बुधबार, असोज १९, २०७९

नेविसंघ र तरुण दलको नेतृत्व चयन शेखर समूहका लागि 'सरप्राइज'

तीर्थराज बस्नेत  |  काठमाडौं, बुधबार, चैत ९, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, चैत ९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- बुधबार नेपाली कांग्रेसका दुई भातृसंस्था नेविसंघ र तरुण दल अध्यक्षमा क्रमशः डुजाङ शेर्पा र विद्वान गुरुङ मनोनित भए। सभापति शेरबहादुर देउवाले बुधबार मनोनयन गरेको विषय शेखर समूहका लागि भने 'सरप्राइज' भएको छ। 

सभापति देउवाले दुई भातृसंस्थामा अध्यक्ष मनोनयन गरेको पत्र तयार भइरहँदा शेखर समूह भने आन्तरिक छलफलका लागि बैठक बसिरहेको थियो। उक्त समूहको एजेन्डामा पनि भातृ संस्थामा गर्नुपर्ने मनोनयनका विषय परेको थियो। 

समूहको बैठकमा भातृसंस्थाका तदर्थ समिति गठनमा सबैलाई समेटेर लैजानुपर्ने निष्कर्ष निकालिरहँदा दुई भातृसंस्थामा भने अध्यक्ष मनोनित भइसकेका थिए। 

समूहका नेता डा. शेखरले बुधवार बिहान मात्रै देउवासँग टेलिफोन गरेर भातृसंस्थाको तदर्थ समिति गठनका बारेमा छलफल गरेका थिए। देउवासँगको छलफलपछि शेखरले आफ्नो समूहको बैठक डाकेका थिए। शेखरले देउवासँगको छलफलको पनि बैठकमा ब्रिफिङ गरेका थिए।

'सभापतिजी सहमतिमा आउन खोज्नु भएन। धेरैपछि आज बिहान टेलिफोन वार्ता भयो। सल्लाह गर्न बोलाउँछु भन्नू भएको छ। बोलाउनुहुन्छ होला,' बैठकमा शेखरले भनेका थिए। तर बैठक सकिएलगत्तै भातृसंस्थाको नेतृत्व मनोनयन गरिसकिएको विज्ञप्ति कांग्रेस कार्यालयले जारी गरेको थियो। मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति सञ्चारकर्मीहरूका मेलमा पुग्यो। 

बैठककै बीचमा देउवाले शेखर कोइराला र गगन थापालाई फोन गर्नु भएको थियो। छलफल गरेरै भातृसंस्थाका तदर्थ समिति गठन गर्ने बताउनु भएको थियो,' बैठकमा सहभागी एक नेताले भने।

त्यो बेलासम्म समूहका नेताहरू डा. शेखर कोइराला, डा चन्द्र भण्डारी, डा मीनेन्द्र रिजाल, बलबहादुर केसी बैठकस्थलबाट बाहिरिइसकेका थिए। अन्य नेताहरू पनि हिँड्ने तरखरमा थिए। 

हिँड्ने तरखर गरिरहेका महामन्त्री गगन थापा, उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय ज्ञीवन परियार र बद्री पाण्डे र केन्द्रीय सदस्यहरू विज्ञप्ति देखेर सरप्राइज भए। विज्ञप्ति जारी भएपछि उपसभापति गुरूङ, महामन्त्री थापा, सहमहामन्त्री पाण्डे, परियार र केसद्वय अजयबाबु शिवाकोटी र प्रतिमा गौतम छलफलमा जुटेका थिए।

'बैठककै बीचमा देउवाले शेखर कोइराला र गगन थापालाई फोन गर्नु भएको थियो। छलफल गरेरै भातृसंस्थाका तदर्थ समिति गठन गर्ने बताउनु भएको थियो,' बैठकमा सहभागी एक नेताले भने, 'हामीलाई 'इंगेज' गर्ने प्रयास गरेर एक्कासी निर्णय लिनुभयो। उहाँको एकलौटी निर्णयले हामीलाई आश्चर्यमा पारेको छ।'

देउवाको एकल निर्णयले अपनत्व फिल नभएको र विवाद सिर्जना गर्न सक्ने शेखर समूहका अर्का एक नेताले बताए। 'सबैलाई समेटेर लैजान नसकेको हाम्रो निष्कर्ष छ,' उनले भने, 'पार्टीभित्र कायम भएको एकता खलबल्याउने प्रयास सभापतिजीकै निर्णयले गरेको छ। मत नहाल्नेहरूलाई पाखा लगाउने प्रवृत्ति जारी रहे दुर्घटना निम्ताउन सक्छ।' 

भातृ संस्थाको तदर्थ समिति, सरकार सञ्चालन, संसदीय बोर्ड गठनलगायतका सन्दर्भमा आफूलाई मत नहाल्नेहरूलाई देउवाले किनारा लगाउन खोजेको शेखर समूहको ठहर छ।

देउवाको कार्यशैलीमाथि गरमागर्मी बहस भएको बैठकमा स्थानीय तहका उम्मेदवारको टिकट वितरण गर्दा एकलौटी भए विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने विचारसमेत आएको एक नेताले बताए।

यो पनि


प्रकाशित: March 23, 2022 | 19:38:34 काठमाडौं, बुधबार, चैत ९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ। ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको राप्रपा प्रचार विभागले जानकारी दिएको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन्।
नेपाल समय
राजनीति

कांग्रेसको समानुपातिक उम्मेदवारको कुन कलस्टरमा को-को परे? (सूचीसहित)

सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ११० समानुपातिक उम्मेदवारहरुको सूची अनुसार खस-आर्यतर्फको एक नम्बरमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम रहेको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्।
नेपाल समय
राजनीति

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समयसीमा

मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना