बिहीबार, असोज २०, २०७९

दल अदलबदल : अवसरको आश, निष्ठाको सत्यानाश

तीर्थराज बस्नेत  |  काठमाडौं, शुक्रबार, फागुन २७, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, फागुन २७, २०७८, काठमाडौं

नेपाल समय

- गएको पुस ८ गते पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया नेकपा एमाले प्रवेश गरे। नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष जितेका मियालाई एमाले अध्यक्ष केपीले स्वागत गरेका थिए।  

- पुस १९ गते अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरिन्। नेकपा एमालेबाट निर्वाचित उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका थिए। 

- फागुन दोस्रो साता रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला माओवादी केन्द्र प्रवेश गरे। उनी तत्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। 

- रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट फागुन २ गते एमालेमा प्रवेश गरे। यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । त्यस्तै, ओमसतियाका अध्यक्ष केवट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। उनीहरुलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरे। 

- कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह कांग्रेस प्रवेश गरेका छन्। स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका शाहले कांग्रेस रोजेका हुन्। 

- फागुन २४ गते दोलखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेसमा प्रवेश गरे। नेकपा एमालेबाट निर्वाचित उनलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरे। 

- फागुन २५ गते मोरङको रंगेलीका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल केही वडाध्यक्षसहित एमाले प्रवेश गरे। नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे। 

- फागुन २७ गते पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार कांग्रेस प्रवेश गरे। नेपाली जनता दलबाट निर्वाचित उनलाई देउवाले स्वागत गरे। सोही दिन बैतडीको शिवनाथ गाउँपालिकाकी प्रमुख कुस्मा चन्द कांग्रेस प्रवेश गरिन्। नेकपा एमालेबाट निर्वाचित उनलाई कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पार्टीमा स्वागत गरे। 

निर्वाचनको मुखमा दल अदलबदलको अवस्थाबारे बुझ्न माथिका उदाहरण काफी छन्। २०७४ सालमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित भएका प्रमुख–उपप्रमुखहरूले दल फेरेका उदाहरणमात्रै हुन् यी। वडाध्यक्ष, वडा सदस्यहरूले दल फेरेका उदाहरण थुप्रै छन्। कार्यकर्ताले दल बदल्ने कुरा त सामान्य नै हो, तर निर्वाचित जनप्रतिनिधिले नै दल फेरिरहेका छन्। खासगरी निर्वाचनको मुखैमा दल अदलबदल तीव्र रुपमा भइरहेको छ। यो क्रम जारी रहने देखिएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा दल बदल्ने संस्कार नयाँ भने होइन। हरेक निर्वाचनको मुखमा दल अदलबदल हुने गर्छ। पार्टीको सिद्धान्त र निष्ठालाई तिलाञ्जली दिएर कोही किन दल बदल्छ? यसका केही कारण छन्। 

व्यक्तिगत स्वार्थ र अवसरवाद 

नेपाली राजनीतिको आम प्रवृत्ति हो व्यक्तिगत स्वार्थ र अवसरवाद। राजनीतिमा सिद्धान्त, नीति, विचार र निष्ठा राजनीतिमा मुर्झाइरहेको छ। तर, स्वार्थ र अवसरवाद भने झाँगिँदो छ। दल अदलबदलको प्रमुख कारण नै व्यक्तिगत स्वार्थ र अवसरवादी चरित्र हो। 

खासगरी चुनावको पूर्वसन्ध्यामा हुने दल अदलबदल टिकटसँग सम्बन्धित रहन्छ।  आफू क्रियाशील दलले टिकट नदिने वा त्यो दलबाट जित निकाल्न नसक्ने अवस्थामा अर्को दलबाट टिकट पाउने लोभमा बार्गेनिङ गरी प्रवेश गर्नेहरू धेरै देखिन्छन्। आफ्ूलाई केन्द्रविन्दुमा राखेर ‘मौकामा चौका’ हान्न लालायितहरुले सैद्धान्तिक आधारबिना नै व्यक्तिगत लाभका लागि पार्टी बदल्ने गरेका छन्। 

कार्यकर्ताले दल बदल्ने कुरा त सामान्य नै हो, तर निर्वाचित जनप्रतिनिधिले नै दल फेरिरहेका छन्। खासगरी निर्वाचनको मुखैमा दल अदलबदल तीव्र रुपमा भइरहेको छ। यो क्रम जारी रहने देखिएको छ।

‘०४६ सालमा जब नेपालमा बहुदल आयो। त्यसपछि नै अवसरवादीहरुले चलखेल सुरु गरे,’ राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन्, ‘पञ्चायतमा क्रियाशील भएका हरु व्यक्तिगत लाभ र अवसर हेरेर दलहरुमा क्रियाशील बन्न पुगे। कोही व्यक्ति आफ्नो दलबाट पीडित हुन्छ र पार्टी बदल्छ भने त्यो फरक कुरा हो। तर, चुनावी फाइदा हेरेर पार्टी बदल्नेहरु अवसरवादी चरित्रका हुन्।’

त्यसो त यस्तो प्रवृत्ति देखिनुको पछि दलहरुको पनि उत्तिकै हात छ। पद, शक्ति र सुविधा केन्द्रित राजनीतिले दल अदलबदललाई प्रश्रय दिइरहेको छ।  ‘दलहरुले जनतालाई केन्द्रमा राख्नुपर्ने हो तर त्यो गर्न गाह्रो छ। पद, शक्ति र सुविधाका लागि जनतालाई केन्द्रमा राखेर नसोच्दा नेता–कार्यकर्ता आफैं बदलिन पुग्छन्। त्यसकारण अवसरवाद र शक्ति प्राप्तिका लागि अदलबदल हुने गर्छ,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहालको ठहर छ, ‘जनताका एजेन्डाबारे पार्टीमा छलफल गर्ने भन्दा पनि विलासिता कसरी उपभोग गर्ने, शक्ति कसरी आर्जन गर्ने भनेर केन्द्रित हुने मनोवृत्तिले अवसर नपाउने अवस्थामा दल फेर्ने गरेको देखिन्छ।’

विश्लेषक दाहालका शब्दमा निष्ठाको राजनीति नहुँदा यो प्रवृत्ति अझ बलियो बनिरहेको छ। ‘निष्ठाको राजनीति छैन। अहिले को बलियो छ, भोलि को बलियो हुनेछ भनेर विश्लेषण गर्ने र पार्टी बदल्ने परम्परा स्थापित भइरहेको छ,’ उनी भन्छन्, ‘दलहरुले दलिय चरित्र नराख्दा कम्पनी जस्ता भएका छन्। त्यो कम्पनीको सेयर किन्ने र मेम्बर बन्ने प्रवृत्ति हो यो। सबै दलहरुको एजेन्डा, कार्यशैली एकै खालका छन्। त्यसकारण पनि अवसरका लागि दल अदलबदल हुने गरेको छ।’

आफू क्रियाशील रहेको पार्टीमा भूमिका नपाएका कारण, पद नपाउने अवस्था सिर्जना भएमा, लोकप्रियता खस्किएमा वा भ्रष्टाचार लगायतका अनियमिततामा मुछिएका कारण दल फेर्नेहरु पनि देखिएका छन्। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको लोकप्रियता खस्किएको अवस्थामा पार्टीले वैकल्पिक पात्रको खोजी गर्नु स्वभाविक हो। त्यस्तो अवस्थामा टिकट नपाउने जोखिमलाई हेरेर खाइपाइ आएको सुविधा कायमै राख्न बार्गेनिङ गरेर अर्को पार्टीमा प्रवेश गर्नेहरु बढेका छन्।

दल बदल्नेहरू हुँदैनन् प्रतिबद्ध

कुनै पनि राजनीतिक दल गठन हुँदा निश्चित राजनीतिक सिद्धान्त, आदर्श र उद्देश्य राखिएको हुन्छ। त्यही सिद्धान्त, आदर्श र उद्देश्यमा सहमत हुनेहरू पार्टीमा आवद्ध हुन्छन्। त्यसका लागि प्रतिबद्धता प्राथमिक विषय हो। तर, चुनावका बेला अवसरका लागि पार्टीको सिद्धान्त, आदर्श र उद्देश्य भुलेर दल बदल्ने कुरा आफैंमा राजनीतिक भ्रष्टीकरण हो। दलप्रतिको प्रतिवद्धता भुलेर अर्को दलमा जाँदा निष्ठा र प्रतिवद्धता कसरी रहन्छ? रहँदैन। किनकी दल बदल्नेको चरित्र नै अवसरवादी भइसकेको हुनेछ। त्यस्तो व्यक्तिका लागि अवसर नपाउँदा अर्को दलमा फड्के हान्न असहज हुनेछैन। 

आफू क्रियाशील रहेको पार्टीमा भूमिका नपाएका कारण, पद नपाउने अवस्था सिर्जना भएमा, लोकप्रियता खस्किएमा वा भ्रष्टाचार लगायतका अनियमिततामा मुछिएका कारण दल फेर्नेहरु पनि देखिएका छन्।

‘यहाँ सिद्धान्तको राजनीति भइरहेको छैन। त्यसकारण सिद्धान्तमा अडिग रहने र प्रतिवद्ध हुने कुरा पनि जरुरी रहेन,’ विश्लेषक लाभ भन्छन्, ‘एकै पटक ३६० डिग्रिमा कोल्टे फेर दल फर्नेहरुले त्यसको पुष्टि गरेका छन्। वामपन्थी राजनीति गरेकाहरु कांग्रेस प्रवेश गरेका छन्, कांग्रेसको राजनीति गरिरहेकाहरु बामपन्थी दल र राप्रपामा प्रवेश गरेका छन्।’ 

दल बदल्नेहरुले कुनै पार्टीको संगठनलाई ठूलो फाइदा पुग्दैन। कोही व्यक्ति  पार्टीप्रति प्रतिवद्ध छैन भने उसका कारण संगठन निर्माणमा योगदान पुग्दैन। प्रवृत्तिगत रुपमा हेर्ने हो भने सिद्धान्त, निष्ठा र प्रतिवद्धता नभएको मान्छेले अर्को निर्वाचनमा अवसरका लागि अर्कै दल रोज्ने सम्भावना धेरै रहन्छ। 

दलहरुले गर्ने ‘स्टन्ट’

निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले चलाउने पार्टी प्रवेशको अभियान प्रपोगान्डासँग पनि सम्बन्धित रहन्छ। पार्टीको जनाधार बढेको देखाउनकै लागि भए  पनि दलहरुले अन्य दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउने गरेका छन्। त्यसरी गराइने पार्टी प्रवेशमा दलहरुका लागि आफ्नो सिद्धान्त, मूल्यमान्यता र विचारसँग प्रतिवद्धता खोज्दैनन्। खाली भोटका लागि पार्टी प्रवेश अभियान चलाउने गरेका छन्, जुन दलहरुको मुख्य चुनावी रणनीति पनि हो।

पार्टी प्रवेश गराएर जनमत सिर्जना भएको सन्देश दिने उद्देश्यबाट प्रेरित दल र अवसरका लागि पार्टी फेर्न तयार नेता–कार्यकर्ताको स्वार्थसँग सम्बन्धित रहन्छ। ‘दलहरुले नेता कार्यकर्ता आफूतिर तान्ने प्रयास गर्छन्। डेमोक्रेटिक सिस्टममा बहुमत, अल्पमतको ठूलो अर्थ रहन्छ। बहुमत कसरी आउँछ भनेर हेर्ने हो भने अन्य दलबाट नेता–कार्यकर्ता प्रवेश गराउने हो,’ विश्लेषक लाभ भन्छन्, ‘त्यागी र निष्ठावान भन्दा पनि जित्नका लागि कार्यकर्ता प्रवेश गराइन्छ। दलहरुका डिमान्ड र सप्लाइलाई हेर्ने हो भने यही देखिन्छ।’

अदलबदल तराईमा बढी   

नेपाली राजनीति कतै न कतै भारतीय राजनीतिबाट प्रभावित देखिन्छ। जसका कारण भारतको राजनीतिक प्रवृत्ति र संस्कारको छाया नेपाली राजनीतिमा देखा पर्ने गरेको छ। 

निर्वाचनको मुखमा दल फेर्ने प्रवृत्तिले भारतीय राजनीतिमा जरा गाडेको छ। हालै सम्पन्न उत्तर प्रदेशको निर्वाचनअघिका दृष्टान्त केलाउने हो भने भारतमा दल बदल्ने प्रवृत्ति कस्तो छ भनेर प्रष्ट देखिन्छ। 

‘नेपालको राजनीति भारतको राजनीतिसँग थोरबहुत प्रभावित छ। भारतमा दल बदल्ने प्रवृत्ति ठूलो मात्रामा देखिन्छ। युपीको निर्वाचनलाई हेर्ने हो भने पनि त्यही देखिन्छ,’ विश्लेषक लाभ भन्छन्, ‘यसलाई भारतमा ‘आया राम गया राम’ प्रवृत्ति भनिन्छ। आलोचना भए पनि त्यो प्रवृत्ति अनवरत रुपमा जारी छ।’

खागरी भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा दल अदलबदल धेरै हुने गरेको छ। सीमावर्ती बिहार र यूपीसँग जोडिएको तराईमा दल अदलबदल धेरै हुनुमा भारतको राजनीतिक प्रवृत्तिले प्रभाव पारेको देखिन्छ। हिमाल, पहाड, तराई–मधेश सबैतिर दल बदल्ने विषय सामान्य प्रक्रिया हो। तर, आगामी वैशाख ३० गतेलाई घोषित स्थानीय चुनावअघिको परिदृश्यले अन्यत्रभन्दा तराई क्षेत्रमा दल बदल्ने क्रम तीव्र देखिएको छ। दल अदलबदलका माथि उल्लेखित ८ उदाहरणमध्ये ६ तराईकै हुन्। 


प्रकाशित: March 11, 2022 | 18:00:48 काठमाडौं, शुक्रबार, फागुन २७, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ। ९ बुँदे सहमति गरि जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको राप्रपा प्रचार विभागले जानकारी दिएको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन्।
नेपाल समय
राजनीति

कांग्रेसको समानुपातिक उम्मेदवारको कुन कलस्टरमा को-को परे? (सूचीसहित)

सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ११० समानुपातिक उम्मेदवारहरुको सूची अनुसार खस-आर्यतर्फको एक नम्बरमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम रहेको छ।
नेपाल समय
राजनीति

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन्।
नेपाल समय
राजनीति

निर्वाचन आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समयसीमा

मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना