछ घोषणापत्र?

तीर्थराज बस्नेत  |  काठमाडौं, बिहीबार, चैत १०, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, चैत १०, २०७८, काठमाडौं

नेपाल समय
नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल बाहिर कांग्रेस कार्यकर्ता। यस वर्षको महाधिवेशनबाट कांग्रेसले नीति तय नगरी नेतृत्व मात्र चयन गरेको थियो। फाइल तस्बिर

काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा नेतृत्व चयनमा मात्र केन्द्रित भयो। वैधानिकताको संकट टार्न नीतिबारे छलफल नै नगरी महाधिवेशन सकिएको कांग्रेसले ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने टुंगो लगाएको थियो। 

कात्तिक २८ गते बसेको केन्द्रीय समितिको बैठकले १४औं महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै केन्द्रित गर्ने र महाधिवेशन सकिएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो। विधानको दफा १७ को ५ मा टेकेर कांग्रेसले महाधिवेशनलाई नेतृत्व चयनको एजेन्डामा मात्रै केन्द्रित गरेको थियो। विधानको उक्त दफामा भनिएको छ, ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महाधिवेशन गर्न सकिने छ।’ 

महाधिवेशनबाट निर्वाचित भएको कार्यसमितिले कार्यभार सम्हालेको आज (चैत १० गते) ठिक तीन महिना पुगेको छ। यसरी हेर्दा अबको तीन महिनाभित्र कांग्रेसले नीति महाधिवेशन बोलाउनुपर्ने छ। 

सभापति शेरबहादुर देउवा।

तीन महिनासम्मको अवधिमा पार्टीको भावी नीति र रणनीतिबारे छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएपछि महाधिवेशनका तीन महिनासम्म कांग्रेसले नीति महाधिवेशनका बारेमा छलफल समेत गर्न सकेन। महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिएपनि स्थानीय तहको निर्वाचनअघि नीति महाधिवेशन सम्भव नदेखिएको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले बताए। 

‘हाम्रो निर्णय सच्याउनुपर्छ। नीति र नेतृत्व सँगै हुनुपर्छ। महाधिवेशनले नेतृत्व चयन गर्ने मात्रै होइन, नीति निर्धारण गर्ने पनि हो,’ ‍प्रदीप पौडेल भन्छन्।

कांग्रेसले देशव्यापी रूपमा चुनाव केन्द्रित एक महिने अभियान चलाइरहेको छ। चैतभर जारी रहने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका कारण पार्टीको नीतिगत समिक्षा र भावी नीति तथा कार्यक्रम माथि तत्काल छलफल गर्न सक्ने अवस्था छैन। बरु स्थानीय तहको निर्वाचनको घोषणापत्रको तयारीमा कांग्रेस जुटेको छ। कांग्रेसले घोषणापत्र तयारीका लागि गगन थापालाई संयोजकको जिम्मेवारी दिइसकेको छ।  

नीति विनै जनतामा 

नीति र नेतृत्वसँगै जोडिएर आउने विषय हुन्। न नीति विनाको नेतृत्व सम्भव छ, न नेतृत्व विनाको नीति सही ठरहिन्छ। तर, अहिले कांग्रेसमा नेतृत्व छ, तर नीति छैन। महाधिवेशनबाटै नेतृत्व चयन र नीतिगत छलफललाई छुट्याउने निर्णयका कारण कांग्रेस नीतिविनाको नेतृत्व भएको पार्टी बन्न पुगेको छ। 

नीति र नेतृत्व दुवै विषयलाई महाधिवेशनले टुंग्याएको भए जनतामा जाँदा दुवै पक्षबाट आश्वस्त पार्न कांग्रेसलाई सहज हुने थियो। तर महाधिवेशनले नेतृत्व चयनलाई केन्द्रमा राखेर नीतिलाई थाती राखेका कारण पार्टीको एउटा पक्ष मात्र लिएर जनतामा जानुपर्ने अवस्था आएको कांग्रेसका एकथरी नेताको तर्क छ। 

‘महाधिवेशनबाट नीति र नेतृत्वलाई अलग–अलग गर्ने कुरा ठिक होइन। नेतृत्व चयन अहिले गर्ने, नीति महाधिवेशन पछि गर्ने भन्ने कुरा मिल्दै नमिल्ने कुरा हो। नीति विनाको नेतृत्व हुँदैहुँदैन,’ नेता प्रदीप पौडेल भन्छन्, ‘योजना, कार्यक्रम विनाको नेतृत्व हुनै सक्दैन। नीति र नेतृत्वलाई छुट्याउनै सकिँदैन। त्यसैले हाम्रो महाधिवेशनमा विभिन्न दस्तावेजमा छलफल गरेर पारित हुनुपर्ने थियो। त्यो हुन सकेन।’ 

नेपाल समय
कांग्रेस नेता प्रदीप पौडेल। फाइल तस्बिर

नीति निर्धारणका सन्दर्भमा पार्टीले १४औं महाधिवेशनमा प्रभावकारिता देखाउन नसकेको तर्क उनको छ। ‘हाम्रो निर्णय सच्याउनुपर्छ। नीति र नेतृत्व सँगै हुनुपर्छ। महाधिवेशनले नेतृत्व चयन गर्ने मात्रै होइन, नीति निर्धारण गर्ने पनि हो,’ उनी भन्छन्, ‘नीति निर्धारण गर्ने सन्दर्भमा हाम्रो पार्टीले प्रभावकारिता यो अधिवेशनमा देखाउन सकेन।’ 

‘संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धका बारेमा घोषणपत्रमार्फत् दृष्टिकोण सार्वजनिक गर्नेछौं,’ महामन्त्री शर्माले भने, ‘पाँच वर्षमा भएका कमीकमजोरी केलाउने र स्थानीय तहलाई बलियो बनाउने गरी सैद्धान्तिकरुपमा घोषणापत्र आउनेछ।’ 

केन्द्रीय सदस्य कुन्दनराज काफ्ले निर्वाचनअघि पार्टीले नीतिगत छलफल गरेर जनतामा जानुपर्ने भएपनि त्यो अब सम्भव नभएको बताउँछन्। ‘निर्वाचन आइसक्यो, त्यसैले तत्काल नीति महाधिवेशन गर्न सम्भव रहेन। तर, निर्वाचन अघि नीतिगत छलफल गरेर जनतामा जाँदा राम्रो हुन्थ्यो,’ काफ्ले भन्छन्, ‘लोकतान्त्रिक मूल्य मान्यता नै हाम्रो मुख्य नीति हो। तर, त्यसबाहेक कतिपय विषयमा हामी प्रष्ट हुन जरुरी छ।’

उनका अनुसार संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका सन्दर्भमा पार्टी स्पष्ट हुन आवश्यक छ। ‘हाम्रो विचार र सिद्धान्त प्रष्ट छ। तर, संविधानले ग्यारेन्टी गरेका मौलिक हक कार्यान्वयनका सन्दर्भमा हाम्रो नीति के हो? त्यो त प्रष्ट हुनुपर्छ नि,’ उनी भन्छन्, ‘शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास जस्ता मौलिक हक कार्यानव्यनका लागि कांग्रेसले नीति ल्याउनुपर्छ। अब स्थानीय तहको निर्वाचनपछि नीति महाधिवेशनमार्फत प्रष्ट कार्यक्रम ल्याउने विषयमा छलफल हुन्छ।’


नेपाल समय
कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले। फाइल तस्बिर

यद्यपि, नीतिगत छलफल नभएपनि घोषणापत्र तयार गर्ने र जनता माझ जाने सन्दर्भमा समस्या नरहेको दाबी नेताहरुको छ। निर्वाचनको दस्तावेज निर्माण गर्न नीति अधिवेशन नै आवश्यक नरहेको नेता पौडलको भनाइ छ। 

‘निर्वाचनको दस्तावेज निर्माण गर्ने सन्दर्भमा नीति अधिवेशन नै जरुरी छैन। केन्द्रीय कार्यसमितिले छलफल गरेर विज्ञहरुको समिति बनाएर डकुमेन्ट तयार गर्न सक्छ,’ उनी भन्छन्, ‘मुख्यगरी हामी नीति, कार्यक्रम तर्जुमा गर्ने कुरामा चासो राख्नुपर्‍यो। हाम्रो दृष्टिकोण सार्वजनिक गरेर निर्वाचनमा जानुपर्छ।’

यसरी बन्दैछ घोषणापत्र 

कांग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र निर्माणका लागि गगन थापाको नेतृत्वमा घोषणा पत्र तयारी समिति बनाइसकेको छ। ‘कार्यसम्पादन समितिले सभापतिज्यूले तयारी समिति बनाउने अधिकार दिएको थियो। सोहीअनुसार घोषणापत्र तयारी समितिको संयोजक पनि तोकिइसकेको छ। समितिले विभिन्न पक्षसँग छलफल गरेर घोषणापत्र तयार गर्नेछ। त्यसलाई पार्टीले अनुमोदन गर्नेछ,’ महामन्त्री विश्वप्रकाश शर्माले भने।  

नेपाल समय
महामन्त्री विश्वप्रकाश शर्मा। फाइल तस्बिर

स्थानीय तहको निर्वाचनमा कांग्रेसले घोषणापत्र र प्रतिवद्धतापत्र गरेर दुई थरी डकुमेन्ट बनाउने तयारी कांग्रेसको छ। घोषणापत्र केन्द्रले तयार पार्नेछ। जहाँ संघीयतालाई हेर्ने दृष्टिकोण, स्थानीय तह र प्रदेशको सम्बन्ध, स्थानीय तह र संघको सम्बन्ध र सहकार्यका सम्बन्धमा कांग्रेसले आफ्नो दृष्टि सार्वजनिक गर्ने तयारी छ। 

‘संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धका बारेमा घोषणपत्रमार्फत दृष्टिकोण सार्वजनिक गर्नेछौं,’ महामन्त्री शर्माले भने, ‘पाँच वर्षमा भएका कमीकमजोरी केलाउने र स्थानीय तहलाई बलियो बनाउने गरी सैद्धान्तिकरुपमा घोषणापत्र आउनेछ।’ 

यस्तै कांग्रेसले स्थानीय तहका समस्या, सम्भावना र योजनासहितको प्रतिबद्धता पत्र ल्याउनेछ। प्रत्येक स्थानीय तहले आ–आफ्नै प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। स्थानीय मुद्दाहरुको उठान र सम्बोधनका लागि प्रतिबद्धतापत्र ल्याउन लागिएको हो। 

‘कुनै स्थानीय तह हामीले जितेका छौं, कतै प्रतिपक्षले जितेको छ। केन्द्रबाटै घोषणापत्रमार्फत गोलमाटोल कार्यक्रम ल्याउँदा प्रभावकारी हुँदैन। त्यसैले स्थानीय मुद्दाहरुमा केन्द्रित रहेर हरेक तहले प्रतिबद्धतापत्र सार्वजनिक गर्नेछन्,’ महामन्त्री शर्माले भने। 


प्रकाशित: March 24, 2022 | 20:56:21 काठमाडौं, बिहीबार, चैत १०, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ। ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको राप्रपा प्रचार विभागले जानकारी दिएको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन्।
नेपाल समय
राजनीति

कांग्रेसको समानुपातिक उम्मेदवारको कुन कलस्टरमा को-को परे? (सूचीसहित)

सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ११० समानुपातिक उम्मेदवारहरुको सूची अनुसार खस-आर्यतर्फको एक नम्बरमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम रहेको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्।
नेपाल समय
राजनीति

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समयसीमा

मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना